मानव कल्याणका क्षेत्रमा सामाजिक संस्थाको योगदान अनुकरणीय: प्रदेश प्रमुख भट्ट
पाेखरा | चैत १०, २०८१
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक संस्थाले मानव कल्याणको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।
नेपालका लायन्स क्लबहरूले स्वास्थ्य, शिक्षा, प्राकृतिक विपद्का क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालको पोखरामा आयोजित तेस्रो महाधिवेशनमा प्रमुख अतिथि भट्टले मानवीय सेवामा समर्पित पवित्र मन भएका व्यक्तिहरु आबद्ध रहेको लायन्स क्लबले गरेको सामाजिक कार्यहरूको प्रशंसा गर्नुभएको हो ।
‘भूकम्प, बाढीपहिरोजस्ता समस्याले ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्दै आएका छन् । त्यसमा लायन्सको भूमिका पनि अग्रणी रहेको छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
लायन्स क्लबको मुख्य उद्देश्य नै समाजसेवा रहेको भन्दै उहाँले स्वयंसेवी व्यक्तिहरु निर्माण गर्न लायन्सको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । ‘समाज व्यक्तिवादी हुँदै गएको बेला लायन्स जस्ता सामाजिक संस्थाले सानो उमेरदेखि नै स्वयंसेवी भावना पैदा गर्नमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘सामाजिक सेवामा लाग्ने व्यक्तिको मूल्यांकन भावी पुस्ताले पनि गर्दछ । जसले समाजमा योगदान पु¥याउँछ, निश्चय नै समाजले त्यो व्यक्ति/संस्थाको मूल्यांकन उच्च रुपमा गर्ने गर्दछ ।’
मानव समुदायलाई सुसंस्कृत, अनुशासित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामी सबै लाग्नुपर्नेमा जोड दिँदै उहाँले हरेक मानिसलाई आफ्नो र परिवारसँगै समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने भावना जागृत गराउन आवश्यक रहेको बताउनुभयो ।
पछिल्लो समय लायन्स क्लबको संगठन विस्तार विशेष रुपमा भएको पाएको बताउँदै उहाँले यो विस्तारबाट समन्वयमा प्रभावकारिता, संगठन विस्तारमा टेवा, अन्तर्राष्ट्रिय सहयोग जुट्ने अवसर एवं सम्भावना र नेतृत्व निर्माण गर्नका लागि थप अवसर सिर्जना गरेको बताउनुभयो ।
सन् १९१७ मा अमेरिकाको शिकागो शहरमा स्थापित लायन्स अन्तर्राष्ट्रिय १०८ वर्ष लागिसकेको छ ।
नेपालमा पनि ५४ वर्ष पूरा भएको परिप्रेक्ष्यमा १५ वटा डिस्ट्रिक्ट अन्तर्गत २१ सय भन्दा बढी क्लब र ४४ हजार सदस्य आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट ३२५ एम अन्तर्गत देशभर १४० क्लब र ३५ सय बढी सदस्य छन् ।
काठमाडौं: सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत भदौमा भएको जेनजी आन्दोलनका...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका ...
पोखरा: कास्कीको लेखनाथमा जारी २१औँ संस्करणको लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिलाई एउटै मञ्चमा जोड्दै फरक खालका कार्यक्रम प्रस्तुत हुन थालेका छन् । महोत्सवलाई परिष्कृत स्वरूप दिँदै पहिलो पट...

