पाेखरामा विज्ञान, प्रविधि र नवप्रवर्तन सम्मेलन सुरू
'विज्ञान- प्रविधि' प्रगति र समृद्धिका मुख्य चालक हुन्: प्रदेश प्रमुख भट्ट
पाेखरा | चैत ६, २०८१
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विज्ञान, प्रविधि र नवप्रवर्तन मुलुकको प्रगति र समृद्धिका मुख्य चालक रहेको बताउनुभएको छ ।
पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना तथा गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीको सहकार्यमा पोखरामा सुरु विज्ञान, प्रविधि र नवप्रवर्र्तनमा हालका प्रवृत्तिहरू सम्बन्धी सम्मेलन (आरटीएसटीआई २०२५) मा प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेश र नेपालभर विज्ञान र नवप्रवर्तनको प्रगतिका लागि यस्ता सम्मेलन उपयोगी रहेको बताउनुभयो ।
गण्डकी प्रदेशले दीगो, ज्ञानमूलक अर्थतन्त्रको परिकल्पना गरेकोमा यस्ता संस्थाहरूले अनुसन्धान, शिक्षा र नीति सिफारिसहरूमा अग्रणी भूमिका खेल्दछन् ।
पोखरा विश्वविद्यालयले उच्च शिक्षा र वैज्ञानिक उत्कृष्टताको केन्द्रको रूपमा आफ्नो पहिचान बनाएको पाएको छु। जसले कुशल अनुसन्धानकर्ता र प्राविधिकहरू तयार पार्दै नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान दिँदै आएको पनि छ ।

‘सन् २०२२ मा सुरु भएदेखि नै आरटीएसटीआईले वैज्ञानिक, अनुसन्धानकर्ता, शिक्षक, नीति निर्माता र उद्यमीहरूलाई एकठाउँ गरी नेपालमा विज्ञान, प्रविधि र नवप्रवर्तनको भविष्य आकार दिन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उहाँले भन्नुभयो – ‘सम्मेलनका पूर्व संस्करणहरूको प्रभावकारिताले यसको बढ्दो महत्वलाई देखाउँछ। यस वर्ष पोखरा विश्वविद्यालयको नेतृत्वमा विकास र अनुसन्धान उत्कृष्टता प्रवद्र्धन गर्न चालिएको यो कदम पनि लाभदायक हुने विश्वास व्यक्त गर्दछु ।’
गण्डकी प्रदेश विज्ञान र प्रविधि एकेडेमीले सन् २०२० मा स्थापना भएदेखि नै वैज्ञानिक अनुसन्धान, प्रविधिगत प्रगति र नवप्रवर्तनलाई प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।
‘हामी प्रविधिगत परिवर्तन र विश्वव्यापी चुनौतीहरूको माझमा उभिएका छौं । यस चुनौतीको सामना गर्दै अघि बढ्न समयानुकूल अनुसन्धान, नवप्रवर्तन र नीतिगत हस्तक्षेपहरू साथैसाथै अगाडि लैजानुपर्ने हुन्छ ।’– प्रदेश प्रमुख भट्टले भन्नुभयो ।
यस्ता सम्मेलन वैज्ञानिक प्रगतिहरू छलफल गर्ने मञ्च मात्र होइन, बरु एसटीआई अनुकूल शासन, उद्योग सहकार्य र उद्यमशीलतालाई समर्थन गर्ने नीतिहरूलाई आकार दिने अवसर पनि रहेको भट्टले बताए ।
सबै मिलेर अनुसन्धानलाई वास्तविक जीवनमा प्रभाव पार्ने, नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने र गण्डकी प्रदेशलाई विज्ञान र प्रविधिको क्षेत्रमा नेतृत्व गर्ने केन्द्र बनाउने प्रयासमा हातेमालो गर्दै अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।
तीन दिने सम्मेलनमा नेपाल र अन्य देशहरूबाट २ सय भन्दा बढी अनुसन्धानकर्ता, विशेषज्ञ र विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...
पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

