नेपालको पर्यटन राजधानी पोखरा शिक्षाको हब बन्दै गएको छ ।   कास्कीले शिक्षा विकासको लामो इतिहास बोकेको काछ । पछिल्लो समय पोखरा शैक्षिक गन्तव्यका रुपमा पनि चिनीन थालेको छ ।   पोखरा र यस आ...

पोखरा:   कास्कीको फुस्रेखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्न पुगेका पर्वतको कुश्मा नगरपालिका १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको हो ।   खोलामा पौडी खेल्ने क्रममा  डुबेर बेपत्ता भएको खबर पाएपछि खोज तलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर पोखराबाट विशेष खोज, उद्वार एंव गोताखोर टोली तत्कालै परिचालन भएको थियो ।   बेपत्ता सुवेदीको शव फुस्रे खोलाको २५ फिट गहिराइमा अड्किएर बसेको अवस्थाबाट झिकेको थियो ।   उक्त शवलाई पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको सशस्त्र प्रहरीले जनाएको छ ।           

पोखरा:    ‘रक्तदान जिवनदान, जीवनदान महादान’ भन्ने मूल नारासहित मेडिप्लस हस्पिटल महेन्द्रपुलमा भएको  रक्तदान कार्यक्रमबाट ४० युनिट संकलन भएको छ ।   लायन्स क्लब अफ पोखरा डेस्टिनेशन, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्था र लियो क्लब अफ पोखरा डेस्टिनेशनले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरे ।   कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले सो अवसरमा बोल्दै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।   उनले आगामी दिनमासमेत यस्तो प्रकारको सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   डा. सरोज पोखरेलका अनुसार रक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका पूर्व अध्यक्ष लक्ष्मण तिमिल्सिना, डा. अमर नागिला, राम प्रसाद तिमिल्सिना मेडीप्लस हस्पिटलका अध्यक्ष डा. आनन्द भट्टराई, हाम्रो गन्तव्य बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णुहरी तिमिल्सिना, उपाध्यक्ष अब्दुल वाहिद मिया, कोषाध्यक्ष शरण शाक्य तथा लियो क्लब अफ पोखरा डेस्टिनेशनकी अध्यक्ष मनिषा नेपाली लगायतको सहभागिता रहेको थियो ।   लायन्स क्लब अफ पोखरा डेस्टिनेशनका अध्यक्ष सन्तोष तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन लायन्स क्लबका सचिव छबि पनेरुले गरेका थिए ।

पोखरा:   फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।   संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो ।    पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।    आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टिमले सहभागिता जनाउने संस्थाका सचिव शिव जिसीले जानकारी दिए । उनका अनुसार महिला र पुरुषको छुट्टाछुट्टै टिम रहने छ ।    प्रतियोगितामा सहभागी हुने टिममा ३ जना हुनुपर्नेछ । सहभागी हुने टिमले काठबाट बनेको डुंगाको प्रयोग गर्नु पर्नेछ बताउदै सहभागी हुने एउटा टिमलाई ३ सय रुपैयाँ दर्ता शुल्क तोकिएको उनले बताए । प्रतियोगितामा स्वदेशी तथा विदेशी सबै खेलाडीले सहभागिता जनाउन पाउनेछन् ।    सहभागीको आफ्नो डुंगा नभए आयोजकले व्यवस्था गर्ने उनले बताए । प्रतियोगितामा पुरुष टिमले २१ सय मिटर र महिला टिमले १५ सय मिटरमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।   प्रतियोगितामा प्रथम हुनेले ३० हजार हजार र द्वितिय हुनेले २ तथा तृतिय हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने सचिव जिसीले जानकारी दिए ।   यस्तै महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।    प्रतियोगिता सम्पन्न गर्नका लागि करिक २ लाख ४० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताबाट बचत भएको रकम फेवातालको सरसफाईमा खर्च गरिने आयोजकले जनाएको छ

पाेखरा:  ‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’ भन्ने मूल नारासहित शैक्षिक क्षेत्रमा त्रियाशिल  विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न भएको छ ।   पोखरा महानगरपालिका १ मोहरिया टोलमा रहेको सो विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत गणित हाजिरीजवाफ तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।   गणित हाजिरीजवाफ प्रतियोगितामा आधारभूत (सिनियर) तथा मा.वि.तहमा धौलागिरी सदनबाट कक्षा १० की छात्रा अनिता बिक, कक्षा ९ का छात्र सुजन राई, कक्षा ६ का छात्रहरुद्वय आदित्य बिक र दिजन मल्ल प्रथम भए ।   यस्तै  कञ्चनजङ्घा सदनबाट कक्षा १० की छात्रा निरसरा पौडेल, कक्षा ९ की छात्रा अंशु भुजेल, कक्षा ६ का छात्रछात्राद्वय दिप्सन सुवेदी र सविता सुनार द्वितीय भए ।    यस्तैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा धौलागिरी सदनबाट कक्षा ५ का छात्रा श्रीषा तिमिल्सिना, कक्षा ४ का छात्र सखिम बास्तोला, कक्षा ४ का छात्र सविन बिक र कक्षा ३ का छात्रा मौ भौमिक प्रथम भए । यस्तै कञ्चनजङ्घा सदनबाट कक्षा ५ की छात्रा अदिती तिमिल्सिना, कक्षा ४ की छात्रा युनिका खनाल, कक्षा ३ की छात्रा प्रेमिका नेपाली र कक्षा २ का छात्र सौगात हमाल द्वितीय भए ।    दुवै तहतर्फ प्रथम तथा द्धित्तिय स्थान हाँसिल गरेका विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।   सो अवसरमा बोल्दै प्राचार्य श्रेष्ठले विद्यार्थीहरुलाई उक्त कार्यक्रमले अध्ययनशिल बनाउन प्रेरित गर्ने धारणा राखे ।   मावि तहको कार्यक्रम गणित शिक्षक नीलकण्ठ पौडेल र प्रावि तहको कार्यक्रम नेपाली शिक्षिका शर्मिला शर्माले सञ्चालन गरेकी थिइन् ।   विन्ध्येश्वरीले पठनपाठनसँगै विभिन्न अतिरिक्त कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।  

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा विकको उपचारका लागि आर्थिक सहयोग  गरिएको छ ।   स्थानीय प्रेम बहादुर विककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले आर्थिक सहयोग  गरिएको हो । उहाँको उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।     दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको थियो । संकलित रकम ३ लाख २० हजार आठ सय ८२ रुपैयाँ शुक्रबार बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको हो।   मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङ्, अन्नपूर्ण ८ का वडा अध्यक्ष विजय गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि विष्णु बहादुर क्षत्री, सहसचिव नवीन सिग्देल, नेपाली काँग्रेस क्षेत्र नं ३ का सदस्य तिलक बहादुर कुँवरको रोहवरमा संकलित रकम हस्तान्तरण गरिएको थियो।   दाङसिङ्ग तमु समाज यु।केका अध्यक्ष राज बहादुर गुरुङको नेतृत्वमा एक लाख ७० हजार पाँच सय ३७, दाङ्सिङ्ग गुरुङ सम्पर्क मञ्चको नेतृत्वमा एक लाख ६ हजार आठ सय १५, अन्नपूर्ण गाउँपालिका वडा नं ८ बाट ३७ हजार र नेपाली काँग्रेस कास्कीका सदस्यहरुबाट ६ हजार पाँच सय संकलन भएको रकम संकलन समितिका संयोजक पुरण गुरुङले जानकारी दिनुभयो । 

पोखरा:   पोखरामा शुक्रबारबाट गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा उक्त प्रतियोगिता आजेदेखि सुरु भएको हो ।   पोखरा रंगशालामा भएको उद्घाटन खेलमा तनहुँले गोरखा विरुद्धको खेलमा ३–० गोल अन्तरले सहज जित निकाल्याे । तनहुँलाई  शान्ता बहादुर गुरुङले खेलको २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।   खेलको पहिलो हाफमा गोरखा विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३ औं मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१ औं मिनेटमा जिवेश आले मगरले गरे ।   यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले गरेका थिए । गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।   यहि जेठ २८ गते सम्म सञ्चालन हुने प्रतियोगिता गण्डकी प्रदेशका १० जिल्लाको सहभागिता रहेको छ ।   नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिबार ४ खेल सञ्चालन हुनेछन् ।   यो पनि पढ्नुहोस   कास्कीको फुटबल टोली घोषणा, नवलपुरसँग शनिबार भिड्ने   जस अन्तर्गत पहिलो खेल विहान ८ बजे म्याग्दीले स्याङजाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङका बीच हुनेछ भने चौथो खेल लमजुङले तनहुँको सामना गर्ने संघका महासचिव बिनोद गुरुङले बताए ।   प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौट हुनेछन् ।   

पोखरा:   कास्की जिल्ला फुटबलसंघ कास्कीले गण्डकी प्रदेश प्रतियोगिताका लागि टोली घोषणा गरेको छ ।   आज १६ सदस्यीय टोली घोषणा गरेको एन्फा कास्कीका महासचिव बुद्धि बहादुर खत्री क्षेत्रीले जानकारी दिए ।   उनका अनुसार कास्कीको टोलीमा आयुष्मान गुरुङ, आकाश रानाभात, विवेक श्रेष्ठ, योगश गुरुङ, सरोज गुरुङ, रन्दिप पौडेल, राजकुमार कुँवर, विसन गुरुङ अनिश तामाङ, विपुल गौतम, जीवन गुरुङ, अभिषेक थापा, विनय तामाङ, किशोर गुरुङ, निश्चल जिसी र मनोज गुरुङ रहेका छन् ।   उक्त टोलीको मुख्य प्रशिक्षकमा सन्तोष जिसी र व्यवस्थापकमा ओम गुरुङ छन् ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा आजबाट पोखरा रंगशालामा सुरु भएको गण्डकी प्रदेश फुटबल प्रतियोगितामा कास्कीले भने भोलि शनिबार (बिहान १० बजे) नवलपुरसँग प्रतिस्पर्धा गर्नेछ ।   उक्त प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुनेछ ।  

तस्बिर: सुनिल उलक   पोखराको मुख्यबजार क्षेत्र महेन्द्रपुलमा काठमाडौं उपत्यकामा प्राय देखिने पुरातन शैलीको फल्चा निर्माण भइरहेको छ । यसको करिब ८० प्रतिशत काम सकिएको छ ।  

पोखरा:   राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे मागपत्र बुझाएको छ । मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्यहरु निर्मल नेपाली र कन्या गुरुङ, पूर्व केन्द्रिय सदस्य आस बहादुर गुरुङ लगायत गण्डकी प्रदेश तथा गोरखा, कास्की, पर्वत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा मन्त्रीको कार्यकक्षमै पुगेर मागपत्र बुझाएका हुन् ।   गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेद्धारा हस्ताक्षरित उक्त माग पत्रमा सुकुम्बासी भूमिहिन, अव्यवस्थित, गुठी पिडित, मोही, बाढी पिडित, मध्यवर्ति, निकुञ्ज पिडित, गाउँ ब्लक, बाली प्रथा, हलि प्रथा, साना किसान, कृषि श्रमिक लगायतका सवाल, पिडितहरु तिन पुस्तादेखि भूमिको अधिकार, जिविकोपार्जन, खाद्य अधिकार, आवासको अधिकारबाट बञ्चित भएकाले उनिहरुलाई छिटो भन्दा छिटो न्याय दिन भनिएको छ ।    यस्ता छन् माग, १) अब बन्ने भूमि आयोगको समय सिमासम्म क्रियाशिल रही कार्य विवरण पेश गर्नुपर्ने, निष्पक्ष, भूमि विज्ञ, आयोगका सदस्यहरु छनोट गरिनु पर्ने । यस्ता आयोग दलका कार्यकर्ता पालन आयोग बनाईनु नहुने ।   २) आयोगको कार्यदेश बमोजिम सरकारी संयन्त्र १ जना राखी अन्य सदस्यहरु सम्बन्धित सवाल पिडितबाट नै ल्याइनु पर्ने । विगतका लगत संकलनलाई आधार बनाइ अब बन्ने आयोगले ३ वर्ष भित्र जग्गा उपलब्ध गराईनु पर्ने ।   ३) विभिन्न जिल्लाहरुमा बाटो चाक्लो, वन क्षेत्रमा, ऐलानी वसोवासीहरुलाई उठिवास लगाउने, डोजर चलाउने, चोरी दर्ता चलखेल बढ्दो भई प्लटिङ गर्ने बहानामा उठिबास, बेदखली कार्य तुरुन्त बन्द गर्नुपर्ने । अव्यवस्थित बस्तीहरुलाई  व्यवस्थित गर्न निति तथा कार्यक्रममा नै ल्याउनु पर्ने ।   ४) वाँझो जमिन, भूमिहिन, सुकुम्बासीलाई बिना शुल्क ५ वर्षका लागि लिजमा दिइनु पर्ने । यसका साथै एक वर्षको लागि, वीउ पूजीं र बाली ल्याउने खर्च उपलब्ध गराई गण्डकी प्रदेशलाई खाद्य आत्मनिर्भर बनाउनु पर्ने ।   ५) गण्डकी प्रदेशमा रहेका गुठी पिडित, किसानहरु गोरखा, तनहुँ, नवलपुर, म्याग्दी, पर्वत, कास्की, वागलुङ सबै जिल्ला समेट्ने गरी एकिकृत गुठी विधेयक प्रदेश सरकारले वनाई समस्याहरु समाधान गरिनु पर्ने ।