लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नेपाल मै पहिलो पटक गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ आजबाट सुरु हुदैंछ । आज र भोलि पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका १६ जना राष्ट्रिय स्तरका ब...

पोखरा:    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा महानगरपालिका–१ हरिचोक–याम्दी खण्ड निर्माण कम्पनीले निर्माणलाई तीव्रता नदिएपछि महिनौदेखि यहाँका स्थानीयहरु आन्दोलित छन् ।  हरिचोक–याम्दी सडक खण्ड निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा स्थानीयले हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य भएपछि स्थानीय आजित भएका छन् ।  निर्माण कम्पनीलाई समयमा नै निर्माण सम्पन्न गर्न तीनै तहको सरकारलाई स्थानीयहरुले विभिन्न कार्यक्रम गरेर दवाव दिएपनि कामले तीव्रता नलिएपछि सिम्पानीका स्थानीयहरुले असार १५ सडकमै धान रोपेर सांकेतिक विरोध गरेका छन् ।  हरिचोक–याम्दी सडक खण्डमा अन्तर्गत सिम्पानीका स्थानीयले सिम्पानीमा सडक खण्डमा रोपाइँ गरेर सांकेतिक विरोध गरेको त्रि–शक्ति समाज सेवा क्लबका सह–सचिव प्रविन सुवेदीले जानकारी दिए ।  समयमा नै सडक नबनेपछि उनीहरुले सिम्पानी जाऔं, धान रोपौं अनि संगै, दही चिउरा खाऔं’ भन्न नारासहित सांकेतिक विरोध गरेको स्थानीयहरुले बताएका छन् ।  विरोध कार्यक्रममा त्रि–शक्ति समाज सेवा क्लब, स्थानीय आमा समूह, टोल विकास संस्थाहरुको सहभागिता रहेको थियो ।  पर्वतस्थित मध्यपहाडी लोकमार्गको कार्यालय अनुसार काठमाडौंको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले वि.सं.२०७९ साउनमा सडक निर्माण गर्ने जिम्मा लिएको थियो । समयमा नै काम पूरा हुन नसक्ने देखिएपछि ठेक्काको म्याद आउँदो चैतसमम थप भएके कार्यालयले जनाएको छ ।   

पोखरा:     असार १५ देशभर राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिनको रुपमा मनाइएको छ । गाउँदेखि शहरसम्मनै आज राष्ट्रिय धान दिवससँगै दही चिउरा खाने दिन विशेष रह्यो ।    शहरको विभिन्न स्थानमा रोपाइँ महोत्सव नै आयोजना गरेर राष्ट्रिय धान दिवस मनाइयो । यसै राष्ट्रिय धान दिवसको अवसरमा प्रत्येक असार १५ मा पर्यटन प्रर्वद्धनसँगै धानबालीको संरक्षणमा पोखरा पर्यटन परिषद्ले पोखराको विभिन्न क्षेत्रमा रोपाइँ महोत्सव आयोजना गर्दै आएको छ ।    पोखराको बढ्दो शहरीकरण र स्थानीय बासीहरुको बद्लिदो जीवनशैलीलाई रोपाइँ महोत्सवले परम्परागत खेती प्रणालीलाई पुस्तातन्तरण गर्न स्थापित गरेको पोखरा पर्यटन परिषद्को विश्वास छ ।   पोखराको विभिन्न स्थानमा राष्ट्रिय धान दिवसको अवसरमा १९ वर्षदेखि रोपाइँ महोत्सव गर्दै  परिषद्ले यसको वर्षको महोत्सव पोखरा महानगरपालिका–२३ मार्गी स्थित फेवाफाटमा आयोजना ग¥यो ।      मार्गीस्थित फेवाफाटमा महोत्सव अवलोकनका लागि पुगेकी पोखरा लेकसाइडका सावित्री पहारीले पहिले फेवाफाँटमा नै रोपाइँ गरेको झल्को मेट्न आएको बताइन् ।      ‘हामीले फेवाफाँटमा यसरी नै पहिले रोपाइँ गरेका थियौं, अहिले रोपाइँ गर्न छोडियो । रोपाइँ महोत्व छ भन्ने थाहा पाएर रोपाइँको झल्को मेट्न आएको, पहारीले भनिन्, ‘अहिले तालको कारण पनि केही फाँटहरु बाँझो हुन पुगेको छ, रोपाइँ गरेको भए राम्रो हुने हो ।’   उनले आफ्नो बच्चा लगायत नयाँ पुस्तालाई रोपाइँबारे जानकारी नभएको बताइन् । ‘खेतबारी बाँझो राखेको राम्रो त होइन । सबैलाई सुखसँगै व्यापार नै गर्नुपर्ने,  विदेश जानुपर्ने, उनले भनिन्, ‘हाम्रो बच्चाहरुलाई खेतमा रोपाइँ कसरी हुन्छ भन्ने नै थाहा छैन, जान्दैनन्, चामल कहाँदेखि आउँछ, बोरामा भन्छन्, हलो के हो, गोरु के हो भन्ने चिन्दैनन् । यसका लागि यो महोत्सवले जानकारी दिएको छ ।’   यस्तै पोखरा लेकसाइडकै हरिमाया पहारीले पनि खेतीयोग्य जमिन घर घडेरीमा परिणत भएको भन्दै दुख व्यक्त गरिन् ।   ‘हामीले पनि यही पामेको फाँटमा रोपाइँ गरेका हौं, अहिले अधिकांस फाटहरुमा घरहरु बनेका छन्, खेती योग्य जमिनमा घर, घडेरी बनेको राम्रो होइन्, पहारीले भनिन्, ‘अहिलेका युवापुस्तामा खेती किसानी केहो भन्ने विषय पुस्तान्तरण गर्न आवश्यक छ, यो महोत्सवले पक्कैपनि कृषिमा लाग्नुपर्छ भन्ने सन्देश दिन्छ भन्ने लागेको छ ।’   पोखराका इतिहासकार सुनिल उलकले रोपाइँ महोत्सवलाई रोपाइँमै केन्द्रित गर्नुपर्ने धारणा राखे ।    ‘रोपाइँ महोत्सवलाई हामीले महोत्सव बनायौ तर रोपाइँमा नै केन्द्रित गर्न सकेनौं’, उलकले भने, ‘रोपाइँ महोत्सवमा सहभागी भएका सबैलाई रोपाइँमा केन्द्रित गर्न हामीले २०÷२५ रोपनीको प्लट छुट्टयाएर धान रोपाइँमा नै केन्द्रित गर्न सके रोपाइँ महोत्सवको महत्व बढ्छ ।’   उनले महोत्सवमा सहभागी भएकाहरुलाई रोपाइँमा नै केन्द्रित गर्न सकेको भए त्यसले प्रतिफल पाउने बताए । ‘रोपाइँमा हजारौंको संख्यामा सहभागी भएकाहरुलाई रोपाइँमा केन्द्रित गर्न सकेको भए रोपाइँ के हो भन्ने थाहा हुन्थ्यो, उलकले भने, ‘महोत्सवलाई रमाइलोको लागि मात्र प्रयोग ग¥यौ कि भन्ने मलाई लाग्छ ।’   पोखराका बिरुवा फाँट, कुँडहर फाँट, बाच्छेबुढुवा, सेदिबगर, फेवा फाँट, अर्मला फाँट, महतगौडा, लामाचौर, लेखनाथ, काहुँखोला, पामेफाँट जस्ता पोखरा महानगरपालिका भित्रका खेतीयोग्य जमिनको खण्डीकरणले धानकाे उत्पादनमा ह्रास आइरहेको बताइएकाे छ ।   

पोखरा:    पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ निकासी गरेको आरोपमा प्रहरीले १२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।  अवैध रुपमा नदीजन्य पदार्थ निकासी भइरहेको सूचनाको आधारमा पोखरा–१९ दशखेतघाट आज बिहान प्रहरीले चेकिङ गर्ने क्रममा १२ वटा सवारी नियन्त्रणमा लिएको छ ।  दशखेतघातमा अवैध रुपमा नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा १२ सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  प्रहरीले नदीजन्य पदार्थ ओसारपोसार गरिरहेको अवस्थामा सवारी साधान चेकजाँच गर्ने क्रममा प्रयोजन खुल्ने कुनै कागजपत्र पेश गर्न नसकेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  प्रहरीले ग १ क १२१५ नम्बरको टिप्पर, ना १ क ६२१४ नम्बरको टिप्पर, गण्डकी ७ एए ००७६नम्बरको टिप्पर, बा ४ क ३३ २१ नम्बरको टिप्पर, ग २ ख १४५ नम्बरको टिप्पर, ग १ क २४०२ नम्बरको टिप्पर,ग २ ख ३२८ नम्बरको टिप्पर, ग २ ख ११५६ नम्बरको टिप्पर, ग १ क ६३९२ नम्बरको टिप्पर, ग १क ५११३ नम्बरको टिप्पर, ग १ ख ७९९० नम्बरको टिप्पर, ग १ त ७०१२ नम्बरको ट्याक्टर  नियन्त्रणमा लिएको हो ।   

पोखरा:    प्रविधिको प्रयोगमा जोड दिदैं गण्डकी प्रदेशभर सेवा प्रदान गर्नेगरि ‘ई–ड्राइभ नेपाल’ को राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको छ ।   ई–ड्राइभ गण्डकी नेपाल र ई–ड्राइभ नेपालले सहकार्य गदैै राइड शेयरिङ एप सञ्चालनमा ल्याइएको हो ।   गण्डकीका १० जना युवाको पहलमा एप सञ्चालनमा ल्याएको ई–ड्राइभले केही समयमै सेवा शुभारम्भ गर्नेछ । यात्रुले प्लेस्टोर र एपस्टोरको माध्यमबाटबाट ई–ड्राइभ नेपालको एप डाउनलोड गरेपछि अनलाइनबाट आवश्यकता अनुसार सवारीसाधन बुक गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको ई–ड्राइभ गण्डकीका अध्यक्ष भीमसेन कार्कीले जानकारी दिए ।  ‘पहिलो चरणमा पोखरामा विद्युतीय कार, मोटरसाइकल, स्कुटरजस्ता सवारीमार्फत सेवा दिनेछौं । पोखरामा २५ वटा आफ्नै विद्युतीय सवारी सञ्चालनमा ल्याइनेछ’, कार्कीले भने । एक हजार बढी मोटरसाइकल र स्कुटरसँगै भाडाका सवारीसाधन कम्पनीसँग आबद्ध भएको उनले जानकारी दिए । आवद्ध हुन चाहने थप सवारीले एप डाउनलोड गरेर रजिस्ट्रेसन गर्न सक्ने उनको भनाइ थियो । भाडाका सवारीसाधन सरकारले तोकेकै दरमा प्रयोग हुने कार्कीले बताए ।  उनले थपे, ‘७० वर्ष पूरा भएका वृद्धवृद्धा, अशक्त, अपांग, सुत्केरी, महिला, विद्यार्थी र दैवि प्रकोपमा परेकालाई छुटसहितको सेवा दिनलाई कम्पनी प्रतिबद्ध छ ।’ विद्युतीय एम्बुलेन्स संचालनमा ल्याउने प्रालिको योजना छ । एम्बुलेन्सले गरिव विपन्न वर्गलाई सामाजिक उत्तरदायित्व बहन गर्दै निशुल्क सेवा प्रदान गर्ने तयारीमा छ । यात्रुको सुरक्षालाई ध्यानमा राखेर ई–ड्राइभमा नेभिगेशन प्रणाली प्रयोग गरिएकाले कुन सवारी साधन कहाँ छ ? भन्ने सजिलै पत्ता लगाउन र खोज्न सकिने अध्यक्ष कार्कीले उल्लेख गरे । ‘यात्रुले यात्राका क्रममा आफुलाई असुरक्षित महसुस गरेमा एपबाटै आकस्मिक बटन थिचेर प्रहरी र ई–ड्राइभ कन्ट्रोल रुममा जानकारी दिन मिल्नेछ’, उनले भने, ‘यो एपबाटै ३ जना आफन्तलाई लोकेसन शेयर गर्न मिल्ने फिचरसमेत उपलव्ध छ ।’ ई–ड्राइभ नेपालमा दर्ता भएका सवारी प्रयोग गर्दा यात्रु पूर्ण रुपमा सुरक्षित रहने दाबी गरिएकोे छ । सबै सवारीको नियन्त्रण कम्पनीसँग हुने भएकाले सेवाग्राहीमैत्री रहेकोे ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले बताउँछन् । उनका अनुुुसार दुर्घटनाको जोखिमलाई ध्यान दिएर ई–ड्राइभ सुविधा लिने चालक र सेवाग्राही दुवैको ७ लाख रुपैयाँ बराबरको बिमा गरिनेछ । ७० हजार रुपैयाँसम्मको उपचार खर्चको व्यवस्था कम्पनिले गर्ने उल्लेख गरेको छ ।  ई–ड्राइभले काठमाडौं उपत्यका र लुम्बिनी प्रदेशको बुटवल र भैरहवामा सेवा दिदैं आइरहेको छ । गण्डकी प्रदेशसँगै कोशी प्रदेश र लुम्बिनीको नेपालगन्जमा सेवा विस्तारको चरणमा हो ।  आम नागरिकलाई सरल, सहज र विश्वसनीय सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको मास्केले बताए । ‘अर्कोतर्फ नेपालमै बनेको एप भएकाले सेवाग्राहीको डेटा विदेशिने डर हँुदैन । ई–ड्राइभले पाउने सेवा शुल्कको १० प्रतिशत सिधैं सरकारलाई भुक्तानी गर्नेछौैं’, उनले भने, ‘स्वदेशमै निर्मित एप भएका कारण जे जति आम्दानी हुनेछ त्यो विदेशिने छैन । यसले अर्थतन्त्र चलायमान बनाउनुका साथै युवा पलायन रोक्न सघाउने छ ।’ वातावरणमैत्री विद्युतिय सवारीलाई सञ्चालनमा ल्याएर पर्यावरणमैत्री शहर निर्माणमा सघाउने उदेश्य रहेको उनले बताए ।  ई–ड्राइभ नेपालका अध्यक्ष मास्केले बजारमा भएका ट्याक्सी समितिसँग भिड्न नभइ सहजीकरण गर्न आएको बताए । ‘ट्याक्सी चालकको रोजरोटी खोस्न आए, भिँड्न आए भनेर जुन चर्चा भइरहेको छ । यी कुराहरु नितान्त गलत हो । हामी उहाँहरुलाई सहजीकरण गर्न आएका हौं’, उनले भने ।  उनले सबै प्रक्रिया पूरा गरेर दर्ता गरेकाले अब सरकारको तर्फबाट बन्ने कार्यविधीको पखाईमा रहेको उल्लेख गरे ।   

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले भेलाले ८ बुंदे पोखरा घोषणापत्र जारी गरेको छ ।  पोखरामा आज (शुक्रबार) भएको भेला घोषणापत्र लेखन समितिका संयोजक दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा ८ बुंदे पोखरा घोषणापत्र जारी गर्दै सकिएको हो । समितिमा संघीय सल्लाहकार हुमबहादुर गुुरुङ, गण्डकी इन्चार्ज एमबि आस्थामगर, गण्डकी सल्लाहकार शान्ती गुरुङ र मनोज घर्तीमगर थिए ।  फोनिज गण्डकीले पोखरा घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघको महासंघको आगामी कार्य समिति पूर्ण समावेशी गर्न माग गरेको छ । यमहासंघको सदस्यता विवादको समाधान गर्दै निर्वाचन गर्न पनि महासंघको केन्द्रीय समितिसँग फोनिज गण्डकीले माग गरेको हो । महासंघको २७ औं महाधिवेशनले संस्थापकको विषयलाई टुङ्गो लगाउन विज्ञ समिति गठन गर्ने लिखित समझदारी गरिएको स्मरण गराउदै प्रतिबद्दता कार्यान्वयनको समेत माग गरेको संयोजक श्रेष्ठले बताए ।  घोषणापत्रमा आसन्न निर्वाचनमा आदिवासी जनजाति, मधेसी, दलित, थारु, मुस्लिम, महिला तथा पछाडि परेका अल्पसंख्यक लोपोन्मुख जाति समुदाय, क्षेत्र, लिङ्गबाट प्रतिनिधित्व गर्ने पत्रकारलाई बढी भन्दा बढी केन्द्र, प्रदेश र जिल्ला कार्य समितिहरुमा समेट्न पत्रकार सम्बद्ध सबै संघ संस्थाहरुलाई फोनिज गण्डकी बिशेष आग्रह समेत गरेको छ ।  भेलाले फोनिज रजत जयन्ती बर्षभर विविध कार्यक्रम गरि मनाउने केन्द्रीय नीति अनुसार गण्डकी प्रदेश र मातहतका जिल्लाहरुमा रचनात्मक कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ ।  यस्तै फोनिज सम्बद्द पत्रकारहरुलाई आफ्नो क्षमता अभिबृद्दि गर्दै आदिवासी जनजातीका मुद्दा, संस्कार संस्कृति, परम्परा, रैथाने प्रबिधि र भाषाका बिकास र अधिकारका मुद्दामा निर्भिकतापूर्बक कलम चलाउन आग्रह गर्दै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभुतिको सुनिश्चिाताको लागि तिनै तहको सरकार र स्थानीय प्रशासकसँग माग गरेको छ ।  फोनिजले समावेशीकरणको संवैधानिक सिद्धान्तलाई आत्मसात गर्दै गण्डकी प्रदेश भित्र नियुक्त÷मनोनित हुने सरकारको सबै प्रकारका सञ्चार सम्बद्ध समिति÷संयन्त्तहरुमा आदिवासी जनजाती पत्रकारको प्रतिनिधित्वकालागि गण्डकी प्रदेश सरकार र सम्बद्ध सरोकारवालाहरुमा माग गरेको छ ।  

पोखरा:   स्थानीय स्रोत साधनको प्रयोग गरेर उद्यमी बन्न सकिने पोखरामा शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।  रेडियो जननी ९०.६ मेगाहर्जको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ८ र पद्मावती हस्तकला उद्योगको सहयोगमा आयोजित रोजगारमुलक सीपको आवश्यकता तथा बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उद्यमशिलताको लागि स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् ।  कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले खेर गैरहेको सामाग्री प्रयोग गरेर पनि उद्यमी बन्न सकिने बताउनुभयो । उहाँले वडावासीमा उद्यमी बन्नको लागि कस्तो सीप आवश्यक छ अथवा कस्तो तालिमको माग हुन्छ, त्यस किसिमको तालिमको आयोजना वडाले गर्ने प्रतिवद्धता जनाउनुभयो । उद्यमशिलताको विकासको लागि वडा कार्यालय स्थानिय संघसंस्थासँग हातेमालो गरेर जान तयार रहेको उल्लेख गर्नुभयो । पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख मनोहरी कडरियाले आफूले निर्माण गरेको सामाग्री आफैले पहिले प्रयोग गर्ने बानीको विकास गर्न सके स्थानीय उत्पादित वस्तुको उपयोगीता बढ्ने बताउनुभयो । त्यसले गर्दा बजार व्यवस्थापनमा टेवा पुग्ने उहाँको भनाई छ । पद्मावती हस्तकला उद्योगका प्रोपाइटर तथा रेडियो जननीका अध्यक्ष हिरा भट्टराईले स्थानीय स्रोत साधन र खेर गएको सामाग्रीको उपयोग गरेर दैनिक जीवनमा आवश्यक वस्तुहरु निर्माण गर्न सकिने जानकारी दिनुभयो । उक्त निर्माण गरेको सामाग्री बिक्री गरेर आर्थिक उपार्जन गर्न सकिने उहाँको भनाई थियो ।   कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वाणिज्य तर्फका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटन तथा घरेलु कार्यालयका प्रमुख महराज ढकाल, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले लगायतले उद्यमशिलताको विषयमा बोलेका थिए ।    

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ ।   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकीको सहकार्य र सहयोगमा भएको कार्यक्रममा कार्यालय गण्डकी प्रदेशका सचिव केशवराज ढकालले राज्यको चौथो अंग भनेर चिनिने पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न यस्तो खालको कार्यक्रमले सहयोग पु¥याउने बताए ।  पत्रकारिता पेसामा आफ्नो भूमिका निर्वाह गर्दै राज्यलाई खबरदारी गर्न पत्रकार हिच्किचाउन नहुनेमा उनको जोड थियो । उनले भने, ‘पत्रकारिता पेसामा हरेक समुदायका व्यक्तिको बराबरको सहभागिता गराउनु जरुरी छ ।’  पत्रकारिता क्षेत्रको हितका लागि यस्ता कार्यक्रमको आयोजना गर्नु अझै आवश्यक रहकोमा उनले जोड दिए ।  कार्यक्रममा फोनिज गण्डकीकी उपाध्यक्ष खिमा गुरुङले आदिवासी जनजाति समुदायका व्यक्तिको पत्रकारिताको क्षेत्रमा संख्या बढाउनुुपर्नेमा जोड दिइन् ।  पत्रकारिता क्षेत्रमा प्रवेश गर्नेको संख्या धेरै भए पनि उनीहरुलाई यही पेसामा टिकाइराख्नु चुनौती बन्दै गएको उनले बताइन् ।  फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षता भएको कार्यक्रम महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेका थिए ।  कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले आमसञ्चार र समावेशी पत्रकारितकाका विषयमा सहजीकरण गरेका थिए ।  

पोखरा:    सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ । सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुई शाखा थपिए सगँ पोखरामा १० शाखा पुगेका छन् । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ । सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको व्यवस्थापक दयाल गिरीले बताए । विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाई लक्षित गरि विरौटा शाखा खोलिएको बताए । त्यसै गरी प्रस्याङ शाखाबाट त्यस वरपरको क्षेत्रलाई लक्ष्त गरेर खोलिएको बताए । दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उनले बताए । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ । केहीमहिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उनले बताए । नयाँ शाखामा ग्राहक आकर्षण गर्न विभिन्न छुट दिएको पनि उनले बताए । अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको छ । होम डेलीभरीको पनि व्यवस्था भएको उनले बताए । लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको उनले बताए । दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने उनले बताए । त्यसै गरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रो ओभन, चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने उनले बताए । यो उपहार योजना सेलवेज र सेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताए । पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ । विरौटा शाखाको पोखरा १७ की वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गरीन् । उनले पोखरा १७ विरौटा देखी छोरेपाटन क्षेत्रमा सहरी घनत्व बढ्दै गएको बताए ।

पोखरा:   विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान प्रहरीले सम्बन्धित धनी भारतीय नागरिकलाई २ सातापछि फिर्ता गरेको छ ।  सामान फेला परेको सूचनापछि आज जिल्ला प्रहरी कार्यालय कास्कीमा आएका भारतीय नागरिकलाई प्रहरीले सामान २ सातापछि फिर्ता गरेको हो ।  गएको जेठ ३१ गते विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा फेला परेको नगदसहित सामान पोखरा रानी पौवा बस्ने सम्झना रानामगरले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएकी थिइन् ।    विन्ध्यवासिसिनी मन्दिरको पार्किङ क्षेत्रमा नगदसहित सामान फेला पारेर कास्की प्रहरीलाई बुझाएपछि प्रहरीले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता लैजान जेठ ३१ गते नै सूचना जारी गरेको थियो ।  प्रहरीले जारी गरेको सूचनाको पछि आज भारतीय नागरिक संकेत गोविन्द गुप्तालाई नगदसहितको सामान फिर्ता गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार विन्ध्यवासिनी मन्दिरको पार्किङ क्षेत्रमा साईड ब्याग, घडी, ईयरवट, डाटाकेवल, मनिवर्स, संकेत गोविन्द गुप्ता नाम गरेको भारतीय आधारकार्ड, स्थायी लेखा संख्य कार्ड र भारतीय नगद रु १० हजार ३ सय २० रुपैयाँ फेला परेको थियो ।