पुस २७ गते प्रेस सेन्टर कास्कीको अधिवेशन

पाेखरा | पुस १८, २०८१

पुस २७ गते प्रेस सेन्टर कास्कीको अधिवेशन

पोखरा:   प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुनु भएको छ ।

 

प्रेस सेन्टर कास्कीको आज बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो ।

 

जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारीसमेत तय गरेको छ ।

 

प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ ।

 

त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ ।

 

कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।
 

 

यसैगरी उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन गरिएको छ ।

 

यस उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य रहनुभएको छ । उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र  सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ ।

 

सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यस उपसमितिको सदस्यहरुमा बलराम तिमिल्सिना र अर्जुन हिताङ रहेका छन् ।

 

कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, संगठन गरिएको सो समितिमा रहेका छन् ।

 

आर्थिक उपसमितिमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य रहेका छन् ।

 

यसैगरी केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा अधिवेशन निर्देशक उपसमिति गठन गरिएको छ ।

 

निर्देशक उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य रहेका छन् ।

 

केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना र  सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी रहेको अनुगमन समिति गठन गरिएको छ ।

 

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको छ ।

 

बैठकका अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचिन पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषद्मा निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरिएको थियो ।

 

सो बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रामजी प्रसाद बरालले प्रेस सेन्टर नेपालले जनताका मुद्धा र जनताका समस्याहरु सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिए ।

 

सो अवसरमा अग्रज पत्रकार कोमलनाथ बराल, विश्वप्रकाश शर्मा, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा विक, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे लगायतले भनाई राखेका थिए ।

पाँचथर: पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् ।  गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्...

थप पढ्नुहोस्

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डका अधिकांश भाग भित्तो खनेर बनाइएको र विस्तार गरिएको हुँदा सधैँ पहिरो र ढुङ्गा खस्ने जोखिम हुने गर्दछ । समयसमयमा पहिरो र ढुङ्गा खसेर भएका मानवीय क्षति धेरै छन् । ...

थप पढ्नुहोस्

काठमाडौं:  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएका छन् ।  सहरी विकास मन्त्रालयमा मंगलबार गृहमन्त्री रमे...

थप पढ्नुहोस्