रामचन्द्रलाई नेपाल निजामती कर्मचारी संगठन कास्कीको नेतृत्व
पाेखरा | माघ १५, २०८१
पोखरा: पेशागत महासंघ नेपालसँग आबद्ध नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति कास्कीको १३ औैं जिल्ला अधिवेशनबाट रामचन्द्र पहारी सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।
अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्ष रामचन्द्र पहारीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे ।
संगठनको खुला उपाध्यक्ष हरिप्रसाद रेग्मी, महिला उपाध्यक्ष ऐश्वर्य आचार्य पोखरेल, सचिव शिवप्रसाद पौडेल, सहसचिव नेत्रनारायण सुवेदी र कोषाध्यक्ष केशव ढुंगाना चयन भए ।
यस्तै कार्यसमिति सदस्य खुलातर्फ बुद्धिप्रसाद अधिकारी, सूर्यप्रसाद पोखरेल, गगन भुषाल र राजेन्द्र लामिछाने चुनिए ।
महिलातर्फ सरस्वती सापकोटा, नानु दाहाल सिग्देल, वसुन्धरा दवाडी र अस्मिता शर्मा छानिए ।

श्रेष्णी विहीनबाट कार्यसमितिको सदस्यमा माधव बराल सर्वसम्मत बने ।
जनजातिबाट रविचन्द्र श्रेष्ठ, युवाबाट विवश बास्तोला, प्रदेशबाट सन्तोष अधिकारी र स्थानीय तहबाट दमयन्ती पराजुली निर्विरोध भएका छन् । लेखा परीक्षण संयोजक मेघबहादुर बस्नेत, सदस्यमा विष्णु अधिकारी र यामप्रसाद पंगेनी सर्वसम्मत भए ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा कमलबहादुर केसी, राजेन्द्रप्रसाद आचार्य, माधवप्रसाद पौडेल, कमलप्रसाद पनेरु, महिला प्रतिनिधिमा विष्णुदेवी पोखरेल र सहकारी प्रतिनिधिमा तिलकप्रसाद आचार्य चयन भए ।
प्रदेश प्रतिनिधिमा प्रविण भण्डारी, विष्णु पोखरेल पौडेल, जीवनकुमार तिवारी, गणेशबहादुर कार्की, विष्णुदेवी पोखरेल, नरेन्द्र रेग्मी, बेलकुमारी गुरुङ, महिला प्रतिनिधिमा सुशीला पोखरेल र सहकारी प्रतिनिधिमा गणेश कार्की निर्विरोध भएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

