निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

पोखरा:    लोकतान्त्रिक तमु संघ नेपाल गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनले कास्कीका कर्णबहादुर गुरुङको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन गरेको छ ।  कास्की जिल्ला माछापुच्छ«े गाँउपालिका वडा नं.१ घाचोक लाम्छाने समाजमा आइतवार सम्पन्न अधिवेशनले कास्की माछापुच्छ«े गाँउपालिकाका निवर्तमान अध्यक्ष गुरुङको अध्यक्षतामा गठित प्रदेश कमिटीको वरिष्ठ उपाध्यक्षमा कास्कीकी पवित्रादेवी गुरुङ, उपाध्यक्षमा कास्की रुपाका टेकबहादुर गुरुङ, मुख्य सचिवमा लमजुङका अर्जुन गुरुङ, सचिवमा स्याङ्जाकी बिष्णुमाया गुरुङ, उपसचिवमा तनहुँका पुजन गुरुङ, कोषाध्यक्षमा स्याङजाका नेमबहादुर गुरुङ चयन हुनुभएको छ ।  यसरी नै कमिटिको सदस्यहरुमा पर्वतका दर्शन घले, कास्कीकी मिठु गुरुङ, सिमा गुरुङ, लमजुङका दुर्गबहादुर गुरुङ, गोविन्दकुमारी गुरुङ,  कास्कीका जगतबहादुर गुरुङ, गंगादेवि गुरुङ, सिमा गुरुङ, गोर्खाका उत्तमबहादुर गुरुङ, तनहुका देबेन्द्रजङ गुरुङ, मिनबहादुर गुरुङ र मुस्ताङकी मञ्जु गुरुङ चयन हुनुभएको छ ।  निर्वाचन समितिमा संघका संस्थापक उपाध्यक्ष, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ संयोजक, सदस्यहरुमा लोकतान्त्रिक तमु संघका केन्द्रिय अध्यक्ष गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ, संघका उपाध्यक्षहरु मिना गुरुङ, सर्मिला गुरुङ, संघका महासचिव एवम् लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका सचिव हुमबहादुर गुरुङ र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामा रहनुभएको थियो ।  नवनिर्वाचित कमिटिलाई नेकपा एमालेका स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख एवम निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। नवनिर्वाचित अध्यक्ष कर्णबहादुर गुरुङले संघलाई अत्यन्तै क्रियाशिल नमुना संघको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।  संघको गण्डकी प्रदेश प्रथम प्रादेशिक अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका उपमहासचिव, गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शनिवार उद्घाटन गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा एमाले स्थायी कमिटिे सदस्य, संघका संस्थापक अध्यक्ष किरण गुरुङ, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङ, नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष सुजन लामाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा सामाजिक व्यक्तित्व, माछापुच्छ«े ३निवासी, घाचोक लाम्छाने समाजका अध्यक्ष जगतबहादुर गुरुङ नेकपा एमालेमा समाहित हुदै पुरानै घर फर्केको र आफुले नेकपा एमाले, लोकतान्त्रिक तमु  संघका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रका प्रमुख अतिथि पृथ्वीसुब्बा गुरुङ, विशेष अतिथि किरण गुरुङ, गणेशमान गुरुङ, मनबहादुर गुरुङ, संघका अध्यक्ष बेदबहादुर गुरुङले टिका, फुल, खादा, फेटा लगाएर स्वागत सम्मान गर्नुभएको थियो। संघका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सर्मिला गुरुङ र संचालन महासचिव हुमबहादुर गुरुङले गर्नुभएको थियो ।  अधिवेशनको दोस्रो दिनका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य, संगठन विभाग प्रमुख, गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवनिर्वाचित कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष बेदबहादुर गुरुङ र एमाले सल्लाहकार परिषद सदस्य, संघका संस्थापक उपाध्यक्ष गणेशमान गुरुङले बधाई तथा शुभेच्छा प्रकट गर्नुभएको थियो ।  कार्यक्रममा नेकपा एमालेको  विभिन्न जनसंठनमा हालै निर्वाचित र लोकतान्त्रिक तमु संघको केन्द्रिय सदस्यमा मनोनित व्यक्तित्वहरुलाई बधाई एवम सम्मान समेत राखिएको थियो । 

काठमाडौं:   निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ। आयोगले कंसाकारलाई आइतबार सांसदको प्रमाणपत्र समेत दिइसकेको आयोगका उपन्यायाधिवक्ता गुरूप्रसाद वाग्लेले जानकारी दिए।  रास्वपाका समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ मागेका थिए। उक्त अडिओ बाहिर आएपछि रास्वपाले छानविन गरी उनलाई निलम्बन गरेको थियो।  यस्तै पार्टीले उनको सांसद पद समेत नरहने गरी कारबाही गरी विन्दाबासिनीलाई सांसद बनाउने निर्णय गरेको थियो।  प्रतिनिधि सभा संसदले पनि समानुपातिक सांसदको पद खाली रहेको जानकारी निर्वाचन आयोगलाई दिन्छ। उक्त जानकारी प्राप्त भएपछि आयोगले ७ दिनभित्र समानुपातिक सांसदको नाम पठाउन माग गर्ने वाग्लेले बताए।  त्यसअनुसार नै रास्वपाले विन्दावासिनीको नाम पठाएको थियो। त्यसमा उनलाई सांसद बनाउने आयोगले निर्णय गरेको हो।  निर्णय गरेपछि आयोगले यसको जानकारी संघीय संसदलाई पनि दिनुपर्ने र प्रमाणपत्र दिनुपर्ने वाग्लेले बताए।  आजै सर्वोच्च अदालतले तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठलाई गरिएको कारबाही तत्काल कार्यान्वयन नगर्न रास्वपालाई अन्तरकालीन अन्तरिम आदेश दिएको छ।

पोखरा:  सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।   सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले आज (सोमबार) तत्काल कारबाही नगर्न भन्दै रास्वपालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।    डाक्टर श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए ।   त्यसपश्चात आफूमाथिको भएको कारबाही न्यायोचित नरहेकाले श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।    सर्वोच्च अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि मागेको छ ।   रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि डा. ढाकाकुुमार श्रेष्ठ अदालत पुगेका छन् ।    श्रेष्ठले पार्टीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो।   यस विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई फसाइएको र आज अदालतबाट न्याय पाउने जनाएका छन् ।    ‘सबैलाई थाहा छ, मलाई फसाइएको हो’ श्रेष्ठले भने ‘सम्मानित अदालतबाट आज न्याय पाउनेमा विश्वस्त छु ।’ आफु राजनीतिबाटै सेवा गर्ने उद्धेश्यले लागेको भन्दै उनले कत्ति पनि विचलित नभएको बताएका छन् ।    सुनुवाइको व्यग्र प्रतीक्षामा रहेका श्रेष्ठ काठमाण्डौंमै छन् ।   

पोखरा:     नेपाली कांग्रेसले गण्डकी प्रदेशको प्रमुख सचेतकमा गोरखाका नन्द प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।   नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।

पोखरा:     नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सस्तो लोकप्रियताको लागि छोटे राजालाई प्रधानमन्त्रीको अफर एमालेले नगर्ने बताएका छन् ।  प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले सस्तो लोकप्रियताका लागि कसैलाई एमालेले प्रधानमन्त्रीको अफर नगर्ने र एमालेको प्रचार विभागले कुनै सिरियल निर्माण गर्ने त्यसमा प्रधानमन्त्रीको रोल दिन सक्ने बताएका हुन् ।  केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको हो भन्ने प्रश्नमा नेता बस्नेतले यस्तो प्रतिक्रिया दिए ।  ‘नेकपा एमाले त्यस्तो सस्तो लोकप्रियताका लागि कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन, स्तरहीन र राजनीतिक चेतना नभएका कसैलाई एमालेले प्रधानमन्त्रीको अफर ग¥यो भन्नु हास्यापद हो, उनले भने, ‘एमालेको प्रचार विभागले कुनै सिरियल बनाए त्यसमा प्रधानमन्त्रीको रोल चाँहि दिन सकिएला, मुलुकको प्रधानमन्त्रीको अफर एमालेले कसैलाई गरेको छैन ।’   उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाएकालाई एमालेले नभएर फेसबुक र सामाजिक सञ्जालले प्रधानमन्त्री बनाउने भन्दै व्यङ्ग्य गरे ।  ‘नयाँ उदय भएका राजनीतिक पार्टीहरुको पनि प्रधानमन्त्री बन्ने चाहना छ, प्रधानमन्त्री पनि कस्तो भन्दा फिल्मको नायक जस्तो, २४ घण्टा, १ सय दिन दिनुहोस् देखाइदिन्छौं भन्ने, उनले भने, ‘मैले अरुको बारेमा धेरै टिका टिप्पणी गर्दिन, सस्तो लोकप्रियताको लागि नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट हुँदा पनि च्याखे दाउ थापेर प्रधानमन्त्रीको जुँवा खेलीरहेको र त्यसमा दाउ लागेकोसमेत बताए ।  यस्तै उनले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने समेत बताएका छन् ।  

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक जना सांसदले जानकारी दिएका छन् । आजको बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य र सांसदहरूले अहिले धेरै दल मिलेर बनेको सरकारमा दुईरचार वटा मन्त्रालय लिएर जाँदा काम गर्न अप्ठेरो हुने र पार्टीप्रतिको लोकप्रियता कम हुने धारणा राखेका थिए । सरकारमा गएमा गठबन्धन बचाउनका लागि प्रचण्ड नेतृत्वको सरकारले गर्ने गलत निर्णय र कदमलाई समेत समर्थन गर्नुपर्ने बाध्यता आउने भन्दै उनीहरूले बेलैमा सचेत हुनुपर्ने पनि बताएका छन् । पार्टीले अब प्रतिपक्षमा बसेर नागरिकका आवाज बुलन्द गर्ने र सरकारका गलत कामको विरोध गर्ने जनाएको छ । गएको पुस १० गते अप्रत्याशितरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा पनि गएको थियो । एमाले र माओवादीको गठबन्धन भत्किएर मन्त्रिपरिषद् पुनगर्ठन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।

काठमाडौं:    नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ । गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ । 

काठमाडौँ:  गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको छ ।   साे बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिँदैछ ।   प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको रास्वमा सचिवालयले जनाएकाे छ ।   आज अपरान्ह बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिए ।