काठमाडौं:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा&ndas...

चितवन:    चितवनमा दिउँसो १ बजेदेखि मतगणना सुरु हुनेभएको छ । बिहान बसेको सर्वदलीय बैठकले चितवन क्षेत्र नम्बर २ को उपचुनावको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेको हो।   नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएका जित नारायण श्रेष्ठले बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको जानकारी दिए। चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।  उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा मतगणना हुँदै छ ।  मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरुमाथि कारबाहीका लागि प्रहरीलाई जानकारी गराउने र  प्रमुख जिल्ला अधिकारीको भूमिकाबारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएको श्रेष्ठले बताए ।

तनहुँ:   तनहुँ-१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै ११ हजार मत कटाएका छन् । आइतबार रातिदेखि भएको मतगणनामा बिहान साढे ११ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ४ हजार ४६५ मतले अगाडि छन् । वाग्ले र भट्टराईलाई पछ्याइरहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३ हजार ७४७ मत प्राप्त गरेका छन् । १ लाख २३ हजार ३०५ मतदाता रहेको तनहुँ-१ मा उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।  

तनहुँ:   राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा आचार संहिता उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेको छ ।   रास्वपाका जिल्ला उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डले निर्वचन आचार संहिता उल्लंघन गरेकाले कारबाहीको दायरमा ल्याउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।   गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको प्रचारप्रसार र समर्थनका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी वैशाख ६ गते तनहुँको बन्दीपुर डुम्रे बजारमा भएको चुनावी सभामा सम्बोधन गर्न आएका थिए ।   सम्बोधनका क्रममा उनले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाएमा नेताहरुलाई मन्त्री, प्रदेशमन्त्री, मुख्यमन्त्री बनाउने आश्वसन दिई आम मतदातालाई अनुचित प्रभाव पारेको रास्वपाको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।   प्रधानमन्त्रीको उक्त कार्य निर्वाचन सम्बन्धी कसुर भएकाले सत्यतथ्य छानबिन गरी निर्वाचन आचारसंहिता २०७९ को दफा ३ विपरीत भएकोले निर्वाचन कसूर तथा सजाय ऐन २०७३ तथा निर्वाचन कसूर तथा सजाय निर्देशिका २०७९ बमोजिम कारबाही हुनु पर्ने रास्वपाको माग छ ।

चितवन:   प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै छन् ।   लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन आउन लागेका हुन् ।   वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको चुनावी सभामा कार्यकर्तालाई सम्बोधन गर्न पार्टीका प्रमुखसहित मुख्य नेता चितवन आउन लागेका हुन् ।   आज दिउँसो ३ बजे कालिका नगरपालिका–४ पदमपुरस्थित क्याम्पसको फुटबल मैदानमा चार दलीय गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु आउन लागेको कांग्रेस चितवनका सचिव सूर्य अर्यालले जानकारी दिए ।   उनका अनुसार सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।   उनीहरु बाराको चुनावीसभालाई सम्बोधन गरेर चितवन आउने तयारीमा छन्।    त्यस्तै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,  नेता शेखर कोइरालालगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

तनहुँ:  तनहुँ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न प्रधानमन्त्री सहित शीर्ष नेता तनहुं पुगेका छन्।   भट्टराईको पक्षमा चुनावी माहोल बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा एकै दिन तनहुँ पुगेका हुन्।   सो अवसरमा बोल्दै पुष्पकमल दाहालले गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे । उलने अन्य पार्टीलाई कटाक्ष गर्दै भने, ‘खहरे खोला सधैं उर्लिदैन । केही समय मात्रै हो ।’   प्रचण्ड बुधबार बिहान गोरखाको चुम उपत्यका पुगेर एउटा गुम्बाको कार्यक्रमलाई सम्बोधनपछि हेलिकोप्टरबाट तनहुँ आएका थिए ।   उता कांग्रेस सभापति देउवा काठमाडौंबाट सिधै तनहुँ पुगेका हुन्। तनहुँ १ मा कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका डा. स्वर्णिम वाग्लेको चुनौती चिर्न शीर्ष नेता त्यहाँ पुगेका हुन्। उच्च राजनीतिक स्रोत काअनुसार तनहुंको चुनावमा खटिएका नेका महामन्त्री भित्रभित्रै स्वर्णिम वाग्लेलाई जिताउन लागेपछि सभापति देउवा सहित शिर्ष नेता आत्तिएका छन् ।   गगन थापाले तनहुंबाट वाग्लेलाई जिताएर राष्ट्रिय स्वतन्त्र पार्टी ससंसदीय दलको नेता बनाएर आफ्नो स्वार्थ अनुसार रास्वपालाई प्रयोग गर्ने रणनीतिमा लागेका छन् । थापाले चितवनको सभामा पनि रवि लामिछानेप्रति कुनै आलोचना नगरीकन फर्केपछि कांग्रेससीहरुमा छटपटी शुरु भएको छ ।   चुनावी कार्यक्रमलाई सम्बोधनका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका छन्।   तनहुँ १ मा कांग्रेसबाट भट्टराई, रास्वपाबाट वाग्ले र नेकपा एमालेबाट सर्वेन्द्र खनालबीच त्रिपक्षीय भिडन्त हुने अनुमान गरिएको छ।

काठमाडौं:  राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।   धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।   राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।  

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको निम्तो प्राप्त गरेका छन् ।   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवमार्फत पठाएको निम्तो प्रधामन्त्री प्रचण्डले प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।     तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने । ‘मिति तय भइसकेको छ, तर तयारी पूरा नभएका कारण त्यसलाई सार्वजनिक गर्न मिल्दैन र सुरक्षाको दृष्टिले पनि त्यो राम्रो मानिँदैन,’ उनले भने । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने उनको भनाइ छ ।   मे १० तारिखमा भारतको कर्नाटकमा चुनाव छ । मे १९ मा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाने भएकाले मे ११ देखि १८ को बीचमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय भएको ती अधिकारीले बताए ।

काठमाडौं:    संवैधानिक परिषद्सम्बन्धी बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधवार बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रधानन्यायाधीश नियक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय हुन नसकेको बताउनु भयो । उहाँले अर्को बैकठले प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय गर्ने पनि बताउनु भयो ।  प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको बैठकमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानून, न्याय र संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी हुनुहन्थ्यो । वैशाख ४ गते नेकपा एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बसेको प्रमुख तीन दलबीचको बैठकले संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो । महाभियोग प्रस्तावका कारण २०७८ फागुन १ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेपछि १४ महिनादेखि सर्वोच्च न्यायालय कामुको भरमाचोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ । नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका छन् ।

काठमाडौं:     राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना गाडी चालक दुर्घटनाको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । सोमबार दिउँसो फेसबुकमार्फत उनले चोटका बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक नछर्न आग्रह गरेका छन् । रवि लामिछानेका गाडी चालक शम्भु भनिने दिलबहादुर थापा आइतबार राति छतबाट खसेर गम्भीर घाइते भएका छन् । उनको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । रविले विहानैदेखि आफूले निरन्तर रुपमा चालकको स्वास्थ्य अवस्थाको विषयमा परामर्श गरिरहेको र अहिले अवस्थामा सुधार भएको बताएका छन् । यस्तो बेला आफूसँग भन्ने कुनै शब्द नभएको भन्दै रविले लेखेका छन्, ‘म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन् । बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला । स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला ।’ रविले अगाडि लेखेका छन्, ‘‘मेरो सहयोगी, मेरो साथी, मेरो भाइ शम्भु अस्पतालको शय्यामा संघर्ष गरिरहेको छ । उसका लागि प्रार्थना गरिदिनु होला । स्वास्थ्य लाभको कामना गरिदिनुहोला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछोप्नु होला ।’