काठमाडौं:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा&ndas...

पोखरा:   गण्डकी प्रदेश सरकारको नेतृत्व गरेका खगराज अधिकारीको सरकार वैशाख ९ गते ढलेसँगै प्रदेशको मुख्यमन्त्री को बन्ने भनेर माओवादी र कांग्रेसको हानथाप छ ।    गण्डकी प्रदेश सभामा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनाउनुपर्ने भएकाले माओवादी र कांग्रेसको मुख्यमन्त्री बन्न हानथाप छ ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् । प्रदेश प्रमुखले दिएको समय भित्र माओवादीको समर्थनमा मुख्यमन्त्री बन्न नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले तयारी गरेका छन् । स्रोतका अनुसार केही समयमा दलको बैठक बसेर प्रदेश प्रमुख समक्ष दाबी गर्ने कांग्रेसको तयारी छ ।  यद्यपी गण्डकीमा शीर्ष तहमै कांग्रेसमा र माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरु बताउछन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको कांग्रेस निकट स्रातको भनाई छ ।  तर नेकपा माओवादीले केन्द्रका स्रोतका अनुसार पहिले कसले दाबी गर्ने भनेर केन्द्रको आधिकारिक निर्णय अझै नआएकाले गण्डकी प्रदेशको सरकारको मुख्यमन्त्री को भन्छ भनेर अन्यौल छ । यद्यपी दुइपटक प्रदेशको मन्त्री भइसकेको हरिब बहादुर चुमानले पनि मुख्यमन्त्री बन्ने अडान लिएपनि केन्द्रको निर्णर्य कुरिरहेको बताइएको छ । पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस र माओवादीको सरकार बन्न लागेको हो । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए । कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो ।   कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।  

काठमाडौं:    तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमा आज (बुधबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । तत्कालीन उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उहाँलाई मन्त्री नबनाइयोस् भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । आज कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो । प्रतिनिधि सभामा पराजित गौतम २०७७ साल भदौमा राष्ट्रिय सभा सदस्यमा मनोनयन हुनुभएको थियो । निर्वाचनमा पराजित व्यक्तिलाई त्यही कार्यकालमा मनोनयन गर्न नहुने भनी सर्वोच्चमा छुट्टाछुट्टै रिट निवेदन परेको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा सचिवालय, नेपाल कम्युनिष्ट पार्टी र बामदेव गौतमलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो । त्यस्तै अधिवक्ता भट्टले राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने पद सक्रिय राजनीतिमा रहेका र चुनावमा पराजित भएकालाई ल्याउनका लागि नभएको भन्दै गौतमको नियुक्ति बदर गर्न माग गर्नुभएको छ । रिटमा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएको व्यक्ति उक्त प्रतिनिधि सभाको कार्यकालभर मन्त्री नियुक्त हुन नसक्ने संविधानको धारा ७८ (४) को व्यवस्था उल्लेख गर्दै मन्त्री बनाएमा संविधान उल्लङ्घन हुने जिकिर गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा गौतम बर्दिया १ बाट पराजित हुनुभएको थियो । तर नेपाल कम्युनिष्ट पार्टीको सचिवालय समितिको निर्णयका आधारमा सरकारले राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्य पदका लागि राष्ट्रपतिसमक्ष नाम सिफारिस गरेको थियो । त्यसपछि भदौ २९ गते राष्ट्रिय सभा सदस्य पदमा गौतम मनोनीत हुनुभएको थियो ।

बारा:    प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ  प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । यस्तै नेकपा ९एमाले० का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाउनुभयो । बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित हुनुभएको थियो ।   बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित हुनुभएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गर्नुभयो ।  

काठमाडौं:    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ । मङ्गलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो । घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद् सचिवालयमा पत्राचार गरेको थियो । रास्वपाको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा। ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निष्कासन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनी निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद् सचिवालयमा दिएकाले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु । साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको ब्यहोरा समेत माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’’ श्रेष्ठ रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।

नवलपुर:     गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा थापाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।    गत मंसिर ४ मा सम्पन्न भएको प्रदेश सभा निर्वाचनमा नवलपुरको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार रहनुभएका थापामगरले चुनावमा कुल ७ लाख ५० हजार ४७५ खर्च भएको जानकारी दिनुभयो ।   उहाँका अनुसार चुनाव प्रचारप्रसारको प्रयोजनमा सो रकम खर्च भएको हो ।    सो निर्वाचनमा सवारीसाधन, छपाई, कार्यालय सञ्चालन, प्रचार प्रसार सामाग्री लगायत विभिन्न शिर्षकमा  ७ लाख ५० हजार ४७५ खर्च भएको थियो ।    कुन शिर्षकमा कति खर्च ?  

चितवन:   चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने विजयी भएका छन् । वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७५ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन् । उनले ४३ हजार १६१ मतान्तरले प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका हुन् । जितनारायण श्रेष्ठले ११ हजार ११४ मत प्राप्त गर्दा, नेकपा (एमाले)का रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत पाए । अघिल्लो निर्वाचनमा लामिछानेले ४९ हजार तीन सय मत ल्याएका थिए ।

दमौली:    तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो ।  आज सम्पन्न मतगणनाअनुसार डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी हुनुभएको थियो । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।  तनहुँवासीको विश्वास र भरोसालाई डगमगाउन नदिने बताउँदै भन्नुभयो, “जनताका अपेक्षा न्याय गर्नेछु ।” डा वाग्लेले जिल्लाका सबै राजनीतिक दलसँग सहकार्य र समन्वय गरेर काम गर्ने बताउनुभयो । नीति, क्षमता सही भएको खण्डमा देश विकास सम्भव रहेको जनाउँदै सामूहिक प्रयासलाई इमानदारीपूर्वक निभाउने बताउनुभयो । देश विकास गर्ने हुटहुटीले आफूहरू आएको जनाउँदै उहाँले भन्नुभयो, “सबैको सामूहिक प्रयत्नबाट मात्र देश विकास हुन्छ ।” मुख्य निर्वाचन अधिकृत आचार्यले शान्तिपूर्णरूपमा निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताउनुभयो ।  विजयी डा वाग्लेलाई प्रतिस्पर्धी भट्टराईको बधाई नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिनुभएको छ । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएपछि भट्टराईले वाग्लेलाई बधाई दिनुभएको हो ।  कांग्रेसका भट्टराईले भन्नुभयो, “चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो । र, संयोगले तपाईँ निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईले सक्नुभयो ।” उहाँले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफूप्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा. वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गर्नुभयो ।  उहाँले भन्नुभयो, “मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ । अब पनि खटिरहनेछु । अनि तपाईले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।”  निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो । RSS

तनहुँ:    तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको निर्वाचित भएका छन् । आज विहान सम्पन्न मतगणना अनुसार डा.वाग्लेले ३४ हजार नौ सय १९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।  निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत प्राप्त गरे  । नेकपा एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ मत प्राप्त गरे ।  राप्रपाको शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मंगोल अर्गनाईजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गरेका थिए। निर्वाचनमा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो भने एक हजार १८१ मत बदर भएको थियो । २०७९ को मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं। १ मा नेपाली कांग्रेसका तत्कालिन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत प्राप्त गरेका थिए  । सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। रास्वपाका वाग्ले कांग्रेस छोडेर उम्मेदवार बनेका हुन् । कांग्रेसका तत्कालिन वरिष्ठ नेता राष्ट्रपति बनेपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो । 

काठमाडौं:    सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । सोमबार दिउँसो सिंहदरबारमा तीन दलका शीर्ष नेतालगायत दलका प्रमुख सचेतबीच छलफल सुरु भएको हो । बैठकमा समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँगै दलका प्रमुख सचेतको सहभागी हुनुहुन्छ ।