निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

पोखरा:    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सुशासन भाषणमा नभएर व्यवहारमा हुनुपर्ने बताएका छन् ।  गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै उनले नेताहरु सबैतिरबाट कैद भएकाले चर्को भाषणमा नभएर व्यवहारमा सुशासन हुनुपर्ने बताएका हुन् ।  ‘मेरो नेतृत्वमा सरकार हुँदा केही भिडियो टेलिभिजनमा आयो, धन्यवाद, सुशासन भाषणमा नभएर व्यवहारमा देखाउन पर्छ नेता लगायत सम्पूर्ण नागरिक सबैतीरबाट सुशासन पालनाका निम्ति कैद भएका छन् ।’ नेता अधिकारीले भने ।  उनले प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा मौखिक र लिखित रुपमा आधाआधा सरकार गर्ने भनेर सहमति गर्नु जनताको भावना विपरित भएकोसमेत बताए ।  ‘प्रदेश सभामा कुनैपनि राजनीतिक दलको बहुमत छैन, संविधान अनुसार सरकार गठन पर्ने हुन्छ । म मुख्यमन्त्री हुँदै गर्दा पुरै पाँच वर्षनै मुख्यमन्त्री बन्छु भनेर आएको थिए । सम्भव भएन, उनले भने, ‘अहिले तपाईले आधाआधा कार्यकाल भनेर प्रदेश सरकारमा अस्थिरता निम्ताउन खोज्नुभएको छ ।’ नेकपा एमालेका संसदीय दलका नेता अधिकारीले प्रदेश सरकार आलोपालो गरेर अस्थिरता पक्षमा गएर त्यसको भार जनतालाई बोकाउने पक्षमा नभएको समेत दाबी गरे ।  उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भए पनि उपधारा २ मै गोलचक्कर लगाएर बसेको बताउँदै दुई÷दुई महिनामा सरकार परिवर्तन हुँदा प्रदेश सरकारप्रति जनतामा कस्तो प्रश्न उब्जिएको छ भनेर प्रश्न समेत गरेका थिए ।

वैशाख १० गते तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ‘ठूला’ मानिएका नेपाली कांग्रेस र नेकपा एमालेलाई पछार्दै घण्टी बजाएपछि राजनीतिक दिग्गजहरुको हिसाबकिताब बिग्रिएको छ ।      मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जीत निकालेको यस क्षेत्रमा गोविन्द भट्टराइ ढुक्कको स्थितिमा थिए । माटोले चिनेको र कांग्रेसले न्याय गरेको आहानबीच मौन अवधिसम्म गरिएको प्रचारप्रसारले उनलाई संसदमा पु¥याउने पक्कापक्की थियो ।    जुन हिसाबले कांग्रेसको टोली प्रचारमा हिँडिरहेको थियो, यसको ठिक विपरित एमाले सुस्त देखिन्थ्यो । यतिसम्म की तनहुूँ एमालेले गतिलो कोणसभासमेत गर्न सकेको थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरिने आमसभा पनि यत्तिकै ढिसमिस भयो ।    एमालेको अल्छिलाग्दो चुनावी रणनीतिले कांग्रेसका ‘पानीमान्छे’ अर्थात् भट्टराई समूहको हौसला ह्वात्तै बढेको थियो । नगर क्षेत्रमा रास्वपाका वाग्लेले केही पुरातन भोट तितरवितर पारेपनि ‘हल्लाउन नसक्ने’ कांग्रेसको ठम्याई थियो ।    यता, घर र मामाघर तनहुँमै भएपनि एमालेका खनाललाई विपक्षीले ‘टुरिष्ट’को ट्याग लगाइदिएका थिए । तैपनि कम्युनिष्ट आदर्श अनुरुप खनाल प्रचारमा जुटिरहे । कांग्रेसका असन्तुष्टले घन्टी र जोशी पक्षधरको भोट एमालेमा आउने खनालको बुझाई थियो । अझ नाताले मामा–भाञ्जा पर्ने भएपछि भट्टराई खलकको भोट तान्न सक्ने कन्फिडेन्ट थियो खनालसँग । नातामा खनालका बुवा भट्टराईका मामा हुन् ।    साथै, एमालेले आफ्नो भोटमात्रै जोगाउन सके यसपटक जीत हान पार्न सकिन्छ भन्ने रिपोर्टिङ खनाललाई गरेका थिए । यद्यपि, जिल्लास्तरको आमसभा नहुनु र केन्द्रीय नेताहरु तनहुँ नझर्दा खनालको मनमा चिसो भने पसेको थियो ।    अन्ततः चुनावी प्रचारको समयले नेटो काटेर मौन अवधि सुरु भएपछि एकाएक राजनीतिको उल्टो हावा चल्यो । विश्वस्त सुत्रले बताए अनुसार एमाले अध्यक्ष ओलीले खनाललाई फरक ब्रिफिङ् गर्न काठमाण्डौ बोलाउन चाहिरहेका थिए । तर सम्भव नभएपछि ओलीले दूतकारुपमा राजन भट्टराइलाई ९ गते मुग्लिन पठाए ।    सोही रात राजनलगायतलाई भेट्न खनाल मुग्लिन हानिए । पारिवारिक स्रोतले पनि त्यस रात खनाल घरमा नभएको बताएका छन् भने खनाल साढे १२ बजे मुग्लिन पुल कटेको पाइएको छ ।    उक्त रात खनाललाई एमालेकै भोट नआउने र कांग्रेसले जित्नुभन्दा घण्टी बज्नु नै एमालेको हितमा रहने ब्रिफिङ गरियो । त्यसबेला आफु बलिको बोका बनाइएको र राजनीतिक करिअर ध्वस्त बनाइएको गुनासो खनालले गरेपछि उनलाई एमालेले राष्ट्रियसभामा लैजाने आश्वासन दिएको छ ।      राष्ट्रियसभामा लैजाने भन्ने विषयमा आवश्यक प्रतिक्रिया लिन खनाललाई बाराम्बार टेलिफोन सम्पर्क गर्दा पनि उनले रिसिभ गरेका छैनन् ।    खनाललाई ९ गते रातिमात्रै पार्टीको रणनीति थाहा भएपनि कांग्रेसलाई भने एक साताअघिदेखि नै यसको सुइँको मिलिसकेको थियो । जब मौन अवधिमा कांग्रेसको भित्री टिम रात परेपछि मतदाताको घरघरमा पुग्न थाल्योे, तब एमालेकै प्रचार कमिटीका केही सदस्यले घण्टीमा भोट जाने सूचना चुहाइदिएपछि भट्टराइको चुनावी ‘नाइट टिम’ अत्तालिएको थियो ।   जिल्ला स्रोतका अनुसार एमाले तनहुँ १ का नगर र पालिका कमिटीका करिब १५ सय संगठित सदस्यलाई ८ गते नै घण्टीमा भोट हाल्न र सोही अनुरुप प्रचार गर्न निर्देशन दिइसकिएको थियो ।    फलतः व्यास र भानु नगरपालिका एवं बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा एमालेको रणनीतिले काम गर्दा स्वर्णिमले ३४ हजार ९१९ मतले बाजी मरे । उक्त क्षेत्रको देवघाट गाउँपालिकामा भने एमालेको योजना आंशिकमात्र सफल भएको छ । स्वर्णिमले कांग्रेसका भट्टराई भन्दा २० हजार १२२ मत बढी ल्याएका हुन् ।    पार्टीकै योजनाबाट चुटिएर राष्ट्रियसभामा जाने सपना देखेका खनालले ८ हजार ४८८ मतमात्र प्राप्त गरे । जुन मत संख्या मंसिरको भन्दा ११ हजार ४८३ ले कम हो । मंसिरमा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए । 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।  मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभयो।  नवनियुक्त मन्त्रीहरुको बिहीबार दिउँसो ३ बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।

काठमाडौं:    सत्तारूढ गठबन्धनका दलको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको बैठकमा उपस्थित छन्।  बैठकमा सरकार विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यसूची छ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्डलाई) राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष सभापति रवि लामिछानेले भेटेपछि रास्वपा सरकारमा सहभागी हुन्छ वा हुदैन भन्ने विषयले चर्चा पाएको छ ।   तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ।   आज (सोमबार) पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए।   महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने बताइएकाे छ ।   साविककै मन्त्रालय पाउने स्थिति बनेमा र सरकारका न्यूनतम साझा कार्यक्रम पुनर्लेखन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएमा सरकारमा जान सकिने विषयसमेत बैठकमा उठेको थियो ।

काठमाडौँ:   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ ।   आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।    उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ ।   भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई दिनुभएको थियो । 

काठमाडौं:   सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । सरकारले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने उनले बताएका हुन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले त्यो प्रस्ताव सिङ्गै देशलाई मान्य नहुने पनि बताए ।  महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने पनि पटकपटक दोहो¥याए । उनले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराए । महामन्त्री शर्माले भने, ‘भ्रष्टाचार गरेको मान्छेले पाँच वर्ष सजायको घेरामा पर्ने नाममा उन्मुक्ति पाउनुपर्ने । राख्ने नै हो भने हदम्याद २५ वर्षको राखौं । तर कडिकडाउसँग भ्रष्टाचार गरेको मान्छेलाई कठघरामा ल्याएर उसलाई कानुनी कारबाही देखि आर्थिक कारबाहीसम्म राज्यले गर्नुपर्छ । मैले सार्वजनिक रुपमा पनि के भन्न चाहन्छु भने सरकारलाई यो भ्रष्टाचार निवारण ऐनमा जुन राखिदै गरिएको अवस्था छ । पाँच वर्षे हदम्याद जो राखिने कुरा गरिएको छ । यो हामीलाई स्विकार्य छैन । यो देशले स्विकार गर्दैन । कडिकडाउनका साथ यसमा जानु पर्छ राज्य ।’ महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिए । उनले देशको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

पोखरा:   नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय गरेको भन्दै विरोध गरेको छ ।  राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववियुले आज शुक्रबार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै विरोध गरेको हो ।  प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराजुलुस गर्दै अनेरास्ववियुले नालायक सरकार राजीनामा दे, प्रचण्डे चोर देश छोड्,अयोग्य लडाकुलाई राहत दिने निर्णय खारेज गर लगायतका नारासमेत लगाए ।    विरोध प्रदर्शन पश्चात कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस समितिका अध्यक्ष विष्णु पोखरेलले अयोग्य लडाकुलाई कहिले सम्म सरकारले अयोग्य बनाएर रकम बाँड्ने हो भनेर प्रश्न समेत गरे ? उनले सरकारले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताए । अनेरास्ववियुले पोखरामा सरकारको यो निर्णय विरुद्ध कालो ब्यानरसमेत प्रदर्शन गरेको थियो ।  सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व लडाकुलाई सरकारले जनही दुई लाख रूपैयाँ रकम उपलब्ध गराउन लागेको भन्दै अनेरास्ववियुले पोखरामा विरोध गरिएको हो ।

पोखरा:   बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका सुरेन्द्र पाण्डेले आज पदभार ग्रहण गरेका छन् ।  शुक्रबार पाण्डेले पदभार ग्रहण गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले ४ वटा निर्णय समेत गरेको छ ।   मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत् महशुलमा सत् प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ ।    यस्तै बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने ,  सवारी चालक अनुमतिपत्र वितरण पक्रिया छिट्टो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न कार्यदल गठन समेत गरिएको छ ।     मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव संयोजक, मुख्यमन्त्री कार्यालयका समन्वय महाशाखाका सचिव सदस्य, आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य, भौतिक पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन गरिएको छ ।  मन्त्रिपरिषद्को प्रवक्तामा कांग्रेसबाट मन्त्री बनेकी सरस्वती अर्याल तिवारीलाई जिम्मेवारी तोकिएको छ ।   तिवारीले शुक्रबारनै मुख्यमन्त्री पाण्डेसँगै पद तथा गोपनीयताको शपथ  लिएकी थिइन् ।  तीन सदस्य मन्त्रिपरिषद्ले लोकतन्त्र प्राप्तिका लागि भएको सबै किसिमका जनआन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति सम्मान तथा हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।