काठमाडौं:  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा&ndas...

पोखरा:  सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।   सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले आज (सोमबार) तत्काल कारबाही नगर्न भन्दै रास्वपालाई अल्पकालीन अन्तरिम आदेश दिएको हो ।    डाक्टर श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भएका थिए ।   त्यसपश्चात आफूमाथिको भएको कारबाही न्यायोचित नरहेकाले श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।    सर्वोच्च अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि मागेको छ ।   रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद र साधारण सदस्यबाट हटाएपछि डा. ढाकाकुुमार श्रेष्ठ अदालत पुगेका छन् ।    श्रेष्ठले पार्टीको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा हालेको रिटको सुनुवाई आज हुँदैछ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा यो मुद्दाको सुनुवाइ हुन लागेको हो।   यस विषयमा प्रतिक्रिया दिँदै श्रेष्ठले आफुलाई फसाइएको र आज अदालतबाट न्याय पाउने जनाएका छन् ।    ‘सबैलाई थाहा छ, मलाई फसाइएको हो’ श्रेष्ठले भने ‘सम्मानित अदालतबाट आज न्याय पाउनेमा विश्वस्त छु ।’ आफु राजनीतिबाटै सेवा गर्ने उद्धेश्यले लागेको भन्दै उनले कत्ति पनि विचलित नभएको बताएका छन् ।    सुनुवाइको व्यग्र प्रतीक्षामा रहेका श्रेष्ठ काठमाण्डौंमै छन् ।   

पोखरा:     नेपाली कांग्रेसले गण्डकी प्रदेशको प्रमुख सचेतकमा गोरखाका नन्द प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ । संसदीय दलका नेता तथा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यौपानेलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।   नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् । न्यौपाने गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।

पोखरा:     नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सस्तो लोकप्रियताको लागि छोटे राजालाई प्रधानमन्त्रीको अफर एमालेले नगर्ने बताएका छन् ।  प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता बस्नेतले सस्तो लोकप्रियताका लागि कसैलाई एमालेले प्रधानमन्त्रीको अफर नगर्ने र एमालेको प्रचार विभागले कुनै सिरियल निर्माण गर्ने त्यसमा प्रधानमन्त्रीको रोल दिन सक्ने बताएका हुन् ।  केही दिन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्तामा लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको हो भन्ने प्रश्नमा नेता बस्नेतले यस्तो प्रतिक्रिया दिए ।  ‘नेकपा एमाले त्यस्तो सस्तो लोकप्रियताका लागि कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन, स्तरहीन र राजनीतिक चेतना नभएका कसैलाई एमालेले प्रधानमन्त्रीको अफर ग¥यो भन्नु हास्यापद हो, उनले भने, ‘एमालेको प्रचार विभागले कुनै सिरियल बनाए त्यसमा प्रधानमन्त्रीको रोल चाँहि दिन सकिएला, मुलुकको प्रधानमन्त्रीको अफर एमालेले कसैलाई गरेको छैन ।’   उनले सामाजिक सञ्जालमा लोकप्रियता कमाएकालाई एमालेले नभएर फेसबुक र सामाजिक सञ्जालले प्रधानमन्त्री बनाउने भन्दै व्यङ्ग्य गरे ।  ‘नयाँ उदय भएका राजनीतिक पार्टीहरुको पनि प्रधानमन्त्री बन्ने चाहना छ, प्रधानमन्त्री पनि कस्तो भन्दा फिल्मको नायक जस्तो, २४ घण्टा, १ सय दिन दिनुहोस् देखाइदिन्छौं भन्ने, उनले भने, ‘मैले अरुको बारेमा धेरै टिका टिप्पणी गर्दिन, सस्तो लोकप्रियताको लागि नेकपा एमालेले कसैलाई प्रधानमन्त्रीको अफर गर्दैन ।’ उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३२ सिट हुँदा पनि च्याखे दाउ थापेर प्रधानमन्त्रीको जुँवा खेलीरहेको र त्यसमा दाउ लागेकोसमेत बताए ।  यस्तै उनले नक्कली शरणार्थी प्रकरण छानविनमा नेकपा एमालेले सहयोग गर्ने समेत बताएका छन् ।  

काठमाडौं:   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शुक्रवार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको एक जना सांसदले जानकारी दिएका छन् । आजको बैठकमा बोल्ने धेरैजसो केन्द्रीय सदस्य र सांसदहरूले अहिले धेरै दल मिलेर बनेको सरकारमा दुईरचार वटा मन्त्रालय लिएर जाँदा काम गर्न अप्ठेरो हुने र पार्टीप्रतिको लोकप्रियता कम हुने धारणा राखेका थिए । सरकारमा गएमा गठबन्धन बचाउनका लागि प्रचण्ड नेतृत्वको सरकारले गर्ने गलत निर्णय र कदमलाई समेत समर्थन गर्नुपर्ने बाध्यता आउने भन्दै उनीहरूले बेलैमा सचेत हुनुपर्ने पनि बताएका छन् । पार्टीले अब प्रतिपक्षमा बसेर नागरिकका आवाज बुलन्द गर्ने र सरकारका गलत कामको विरोध गर्ने जनाएको छ । गएको पुस १० गते अप्रत्याशितरूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा पनि गएको थियो । एमाले र माओवादीको गठबन्धन भत्किएर मन्त्रिपरिषद् पुनगर्ठन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ जना सांसद रहेका छन् ।

काठमाडौं:    नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ । एमालेको केन्द्रीय कमिटी बैठक झापामा यही वैशाख २८ देखि ३० गतेसम्म बस्दैछ । गत मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्दै छ । 

काठमाडौँ:  गत वैशाख १० गते भएको उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको छ ।   साे बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिँदैछ ।   प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गरिसकेका छन् तर रास्वपाले भने अझै ‘ग्रिन सिग्नल’ नदिएको अवस्थामा सो बैठक बस्न लागेको रास्वमा सचिवालयले जनाएकाे छ ।   आज अपरान्ह बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने छ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिए ।    

पोखरा:    गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेशका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले सुशासन भाषणमा नभएर व्यवहारमा हुनुपर्ने बताएका छन् ।  गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै उनले नेताहरु सबैतिरबाट कैद भएकाले चर्को भाषणमा नभएर व्यवहारमा सुशासन हुनुपर्ने बताएका हुन् ।  ‘मेरो नेतृत्वमा सरकार हुँदा केही भिडियो टेलिभिजनमा आयो, धन्यवाद, सुशासन भाषणमा नभएर व्यवहारमा देखाउन पर्छ नेता लगायत सम्पूर्ण नागरिक सबैतीरबाट सुशासन पालनाका निम्ति कैद भएका छन् ।’ नेता अधिकारीले भने ।  उनले प्रदेश सभामा कुनै पनि राजनीतिक दलको बहुमत नआउँदा मौखिक र लिखित रुपमा आधाआधा सरकार गर्ने भनेर सहमति गर्नु जनताको भावना विपरित भएकोसमेत बताए ।  ‘प्रदेश सभामा कुनैपनि राजनीतिक दलको बहुमत छैन, संविधान अनुसार सरकार गठन पर्ने हुन्छ । म मुख्यमन्त्री हुँदै गर्दा पुरै पाँच वर्षनै मुख्यमन्त्री बन्छु भनेर आएको थिए । सम्भव भएन, उनले भने, ‘अहिले तपाईले आधाआधा कार्यकाल भनेर प्रदेश सरकारमा अस्थिरता निम्ताउन खोज्नुभएको छ ।’ नेकपा एमालेका संसदीय दलका नेता अधिकारीले प्रदेश सरकार आलोपालो गरेर अस्थिरता पक्षमा गएर त्यसको भार जनतालाई बोकाउने पक्षमा नभएको समेत दाबी गरे ।  उनले संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने भए पनि उपधारा २ मै गोलचक्कर लगाएर बसेको बताउँदै दुई÷दुई महिनामा सरकार परिवर्तन हुँदा प्रदेश सरकारप्रति जनतामा कस्तो प्रश्न उब्जिएको छ भनेर प्रश्न समेत गरेका थिए ।

वैशाख १० गते तनहुँ १ मा भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले ‘ठूला’ मानिएका नेपाली कांग्रेस र नेकपा एमालेलाई पछार्दै घण्टी बजाएपछि राजनीतिक दिग्गजहरुको हिसाबकिताब बिग्रिएको छ ।      मंसिरमा भएको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएर जीत निकालेको यस क्षेत्रमा गोविन्द भट्टराइ ढुक्कको स्थितिमा थिए । माटोले चिनेको र कांग्रेसले न्याय गरेको आहानबीच मौन अवधिसम्म गरिएको प्रचारप्रसारले उनलाई संसदमा पु¥याउने पक्कापक्की थियो ।    जुन हिसाबले कांग्रेसको टोली प्रचारमा हिँडिरहेको थियो, यसको ठिक विपरित एमाले सुस्त देखिन्थ्यो । यतिसम्म की तनहुूँ एमालेले गतिलो कोणसभासमेत गर्न सकेको थिएन । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजना गरिने आमसभा पनि यत्तिकै ढिसमिस भयो ।    एमालेको अल्छिलाग्दो चुनावी रणनीतिले कांग्रेसका ‘पानीमान्छे’ अर्थात् भट्टराई समूहको हौसला ह्वात्तै बढेको थियो । नगर क्षेत्रमा रास्वपाका वाग्लेले केही पुरातन भोट तितरवितर पारेपनि ‘हल्लाउन नसक्ने’ कांग्रेसको ठम्याई थियो ।    यता, घर र मामाघर तनहुँमै भएपनि एमालेका खनाललाई विपक्षीले ‘टुरिष्ट’को ट्याग लगाइदिएका थिए । तैपनि कम्युनिष्ट आदर्श अनुरुप खनाल प्रचारमा जुटिरहे । कांग्रेसका असन्तुष्टले घन्टी र जोशी पक्षधरको भोट एमालेमा आउने खनालको बुझाई थियो । अझ नाताले मामा–भाञ्जा पर्ने भएपछि भट्टराई खलकको भोट तान्न सक्ने कन्फिडेन्ट थियो खनालसँग । नातामा खनालका बुवा भट्टराईका मामा हुन् ।    साथै, एमालेले आफ्नो भोटमात्रै जोगाउन सके यसपटक जीत हान पार्न सकिन्छ भन्ने रिपोर्टिङ खनाललाई गरेका थिए । यद्यपि, जिल्लास्तरको आमसभा नहुनु र केन्द्रीय नेताहरु तनहुँ नझर्दा खनालको मनमा चिसो भने पसेको थियो ।    अन्ततः चुनावी प्रचारको समयले नेटो काटेर मौन अवधि सुरु भएपछि एकाएक राजनीतिको उल्टो हावा चल्यो । विश्वस्त सुत्रले बताए अनुसार एमाले अध्यक्ष ओलीले खनाललाई फरक ब्रिफिङ् गर्न काठमाण्डौ बोलाउन चाहिरहेका थिए । तर सम्भव नभएपछि ओलीले दूतकारुपमा राजन भट्टराइलाई ९ गते मुग्लिन पठाए ।    सोही रात राजनलगायतलाई भेट्न खनाल मुग्लिन हानिए । पारिवारिक स्रोतले पनि त्यस रात खनाल घरमा नभएको बताएका छन् भने खनाल साढे १२ बजे मुग्लिन पुल कटेको पाइएको छ ।    उक्त रात खनाललाई एमालेकै भोट नआउने र कांग्रेसले जित्नुभन्दा घण्टी बज्नु नै एमालेको हितमा रहने ब्रिफिङ गरियो । त्यसबेला आफु बलिको बोका बनाइएको र राजनीतिक करिअर ध्वस्त बनाइएको गुनासो खनालले गरेपछि उनलाई एमालेले राष्ट्रियसभामा लैजाने आश्वासन दिएको छ ।      राष्ट्रियसभामा लैजाने भन्ने विषयमा आवश्यक प्रतिक्रिया लिन खनाललाई बाराम्बार टेलिफोन सम्पर्क गर्दा पनि उनले रिसिभ गरेका छैनन् ।    खनाललाई ९ गते रातिमात्रै पार्टीको रणनीति थाहा भएपनि कांग्रेसलाई भने एक साताअघिदेखि नै यसको सुइँको मिलिसकेको थियो । जब मौन अवधिमा कांग्रेसको भित्री टिम रात परेपछि मतदाताको घरघरमा पुग्न थाल्योे, तब एमालेकै प्रचार कमिटीका केही सदस्यले घण्टीमा भोट जाने सूचना चुहाइदिएपछि भट्टराइको चुनावी ‘नाइट टिम’ अत्तालिएको थियो ।   जिल्ला स्रोतका अनुसार एमाले तनहुँ १ का नगर र पालिका कमिटीका करिब १५ सय संगठित सदस्यलाई ८ गते नै घण्टीमा भोट हाल्न र सोही अनुरुप प्रचार गर्न निर्देशन दिइसकिएको थियो ।    फलतः व्यास र भानु नगरपालिका एवं बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा एमालेको रणनीतिले काम गर्दा स्वर्णिमले ३४ हजार ९१९ मतले बाजी मरे । उक्त क्षेत्रको देवघाट गाउँपालिकामा भने एमालेको योजना आंशिकमात्र सफल भएको छ । स्वर्णिमले कांग्रेसका भट्टराई भन्दा २० हजार १२२ मत बढी ल्याएका हुन् ।    पार्टीकै योजनाबाट चुटिएर राष्ट्रियसभामा जाने सपना देखेका खनालले ८ हजार ४८८ मतमात्र प्राप्त गरे । जुन मत संख्या मंसिरको भन्दा ११ हजार ४८३ ले कम हो । मंसिरमा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत पाएका थिए ।