निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

काठमाडौं:    एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थीका नाममा ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा गएसँगै उनको प्रतिनिधिसभा सदस्य पद निलम्बित भएको छ। फौजदारी अभियोगमा समातिएको सांसद थुनामा गएमा सांसद पद निलम्बित हुने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीको नियम १४८ उपनियम ३ मा यो व्यवस्था छ । फौजदारी अभियोगमा थुना या फरार रहेमा सांसदले पाउँदै आएको सेवा सुविधा समेत रोकिने प्रावधान छ। यद्यपि निलम्बित सांसदको चुनाव क्षेत्रमा अर्को चुनाव भने हुँदैन।

काठमाण्डाै: नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरूकाे भूमिकाकाे अवमूल्यन नगर्न चेतावनी दिनुभएकाे छ । प्रधानमन्त्री बनाउन आफूहरूको पनि भूमिका रहेको भन्दै त्याे भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ ।   शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा सांसद घिमिरेले प्रधानमन्त्री बनाउन आफूहरूकाे पनि भूमिका रहेकाे भन्दै त्याे भूमिकाकाे अवमूल्यन नगर्न प्रचण्डलाई चेतावनी दिनुभएकाे हाे । प्रधानमन्त्री बनाउन आफूहरूले दिएकाे मतको ख्याल गर्न उहाँकाे आग्रह छ ।   सांसद घिमिरेले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारबाट अपेक्षा गरे अनुरूपको बजेट आउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा बजेट विनियोजन गराउन मन्त्रालय कुद्दा कुद्दा जुत्ताको तलुवा खिए पनि हात लाग्याे शून्य भएको टिप्पणी गर्नुभयाे । उहाँले पार्टीको समर्थन पाएरमात्रै प्रधानमन्त्रीमा टिकिरहन्छु भन्ने नसोच्न प्रचण्डलाई चेतावनी दिनुभयो ।   उहाँले भन्नुभयो, ‘तपाईँहरू पनि हामीजस्ता मान्छेहरू चुनाव जितेर आएको हुनाले मन्त्री हुनुभएको हो । प्रधानन्त्री पनि हुनुभएको होला । तपाईँहरू एक्लै जितेको हुनाले आज यो स्थानमा पक्कै पनि पुग्नुभएको होइन । त्यसैले आफ्नो क्षेत्रमा मात्रै बजेट खन्याएर भोलि आफूमात्रै जितेर आउने सोच पनि त्याग्न म अनुरोध गर्छु । सांसदको सरकार बनाउने, नीति निर्माण र कानुन बनाउने, बजेट निर्माण गर्ने र आफ्नो निर्वाचन क्षेत्र र मतदाताप्रतिको कर्तव्य र दायित्व हुन्छ । यी विषयमा हाम्रो भूमिका कहाँ छ ? नेताले गरेको गठबन्धनलाई भोट हाल्ने, सरकारले ल्याएको कानुन र बजेट टेबुल ठोकेर पास गर्ने, सरकारलाई समर्थन दिने । पचास घण्टा भाषण सुन्ने र पाँच मिनेट भाषण गर्ने । यत्ति हो हाम्रो काम ? हामी यसैका लागि सांसद भएका रहेछौँ ? नागरिककाे अपेक्षा के हामीसँग यतिमात्रै हो ? बजेट विनियोजन गर्ने समयमा सङ्घ र प्रदेशका मन्त्रालय कुद्दा कुद्दा जुत्ताका तलुवा खिए, हात लाग्यो शून्य ।  तपाईँको सरकारबाट यस्तो अपेक्षा गरिएको थिएन । तपाईँलाई लागेको होला पार्टीको समर्थन पाएपछि पुग्छ । तर विगतको इतिहास हेर्नुभएकै छ ।   आफ्नै बहुमत सरकार असफल बनाइदिएको । पार्टी फुटेको । पार्टीभित्रै पनि चरम गुटबन्दी मौलाएको । हेक्का रहोस् यो त गठबन्धनको सरकार हो । स्मरण रहोस् जनप्रतिनिधिको हैसियतले यो देशको बजेटमाथि हाम्रो पनि अधिकार छ ।’    सांसद घिमिरेले आफ्नै पार्टीका नेताहरूमाथि पनि विभिन्न प्रश्नहरू तेर्स्याउनुभयाे । उहाँले यसैका लागि एउटा गठबन्धन तोडेर अर्को गठबन्धनमा छिरेको हो भनी प्रश्न गर्नुभयो । उहाँले कांग्रेसलाई ठूलो पार्टी बनाउन आफूजस्ता सांसदहरूको पनि भूमिका भएको भन्दै

काठमाडौं:  नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।   नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच समाजवादी मोर्चा घोषणा हुन लागेको सन्दर्भमा भट्टराई-प्रचण्ड भेटवार्ता भएको हो ।   शुक्रबार बिहान भएको भेटमा प्रस्तावित समाजवादी मोर्चा, भारत भ्रमण, संघीय बजेट, शान्ति प्रक्रियाका बाँकी काम लगायतका विविध विषयमा कुराकानी भएको डा. भट्टराईले जानकारी दिए । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हालैको भारत भ्रमण, संघीय बजेट, सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका शान्तिप्रकृयाका बाँकी कार्यभार, प्रस्तावित समाजवादी मोर्चा लगायतका विविध विषयमा विहंगम कुराकानी भयो,’ भेटपछि डा. भट्टराईले एक ट्वीट सन्देशमा लेखेका छन् ।   भेटमा प्रधानमन्त्री प्रचण्डसँग वृहद् समाजवादी मोर्चा निर्माणबारे विस्तृतमा छलफल भएको उनले बताए ।   ‘देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि वृहद समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी’ भएको भट्टराईले उल्लेख गरेका छन् ।  

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन्।   शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो। कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।   त्यतिबेला संसदीय समिति गठन नै नभएका कारण बिहीबारदेखि मात्रै उनको सुनुवाइ सुरू भएको थियो। बिहीबार उनले आफ्नो वार्षिक कार्ययोजना र योग्यता प्रस्तुत गरेका थिए।   उनले न्यायिक क्षेत्रको विचलन ६० प्रतिशत रोक्न सफल भएको बताएका थिए। आफूले गोला प्रथा लागू गरेपछि  न्यायिक विचलन कम हुँदै गएको र  स्वच्छता  गर्ने दिशामा अगाडि बढेको दाबी गरेका थिए।    सुनुवाइको दोस्रो दिन आज उनीविरूद्ध दर्ता भएका २९ वटा उजुरीबारे समितिका सदस्यहरूले प्रश्न गरेका थिए। जवाफमा कार्कीले आफूमाथि परेका उजुरी प्रमाणीत भए ठाउँको ठाउँ राजीनामा दिने बताए।   प्रश्नोत्तरपछि उनलाई सर्वसम्मतीले प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। प्रधान्यायाधीशमा कार्कीको नाम संसदीय सुनवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

पोखरा:   नेपाली कांग्रेस रुपा गाउँपालिकाले गाउँपालिका अध्यक्ष नवराज ओझालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।  नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति बिमल न्यौपानेको नेतृत्वमा गाउँपालिका अध्यक्ष ओझालाई आज (बिहीबार) १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।  कांग्रेस रुपाले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं प्रतिवेदनको बारेमा ध्यानकर्षण भएको जनाएको छ ।  ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘पालिकाको सार्वजनिक सम्पत्तिको संरक्षण नभएको, सार्वजनिक जग्गामा राजनैतिक दलले कब्जा गरेको, अध्यक्षको एक निर्णयमा तोक आदेशको भरमा ठुलो रकम अबण्डा राखी १ लाख सम्मको योजना छनौट गरी भुक्तानी गर्ने निरकुंश हुकुमी शैली तत्काल बन्द गर्न उल्लेख गरेको छ ।’ यस्तै कोरोना महामारीको नाममा औषधिमा भएको आर्थिक अनियमिता, कोरोना महामारीमा भएको सम्पूर्ण आम्दानी खर्च सार्वजनिक देखि  प्रधानमन्त्री युवा स्वरोजगारको नामा भएको अनियमितताको बारेमा सत्य तथ्य जानकारी दिन समेत माग रुपा कांग्रेसले माग गरेको छ ।  रुपा कांग्रेसले भुकम्प प्राधिकरण तथा विपद व्यवस्थापनको घर सिफारिस गर्दा राजनैकि आस्थाको आधारमा सिफारिस गरेको, एकै व्यक्तिको नाममा दोहोरो सुविधा दिइएको, सवारी साधन मर्मत,इन्धन खर्च, खाजा खर्चका नाममा भएको आर्थिक हिनामिनाले रुपा गाउँपालिका भ्रष्टाचारमा रमाएको आरोप लगाएको छ ।  यस्तै राजनैतिक आस्थाका आधारमा उपभोक्ता समितिलाई अनावश्यक दुःख दिएको,सेवामुखी भन्दा कार्यकर्ता मुखी टुक्रे योजना प्राथमिकतामा राखेको, पालिकाभित्रका सडक, कुला, खोलाको आदिको मापदण्ड स्पष्ट कायम गर्न माग गरेको छ ।  ध्यानाकर्षण पत्रमा पालिका भित्रका स्वास्थ्य, शिक्षा,प्रशासन कृषि सबै समूहका कर्मचारीको सेवा प्रवाहलाई चुस्त बनाउन र अनुसा कायम गर्न आवश्यक निर्देशन दिन र कर्मचारीहरु राजनीतिमा लागेको भन्दै तत्काल कारवाही गर्नसमेत माग गरेको छ ।  प्रमुख प्रशासकिय अधिकृतलाई सूचना उपलब्ध गराउन माग नेपाली कांग्रेस रुपा गाउँपालिकाका कमिटीले रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाको सूचना माग गर्दै ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।  गाउँपालिकाको आर्थिक वर्ष २०७९÷०८०को खर्च र आन्तरिक आम्दानी, गाउँपालिकाको यस आर्थिक वर्षको प्रशासनिक खर्च र नेपाल सरकारबाट स्वीकृत भएका कर्मचारीको दरबन्दी सम्बन्धि सूचना रुपा कांग्रेसले प्रमुख प्रशासकिय अधिकृत समक्ष माग गरेको हो ।  यस्तै प्रमुख प्रशासकिय अधिकृतलाई गाउँपालिकाको आन्तरिक स्रोतबाट तलब पाउने गरी भर्ना गरिएका कर्मचारी संख्या, पद तलव स्केल र कर्मचारीको नाममा हुने वार्षिक खर्च, पदाधिकारीले प्रयोग गर्ने सवारी साधनको वार्षिक मर्मत खर्च र इन्धन खर्च, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत पालिकाले प्राप्त गरेको रकम र सो शिर्षकमा भएको खर्चको विवरण र गाउँपालिकाको अध्यक्षको एकल तोक आदेशमा यो कार्यकाल र अघिल्लो कार्यकालमा दिइएको योजना र भुक्तानीको एकमुष्ट रकमको सूचना माग गरेको नेपाली कांग्रेस रुपा गाउँपालिकाले जनाएको छ ।  यस्तै गाउँपालिका अध्यक्षको एकल निर्णय, तोक आदेशमा अहिले दिइएको योजनाहरुको विवरण र तोक आदेशको भरमा गरिएको भुक्तानी बारे कार्यविधि बनेको छ या छैन ? यदी कार्यविधि बनेबो भए सो कार्यविधिको प्रतिलिपिको सूचना उपलब्ध गराउन माग गरेको छ ।  नेपाली कांग्रेस रुपा गाउँपालिकाका सभापति बिमल न्यौपाने, गण्डकी प्रदेश सदस्य अप्सरा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि गीमाया गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधि प्रकाश मोहन खनाल,कास्की क्षेत्र न. १ (क) सह–सचिव विष्णु गुरुङ, प्रदेश (क) सदस्य भुला केसी, पूर्व गाउँपालिका सभापति.तुलबहादुर गुरुङ, पूर्व इलाका सभापति नोयन गुरुङ, रुपा ६ का सभापति बलाराम गुरुङ, नेपाली कांग्रेस रुपाका नेता अर्जुन अधिकारी लगायतको टोलिले आज रुपा गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।   

काठमाण्डौ:  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरूको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरू कुन मुख लिएर नागरिककहाँ जाने भन्दै प्रश्न गर्नुभएको छ ।   प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै उहाँले भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग गर्नुभयो ।    सांसद केसीले आफ्नो जिल्ला र क्षेत्रमा बजेट पार्न मन्त्रीकहाँ जानुपर्ने अवस्था दुःखद भएको बताउनुभयो । आजको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येठ नागरिक मन्त्रालयअन्तर्गतका बजेटका शीर्षकमाथि छलफल भइरहेको छ । सम्बन्धित मन्त्री अनुपस्थित भएपछि युवा तथा खेलकुद मन्त्रालयको पूर्व निर्धारित छलफल कार्यसूचीबाट हटाइएको छ । रासस

काठमाण्डौ:  कोशी प्रदेशमा सरकारले अध्यादेशमार्फत बजेट जारी गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले अध्यादेश जारी गर्नुभएको हो ।    खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश- २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश-२०८० जारी गर्नुभएको छ । दुवै अध्यादेश आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले अहिले साढे ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम छ ।    नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका एमालेका मुख्यमन्त्री कार्कीले कानुनी जटिलताका कारण आजै बजेट प्रस्तुत गर्न लाग्नुभएको हो । प्रदेश सरकारले असारको १ गते बजेट प्रस्तुत गर्ने व्यवस्था छ । अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको चालु बर्खे अधिवेशन गए राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिसक्नुभएको छ ।

काठमाण्डौ:  नेकपा ९एकीकृत समाजवादी० का सांसद प्रेम आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विगत तीन महिनामा नेपाल वायु सेवा निगमले चार अर्ब रुपैयाँ नाफा कमायो भनेर झुटो बोलेको दाबी गर्नुभएको छ ।   बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद आलेले यस्तो दाबी गर्नुभएको हो । उहाँले निगम ९नेपाल एअरलाइन्स० को यथार्थ आर्थिक अवस्थाको बारेमा संसद्लाई जानकारी गराउन माग गर्नुभयो । उहाँले थन्किएका जहाजलाई व्यवस्थापन गर्न मन्त्रीलाई चुनौती दिनुभयो । उहाँले पर्यटनमन्त्री किरातीलाई ुस्टन्टु मन्त्रीको संज्ञा दिनुभयो ।   उहाँले भन्नुभयो, ‘यस वर्ष महालेखा प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायु सेवा निगमको घाटा एक अर्ब ७० करोड रुपैयाँ देखिएको छ । वायु सेवाको कुल ऋण ५० अर्ब रुपैयाँ नाघिसकेको छ । तर तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनी पर्यटनमन्त्रीले सञ्चारमाध्यममा झुटो बोलेको सुनियो । के हो यो रु आजको दिनमा नागरिकलाई भ्रम छर्न पाइँदैन । यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस् ।    बैठकमा मन्त्री आलेले पशुपति क्षेत्रको जग्गा बिचौलियाले अपचलन गरेको बताउनुभयो । उहाँले पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदा पनि पर्यटनमन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको आरोप लगाउनुभयो । 

काठमाण्डौ:  सरकारले मुख्यसचिवमा डाक्टर वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ ।    आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सरकारको मुख्यसचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।   सचिवहरुमध्येमा वरिष्ठताका आधारमा अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको परराष्ट्रमन्त्री नारायणप्रसाद (एन पी) साउदले बताएका छन् । उनले मन्त्रिपरिषद्को बैठकले मुख्यसचिवका रुपमा कार्यरत शङ्करदास बैरागीलाई भने राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको बताए।   तीन महिनापछि अनिवार्य अवकाश पाउने बैरागीलाई सरकारले मुख्यसचिवबाट राजीनामा दिन लगाइ राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो ।