‘देशकाे विकासकाे माेडालिटी भाैगाेलिक अवस्थितिकाे अध्ययन गरेरमात्रै बनाउनुपर्छ’

काठमाडाैं | असार ८, २०८०

‘देशकाे विकासकाे माेडालिटी भाैगाेलिक अवस्थितिकाे अध्ययन गरेरमात्रै बनाउनुपर्छ’

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनु जरुरी देखिएको बताउनुभएको छ ।

 

शुक्रबार प्रतिनिधि सभामा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले बर्खायाम सुरु भएसँगै देशका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी पहिरो रोक्नका लागि देशको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेरमात्रै बनाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

 

प्रधानमन्त्रीले सरकार र पालिकाले देशको भौगोलिक अवस्थितिको बारेमा अध्ययन नगरि विकास मोडालिटी बनाउँदा बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘नेपालको विकासको मोडालिटीको बारेमा भौगोलिक अवस्थितिको बारेमा अध्ययन गरेर गम्भीररूपमा नसोच्ने हो भने यस्ता घटनाको पुनारावृति हुन्छ । यसमा सरकारको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

प्रधानमन्त्री प्रचण्डले बाढी पहिरो रोकथाममा सांसदहरूले समेत भौगोलिक अवस्थाको अध्ययन गरेरमात्रै दीर्घकालीन विकासमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

सुर्खेत:     दैलेखबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको बस वीरेन्द्रनगर-१४ स्थित कटकुवा नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रूपेश खड्काका अनुसार म...

थप पढ्नुहोस्

सङ्खुवासभा:   सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार रातका समयमा परेको चट्याङ...

थप पढ्नुहोस्

तनहुँ:    तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ ।  गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त ...

थप पढ्नुहोस्