चीनसँगको दशकौँदेखिको सम्बन्ध सुमधुर रहँदै आएको छ: मन्त्री किराँती

पाेखरा | असार ८, २०८०

चीनसँगको दशकौँदेखिको सम्बन्ध सुमधुर रहँदै आएको छ: मन्त्री किराँती

पोखरा:    संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उनले बताए ।
 

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए । 


पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे । उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सूत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रहसमेत गरे ।


“आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईँहरूलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ”, मन्त्री किरातीले भने, “तपाईँहरू नेपाल घुम्न आइदिनुहोस् ।”


मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको समेत स्पष्ट पारे । इतिहासमा चीन र भारतको व्यापारिक नाका रूपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उनको भनाइ छ ।


नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे । 


पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी दिए । 


नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताए । 
 

पोखरा पर्यटन परिषद्का अध्यक्ष प्रेमनारायण श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए । 
 

दक्षिण एसियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवर्द्धन एवं यसबाट भविष्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उनको भनाइ छ । 


नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।  RSS

बागलुङ:   यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढामगर र ...

थप पढ्नुहोस्

पोखरा:      काठमाडौंमा वैशाख २५ देखि २९  गतेसम्म सञ्चालन भैरहेको नेपाल–चीन संयुक्त फार्मास्युटिकल कन्फेरेन्सको विस्तारित पोखरामा सम्पन्न भएको छ ।  पोखरा विश्वविद्यालय अन्तर्गत स्कूल...

थप पढ्नुहोस्

काठमाडौं:   काडमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रु ९८ लाख रकमसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका–७ ...

थप पढ्नुहोस्