संसदीय छानविन समितिको टिओआरका विषयमा सहमति जुट्न सकेन
काठमाडाैं | जेठ ६, २०८१
काठमाडौं: सहकारी ठगी प्रकरणको छानविन गर्न संसदीय समिति गठन गर्ने दलहरुबीच सहमति भएपनि समितिको टिओआरको विषयमा सहमति बन्न नसक्दा कार्यदलको बैठक निष्कर्षविहिन भएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले टिओआर बनाउँदा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम राखेर जाने प्रस्ताव राखेपछि सत्तापक्ष दलहरुले यसलाई नमानेपछि कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
नेपाली काँग्रेसका तर्फबाट कार्यदलका सदस्य जीवन परियारका अनुसार बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम भन्दा सहकारीको नाम चाहिँ राख्ने तर गृहमन्त्रीकै नाम चाहिँ नराख्ने अडान सत्तापक्षका तर्फबाट कार्यदलका सदस्यहरुले अडान राखेपछि बैठकले टिओआरको निधो गर्न नसकेको हो ।
उहाँले आज साँझ फेरि कार्यदलको बैठक बस्ने छ ।
कार्यदलले टिओआरको निर्णय गर्न नसकेपनि प्रतिनिधि सभाको बैठकपछि पुन: छलफल गर्ने सहमति चाहिँ कार्यदलका सदस्यहरुबीच भएको नेता परियारले जानकारी दिनुभएको छ ।।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

