कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाडाैं | जेठ २३, २०८०

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्रको निर्णय

काठमाण्डौ:  नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

 

आज बसेको प्रदेश कमिटी बैठकले कोशी प्रदेश सरकारबाट बाहिरिएर एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले जानकारी दिएका छन् ।

 

कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री हुनुहुन्छ । एमाले, माओवादी केन्द्र र जसपासहितको गठबन्धन बनेपछि एमालेका मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो । जसपाले यसअघि नै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

 

माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई राप्रपाको मात्रै समर्थन रहने छ । ९३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कार्की नेतृत्वको सरकारसँग एमालेको ४० र राप्रपाको ६ गरी ४६ प्रदेश सांसदको मात्रै समर्थन हुँदा अल्पमतमा परेको छ ।

 

अब कांग्रेसका २९, माओवादीको १३, नेकपा एकीकृत समाजवादी को ४ र जसपाको १ गरी ४७ सांसद प्रतिपक्षमा आउने भएका छन् । .

काठमाडौंः  चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । &...

थप पढ्नुहोस्

सिन्धुपाल्चोकः  त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र...

थप पढ्नुहोस्

काठमाडौं:    साविक विजेता नेपाललाई पराजित गर्दै यूएई एसीसी मेन्स प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाललाई ६ विकेटले पराजित गर्दै यू...

थप पढ्नुहोस्