व्यास नगरपालिका कार्यालयले दमौली अस्पताललाई छ लाख अनुदान उपलब्ध गराउने भएको छ । दमौली अस्पतालमा कार्यरत गाइनोलोजिष्ट र एनेस्थेसिस्ट दुईजना चिकित्सकलाई पारिश्रमिकबापत सो रकम उपलब्ध गराउन लागेको हो । सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तरता दिन चालु आर्थिक वर्षको छ महिना नगरपालिकाले अनुदान दिएर सहयोग गर्न लागेको व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिनुभयो । यही पुस २५ गते हुन गइरहेको ४० औँ व्यास नगर सभा समक्ष उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । दमौली अस्पतालमा स्तरोन्नतिका लागि यसअघि पटक–पटक प्रदेश सरकारसँग अनुरोध गर्दै आए पनि स्तरोन्नति नभएकाले हालको अवस्थामा नगरपालिकाले अनुदान दिएर सेवालाई निरन्तर गर्न लागेको हो । आव २०८०/८१ का लागि सडक बोर्डअन्तर्गतका एक करोड ३५ लाख ७२ हजार बराबरको प्रस्तावित कार्यक्रम स्वीकृतिका लागि सडक बोर्ड नेपालसमक्ष पेस गर्ने निर्णय गरेको छ । पुस ९ गतेदेखि निर्मल माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकामा खेलाडी विद्यार्थीलाई हार्दिक बधाई एवम् धन्यवाद ज्ञापन गरेको छ । व्यास नगरपालिकाअन्तर्गतका विद्यालयका विद्यार्थीले १५ स्वर्ण, एक रजत, १९ कास्यसमेत गरी २५ पदक प्राप्त गरी जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
घरमा प्रयोग गर्न भरेर राखेको पानीमा डुबेर मोरङको जहदामा आज एक जना बालिकाको ज्यान गएको छ। जहदा गाउँपालिका ३ भातीगन्जका फुदन हस्दाकी एक वर्षकी छोरी कृतिको मृत्यु भएको हो। मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार सिल्भरको भाँडामा पानी भरेर उनका अभिभावकले राखेका थिए। बिहान ९स्१५ बजेतिर छोरी त्यही पानीमा डुबेको देखेपछि उनका अभिभावकले निकाले। ‘बालिका खेल्ने क्रममा घरमा सिल्भरको भाडामा भरेर राखेको पानी रहेछ। भरेको त्यही पानीमा बालिका डुबेकी रहेछिन्। बच्चाकी आमा अजिताले देखेपछि विराटनगरको कोशी हस्पिटल लिएर गएका थिए। हस्पिटल ल्याउँदा चिकित्सकले मृत घोषणा गरे,’ मोरङ दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।’
मानवसेवा आश्रममा दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ। मकवानपुर हेटौडा-९ लामसुरेधापस्थित मानव सेवा आश्रममा बस्दै आएका दुई जनाको मृत्यु भएको हो। आश्रममा बस्दै आएका २५ वर्षीय अमित विश्वकर्माको बिहिबार बिहान मृत्यु भएको हो। सोही आश्रममा बस्दै आएकी १९ वर्षीया पुजा मानवको मंगलबार १० गते मृत्यु भएको थियो। अमितलाई असार २७ गते मकवानपुर बकैया गाउपालिका-३ हात्तिसुडेबाट उद्धार गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सिताराम रिजालले जानकारी दिए। कालगतिले मृत्यु भएको भन्ने खबर प्राप्त भएको छ,हामी बुझ्दैछौुं एसपी रिजालले भने। उनका अनुसार दुई दिनअघि मृत्यु भएको पुजालाई २०७६ मंसिर १ गते बाग्लुङबाट उद्धार गरेर ल्याइएको थियो। उनको पनि कालगतिले मृत्यु भएको भन्ने खबर प्रहरीलाई प्राप्त भएको एसपी रिजालले जानकारी दिए।
पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यहीं पुष २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो । अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्नेछन् । यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिदैछ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोलले दर्शकले नौलो अनुभव समेत गर्न पाउनेछन् । ‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रीत रहेको छ । यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो । सन् २०५४ मा टेलि प्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो । विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । योे नाटकले वर्गीय,जातिय, क्षेत्रिय, लैङ्गीक समाजको चित्रण गर्ने भएकोले यो नाटकले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ । नाटकलाई आर्कषक बनाउनका लागि रिहर्सल सुरु भएको निर्देशक परिवर्तनले बताए । यसअगाडि बितेका कुरा, निरमाया, बाकस, एक चिहान, कोही किन बर्बाद होस्, दुई नाटक लगायत निर्देशन गरिसकेका उनले यस नाटकलाई परिपक्क बनाउन मेहनत र तयारी टीम मार्फत गहन ढंगले भइरहेको बताए । लगातार विद्यार्थी केन्द्रीत नाटक मञ्चन भइरहेकोसमयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनको लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको उनले खुलाए । ‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन गर्न लागिएको हो, हुनत मैले विगत ५ वर्षदेखि नाटकको स्कृप्ट लिएर उपयुक्त समयको प्रतिक्षामा बसेको थिए, जुन समय अहिले निस्कियो’ उनले भने । १ घण्टा ३० मिनेट अवधिको यो नाटक प्रचार–प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । लामो समयमो अन्तरमा खुला रुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए । नाटक पोखरा थिएटरको प्रस्तुतीमा माघ १३ गतेसम्म मञ्चन हुनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शो को रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जनाए ।
पोखरा: बाह्रौँ पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले सहकार्य गर्ने भएको छ । रवि एण्ड सन्नी इन्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रयोजक रहेको बाह्रौँ पोखरा महोत्सलाई पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैैंकले महोत्सवको बैंकिङ पार्टनरमा रहेर सहकार्य गर्ने भएको हो । आगामी पुषको २६ देखी माघको ८ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा हुने बाह्रौँ संस्करणको पोखरा महोत्सवमा सहकार्य गर्ने गरी युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँ र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले यूनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा आफ्नो संस्थाले समेत पोखरा महोत्सवमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । त्यस्तै युनाइटेड क्लबका कोषाध्यक्ष तथा महोत्सवका अर्थ ब्यवस्थापन संयोजक सूर्य बहादुर बानियाँले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना गरिने भएकाले ग्रीन डेभलपमेन्ट बैंकले समेत आफुहरुको सामाजिक अभियानमा सहकार्य गरेकोमा धन्यवाद व्यक्त गरे । पोखरा महोत्सवका प्रायोजकमा हिमश्री फुडेस प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको अफिसियल मिडियामा एबिसी टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज र आदर्श समाज राष्ट्रिय दैनिक रहेका छन ।
सिराहा: सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन्। कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्। हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा अचेत भएपछि सँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन्। ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ।
प्यूठानबाट दाङका लागि छुटेको गाडी दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्।। बाग्दुलाबाट दाङको भालुवाङ आउँदै गरेको लु २ ख ३०९३ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो । गाडी सडकबाट करिब ५० मिटर तल खसेको डिएसपी ईश्वर थापाले जानकारी दिए। घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।
एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक ९इन्स्पेक्टर० अर्जुन पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन् । अधिकारी र पौडेलको बयानका आधारमा प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ । समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आएकोमा यस वर्ष परियारलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो । मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट बासुदेव पौडेल र संस्थापक अध्यक्ष भीमपाणि बराल रहेको छनौट समितिले यस वर्ष उनलाई पुरस्कारका लागि छनौट गरेको हो । डेढ दशकअघि जनदिशा राष्ट्रिय दैनिकबाट आफ्नो पत्रकारिता यात्रा थालनी गरेका परियारले त्यसयता गोरखापत्र दैनिकको लेखनाथ संवादाता, गण्डकी खबर दैनिकको कार्यकारी सम्पादक, समाधान दैनिक, नेपाल खबर डटकम र अन्नपूर्ण पोस्ट दैनिकमा संवाददाताको रुपमा काम गरिसकेका छन् । विगत सात वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध उनी देशभरबाट उत्कृष्ट संवाददाताको रुपमा समेत पुरस्कृत भइसकेका छन् । उनले सामाजिक न्याय, सुशासन, मानवअधिकार, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुद लगायत विषयमा कलम चलाउँदै आएका छन् । पत्रकार महासंघ कास्कीको दुई कार्यकाल सदस्य र एक कार्यकाल सहसचिवका रुपमा जिम्मेवारी सम्हालेका उनी हाल राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट खेल पत्रकारिता पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीबाट उत्कृष्ट खेल पत्रकार अवार्ड, सहारा खेल पत्रकारिता पुरस्कार बाबा–आनन्द सञ्चार पुरस्कार, मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, सुनास सुशासन पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् । २०६४ देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् । वि सं. २०७३ सालदेखि निरन्तर रुपमा ११ हजार एक सय ११ रुपैयाँ राशिको यो पुरस्कार यस अघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिमिल्सेनाले प्राप्त गरिसकेका छन् । यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मुल समारोह अर्घौ अर्चलेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।