आज मिस तामाङ पोखराको ग्राण्ड फिनाले
पाेखरा | माघ २०, २०८०

पोखरा: मञ्जुश्री संवत २८६० औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको ग्राण्ड फिनाले आज ( शनिबार) पोखराको पोखरा सभागृहमा हुने भएको छ ।
प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रतियोगिको रुपमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् । मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान जित्ने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार प्राप्त गर्ने बैदाम तामङ समाज अध्क्षय ज्याक तामाङले जानकारी दिए ।
सहभागीहरुलाई ४५ दिन लामो तालिम दिइएको थियो । तामाङतामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका साथै व्यक्तित्व विकास, नेतृत्व विकास, बोल्ने कला, करियर सम्बन्धी तालिम, साइबर सेक्युरिटी, आत्मविश्वास, सौन्दर्यकला सम्बन्धी तालिम प्रदान गरिएको छ । तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गरेका थिए ।
तालिममा रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन म्यानेजर सन्जय मल्ल, पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, गण्डकी प्रदेशका पूर्व सदस्य एवम सौन्दर्यविद मिना गुरुङ्ग, चिनु गुरुङ्ग, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, दिपेन्द्र पहारी, नोभेल एकेडेमीका अध्यक्ष विश्वेश्वर आचार्य, नेपाल तामाङ्ग घेदुङ्ग का उपाध्यक्ष दीपक वाइवा तामाङ्ग, नेपाल जेसिसका पुर्व अध्यक्ष राजु केसी, चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, कलाकार माओत्से गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्गका पूर्व अध्यक्ष धनप्रसाद तामाङ्ग, खोजराज गोले, विश्व दोङ्ग लगायतले तालिम प्रदान गरेका थिए ।
ग्राण्ड फिनालेका लागि मुख्य निर्णायकमा क्याप्टेन विजय लामा रहनुहुनेछ । गायक संगीतकार राजनराज शिवाकोटी र संजिव वाइवाको प्रस्तुति पनि उक्त दिन रहने छ । साथै कार्यक्रमको सञ्चालन आवाजको दुनियाको साथी सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीले गर्नुहुनेछ । कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य माननिय राधिका तामाङ्गको प्रमुख आतिथ्यतामा हुनेछ । बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको यस वर्ष गर्ने मिस तामाङ पोखराको आठौं संस्करण हो ।
चितवन: चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोव...
काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय ...
नवलपरासी: पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे...