काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

पोखरा:  ६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा सेतिमदी बचत तथा ऋण सहकारी संस्थाले सरसफाई कार्यक्रम गरेको छ ।   पोखराको हरिचोकदेखि विन्ध्यवासिनी मन्दिरसम्म सेतिमदी सहकारीले सरसफाई कार्यक्रम गरेको हो ।   पोखरा महानगरपालिका २ का वडाध्यक्ष दिवसमान प्रधानांगले सहकारीका अध्यक्ष जयलाल अधिकारीलाई सरसफाईका समाग्री हस्तातरण गर्दै सरसफाई शुभारम्भ गरिएको थियो ।   सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानांगले उक्त कार्यक्रम उदाहरणीय भएको धारणा व्यक्त गरे ।   उनले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताउदै आगामी दिनमासमेत रचनात्मक र सकारात्मक कार्यक्रमलाई सहकारीले निरन्तरता दिनुपर्ने बताएका थिए ।   हरिचोकदेखि विन्ध्यवासिनीसम्म सडक किनारमा फालिएका प्लाष्टिक, प्लाष्टिकजन्य पदार्थहरु तथा बोतल लगायतका फोहोरहरु व्यवस्थापन गरिएको सहकारीका शिक्षा तथा वातावरण उप–समितिका संयोजक प्रेम बहादुर गुरुङले जानकारी दिए ।   उनका अनुसार सो सहकारीले विगतमा पनि समाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतनमूलक कार्यक्रम, रक्तदान लगायतका कार्यक्रम गरिसकेको छ ।   सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने मूल नाराका साथ देशभर ६७ औं राष्ट्रिय सहकारी दिवस एकसाथ मनाउदै छन्  ।

पोखरा:    १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ। हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।  कुल १ सय ४०  स्टल मध्य  ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ ।  स्थानीय पासको लागि रु २५० मा दिउँसोको कार्यक्रम तथा रु ५०० मा दिउँसो र पप कन्सर्टमा सहभागी हुन पाउने व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा प्रतिकेजी रु।३८ देखि ४० का बीचमा आलुको कारोवार हुने छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।   हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।

पोखरा:     पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनाललाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा।लि।ले उक्त अपार्टमेण्ट बनाएको हो । ‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा।लि।की सञ्चालक टिका गुरुङ्ले भनिन्, ‘कसैको घरमा हुने शुभकार्यमा आउने पाहुनाका लागि पनि यो अपार्टमेण्टका फ्ल्याटहरु उपलब्ध हुनेछन् ।’ उनले पोखराका घरहरुमा हुने उत्सवहरुमा धेरै पाहुना आउने र उनीहरुलाई बस्ने व्यवस्था गर्न सहज हुने समेत बताईन् । ‘कुनै घरमा पुजाआजा पर्यो भने ठुलो सँख्यामा पाहुना आउँछन्, खाना खाने व्यवस्था त घर कम्पाण्डमा होला, तर सुत्नको लागि समस्या हुने देखिएको छ,।’ उनले थपिन्, ‘घरका कोठाहरु भाडामा लगाईएका हुन्छन्, उनीहरुलाई घर खाली गर भन्ने कुरा पनि भएन, यस्तै समस्लाको समाधानका लागि यो अपार्टमेण्ट निर्माण गरिएको हो ।’ पोखरा १६ सेदीमार्गमा निर्माण गरिएको यो अपार्टमेण्टबाट मनोरम हिमश्रृङ्खा, सेती नदि तथा पोखरा बजार र सुन्दर डाँडाकाँडाहरु देख्न सकिने उनको दावी छ । पाँच तल्लाको उचाई रहेको यो अपार्टमेण्टको भाडा बुकिङ् खुलेको पनि गुरुङ्ले जानकारी दिईन् । यसको भाडादरका बारेमा दुई पक्षबीच आपसी सहमतिमा तय हुने उनको भनाई थियो । अपार्टमेण्टको नजिकै मणिपाल कलेज, पश्चिमाञ्चल ईन्जिनियरिङ् कलेज लगायतका ठुला सँस्थाहरु रहेकाले अपार्टमेण्टमा बसेर अध्ययन गर्नेहरुलाई उपयुक्त हुने उनले बताईन् । ‘नजिकै बजार छ, हरेक कुरा किन्न पाईन्छ, सार्वजनिक यातायतको सुबिधा पनि छ ।’ उनले भनिन्, ‘पाहुनाको सुबिधालाई ध्यानमा राखेर निकट भविष्यमा हामीले भित्रै एउटा सुपरमार्केट पनि निर्माण गर्दैछौं ।’ गुुरुङका अनुसार यो अपार्टमेण्ट निर्माण गर्न १० करोड रुपैंया लगानी भएको छ । 

पोखरा:     पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयका अध्यक्ष सन्तोष बाँस्तोलाले आफूले सिकेको सिपलाई सामूहिक रूपमा उद्यम गरी उत्पादनमा जोडिने महिला समूहलाई वडा कार्यालय थप सहयोग गर्ने जनाएका छन् ।   महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दा प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले थपे तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ ।  उनले महिला दिदीबहिनीको मागका आधारमा वडा कार्यालयले एक महिने हस्तकलाको तालिम दिइ दक्ष बनाएको हुँदा राज्यको लगानी सदुपयोग भएको बताए ।   विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक एवम् मुख्य प्रशिक्षक सविता श्रेष्ठले महिला दिदीबहिनीको सिपमा निखारता आउँदा सिधै रोजगार र उद्यमशीलतामा जोडिन सहयोग पुग्ने बताइन । सिप सिक्दासिक्दै रोजगारमा आवद्ध हुनु र उत्पादन गरेका सामग्री अब्बल भई बजार पाउनुले तालिमको औचित्य पुष्टि भएको जनाइन ।      प्रशिक्षार्थी सुनिता कोइरालाले एक महिनाको हस्तकला सिप सिकाइका क्रममा दक्षता प्राप्त भएको बताइन । तालिम अवधि मै दर्जन बढी सामग्री तयार हुँदा खुशी व्यक्त गर्दै वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरिन ।  प्रशिक्षार्थी हरिदेवी बुढामगरलाई उत्कृष्ट प्रशिक्षार्थीको रूपमा पुरस्कृत गरिएको थियो भने सीतादेवी ढकालाई लगनशीलताका साथ सिप सिकेका कारण रोजगारमा आवद्ध गरिएको छ ।  गत फागनु १४ गतेदेखि वडा कार्यालयले सञ्चालन गरेको १ सय २० घण्टाको एक महिने हस्तकला तालिममा वडाभित्रबाट छनौट भएका १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालिम अवधिमा प्रशिक्षार्थीले १४ प्रकारका २ सय १० हस्तकलाजन्य सामाग्री तयार गरेका थिए ।  वडा सदस्य एवम् तालिम संयोजक शान्तिदेवी कोइरालाको अध्यक्षतामा सम्पन्न तालिम समापनमा सदस्य गुमादेवी परियाले स्वागत मन्तव्य राखेकी थिइन भने सदस्य शान्तबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।    

पोखरा:     आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ ।  मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो ।  आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार दिउँसो १ बजे पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो । 

पोखरा:  एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको पद तथा गोपनियताको सपथ आगामी २३ गते (शुक्रबार) हुने भएको छ ।    सो अधिवेशनबाट अधिवेशनले बैन बहादुर अधिकारी क्षत्रीको नेतृत्वमा १२१ सदस्यीय कमिटी निर्वाचित भएको थियो ।   ३ वर्षे कार्यकालका लागि निर्वाचित उक्त कमिटीको पदस्थापना निर्वाचन भएको ९ दिनपछि मिति तय भएको नवनिर्वाचित अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।   उनका अनुसार सो कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने तयारी छ ।   एमाले स्याङ्जाको चैत २३–२४ गते हुने नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा जाने क्रममा अध्यक्ष ओली कास्कीको सपथ समारोहमा सहभागी हुने उनले बताए ।

पाल्पा:  पाल्पाको निस्दी गाउँपालिका –६ चिदियामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।   युएफसी युवा क्लबको आयोजनामा नवनिर्मित खेल मैदानको उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक यम बयम्बुमगरले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ ।    सो प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३ सय ३३ रुपैयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।    यस्तै द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश, २२ हजार २ सय २२, ११ हजार १ सय ११ र ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ ।   प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर र लिब्रोलाईपनि जनही १ हजारद्वारा पुरस्कृत गरिनेछ ।     प्रतियोगिता नवनिर्मित मैदानको समुद्घाटन तथा नयाँ वर्षको आयोजना गरिएको क्लबका अध्यक्ष नुनेन्द्र बयम्बु मगरले बताए । उनले विशेषगरी टोलस्तरीय प्रतियोगिता आयोजना गर्दा आपसी सम्बन्ध सुमधुर हुने बताउदै सामाजिक सद्भाव बढ्ने धारणा राखे ।   सो प्रतियोगितामा सहभागि जनाउनका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।  

पर्वत:    पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पती मृत फेला परेका छन् ।  अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।  उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

मकवानपुर:    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की प्रदेशसभा सदस्य रमा आलेमगरलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् । बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराएका छन् । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० (२)  बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।