पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद (इद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गरेका छन्। भट्टले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ‘ मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ। इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ। यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ। यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’ यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्नुका साथै धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउने भट्टको विश्वास छ । आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउने, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने, राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा प्रेरणा मिल्ने विश्वास लिँदै उनले शुभकामना व्यक्त गरेका छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट एक जना अवैध लागूऔषध गाँजासहित पक्राउ परेका छन् । कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–१ फल्लापानी बस्ने ४२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । उनलाई हिजो (बुधबार) दिउँसो प्रहरी चौकी नौडाँडाबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ५ ग्राम गाँजासहित पक्राउ गरेको हो । सो विषयमा आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । इद तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभएको छ । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । “जकात ९दान० यही महिनामा दिइन्छ”, उहाँ भन्नुहुन्छ, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।” इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनुभयो । काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उहाँ बताउनुहुन्छ । “संस्कृति बचाउन स्थान चाहिन्छ”, उहाँ भन्नुहुन्छ, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।” इद पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
पोखरा: पोखरा महानगरपालिकाका सव–इन्जिनियर उषा करिण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवा सुरज कुँवर १ लाख ५० हजार घुससहित प्रकाउ परेका छन् । पोखरामा घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनीहरुलाई घुससहित प्रकाउ गरेको हो । पोखरा महानगरपालिका सव–इन्जिनियर रोकाय र कन्सल्टेन्सी सेवाका कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले गएराति १ लाख ५० हजार रुपैयाँ घुससहित प्रकाउ गरेको हो ।
पोखरा: पोखरा महानगरपालिका २५ स्थित सुइखेतमा यात्रुवहाक बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार आज विहान करिब ३ बजे काठमाण्डौबाट बेनीतर्फ जाँदै गरेको ग २ ख १६३० नम्बरको दुर्घटना हुँदा बागलुङको तमानखोला गाउँपालिका ३ तमान बस्ने २५ वर्षीया रीता घर्तीसहित ( अवस्था मध्यम )७ जना घाइते भएका हुन् । यस्तै घाइते हुनेहरुमा म्याग्दीको मालिका गाउँपालिका वडा ५ देवीस्थान बस्ने ३० वर्षीय भिम कुमार बुढा (अवस्था सामान्य), सोही गाउँकै ६ वर्षी निश्चल फगामी, २७ वर्षीया निर्मला फगामी, ४६ वर्षीया सुमित्रा फगामी रहेका छन् । यसैगरी मालिका गाउँपालिका १ दरवाङ् बस्ने ७२ वर्षीय नर बहादुर पुन र सोही वडाकै ६५ वर्षीया कृष्णकुमारी पुन रहेकी छिन् । घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कास्की प्रहरीले चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै म्याग्दीको बेनी नगरपालिका ६ बस्ने ३२ वर्षीय बस चालक राजकुमार गैरेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरा: सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङको हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले २ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । जिल्ला अदालत कास्कीले हत्या आरोपमा प्रकाउ परेका धनबहादुर लामा र कान्छी लामा तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । हत्या आरोपमा प्रकाउ परेका अन्य २ जना बालकलाई भने जिल्ला अदालतले बाल सुधार गृह चलान गरेको छ । गएको फागुन अन्तिम साता सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेका रामबहादुर तामाङ चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५/३० मिटर तल मृत फेला परेका थिए । यो पनि पढ्नुहोस श्रीमानको हत्यापछि घटना लुकाउन प्रेमीलाई ९० हजार !, सिन्धुपाल्चोकबाट सिक्लेस ल्याएर हत्या मृत अवस्थामा फेला परेका तामाङको कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गर्दा प्रहरीले मृतकसँगै आएका तीनजनासहित उनकी श्रीमती कान्छा लामा तामाङलाई प्रकाउ गरेको थियो । अनुसन्धानका क्रममा मृतक तामाङको श्रीमतीले नै श्रीमानको हत्या गर्न धनबहादुरलाई सुपारी दिएको खुलेको थियो । प्रहरीले हत्यामा आरोपित ४ जनालाई काठमाडौं र सिन्धुपाल्चोकबाट प्रकाउ गरेको थियो ।
पोखरा: पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटी फ्रीडम र हेटौडा भेट्रान भिड्ने भएका छन । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा चितवन भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटी फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटीको तर्फबाट तेज बहादुर गलामि र प्रकाश राना मगरले १/१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक छन्नु चौधरिले रेडकार्ड पाएर बाहिरिए पछि ढोलाहिटीले लगातार दुई गोल गर्दै फाइनलको यात्रा तय गर्न सहज बन्यो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा आयोजक एबिसी भेट्रानलाई पाखा लगाउदै हेटौडा भेट्रानले फाइनल यात्रा तय ग¥यो । हेटौडाका लागि सरोज थापाले निर्णायक २ गोल गरेका थिए । खेलमा सरोज थापा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्र्नेे आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल बिहीबार १ बजे पोखरा रंगशालामा हुने आयोजकले जनाएको छ ।
पोखरा: १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु खरिद गर्नेको संख्या बढेको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु खरिद गरेर लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी पर्वत मोदी गाउँपालिकाकी इन्दिरा शर्माको भनाई छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, बाग्लुङ, पर्वत, म्याग्दी, चितवन, तनहुँ, स्याङजा लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने बुधवार साँझसम्म रु.९ लाख बढीको आलु कारोवार भएको छ । प्रतिकेजी रु।४० मा आलु बिक्री गरिएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको चौथो दिन बुधवार मात्रै ५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ। महोत्सव अन्तर्गत बुधवार कलाकारहरु सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरी ढुङगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्याण्डका प्रस्तुतिहरु रहे । त्यस्तै बिहीवार प्रकाश दुतराज, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुका प्रस्तुति रहनेछन् । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।रत्यौलीतर्फ बुधवार देवीस्थान आमा समूह र कमलजौसी आमा समूहले प्रस्तुति राखे। त्यस्तै बिहीवार प्रदेश स्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला अन्तर्गत माटो तथा बाली संरक्षण विषयक विज्ञसँग अन्तरक्रिया कार्यक्रम पनि हुनेछ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।महोत्सव यही बैशाख ५ गतेसम्म चल्नेछ ।
पोखरा: नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो । कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको पहिचानसँगै तिनीहरूको पर्यटकीय उपयोगका लागि सरोकारवालासँग छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा बाग्लुुङको जैमिनी नगरपालिकाकाको स्थानीय संयोजन एवम् सहयोगमा जैमिनी ऋषिले तपस्या गर्नुभएको जैमिनी धामको अवलोकनका साथै उक्त नगरपालिका भित्र रहेका पर्यटकीय गन्तव्यका सम्बन्धमा सरोकारवालबीच छलफल गरिएको कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका द्वितीय उपाध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा लगायतले जैमिनी नगरपालिका क्षेत्रमा भएका पर्यटकीय गन्तव्यलाई पर्यटकीय रुपमा उपयोग गरिने बताउनुभयो । टोलीले नवलपुरस्थित गजेन्द्र मोक्षधाममा गरेको कार्यक्रममा गजेन्द्र मोक्षधाम धार्मिक पर्यटकीय स्थल विकास समितिका अध्यक्ष कृष्णप्रपन्नाचार्य, धामका प्रमुख कार्यकारी अधिकृत झपेन्द्र भुषाल, विनय त्रिवेणी नगरपालिकाका प्रमुख घनश्याम गिरी लगायतले त्यहाँका पर्यटकीय सम्भावनाको उजागर बारे छलफल गरिएको थियो । त्यस्तै टोलीले वाल्मिकी आश्रममा गरेको स्थलगत अवलोकनमा सीता पाताल प्रवेशस्थलका पुजारी शेखर सुवेदी, मुख्य मन्दिरका पुजारी रामशरण गिरी लगायतले नेपाल सरकारले यस धार्मिक सम्पदाको संरक्षण र विकासमा बेवास्था गरेको भन्दै दुःख व्यक्त गर्नुुभएको थियो । प्रिप्रहर सामुदायिक होमस्टेमा आयोजित कार्यकममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, पिप्रहर सामुदायिक होमस्टे ग्रामका अध्यक्ष चन्द्रमाया महत, रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रमका अवसरमा धार्मिक पर्यटकीय सम्भावना, घरवास आदि सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीलाई स्वास्थ्य जीवनशैली लगायतका विषयमा डा.विनोद पौडेलले प्रशिक्षण दिनुभएको थियो भने टोलीले बनसफारी गर्दै त्यहाँका विविध सम्भावना बारे जानकारी लिएको थियो । गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रमले यस क्षेत्रको पर्यटकीय सम्भावना, चुनौति लगायतका विषयमा जानकारी प्राप्त भएको नाट्टा गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष एवम् पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले बताउनुुभयो । पोखरा पर्यटन राजधानी घोषणा भैसकेका अवस्थामा आसपासका पर्यटकीय गन्तव्यको पहिचान एवम् प्रवद्र्धन जरुरी रहेको बताउँदै उहाँले यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।

