काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

मुस्ताङ:     मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो । कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनबिर किसानले दिवङ्गत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरुको बिहान ५ बजेदेखिनै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए । ‘चैतेदसैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ’, उनले भने, ‘नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन् ।’ बडादसैँ र चैतेदसैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ । कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन् । मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवान्को दर्शन, मूर्तिलाई पूजाआजा, एक सय आठ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार दुई सय सात वटा गाडीमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ जना विदेशी, शनिबार चार सय ३७ वटा गाडीमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए । शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए । ‘तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ’, उनले भने, ‘तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ बडादसैँ र चैतैदसैँअघिको सोह्रश्रद्धा तथा औँशी तिथिमा कागबेनीमा दिवङ्गत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ । गत बर्खामा बाढीले क्षती पुर्‍याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताए । वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ । बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका(७ ताकमका शिक्षक जीवन पौडेलले बताए ।

दाङ:     लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्नु भएको छ ।  राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भष्ट्राचार विरुद्धको रणनीति तथा कार्ययोजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नु भएको हो । मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भष्ट्राचार निवरण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवम् विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ । यो कार्यदलले दुई महिनाभित्र कार्ययोजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने छ । पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागी सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनु भयो । यस्तै सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले राप्ती गाउँपालिकाको भालुबाङमा सञ्चालित प्रास्तावित अस्पतालाई बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको छ । नव गठित प्रदेश सरकारको पहिलो प्रदेश मन्त्रीपरिषद् बैठकले राप्ती गाउँपालिका भित्र सञ्चालन भएको अस्पताललाई प्रदेशको बिशेषज्ञ अस्पतालको रुपमा विकास गर्न अर्थमन्त्रालयले पूर्व सहमती दिएको र सोही आधारमा प्रदेश सरकारले स्विकृती दिने निर्णय गरेको मन्त्री तथा सरकारका प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिनुभयो । यस्तै बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री दिपेन्द्र पुनलाई दिने निर्णय गरेको छ । बैठक मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको थियो ।

काठमाडौं:     पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् ।   शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन् ।   दुवैजना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिनुभयो । बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो । टेकबहादुर हालसम्म बेपत्ता छन् । धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए । बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले बताउनुभयो । धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ । दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलका सचिव प्रबल भट्टराईले जानकारी दिनुभयो । उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ । धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए । यस्तै चार महिनाअघि क्रोसिया आएका टेकबहादुर १८ दिन अघि मात्रै पोर्चुगल आएका थिए । दुवैजना नाताले काकाभतिज पर्छन् । दुवैजना मोन्तिजो बस्दै आएका थिए ।

तनहुँ:  आफ्नै श्रीमतीको हत्या गरेको आरेपमा तनहुँ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा  व्यास नगरपालिका–५ सेरा चापाटार बस्ने ४० वर्षीय जित बहादुर कुमाल रहेका छन् ।   प्रहरीका अनुसार उनले आफ्नै श्रीमती ३६ वर्षीया सुन माया कुमालको धारिलो हतियार (दाउ) प्रहार गरी हत्या गरेका थिए ।   घटनापछि सुनमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

काठमाडौं:     नेपालकी कराते स्टार एरिका गुरुङ अमेरिकामा नौ लाख रुपियाँ भन्दा बढि नगद पुरस्कारबाट सम्मानित भएकी छिन् ।  चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा रजत पदक विजेता एरिकालाई च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएले आयोजना गरेको कार्यक्रममा नौ लाख ३२ हजार चार सय ६३ रुपियाँ (सात हजार ११ अमेरिकी डलर) सहित सम्मान गरिएको हो ।  एरिका हाल युएसए ओपन कराते च्याम्पियनसिप खेल्न अमेरिका गएकी थिईन् । एरिकाले युएसए ओपन करातेमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण र सोही तौलको सिनियर खुलामा रजत पदक जितेकी थिईन् ।  एरिकालाई ११औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णपदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको कार्यक्रमबिच नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको हो ।  एरिकाको सम्मानका लागि तमु परिवारले दुई हजार सात सय ५६, तमु सोसाईटीले नौ सय ५३, सुदूरपश्चिम समाजले पाँच सय ५०, इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले एक सय ९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी रकम च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीबाट प्राप्त रकमबाट सम्मान गरिएको च्याम्पियन मार्सल आर्ट्स क्लबका लामाले जानकारी दिए ।    सो अवसरमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं आठौँ र नवौँ सागका स्वर्णपदक विजेता दीपक श्रेष्ठ, १०औँ सागमा स्वर्ण विजेता एवं प्रशिक्षक कुशल श्रेष्ठ, १३औं सागका स्वर्णपदक विजेता अनु अधिकारी र विप्लवलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।  अनु अमेरिकामा बस्दै आएकी छिन् भने एरिका, विप्लव, दीपक र कुशल युएसए ओपनमा भाग लिन अमेरिका पुगेका हुन्। एरिका लगायतलाई क्लबका लामा, १३औँ एसियाडका कांस्य पदक विजेता सम्बरबहादुर गोलेलगायतले सम्मान गरेका थिए । 

पोखरा:     १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय सरकार किसानको हकहितको पक्षमा रहेको बताए ।उनले आलु महोत्सवलाई कृषि महोत्सवको संज्ञा दिदै महोत्सवले किसानलाई हौसला बढाउने कार्य गरेको स्पष्ट पनि पारे । प्रमुख आचार्यले महोत्सवले कृषिका धेरै क्षेत्र समेटेको उल्लेख गर्दै हेमजाको सिचाई व्यवस्थापनका लागि महानगरले संघ सरकारको समपुरक योजनामा चौरासी नहर पुर्ननिर्माणलाई जोडेर पठाएको उल्लेख  गरे ।साँझा चोकदेखि बुद्ध चोकसम्मको बाटो पनि बुहुवर्षेमा परेको छ, अगामी वर्ष करिव २८ अर्वका योजनाहरु महानगरमा लागु हुँदैछन्, सुईखेत डुवान नियन्त्रणको कार्य पनि अगाडि बढेकै छ उनले भने । महानगर प्रवक्ता समेत रहेको पोखरा २५ हेमजाका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवका संस्थापक प्रति आभार प्रकट गर्दै आलुले हेमजाको पहिचान दिएको स्पष्ट पारे ।उनले बहुउद्देश्यीय भवन निर्माणको खुशीयाली साट्दै हेमजाको विकासमा महानगर प्रयासरत रहेको औँल्याए । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले आलु स्वास्थ्यका लागि महत्वपूर्ण भएको स्पष्ट पार्दै हेमजाको आलुलाई उपभोक्ताले मन पराएको धारणा राखे ।आलुका परिकारलाई मुल्य शृङखलामा जोड्न सके किसानको आर्थिक अवस्था सुधारिने जनाउँदै प्रमुख कडरियाँले किसानलाई हरेक क्षेत्रमा प्राथमिकता दिनुपर्ने स्पष्ट पारे । त्यस अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सीना पंगेनी, आलु महोत्सवका संस्थापक धर्मराज बास्तोला, कलाकार जीवन दाहाल, मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठ, महासचिव वसन्तकुमार श्रेष्ठ लगायतले पनि धारणा राखे । महोत्सव सुरु हुनु पूर्व स्थानीय माईस्थानबाट बाजागाजा सहित शोभा यात्रा एवम् झाँकी ¥याली निकालिएकोमा उक्त ¥याली  मिलनचोक, साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुग्यो । भाँकी ¥यालीमा सयौं हेमजावासीको उल्लेख्य सहभागिता रहयो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन् ।  महोत्सवमा प्रतिकिलो ४० रुपैयाँमा आलुको कारोवार भइरहेको छ भने करिव ८० टन आलु बिक्रीवितरण हुने आयोजकको अपेक्षा छ ।महोत्सवमा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । हेमजामा करिव ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएकोमा करिव १५ करोडको आलु बिक्रीवितरण हुने गरेको महानगरपालिका कृषि महाशाखाले जनाएको छ ।महोत्सव यही वैशाख ५ गतेसम्म चल्नेछ ।  

पोखरा:   कास्की प्रहरीले बन्यजन्तु शिकार गरेको आरोपमा अवैध हातहतियारसहित एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका २० का ४२ वर्षीया दिपेन्द्र केसी रहेका छन् ।   प्रहरीका अनुसार उनलाई हिजो करिब १२ बजे पक्राउ वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलिले पक्राउ गरिएको हो ।   केसीको साथबाट अबैध हतियार २ नाले Long rang made in Spain लेखिएको बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम, छर्रा बनाउन प्रयोग गरीने मेटल जस्तो पदार्थ ७७६ ग्राम, LEMAN YELLOW POWDER लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पहेँलो रंगको धुलो पदार्थ –३६० ग्राम बरामद गरिएको छ ।    यस्तै ​POTASSIUM ACETATE लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रंगको धुलो पदार्थ –३४५ ग्राम, मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८०० ग्राम र ३ थान टर्चलाइटसमेत बरामद भएको छ ।   पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।   केसीलाई अवैध बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित पठाइने प्रहरीले जनाएको छ ।  

पोखरा:      पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २ दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ओेपन इलाइटमा काठमाडौंका राजेश मगर र महिलातर्फ ललितपुरकी वर्षा बस्नेतले उपाधि जिते । पुरुषमा अन्जित बुढाथोकी दोस्रो र आशुतोष धोन्जु तेस्रो भए । महिलातर्फ मन्दिरा भण्डारी दोस्रो र सुरक्षा केसी तेस्रो भए । पुरुष र महिलातर्फ प्रथमले जनही १ लाख ५० हजार प्राप्त गरे । पुरुषमा दोस्रो र तेस्रोले क्रमशः १ लाख र ५० प्राप्त गरे । ओपन मास्टर्सतर्फको उपाधि राज शाहीले जिते । दोस्रो विकास श्रेष्ठ र तेस्रो अजीत बराल भए । मास्टर्सतर्फ भाग लिएका सातै जना तथा पुरुष र महिलातर्पm पाँचौसम्मलाई हाइग्राउण्ड एड्भेन्चरले गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । विजयीलाई प्रमुख अतिथि प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना लगायतले पुरस्कृत गरिन् । प्रतियोगितामा कुल ५६ खेलाडीले भाग लिएका थिए । पहिलो दिन पुरुषतर्फ २५ राइडर छनोट भइ फाइनल भिडेका हुन् । महिला र मास्टर्सतर्फ ७÷७ जना राइडरलाई फाइनल खेलाइएको थियो । अन्तर्राष्ट्रिय खेलकुद दिवस अवसरमा भएको प्रतियोगितामा वनजंगल, खोलानाला, बाँसघारी, गोरेटो बाटो, बगर, बालुवा उडाउने गुडाउने सबैखालको मिश्रित करिब ५ किमीको ट्रयाक निर्माण गरिएको थियो । आयोजक संस्थाका निर्देशक जगत धौलीले सबैको साथ र सहयोगले पहिलो पल्ट आयोजित प्रतियोगिता सफल भएको र आगामी वर्ष पनि निरन्तरता दिने बताए । साहसिक उक्त प्रतियोगिता हेर्न विदेशीसहित करिब ७ हजार दर्शक वाम्दी ओइरिएका थिए । उपसभामुखले यस्ताखालका साहसिक खेलले नेपाललाई विश्वसामु चिनाउन धेरै मद्दत गर्ने बताइन् । नेपाल अटो मोबाइलस एसोसिएसन (नासा), अन्तर्राष्ट्रिय नियामक संस्था फिम, प्रदेश खेलकुद परिषद् गण्डकीमा अनुबन्धित उक्त पोखरा क्षेत्रमा पहिलो हो । विश्वकपमा खेलाइने डर्ट बाइक इन्डूरोलाई पोखरा राइडर्स क्लबले नेपालमै पहिलोपल्ट भित्राएको क्लब अध्यक्ष सोनिक क्षेत्रीले बताए । आउटडोर स्पोर्ट्सले भर्खरै पर्यटनको राजधानी घोषित पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटनमा टेवा पुग्ने नेपाल अटोमोबाइल एसोसिएसन गण्डकी अध्यक्ष शिव श्रेष्ठले बताए । नेपाल अटोमोबाइल्स एसोसिएसन उपाध्यक्ष अनिल के. बरालले खेलाडीलाई अनुशासनको सपथ ग्रहण गराई सुरुआत गराएका थिए । विभिन्न संघसंस्थाले सहयोग गरेको प्रतियोगिताको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो । सो अवसरमा एटिभी डेमोस्ट्रेसन रेस भएको थियो । यस वर्ष खुलेको पोखरा राइडर्स क्लब साइक्लिष्टहरुको संस्था हो ।

पोखरा:      जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध गाँजासहित ३ जनालाई प्रकाउ गरेको छ । प्रहरीले कास्कीको विभिन्न स्थानबाट ३ जनालाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरा महानगरपालिका–२७ तालचोकमा शनिबार बिहान पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेकजाँज गर्ने क्रममा गोरखाका २४ वर्षीय मदन नेपालीलाई लागूऔषध गाँजासहित प्रकाउ गरेको हो ।  प्रहरीले पोखरातर्फ आउँदै गरेको सवारी चेकजाँज गर्ने क्रममा गोरखा घर भएका नेपाली सवार कारबाट ९ किलो ८ सय ग्राम गाँजा प्रकाउ गरेको हो ।  प्रकाउ परेका नेपालीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  यस्तै प्रहरीले बिहीबार कास्कीको अन्नपूर्ण गाउँपालिका–९ मौजाबाट लागूऔषध गाँजासहित २ जनालाई प्रकाउ गरेको छ ।  पोखरा मालेपाटनका ३७ वर्षीय हेमन्त भट्टराई र सराङकोट घर भएका २५ वर्षीय बिनोद थापालाई प्रहरीले प्रकाउ गरेको हो । प्रहरीले उनीहरु सवार ग १४ प २४३ नम्बरको मोटरसाइकलसहित ४ केजी १ सय ग्राम लागूऔषध, १० हजार ५ सय नगद र २ थान मोबाईलसहित प्रकाउ गरेको हो ।  उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।