पोखरामा एसएमी एक्सपो हुने

पाेखरा | असार ११, २०८१

पोखरामा एसएमी एक्सपो हुने

पोखरा:     पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ । 


असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो ।


पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ । 


५० बढी स्टल रहने पराजुलीले जानकारी दिए । निशुल्क स्टल राख्ने व्यवस्था महासंघले मिलाएको हो । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामाग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामाग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् ।


पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् । 


देश विदेशबाट साँस्कृतिक नृत्यु, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुती राखिनेछ ।

 
तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि साँस्कृतिक प्रस्तुती राख्ने जनाइएको छ । 


एक्सपोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्