कास्कीमा वर्षातको प्रभाव: कतै सडक भासियो, कतै पहिरोले ज्यान लियो

पहिरोमा परेर २ जनाको मृत्यु, १ गम्भीर घाइते

पाेखरा | असार १२, २०८१

कास्कीमा वर्षातको प्रभाव: कतै सडक भासियो, कतै पहिरोले ज्यान लियो

पोखरा:   गएरातीदेखि परेको अविरल वर्षाका कारण कास्कीको जनजीवन प्रभावित बनेको छ । निरन्तर परेको अविरल वर्षाकै कारण पहिरोमा परेर २ जनाको मृत्युसमेत भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोमा परेर मादी गाउँपालिका ५ चितेपानी घुम्तीका १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।  

 

पछाडी पट्टीको माटोको ढिस्को खसेर प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घर पुरिएको थियो ।

 

सोही पहिरोमा परेका ७० वर्षीया लालमाया बन्जारीलाई भने सकुसल उद्धार गरिएको छ ।

 

यस्तै पोखरा महानगरपालिका वडा २७ आरूपाटाका हरि सुनारको घरमाथिबाट पहिरो आउँदा ३ वर्षीय अनमोल सुनारको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

 

उनका अनुसार हरी सुनारको श्रीमती २७ वर्षीया रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

 

उनको अवस्था गम्भीर रहेको डिएसपी शर्माले बताए ।

 

सोही पहिरोमा परेका घरधनी हरि सुनार र ९ वर्षीया छोरी अञ्जली सुनारलाई भने सकुसल उद्धार गरिएको छ ।

 

पृथ्वीराजमार्ग भासियो

PHOTO: Rishi Ram Pande

 

अविरल वर्षाका कारण पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत पोखरा महानगरपालिका १४ आनन्दटोलस्थित  घट्टे कुलोको बहाव बढेर सडक भासिएको छ ।

 

राजमार्ग बुधबार बिहान करिब साढे छ बजेको समयमा भासिएको हो ।

 

सडकको दायाँ साइड करिब ७ मिटर लम्बाई र चौडाई करिब १.५ मिटर घट्टे कुलोको भत्काएपछि सवारी आवगमन अबरुद्ध भएपनि हाल एकतर्फी सवारी सुचारु भएको छ ।

 

सडक भासिएपनि कुनैपनि अन्य क्षति नभएको डिएसपी शर्माले बताए ।  


 

 

डुबानमा ५ घर

 

अविरल वर्षाकै कारण कास्कीमा हालसम्म ५ घर डुबानमा परेको छ । 

 

पोखरा महानगरपालिका ७ गैरीखेत स्थित कुमार सुनार र रेशम गुरुङको घरमा पानी पसेर डुबानमा परेको हो ।

 

वडा प्रहरी कार्यालय बैदामलाई प्राप्त सूचनापछि पानीलाई व्यवस्थित गर्ने र विभिन्न समाग्रीहरुको उद्धार गरिएको डिएसपी शर्माले जानकारी दिए ।

 

यस्तै पोखरा महानगरपालिका ३३ बागमारास्थित सिप्लिङ तारा टोलको ३ घर पनि डुबानमा परेको छ ।

 

ब्लक र टिनले बनेको राम्जी बास्तोला, सुमन बिक र बाबुराम बस्नेतको घरमा पानी पसेपछि जनजीवन प्रभावित भएको भन्दै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले उद्धार गरेको छ ।

 

टोल नै डुबानमा परेर मानवीय क्षति भने नभएको कास्की प्रहरीले जनाएको छ ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्