पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा विद्यान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए । लिकचरणको खेलमा विद्यान स्पोर्टस हाउस समूह ‘ए’ को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी तर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । भोलि हुने पहिलो सेमिफाइनलमा विद्यान स्पोर्टस हाउस र भुका देउरालीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेलमा अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लबबीच प्रतिस्पर्धा हुने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । भोलि चक्रिय पदमार्ग दौड प्रतियोगिता घान्द्रुक पर्यटन महोत्सवमा आयोजित चक्रिय पदमार्थ दौड प्रतियोगिता भोलि (बिहिवार) हुने भएको छ । मेश्रेम बराह माविबाट सुरु हुने चक्रिय पदमार्ग वडा नं. १० को कार्यालय हुँदै पञ्चे, कोटगाउँ, देउराली, बलाथे पार्क, नब्रुथी बराह मन्दीर, कायमा बराह, सात सय घान्दु्रकेले मान्दै आएको ब्रेजे मेश्रे बराह नेगु, चिया बगान, डाडागाउँ, कुमाभ्री, सिल्कु, खोलोभ्रो हुँदै विद्यालयम नजिक जोडिएको छ । यो दुरी ५.५ किमी रहेको छ । सोही पदमार्गमा दौड प्रतियोगिता हुनेछ । चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै ठेलो प्रतियोगितातर्फ विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । बास्केटबलतर्फ क्वाटरफाइनलको समिकरण पूरा महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा क्वाटरफाइनलको समिकरण पूरा भएको छ । भोलि हुने पहिलो क्वाटरफाइनलमा दाङ र टाइम्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आर्मी र घान्द्रुक ‘ए’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै तेस्रो खेल मर्दीखोला र घान्द्रुक ‘बी’बीच प्रतिस्पर्धा हुनेछ । यस्तै क्वाटरफाइनलको अन्तिम खेल सेन्चुरी युवा क्लब र नदीपुरबीच प्रतिस्पर्धा हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ । सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।
पोखरा: मोटरसाइकलको स्वरुप परिवर्तन गरेर पार्किङमा राखेका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले पोखरा महानगरपालिका–६ लेकसाइडमा स्वरुप परिवर्तन (मोडिफाई) गरि पार्किङमा राखिएका ७ वटा मोटरसाइकल हिजो (बुधवार) नियन्त्रणमा लिएको हो । स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदुषण गर्ने मोटरसाइकलहरुलाई नियन्त्रणमा लिएर कारवाही गरेपनि अझै नियन्त्रणमा नआएको भन्दै २५ दिन थुनामा राखेर कारवाही गर्ने प्रक्रिया कास्की प्रहरीले अगाडि बढाएको छ । मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्ने, ध्वनी प्रदुषण गराउने कार्यमा संलग्न हुनसक्ने वर्कसप सञ्चालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थानमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालय कास्कीले सचेतना कार्यक्रमसँगै स्टिकर टाँस गर्ने कार्यक्रमसमेत गरेको थियो । यो पनि पढ्नुहोस एक्सनमा कास्की प्रहरी: मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन थुन्ने यो पनि पढ्नुहोस २ दर्जन बढी मोडिफाइड बाइक कास्की प्रहरीको नियन्त्रणमा (भिडियाे)
अर्घाखाँची: अर्घाखाँचीको पाणिनी गाउँपालिकामा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठोरका अनुसार सुपादेउराली दर्शन गरी पोखरा फर्कदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । घुम्ती दुर्गाफाट सडकखण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना हुदाँ ट्याक्सी सडकबाट करिब दुई सय मिटर तल खसेको छ । घाइतेहरुको को जिल्ला अस्पताल अर्घाखाँची उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन्। नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन्। हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो। नेपाल म्याग्दीकी मीराका अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्। प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ। करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्।
संखुवासभा: आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राई रहेका छन् । उनले आफ्नै बुवा ५० वर्षीय युवराज राईको हत्या गरेका थिए । प्रहरीका अनुसार उनीहरूबीच विवाद भएको थियो । सोही क्रममा छोरा सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको थियो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव अवलोकन गर्नकै लागि हेमजा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ«े गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ ।जसअनुसार दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ । कृषि उपजमा नाममा भएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्न आएको मंगलवार महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकी ९ की राममाया थापाले बताइन् । त्यसका साथै आलु लगायत अन्य स्टलवाट सामग्रीको बिक्रीवितरण हुने क्रम समेत हवातै बढेको छ ।मंगलवारसम्मका ६ सय ३८ घरपरिवार मानिसले आलु किनी लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु किनी लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताए ।महोत्सवको तेस्रो दिन मंगलवारसम्म करिव रु.६ लाखको आलु कारोवार भएकोका प्रतिकेजी रु.४० मा आलु बिक्री गरिएको छ । महोत्सव अन्तर्गत मंगलवार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहे भने बुधवार सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरी ढुङगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्याण्डका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि सुरु भएको छ ।रत्यौलीतर्फ मंगलवार तिन समूह लामाचौतारा खुट्टेगौडा आमा समूह, माछापुच्छे« सेवा समाज तथा लक्ष्मी आमा समूहका प्रस्तुति रहे ।त्यस्तै नवजागरण बाल भजन समूहले पनि आफ्नो प्रस्तुति राख्यो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।
पोखरा: पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान प्रतियोगितामा ढोलाहिटी, हेटौडा, चितवन र एबिसी भेट्रान सेमीफाइनलको यात्रा तय गरेका छन । मंगलबार सम्पन्न पहिलो खेलमा ढोलाहिटी फ्रीडमले लेकसाइड भेट्रान्सलाई २—१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा ढोलाहिटीको तर्फबाट राजकुमार केसी र तेज बहादुर झलारीले १÷१ गोल गरेका थिएभने लेकसाइड भेट्रान्सका शिव बहादुर भट्टराइले शान्तवना गोल गरेका थिए । दोश्रो खेलमा हेटौडा भेट्रान्सले संगम भेट्रान्सलाई ३—० गोल अन्तरले पराजित गर्न सफल भयो । उक्त खेलमा हेटौडाका जगतमान लामा, बिजय श्रेष्ठ र प्रदिप लामाले गोल गरेका थिए । मंगलवार सम्पन्न अन्तिम खेलमा चितवन भेट्रान र एक्स वारिअर बिच निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा ३—२ गोल गर्दै चितवन भेट्रान्स अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा चितवन भेट्रान्सका गोलरक्षक छुन्नुराम चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले एक्स वारिअरका तिल कुमार गुरुङले प्रहार गरेको बल रोक्न सफल भएका थिए । प्रतियोगितामा बुधवार पहिलो खेल ढोलाहिटी र चितवन बीच र दोश्रो खेल हेटौडा र आयोजक एबिसी बिच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । ९ टीमको सहभागीता रहेको उक्त प्रतियोगिताको बिजेताले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड र मेडल प्राप्त गर्ने छन भने उपबिजेताले नगद ७७ हजार ७ सय ७७, शिल्ड र मेडल प्राप्त गर्ने आयोजक अमरसिंह ब्वाइज क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी १ वैशाखमा लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ । हाफ म्याराथनको विजेताले ६० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् । ५ किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले ५ हजार, सान्त्वनाले ३ हजार र पाँचौँले २ हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले ७ हजार, तृतीयले ५ हजार रुपैयाँ पाउने सदस्य सचिव खड्काले जानकारी दिए । दौड पुरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए । दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर २९ चैतसम्म नाम दर्ता गर्न सकिने छ । भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भुगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिने छ । खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे । उनले लेखनाथ पनि पोखराभित्रै पर्ने तर केही पिछ्डिएकोजस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको सुनाए । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताए । ‘लेखनाथ पोखरामा गाभिएपछि केही पछाडि परेको हामीले महसुस गरेका छौँ । यस्तै खाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनपर्छ,’ उनले भने, ‘यहाँ पर्यटनको थुप्रो सम्भावना छ । सात वटा ताल छन् । धेरै कोट पनि छन् ।’ भण्डारढिकमा रहेको रंगशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने र वडाबाट पनि बजेट लगानी गर्ने उनले बताए । पोखरा–२९ मा रंगशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गरिदिने वडाध्यक्ष गुरूङको भनाइ थियो ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०/११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ । सो महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै अध्यक्ष केसीले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउने कर्तव्य सबैको रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकाको ७ देखि ११ नम्बर वडा हामीले पर्यटकीय क्षेत्रको रुपमा अगाडि सारेका छौं, अध्यक्ष केसीले भने, ‘गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा १०/११ मा पर्ने घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको केन्द्र हो । त्यसैले घान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो ।’ अध्यक्ष केसीले आफ्नो कार्यकालमा घान्द्रुक आउने सडक कालोपत्र गर्ने बताउँदै घान्द्रुकमा पर्यटकको बसाई लम्बाउने विषयमा केन्द्रित हुनुपर्ने बताए । ‘हाम्रो कार्यकाल भित्र घान्द्रुकसम्म आउने सडक कालोपत्र गर्छौ । सडक कालोपत्र भएपछि पोखराबाट केही घण्टामै पर्यटक घान्द्रुक आउन सक्छन्, अध्यक्ष केसीले भने, ‘घान्द्रुक आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको बसाई लम्बाउन स्थानीय सरकार, व्यवसायी र स्थानीयहरु त्यस विषयमा केन्द्रित हुनुपर्छ ।’ यस्तै अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङले घान्द्रुक पर्यटकका लागि स्थापित भइसकेकाले चुनौतीसमेत थपिदै गएको बताए । ‘घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि स्थापित भइसकेको छ । हिजोको घान्द्रुक र आजको घान्द्रुकमा परिवर्तन भएको छ, वडाध्यक्ष गुरुङले भने, ‘पर्यटकहरुका लागि स्थापित भइसकेको घान्द्रुकलाई जिवन्त राख्न घान्द्रुकको मौलिकता जोगाई राख्न सबैले हातेमालो गर्न आवश्यक छ ।’ उनले घान्द्रुकको ढुङ्गेली गाउँको संरक्षण गर्दै पर्यटकको बसाई लम्बाउन नयाँनयाँ कार्यक्रम र योजना अगाडि बढाउन आवश्यक रहेको धारणा राखे । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष भरत गुरुङ, तमु प्हे ल्हु संघ घान्द्रुकका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए । घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङको अध्यक्षता भएको उद्घाटन समारोहलाई लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले सञ्चालन गरेका थिए । बास्केटबल प्रतियोगितामा दाङको विजयी सुरुवात महोत्सवको अवसरमा आयोजित खुला क्लबस्तरीय बास्केटबल प्रतियोगितामा दाङले विजयी सुरुवात गरेको छ । दाङले घान्द्रुकलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो । यस्तै आर्मी र टाइम्सबीच भएको खेल भने वर्षाका कारण स्थगित भएको छ । महोत्सवका संयोजक अमृत लामा गुरुङका अनुसार उक्त खेल भोलि हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । बास्केटबलतर्फ कुल १२ टिमको सहभागिता रहेको छ । यस्तै बधबारदेखि नै भलिबल प्रतियोगितापनि सुरु हुनेछ । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११, उपविजेताले ७० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ¬पुरुष भलिबलतर्फ विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, प्रशिक्षक, उदीयमान खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिनेछ । यस्तै महिलातर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेण्डर, सेटर हुने खेलाडीलाई (सेमिफाइनलबाट म्यान अफ द म्याच) पुरस्कृत गरिने अध्यक्ष गुरुङले जानकारी दिए । यस्तै घोडा दौड प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५, उपविजेताले २७ हजार ७ सय ७७ र तेस्रो हुनेले ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै चक्रीय पदमार्ग दौड प्रतियोगिताको विजेताले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यस्तै ठेलो प्रतियोगितातफै विजेताले ८ हजार र उपविजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ । महोत्सवको अवधिमा ह्विलचियर बास्केटबलको समेत प्रर्दशन गरिने छ । सो महोत्सवको हरेक बेलुकी विभिन्न जातिका प्रचलित नृत्य तथा सांगीतिक कार्यक्रमहरु प्रस्तुत हुने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार सो महोत्सवमा आदिम कला केन्द्रले नृत्यहरु प्रस्तुत गर्नेछन् । महोत्सव अवधिभर पर्यटकलाई ३० प्रतिशत छुट घान्द्रुक पर्यटन व्यवस्थापन समितिले महोत्सव अवधिभर घान्द्रुक जाने पर्यटकलाई ३० प्रतिशत छुट दिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आज चैत्र २७ देखि ३० गतेसम्म आयोजना गरिएको घान्द्रुक पर्यटन महोत्सवमा पर्यटकहरुलाई ३० प्रतिशत छुट दिएको अध्यक्ष विक्रम गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई खाना र बस्नको लागि प्रतिव्यक्ति ६ सय रुयैयाँ निर्धारण गरिएको छ । घान्द्रुकमा अहिले ७० वटा व्यवस्थित होटल र १७ वटा होमस्टे सञ्चालनमा रहेका छन् । महोत्सवमा जाने पर्यटक तथा दर्शकलाई घान्द्रुकमा उत्पादन हुने खाद्यान्न र संस्कार, संस्कृतिसँगै प्रतियोगिताबाट मनोरञ्जन दिने आयोजकले जनाएको छ ।

