पोखरा: पुन एकता क्लब नदिपुर, पोखराको आयोजनामा भएको खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ पर्वतको बनौं बास्केटबल टिम च्याम्पियन बनेको छ । रामघाटस्थित पुन समाज घरको बास्केटबल कोर्टमा शनिबार भएको फाइनल खेलमा कास्कीको मर्दीखोला बास्केटबल टिमलाई ७७–६७ स्कोरले हराउँदै बनौंले उपाधि रक्षा गरेको हो । उपाधि जितेको बनौंले १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको मर्दीखोलाले द्वितिय हुने टिमले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र पायो । महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले उपाधि जितेको छ । शनिबार नै भएको फाइनलमा अमिचि क्याफेलाई ९–७ स्कोरले पराजित गर्दै अन्नपूर्ण च्याम्पियन बनेको हो । च्याम्पियन बनेको अन्नपूर्णले २० हजार र उपविजेता अमिचिले १० हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । भेट्रान्सतर्फ लामाचौरले एक्स एबिसीलाई ५४–४० स्कोरले जित्दै प्रथम भयो । उपाधि जितेको लामाचौरले ३५ हजार र द्वितिय भएको एबिसीले ले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पा¥यो । प्रतियागितामा पुरुषतर्फ बनौंका पुस्कल छन्त्याल, महिलातर्फ अन्नपूर्णकी कुसुम गुरुङ र भेट्रान्सतर्फ लामाचौर गमप्रसाद पुर्जा सर्वोत्कृष्ट चुनिए । उनीहरुलनई ट्रफि र मेडल प्रदान गरिएको थियो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङ, कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङ, प्रतियोगिता संयोजक तथा कर्पाकेली परिवारका अध्यक्ष क्याप्टेन रनसिंह गर्बुजा, क्लबका अध्यक्ष अध्यक्ष सुदिप पुर्जा लगायतले पुरस्कार वितरण गरेका थिए । फाइनल अघि समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले प्रतियोगिताले आगामी वर्ष हुने दशौं राष्ट्रिय खेलकुदमा खेलाडी उत्पादनमा सघाउन पुग्ने बताए । यसको अलवा युवाहरुको क्षमता विकासम यसले टेवा पुग्ने उनले सुनाए । आगामी दिनमा यसलाई निरन्तरता दिदैं गए आफ्नो तर्फबाट धेरथोर सहयोग गर्ने उनले प्रतिद्धता पनि जनाए । कास्की जिल्ला बास्केटल बल संघका अध्यक्ष कृष्ण गुरुङले प्रतियोगिताले बास्केटबल खेलको विकासमा ठूलो टेवा पुग्ने बताए । खेल संयोजक क्याप्टेन रनसिंह गर्बुजाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । फागुन २२ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन गरिएको अध्यक्ष सुदीप पुर्जाले जानकारी दिए । जसअन्तर्गत पुरुषतर्फ १९, महिलातर्फ ७ र भेट्रान्सतर्फ ६ टिमको सहभागिता रहेको उनले बताए ।
धनकुटा: खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी क्षेत्रमा रहेका समस्याको क्रमशः समधान गर्दै जाने बताएका छन् । गृह जिल्ला आएका मन्त्री राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले आज यहाँ सम्मान गरेको कार्यक्रममा उनले विशेष गरेर नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताए । “नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भने । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उनको भनाइ थियो ।
काठमाडौं: नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। उक्त खेल बिहान ११ः१५ बजे सुरू हुनेछ। नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ। त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसाग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ। नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।
पोखरा: कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७:३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।
पोखरा: गण्डकी ढुवानी प्रालिले पोखरा महानगरपालिका–१० बुद्धचोकमा नयाँ कार्यालय स्थापना गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले आज (शुक्रबार) गण्डकी ढुवानी प्रालिको नयाँ कार्यालयको उद्घाटन गरे । कार्यालयको उद्घाटनपछि बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले यातायात व्यवसायीहरु एकताबद्ध अगाडि बढ्न आवश्यक रहेको बताए । ‘यातायात व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको छ’, पौडेलले भने, ‘व्यवसायीहरुको विभिन्न समस्या मागहरु सरकारले सम्बोधन नगरेकाले व्यवसायीहरु एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’ उनले यातायात क्षेत्रमा रहेका समस्याहरु समाधान गरेर व्यवसायीहरुलाई तनाव मुक्त गर्न आवश्यक रहेको सुनाए । गण्डकी ढुवानी प्रालिका निवर्तमान अध्यक्ष रामबहादुर तामाङले व्यवसायीहरुको माग सरकारले नसुनेको गुनासो गरे । ‘हामीले विभिन्न मागहरु राखेर पोखराका ३३ वटै वडामा पत्र पठायौं तर सुनावाई भएन’, तामाङले भने, ‘स्थानीय सरकारले ढुवानी क्षेत्रका लागि सशुल्क जग्गाको माग राख्दा पनि दिन सकेन ।’ उनले सरकारबाट मागको सुनावाई भन्दा बढि आश्वासन मात्र पाएको दुखेसो गरे । माछापूच्छ«े ढुवानी प्रालिका उपाध्यक्ष कृष्ण गौतमले सरकारको नीति व्यवसायी मुखी नहुँदा प्रशासनबाट हैरानी व्यहोर्न परेको बताए । गण्डकी ढुवानी प्रालिका अध्यक्ष मनोज रसाइलीले सबै व्यवसायीहरुलाई एकजुट बनाउन लागेको बताए । कार्यालय स्थापना कार्यक्रममा बोल्ने वक्ताहरुले ढुवानी व्यवसायीहरुले ढुवानीको मूल्य तोक्न आवश्यक रहेको बताए ।
भक्तपुर: भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो । पवित्राको उपचारको क्रममा भक्तपुर अस्पतालमा फागुन २४ गते बुलुका सवा सात बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेका थिए । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमै राखिएको छ । प्रहरीले सन्तोषलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पाठकले जानकारी दिए ।
काठमाडौं: जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आईटीबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आईटीबी बर्लिनमा सहभागिता जनाएको हो । पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो । यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो । आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाए । मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटेल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिसन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमले नेपालमा ट्रान्स्फोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीयउपज र सेवाको प्रवर्द्धन गरेका छन् ।
काठमाडौं: आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै दर्शनार्थी एवम् भक्तजनको घुइँचो छ । बिहान २ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति विकास कोषले जनाएको छ । पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान गरिएकोछ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।
काठमाडौं: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती पनि हुनेछ । जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताएका छन् । सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उनले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिएका छन् । सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ । सैनिक वीरपुर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ । नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ । विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ । विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ । विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम भइरहेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता भण्डारी बताउँछन् ।