तनहुँ:  नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित भएका छन् ।  तनहुँको भिमाद नगरपालिका–६, मालेबगरस्थित गणेश एकेडेमीमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनब...

काठमाडौं:    आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा आज बङ्गलादेश र नेपालबिच प्रतिस्पर्धा हुने भएको छ । दक्षिण अफ्रिकाको मनगंग ओभलमा हुने यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बङ्गलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् । नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो ।  यता, बङ्गलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

पोखरा:    १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा (संख्या) निर्धारण सँगै माघ २८ गते सम्म खेलाडीहरुको अन्तिम दर्ता हुने आयोजकले जनाएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा म्याराथनमा सहभागिता जनाउन कोटा निर्धारण गरिएको हो । नेपाली सिटी म्याराथनको इतिहासमा नै यसरी कोटा निर्धारण गरिएको हो । संसारभरका अन्य ठूला म्याराथनलाई समेत आत्मसाथ गर्दै पहिलो पटक यसरी कोटा निर्धारण गरिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जनएका छन् । १८ औं संस्करणको तयारीमा जुटिरहेको मञ्चले नेपालमा नै पहिलो पटक हरेक इभेन्टमा चिप्सको ब्यवस्था गरेको छ । यस अघि म्याराथमा सिमित चिप्सको प्रयोग १८ औं संस्करणको खुल्ला म्याराथन संगै हाफ म्याराथन महिला, १० किमि महिला÷पुरुष दौड र ५ किमि छात्र÷छात्राको दौडमा समेत चिप्सको प्रयोग हुने भएको अध्यक्ष पराजुलीले जानकारी दिए । “अब सबै दौडहरुको सहि समय र दुरी मापन हुन्छ” उनले भने–“कुनै पनि धावकले रुट भन्दा बाहिर भागबाट छलेर दौड पुरा गर्न पाउने छैनन् । यसले खेलाडीमा समेत् हौसला बढ्नेछ भने आफ्नो टाइमिङकोस्तर के हो भन्ने विषयमा स्पष्ट हुन सकिनेछ ।” गत वर्षबाट खुल्ला म्याराथनबाट सुरु गरिएको चिप्सको प्रयोग नेपाल रन युकेको सहकार्यमा भएको हो । १८ औं सस्करणका लागि भने सबै टेक्निकल डिभाइस (चिप्स)हरु करिब ३ हजार थान गैर आवाशिय नेपाली संघ (एनआरएनए) आइसिसी र पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर पोखरेली मञ्च युकेको सहकार्यमा भएको मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले जानकारी दिएका छन् । उनले भने–“नेपाली खेलकुदको इतिहासमा यो नयाँ फड्को हो । जहाँ म्याराथन मात्रै नभई १० किमि र ५ किमिमा समेत चिप्सको प्रयोग हुँदैछ । यसले नेपाली खेलकुदलाई प्रविधीमैत्री बनाउनु पर्छ भन्ने बलियो सन्देश समेत दिनेछ ।” नेपाली सिटी म्याराथनको इतिहासमा नै पहिलो पटक हामी कोटा निर्धारण गर्दैछौं” ओलम्पिक कमिटीका उपाध्यक्ष समेत रहेका गुरुङले भने–“यसले खेलाडीलाई अन्तिम समयमा आएर दर्ता गर्ने परिपाटी समेत निराकरण गर्नेछ भने सहभागि हुने हरुलाई समेत आफ्नो भूमिका के हुनुपर्छ भन्ने विषयमा प्रष्ट्याउँछ ।” सबै इभेन्टमा टेक्निकल डिभाइस ९चिप्स०को प्रयोग हुने भए पछि आयोजकले माघ २८ गते सम्म अन्तिम दर्ता तोकेको छ । तर यस अघि दौडको अघिल्लो दिन सम्म धावकहरु दर्ताका लागि आउने गरेको अध्यक्ष पराजुलीले बताए । उनले विगतका वर्षहरुलाई सम्झिंदै भने–“विगतमा खेलाडीको दर्ता अन्तिम समयमा हुँदा हामीले निकै ठूलो समस्या भोग्नु परेको थियो । तर यो वर्षबाट त्यो समस्या हट्नेछ संख्या अनुसार खेलाडीहरुको सहभागिता हुनेछ भने अन्यलाई हामीले ‘रन फर फन’मा जोड्ने छौं । ‘रन फर फन’को संख्या १० हजारको हाराहारीमा हुनेछ ।” उनका अनुसार खुल्ला म्याराथन ४२.१९५ किमि–१६० जना, महिला हाफ म्याराथन– ५० जना,१० किमि पुरुष–४५० जना,१० किमि महिला–१५० जना,५ किमि छात्र–१२०० जना,५ किमि छात्रा–७०० जना,५ किमि भेट्रान पुरुष– ५० जना र ५ किमि भेट्रान महिला–२५ जनाको सहभागिता रहनेछ ।  अपाङ्गतर्फको दौडमा भने चिप्सको प्रयोग हुनेछैन ।  पोखरा म्याराथनको मुख्य प्रायोजकको रुपमा सुजल डेरीको उत्पादन सफल दुध रहेको छ । यसै गरी गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, पोखरेली मञ्च युके, गैर आवाशिय नेपाली संघ, तमु धिं युके, सहारा युके, बगर भाइ खलक युके, नेपाल रन युके, नेपाली समाज अस्ट्रेलिया, अमेरिका, वि विल राइज फाउन्डेशनलागयतको मुख्य सहयोग रहनेछ । पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशी भएको म्याराथन समेत हो भने १८ औं सस्करणमा ४१ जना विभिन्न इभेन्टमा बिजेता प्रतियोगीहरुलाई १८ लाख १६ हजार नगद प्रदान गरिनेछ ।

पोखरा:     प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस चौतारीको २६ औं स्थापना दिवसको अवसरमा कास्की शाखाले पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पूर्व अध्यक्ष हरि बास्तोला संयोजक, पूर्व अध्यक्ष श्याम कुँवर र पूर्व पुरस्कृत व्यक्तित्व शान्ति गुरुङ सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले गरेको सिफारिसलाई मंगलबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको सचिव अधिकारीले जानकारी दिए । पुरस्कारको राशी ११ हजार १ सय ११ बाट बढाएर यस वर्षदेखि २२ हजार २ सय २२ पुर्‍याइएको उनले बताए । प्रेस चौतारी कास्कीले लामो समयदेखि बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई गत वर्षबाट पुनः निरन्तरता दिइएको हो । चौतारीले गत वर्षदेखि नै सम्मान अर्पण गर्न थालेको हो । गत वर्ष राजु भण्डारी र सावित्री खनाल सम्मानित भएका थिए ।  यस वर्ष सम्मानित हुन लागेका मीना गुरुङ लामो समय सञ्चारकर्मममा योगदान गरी राजनीतिमा क्रियाशील छन् । साढे २ दशकदेखि पत्रकारितामै सक्रिय हुम गुरुङ कास्की आवाज दैनिकका सम्पादक तथा प्रकाशक हुन् । अग्रणी संस्था तमु धिँ नेपालका अध्यक्ष रही समाजसेवामासमेत सक्रिय गुरुङले पत्रकारितामा लामो सयमदेखि अनवरत योगदान दिएका छन् । यस वर्ष पुरस्कृत बराल दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका छन् । प्रेस चौतारी कास्कीका निवर्तमान अध्यक्ष बराल प्रेस चौतारी र प्रेस सेन्टर एकीकरण भएर बनेको प्रेस संगठन, कास्कीको पनि संयोजक बने । हाल नेपाल पत्रकार महासंघ कास्कीका सचिव बरालले २०५९ सालबाट पत्रकारिता थालनी गरेका थिए । पोखरा हटलाइनबाट पत्रकारितामा छिरेका बरालको गगन दैनिक, सन्ध्याकालीन दैनिक, माछापुच्छ्रे एफएम, धौलागिरी एफएम रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, हिमाल खबर पत्रिका, समाधान दैनिक, अन्नपूर्ण पोष्ट र पब्लिक टिभीमा काम गरेको अनुभव छ । उनले पोखरा महानगरपालिकामा मेयर मानबहादुर जिसीको प्रेस संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । बरालले २०६८ सालममा जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् । यस्तै, २०६६ मा अन्नपूर्ण एफएमबाट बेस्ट न्यूज पर्सन अफ दि इएर लगायतका आधा दर्जन पुरस्कार प्राप्त गरिसकेका छन् । बराल प्रेस चौतारीको अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्य तथा मिडिया अनुगमन विभाग संयोजक छन् । मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दै रहेका बरालको स्थायी घर पोखरा २८, कालिका हो । उनी पोखरा १४ चाउथेमा बस्दै आएका छन् । गत वर्ष एकसाथ ५ पत्रकारहरु पुरस्कृत भएका थिए । २०७५ देखि २०७९ सम्मका पुरस्कारबाट क्रमशः अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक र सुष्मा पौडेल पुरस्कृत भए । त्यसअघि, प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भएका थिए । यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन समिति, उपाध्यक्ष तारा पौडेलको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाइएको छ । कोषाध्यक्ष गिरीधारी पोखरेलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । कार्यसमितिका सबै सदस्यहरु उपसमितिहरुका सदस्य छन् ।

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशालामा भएको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाटेडले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।  चर्च ब्वाइजलाई सेमिफाइनलमा पुर्‍याउन खेलको एक मात्र निर्णायक गोल समिर तामाङले गरे । खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दुवै टिमले गोल गर्न पटकपटक मौका पाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा चर्चब्वाइजले नेपाल पुलिसलाई दबाबमा राख्न सफल भएको थियो भने दोस्रो हाफमा पुलिस केही लय सुधारेर मैदान प्रवेश गरेको थियो । तर, गोल गर्न नसक्दा नतिजा उल्ट्याउन भने सकेन । आज चर्चब्वाइज विजयी भएसँगै पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्कडपको सेमिफाइनल पूरा भएको छ । २३ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा चर्चब्वाइजसँगै थ्रीस्टार, नेपाल आर्मी र जावलाखेल युथ क्लब पुगेका छन् । अब चर्च ब्वाइजले माघ १८ गते त्रिभुवन आर्मी क्लबसँग फाइनल प्रवेशका लागि खेल्ने छ । पहिलो सेमिफाइनलमा भोलि बुधबार थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा:    पोखरामा निर्माणधिन घरको छतबाट खसेर एकजना इन्जिनियरको मृत्यु भएको छ । निर्माणाधिन घरको ५ औं तलाको छतबाट खसेर गम्भिर घाइते भएका इन्जिनियर भट्टराईको उपचारको क्रममा मृत्यु वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित चिनिमाया भण्डारीको निर्माणाधिन घरको छतमा तातोपानी सर्बे गर्ने क्रममा  लिफ्ट राख्ने स्थानबाट खस्दा इन्जिनियर भट्टराई गम्भिर घाइते भएका थिए ।  पोखरा महानगरपालिका–८ रत्नचोक बस्ने ३७ वर्षीय इन्जिनियर भट्टराई छतबाट खसेर गम्भिर घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए  । इन्जिनियर भट्टराई पोखरा–९ न्यूरोडस्थित मुक्ति ईनर्जी प्रालिमा कार्यरत रहेको प्रहरीले जनाएको छ । 

पोखरा:     हेम्जाबाट लमजुङको बेशीशहर जान हिडेकी गोमा बिक पृथ्वीचोकमा दिउँदै लुटिएकी छिन् ।   उनको साथमा रहेको ७ हजार रुपैयाँ र घाटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री चोरी अज्ञात २ युवकले लुटेका हुन् ।    आज बिहान लमजुङको बेशीशहर जान पोखरा बसपार्कमा बसको काउन्टर खोज्ने क्रममा गोमाको पछि लागेका दुईजना युवाहरुले आफ्नो सुनको सिक्रीसहित नगद चोरी गरेका भागेको बताइन्    ‘हेम्जाबाट पोखरा बसपार्क आएपछि लमजुङ जान बस लाग्ने ठाउँ खोज्दै थिए, लमजुङ जाने बस काउन्टर खोज्ने क्रममा मेरो पछाडि आएका दुई जना केटाहरुले आफु पनि लमजुङ हिडेको भने’, गोमाले सुनगाभा न्यूजसँग भनिन्, ‘पुलिसले यहाँको काउन्टर हटाएको छ, काउन्टर भित्र छ भनेर पोखरा मलमा ल्याए अनि झोलामा राखेको ७/८ हजार नगदसहित सिक्रीसमेत लगे ।’   उनले घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको सुनाइन् ।    ‘काउन्टर भित्र छ भनेपछि बाटोमै जेब्रा राखेर आए, उनीहरु पनि मसँगै आए, घाटीमा लगाएको सिक्री ताने । किन मेरो सिक्री तानेको भनेर कराए रुमालमा पोको पारेर उनीहरुले सुनको सिक्री दिए  होला भनेको त त्यहाँ ढुङ्गा रहेछ । पछि मात्र थाहा पाए', उनले भनिन् ।   पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।   

गण्डकी:     प्रतिनिधिसभाको चुनाव भएको एक वर्ष बितिसक्यो, तर कानुन निर्माणको मूल कार्यमा संसद्भित्र सुस्तता देखिएको छ । संविधानले निर्दिष्ट गरेअनुरुपका कानुन निर्माणमा सरकार र सदनले पर्याप्त तदारुकता देखाउन सकेको पाइन्न । वर्ष दिनका अवधिमा मिटरब्याज पीडित, नागरिकता र अर्थसम्बन्धी कानुनमात्र बन्नुलाई सन्तोषजनक मान्न सकिन्न ।  अहिले तीनै तहका सरकारको सहज सञ्चालनका लागि झण्डै ४० वटा कानुन बनाउनुपर्ने आवश्यकता छ । कानुन निर्माणमा भएको ढिलाइकै कारण सङ्घीय प्रणालीमाथि नै नकारात्मक टिप्पणी हुन थालेका छन् । सङ्घीय निजामती, प्रहरीलगायत ऐन नबन्दा प्रदेश सरकारले सोचे जसरी काम गर्न सकिरहेका छैनन् ।  सङ्घ, प्रदेश र स्थानीय सरकारलाई आवश्यक कानुन बनाएर व्यवस्थित गर्नुपर्ने आवश्यकता छ, कानुनको अभावमा संविधानले दिएका अधिकार प्रत्यायोजन हुनसकेको छैन । कानुन निर्माणमा व्यवस्थापिकासँगै कार्यपालिकाको पनि उत्तिकै भूमिका हुने हुँदा सरकारले संसद्लाई बिजनेस दिनुपर्यो, कानुन निर्माणमा सांसदहरूलाई सक्रिय बनाउनुपर्यो । पछिल्लो समय संसद् बढी कटाक्ष, अस्वस्थ आलोचना र आग्रह–पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिने थलोजस्तो बनेको अनुभव मलाई भइरहेको छ । कानुन र नीति–निर्माणमा सांसद नै बढी गम्भीर बन्नुपर्छ । अघिल्लो पटकको सदनमा सांसदहरूको प्रस्तुति तुलनात्मकरूपमा अहिलेको भन्दा बढी जिम्मेवार र परिपक्व देखिएको थियो ।  अघिल्लो सदनमा आवेग र आक्रोशभन्दा पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय मुद्दामा तथ्य र तर्कसहित सांसदहरू उपस्थित हुने चलन थियो, सदनमा राजनीतिक दलका अधिकांश शीर्षनेताको प्रतिनिधित्व थियो, केही नयाँ दलका सासंदहरू हुनुहुन्थ्यो, सदनमा प्रस्तुत हुने शैली र अभिव्यक्ति पनि त्यही किसिमको थियो । तर अहिले नकारात्मक टिकाटिप्पणी बढी उठिरहेको छ । यो देशमा केही पनि हुँदैन, सबैतिर बर्बाद छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । सदनमा बोल्ने सासंदज्यूहरूले दूरदृष्टि लगाएर देशका पक्षमा बोलेको कमै मात्रामा सुन्न पाइन्छ । कानुन निर्माणमा सदन सक्रिय रहे सांसदहरू पनि त्यही किसिमको अध्ययन, चिन्तन र बहसमा केन्द्रित हुन्छन् । शून्य र विशेष समयका लागि मात्र सदनको समय खर्च हुने अवस्था सधैँ रहनुहुन्न, संविधानको व्यवस्थाअनुसार तीन तहका सरकार सञ्चालनका लागि कानुन बनाएर अगाडि बढ्नुपर्ने विषय वर्षौँदेखि अल्झेर बसेका छन्, यसतर्फ अब सरकार र सदनको विशेष ध्यान जानुपर्छ । सत्य निरुपण तथा मेलमिलाप, विद्यालय शिक्षा, आमसञ्चारलगायत ऐन सदनमा दर्ता भए पनि निष्कर्षमा पुग्न सकेका छैनन्, संसद्को बाँकी रहेको कार्यकालमा कानुन निर्माणमा सक्रियतापूर्वक लाग्नुपर्ने अवस्था छ । अर्कातिर सानातिना विषय उठाएर सदन चल्न नदिने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ । लोकतन्त्रमा सबैले आफ्ना विचार अभिव्यक्त गर्न पाउने, समर्थन र विरोध गर्न पाइने छुट भए पनि अस्थिरता, अराजकता र अविश्वास पैदा गर्नेगरी हुने प्रस्तुतिलाई प्रश्रय दिइरहनु हुँदैन, चौतर्फी निराशा र नकारात्मकता फैलाउनु जायज विषय होइन ।  सांसदले स–साना आयोजनाका फाइल बोकेर मन्त्रालय धाउनुपर्ने स्थितिको पनि अन्त्य हुनुपर्छ । कानुन बनाउने प्रक्रियामा क्रियाशील हुनुपर्ने सांसदहरू विकासे काममा खट्नुपर्ने बाध्यता रहेको छ । योजनाको बाँडफाँट र कार्यान्वयनमा प्रदेश सरकार र स्थानीय तहलाई जिम्मेवारी दिऔँ, ठूला र राष्ट्रिय गौरवका आयोजनामात्र सङ्घीय सरकारले हेर्ने परिपाटी बसालौँ, सांसदलाई बढी कानुन निर्माणमै केन्द्रित गरौँ । सङ्घ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्ने विकास निर्माणका आयोजनामा स्पष्टता नभएका कारण दोहोरपना बढी हुने गरेको छ ।  सरकारले पनि सदनलाई सक्रिय बनाउन भूमिका खेल्नुपर्छ । सरकार र संसद्को नेतृत्वले प्रतिपक्षको समेत सहमति जुटाएर साझा मुद्दामा सबै दल मिलेर अगाडि बढ्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ । राष्ट्रिय मुद्दा र जनहितका काममा सबै पक्ष एकढिक्का हुनुपर्छ । सदनलाई क्रियाशील बनाउनुपर्ने विषयमा सभामुख र प्रधानमन्त्रीलाई समेत भेटेर आफूहरूले ध्यानाकर्षण गराएका छौँ । सरकारले बिजनेस दिइरहनुपर्यो ताकि सदन सधैँ क्रियाशील भइरहोस्, सांसदहरू पनि विकासे काममा नअल्झिएर कानुन र नीति–निर्माणमा जुट्न सकुन् ।  विगतमा शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका अवधिमा आफूले शिक्षा क्षेत्रमा केही सुधारका पहल थालेको थिएँ । विद्यालय शिक्षा, उच्च शिक्षा ऐनलगायत शिक्षासँग सम्बन्धित आठवटा ऐन बनाउने प्रक्रिया आफू शिक्षामन्त्री हुँदा अगाडि बढाएको थिएँ । त्यतिबेलै ऐनलाई पूर्णता दिने प्रयास गरिएको थियो, तर स्थानीय तह र सङ्घ तथा प्रदेशका निर्वाचनको आचारसंहिता लागू भएपछि अगाडि बढ्न सकेन । विद्यालय शिक्षासम्बन्धी विधेयक सदनमा दर्ता भएर अहिले विषयगत समितिमा छलफलको क्रममा छ, आशा गरौँ अब छिट्टै पारित हुने प्रक्रियामा जानेछ । आफू शिक्षामन्त्री हुँदा लामो समयदेखि थाँती रहेको नयाँ शिक्षक नियुक्ति, दरबन्दी समायोजन, जनक शिक्षा सामग्री केन्द्रको व्यवस्थापलगायत क्षेत्रमा देखिनेगरी परिणाम आएको छ । जनक शिक्षा सामग्री केन्द्रमा नयाँ उपकरण थपदेखि व्यवस्थापकीय सुधार गरेका कारण अहिले विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने स्थिति तयार भएको छ । महिनौँ लाग्ने उपकरण खरिदको प्रक्रियालाई कार्यविधि सच्याएर छिटो गर्न सफल भयौँ, पाँचवटा उपकरण थपेपछि पुस्तक छपाइको काम समयमै हुन थाल्यो । शैक्षिकसत्र सुरु भएको महिनौँसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने अवस्थाको अन्त्य भएको छ । शिक्षा क्षेत्रमा वर्षौँदेखि जकडिएर रहेका समस्या छन्, आवश्यक कानुनी प्रबन्ध गरेर तिनको समाधान निकाल्नुपर्ने आवश्यकता छ । पछिल्लो समय राजनीतिक परिवर्तन र व्यवस्थाविरोधी तत्व सल्बलाउन खोजेका छन् । सबै परिवर्तनका पक्षधर शक्तिहरू मिलेर त्यस्तो प्रवृत्तिको सामूहिक प्रतिवाद गर्नुपर्ने आवश्यकता छ । गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक–समावेशी प्रतिनिधित्वलगायत उपलब्धिलाई कसैले चाहेर पनि उल्टाउन नसक्ने परिस्थिति निर्माण गर्न सबैको पहलकदमी जरुरी छ । अब पनि शासकीय प्रणालीकै विषयमा अल्मलिने समय होइन, अबको यात्रा शासकीय प्रणालीमा सुधार गर्दै विकास र समृद्धितर्फ मुलुकलाई अघि बढाउनुको विकल्प छैन ।  नेपाली जनताको ७० वर्ष लामो सङ्घर्ष र बलिदानको जगबाट नयाँ संविधानसहितका राजनीतिक उपलब्धि हासिल भएका हुन् । तिनको रक्षा गर्नु सबैको दायित्व हो । निश्चय पनि राजनीतिक नेतृत्वबाट राज्य सञ्चालनका क्रममा कमीकमजोरी भएका छन्, गल्तीलाई सच्याउँदै जानुपर्छ, समीक्षा गर्दै जानुपर्छ, तर अब पछाडि फर्कन सम्भव छैन । प्राप्त उपलब्धिलाई जोगाउँदै अहिलेको लोकतान्त्रिक शासन पद्धतिलाई अझ सदृढ र समृद्ध बनाउनुपर्छ । राजनीतिक सङ्घर्षबाट गुज्रिसकेर नेपाल स्थिर लोकतान्त्रिक प्रणालीमा प्रवेश गरिसकेकाले अब विकास र समृद्धिमार्फत जनताको मन जित्नुपर्ने आवश्यकता छ । आर्थिक विकास र रोजगारी अब हाम्रो मूल एजेण्डा बन्नुपर्छ ।  एकथरि शक्ति अहिले देशमा निराशा बाँड्न उद्यत देखिन्छन् । नेपालमा केही कुरा सम्भव छैन, यहाँ बस्न सकिँदैन, विदेश नै जानुपर्छ भन्ने प्रवृत्ति अहिले मौलाइरहेको पाइन्छ । हुँदाहुँदा मध्यम वर्गमा पनि विस्तारै विदेशिने मोह देखिन थालेको छ । नेपालमै अवसर सिर्जना गरेर मात्र विदेश पलायनलाई रोक्न सकिन्छ । तथापि विदेश पलायनलाई हरहालतमा रोक्नुपर्छ । सरकार, राजनीतिक नेतृत्व यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता छ ।

पोखरा:     पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाले चलाएको रुख काट्ने अभियानबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छन् । महानगरका मेयर  आचार्यले रुख काट्नेबारे महानगरबाट कुनै पनि निर्णय नभएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।  मेयर आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत बिनाअनुमति रुख काट्ने, फाड्नेलगायत कार्य नगर्न, नगराउन जानकारी गराइसकिएको जानकारी दिएका छन् । ‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा यससम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकादबाट कुनै निर्णय नभएकोले सो सम्बन्धी कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइसकिएको छ,’ उनले भनेका छन् । पोखरा महानगरको वडा नं। १९ क्षेत्रमा बाँदरले दुःख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी १० दिनभित्र आफ्नो वरपरका सबै रुख काट्न निर्देशन दिएका थिए ।  

सिरहा:     सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृह (बर्थिङ सेन्टर)को भौतिक संरचना जीर्ण भएको छ ।    जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ । प्रसूति गृहको जस्तापाता खियाले खाएर ठाउँठाउँमा प्वाल परेको छ भने टहराको वरिपरि वनमाराको घारी छ । प्रसूतिगृहमा कार्यरत सिनियर अनमी मिश्रीकुमारी श्रेष्ठका अनुसार वर्षायाममा पानी चुहिएर सुत्केरी र नवजात शिशुको आङमा पानीको थोपा खस्ने गर्छ । भुइँ हिलाम्मे भई स्वास्थ्यकर्मी दबदबे हिलोमा उभिएर प्रसूति गराउँछन् । उनले भनिन् “वैशाखमा टन्टलापुर घाम र उखरमाउलो गर्मी हुन्छ । जस्तापाता तातिएर उखुम हुन्छ । नजिकै सडक भएकाले सवारीसाधन आवतजावत हुँदा हिउँदमा निस्सासिँदो धुलो उठ्ने गर्दछ ।” स्वास्थ्यकर्मीले गर्भवती  र नवजात शिशुको ज्यान जोखिममा राखेर सुत्केरी गराउनु पर्ने  अवस्था छ । “सुत्केरी र नवजात शिशुलाई भित्र राख्नै सकिँदैन”, उनले भनिन्, “प्रसूति गृह वरिपरि वनमारा र घाँसपातको घारी छ । गर्मी र वर्षाको समयमा विषालु सर्प भित्रैसम्म आइपुग्छ । हामी स्वास्थ्यकर्मी लठ्ठी लिएर सर्प धपाउन चनाखो भएर बस्नुपर्छ ।” अनमी श्रेष्ठका अनुसार यस प्रसूतिगृह दुई–चार वर्ष पहिल्यैदेखि नै यस्तो अवस्था रहँदै आएको छ, यसको स्तरोन्नति गर्न गोलबजार  नगरप्रमुख श्यामकुमार श्रेष्ठलाई जानकारी गराइएको भएता पनि समाधान हुनसकेको छैन । विसं २०६३ देखि यस प्रसूति गृहमा कार्यरत सिनियर अनमी निरीक्षक सविता शाक्य पञ्जियारको पनि उस्तै गुनासो छ । वर्र्षौँदेखि बेहाल रहेको भवनबाट सेवा गर्न बाध्य भएको उनको भनाइ छ । “प्रसूति गृहको एउटा सानो वैकल्पिक टहरो पनि लोकमार्ग विस्तारका कारण भत्काइयो । यो सानो टहरोभित्र दुईवटा शय्या राखिएको थियो । यो टहरो भत्काइएका कारण शय्या झिकेर कौसीमा राख्नुपरेको छ”, उनले भनिन्, “वर्षामा बाछिटा र जाडोमा सिरेटो सहेर भए पनि सुत्केरी आमालाई यही शय्यामा सुताउनुपर्छ ।” गोलबजार स्वास्थ्यचौकीका प्रमुख सत्यनारायण यादवले जीर्ण प्रसूतिगृहको भौतिक संरचना सुधार तथा सुविधासम्पन्न ठाउँमा स्थानान्तरणको लागि पटकपटक पहल गरेता पनि केही प्रगति हुन नसकेको गुनासो गरे ।  “प्रसूति गृहको मुख्य टहरो पनि ज्यादै साँघुरो छ । कोठामा छिर्ने ढोका नै साँघुरो छ । नागबेली परेर बल्लतल्ल भित्र छिर्न सकिन्छ । सुत्केरी हुन आउने आमालाई शय्यासम्म लैजान कठिन हुन्छ । चालीस स्क्वायर फिटको कोठामा शिशुलाई न्यानो राख्ने हिटर, लेवर शय्या, सुत्केरी भएपछि सुताउने शय्या, अक्सिजन सिलिन्डर, सक्सन मेसिन र अन्य उपकरण राख्नुपरेको छ । दुईजना स्वाथ्यकर्मी र एकजना सुत्केरी व्यथाले च्यापेको आमालाई ओल्टोकोल्टो फर्किनै कठिन हुन्छ”, उनले भने, “नालाको पानी बगेर प्रसूति केन्द्रकै अगाडि जम्छ । कुनै निकास छैन । फोहर पानी टेकेर भित्र पस्नुपर्छ । साह्रै सास्ती छ । सम्बन्धित निकायको पटकपटक ध्यानाकर्षण गराएका छौँ, तर कुनै सुधार हुँदैन ।”  एकजना मात्र प्रसूति आमा हुँदा त जेनतेन सेवा दिइने तर यदाकदा दुई–तीनजना थपिँदा कहाँ राख्ने भन्ने समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । प्रसूति केन्द्र २४सैँ घण्टा खुला राख्नुपर्ने हो तर स्वास्थ्यकर्मीले टुसुक्क बस्ने ठाउँ पनि छैन । पाले सुत्ने खाटमा अहिले ‘अल्ट्रासाउण्ड’ गरिन्छ । स्वास्थ्यकर्मी रातको समयमा डेरामा बस्छन् । सेवाग्राही प्रसूति आमा आउँदा स्वास्थ्यकर्मी बोलाउन डेरासम्म पुग्नुपर्छ । प्रसूति गृहमा बत्ती गएका बेला बाल्ने वैकल्पिक साधन छैन । कहिलेकाहीँ टर्च बालेर सुत्केरी गराउनुपर्छ । नेपाली कांग्रेस गोलबजार नगरसभापति राजदेव साहसुत्केरी गराउने स्थानमा यस प्रकारको समस्या हुनु लज्जाको विषय भएको बताए। उनले भने, “प्रसूति सेवाको यो हालत छ, लज्जास्पदभन्दा पनि जनताको स्वास्थ्यसँग हदैसम्मको खेलवाड गरिएको छ । नगरपालिका गोलबजारको ध्यान जानुपर्ने हो ।” सभापति साहका अनुसार गोलबजारबाट प्रसूति सेवा लिन २० किलोमिटर पूर्व लहान जानुपर्ने बाध्यता छ । साठी हजारभन्दा माथि जनसङ्ख्या भएको गोलबजार नगरपालिकामा एकजना ‘एमबिबीएस’ चिकित्सक छैनन् । हालैस्वास्थ्य सेवा विभागले सो प्रसूति गृहलाई ‘अल्टा«साउण्ड मेसिन’ प्रदान गरेको थियो । त्यो पनि सञ्चालनमा नआई बिग्रिएको छ । सि अनमी निरीक्षक शाक्यले निन्, “मैले तालिम त लिएर आएँ, तर मेसिन त बिग्रेको आएछ । कसरी काम गर्ने रु नगरपालिकालाई जानकारी गराएको छु । अहिलेसम्म कुनै वास्ता गरिएको छैन ।” स्थानीय ७५ वर्षीय उद्धवबहादुर अधिकारीका अनुसार यो टहरो तत्कालीन सडक विभागले सुरक्षाकर्मी राख्न बनाएको थियो । सडक विभागले खाली गरेर वर्षौँदेखि रित्तो रहेको टहरोलाई सफा गरेर तत्कालीन अवस्थामा प्रसूति गृह बनाइएको बताइएको छ । तीस वर्ष बित्यो तर प्रसूति गृहको जीर्णोद्धारसमेत भएन । “२१औँ शताब्दीमा बाख्रा गोठजस्तो टहरामा प्रसूति सेवा सञ्चालन भइरहेको छ”, उनको भनाइ थियो ।     गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले भने उक्त प्रसूति गृहमा जग्गाको विवाद भएकाले मर्मतसम्भार गर्न नसकिएको जानकारी दिए । उनका अनुसार नगरपालिकाले प्रसूति गृहलाई अन्यन्त्र स्थानान्तरण गरिने प्रक्रिया सुरु गरेको छ ।  तर स्थानीयले भने नगरपालिकाले धेरै पहिलादेखि यस्तो आश्वासनमात्र दिएको र जनताको आँखामा छारो हाल्ने काम भएको टिप्पणी गरेका छन् ।  विसं २०५० मा स्थापना भएको यस प्रसूति गृह गोलबजार स्वास्थ्यचौकी मातहतमा छ । महिनामा करिब एक सय ५० गर्भवतीको स्वास्थ्य परीक्षण र २५ देखि ३० जनालाई प्रसूति सेवा प्रदान गरिएको दर्ता रजिष्ट्ररमा देखिन्छ । तत्कालीन समयमा यस प्रसूतिगृह स्थापना गर्न पहल गरेका ७४ वर्षीय  समाजसेवी रामजी यादवले  भग्नावशेष प्रसूतिगृहको बिजोग अवस्था देखेर आफूलाई चिन्ता लागेको बताए । उनले भने, “तीस वर्षअघि हामीले जस्तो स्थापना गरेका थियौँ, आज पनि त्यस्तै अवस्थामा रहेछ । कुनै सुधार भएको रहेनछ । प्रसूतिगृहको यो अवस्था देखेर मनमा असाध्यै पीडावोध हुन्छ ।”