काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

काठमाडौं:   अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ । इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे । वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भने ‘हामीले यस प्रतियोगिताको हिस्सा हुन पाएकोमा सम्मानित महसुस गरिरहेका छौं, जसले हाम्रो राष्ट्रिय खेलको विकासका लागि सशक्त मञ्च प्रदान गर्दछ र खेलकुदको दुनियाँमा महिलाहरू पनि समान रूपमा सक्षम र मनमोहक छन् भन्ने कुरालाई प्रमाणित गर्दछ ।’ प्रमुख प्रायोजकका रुपमा वात्सल्यलाई स्वागत गर्न पाउँदा खुसी ड्रिम्सकी सिइओ चौलागाईले बताइन् ।’ लिगको पहिलो संस्करणको लागि शीर्ष प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले महिलाहरूको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिने समाज निर्माण गर्ने हाम्रो दृष्टिकोणलाई उजागर गर्दछ,’चौलागाईंले अगाडि भनिन् । कार्यक्रममा लिगमा सहभागी ६ टोलीका मार्की खेलाडीहरुको उपस्थिती रहेको थियो । आयोजकका अनुसार लिगमा सहभागी ६ मध्ये ५ टोलीको नाम टुंगो लागि सकेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म सन्चालन हुनेछ।

पोखरा:  पोखरा महानगरपालिकामा रहेको धार्मिकस्थल ढुंगेसाँघुलाई चिनाउन कोटी होम गरिने भएको छ ।  आगामी मंसिर महिनामा पोखरा १५ ढुंगेसाँघुमा शिव मन्दिर उद्धाटनसँगै प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम, कोटी द्धीप प्रज्वलन, पितृ उद्दार भक्तिज्ञान महायज्ञ हुने भएको हो ।  सोमबार कोटी होम बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मदन गिरीले तीन दशकपछि पोखरामा कोटी होम हुन लागेको बताए ।  पछिल्लो समय युवाहरुमा धार्मिक सांस्कृतिक ज्ञानको समेत कमि हुँदै जाँदा पोखरा १५ गण्डकी रिभर साइड युवा क्लब भने धार्मिक कार्यमा जुटिरहेको उनले बताए ।  कोटी होम भनेको के हो ? कसरी गरिन्छ र यसस्को महत्व के हो भन्ने बारेमा समेत जानकारी दिनेगरि आफुहरुले कोटी होमको आयोजना गर्न लागेको उनले बताए ।  कोटी होम शास्त्रअनुसार नै हुने र त्यसका लागि दान गर्न सक्नेले गर्ने नसक्नेले निशुल्क रुपमा सहभागि हुन सक्ने उनले बताए ।  ‘हामीले कोटी होमका लागि रकम दिनपर्छ भनेर भन्दैनौं न त दबाबनै दिन्छौ । यदि दिनसक्ने हुनुहुन्छ भने दिन सक्नुहुन्छ सक्नु हुन्न भने पनि आएर पुण्य कार्यमा सहभागि हुन सक्नुहुन्छ’ उनले भने, ‘ढुंगे साघु लुकेको तिर्थस्थल हो । यहाँ धार्मिक महत्व बोकेको ठाउँ छन् तिनीहरुको पहिचान गराउनु हाम्रो उदेश्य हो ।’ उनका अनुसार त्यहाँ विभिन्न पूजाअराधाना पनि हुन्छ । यस्तै कोटी होमकै क्रममा निशुल्क ब्रतबन्ध तथा धनको अभाव वा सन्तान नभएका ८४ वर्ष पुगेका वृद्ध–वृद्धाका लागि पूजा समेत लगाउने व्यवस्था गरिने छ ।  रिभर साइड युवा क्लबका अध्यक्ष नारायण भण्डारीले पुरानो धार्मिक इतिहासलाई जिवन्त पार्न कोटी होमको आयोजना गर्न लागेको बताए ।  सुरुवातमा ढुंगालाई पुज्दै आएको ठाउँमा अहिले मन्दिर निर्माणको कार्य भइरहेको र प्राण प्रतिष्ठासँगै कोटी होमको आयोजन ागर्न लागेको जानकारी दिए । ढुंगेसाँघु पितृ र देउतालाई पुज्ने एकै थलो भएकाले यसको महत्व छुट्टै भएको सुनाए ।  अर्जुन ढकालले ढुंगेसाँघु धार्मिक क्षेत्र भएपनि प्रचार प्रसारको अभावले निकै पछि पर्दै गइरहेको र यसलाई जिवन्त पार्ने कोसिसको थलानी गरेको बताए ।  उनले कोटी होममा आइ पुण्यको काम गर्न समेत अनुरोध गरे । उक्त कोटी होममा प्रमुख बाचकको रुपमा जयश्री राधे गुरु तथा मन्दिर संरक्षक शोभाकान्त ढकाल रहेका छन् ।     

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट फुटबल प्रतियोगितामा सराई एफसी उपाधि नजिक पुगेको छ ।   हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज (सोमबार) भएको खेलमा मणिमुकुन्द क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको आयोजक संस्थाका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।   उनका अनुसार सराइको जीतमा म्यान अफ द म्याच घोषित भएका सुजन रानाले १ गोल गरे । भने, दिलु थापाले १ गोलको योगदान दिए ।   यता हार ब्यहोरेको मणिमुकुन्दको तर्फबाट रामकृष्ण पौडलले सान्त्वना १ गोल फर्काए ।   अब सराइले भोलि (मंगलबार) हुने आयोजक नव जागृति युवा क्लब र दमकडाबीचको विजेता टोलीलाई फाइनलका लागि स्वागत गर्नेछ ।      प्रतियोगिताको फाइनल यही २१ गते हुनेछ ।   सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित  नगद रु ६०  हजार प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ ।   कुल १३ टिमको सहभागिता रहेको प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।    

प्युठान:    प्युठानमा मानव कङ्काल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।       स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।  स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए । ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय बताएका छन् । कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ ।       मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो । घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ ।  सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो ।  प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ । त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ । 

काठमाडौं:    अमेरिकामा सम्पन्न इन्ट्रा कप फुटबलको उपाधि युवातर्फ साङ्ग्रिला फुटबल क्लबले हात पारेको छ । सो क्लबले १५ हजार अमेरिकी डलर र १० तोला सुनको रनिङ कप प्राप्त गर्‍यो ।       त्यसैगरी सिनियर युथ समूहबाट एफसी रिभाइभल, भेट्रान्सतर्फ कोलम्बस भेट्रान्स र महिलातर्फ नर्थ डकोटा साइनिङ स्टार विजयी भएका छन् । उनीहरुले क्रमश, १० हजार, १० हजार र आठ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।       उत्तर अमेरिकी क्षेत्रमा बसोबास गर्ने नेपाली मूल वा नेपाली जातिका खेलाडीका लागि मात्र यी खेलहरु आयोजना गरिएको थियो ।  अमेरिकाको ओहायोस्थित कोप्ले सकर कम्प्लेक्समा आइतबार सम्पन्न यी खेलका विजयी टिमलाई इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले पुरस्कार एवं रकम हस्तान्तरण गर्नुभयो । प्रतियोगिताका विभिन्न विधाका उपविजेता टिमहरुले क्रमशः १० हजार, आठ हजार र पाँच हजार डलर नगद पुरस्कार प्राप्त गरेका छन् ।       युवातर्फ पथरी एफसी, सिनियर युथतर्फ युनाइटेड ब्रदर्श, भेटान्सतर्फ न्यूयोर्क इन्ट्रा क्लब र महिलातर्फ योद्धा क्लब उपविजेता बनेका थिए । सुनको रनिङ कपको लागि लगातार तीन पल्ट खेल जित्नुपर्ने नियम छ । उपविजेताहरुलाई नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वलसहितले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।       अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली दर्शकहरुको उपस्थिति रहेको फुटबल उत्सवमा युवा र भेट्रान्सतर्फ गरी अमेरिका र क्यानडाका ३४ टिम प्रतिस्पर्धामा सहभागी भएको प्रतियोगिताका संयोजक चन्द्र पराजुलीले जानकारी दिनुभयो । फाउण्डेशनले उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली मूलका  खेलाडीका लागि हरेकबर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

बागलुङ (ढोरपाटन):    यहाँको भूजीखोलामा विसं २०७७ भदौ १७ गतेको बाढीले धेरैलाई घरबारविहीन बनाएको थियो । उक्त बाढीले २२ जनाको ज्यान लिएको थियो । बाढीमा परेका १५ जना अझै फेला परेका छैनन् । पहिरो पीडित परिवार ठूलो वर्षा हुँदा अहिले पनि आनन्दले निदाउन सक्दैनन् ।  ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ मा पर्ने भूजीखोलाको बाढी पीडितले अझै उचित राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् । बाढीले भूजीखोला किनारका एक सय ३१ घर बगाएको थियो ।  ११ लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पु(याएको ११ लघु जलविद्युत आयोजना सबै सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो ।  बाढीले ढोरपाटन नगरपालिका–९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । सालझण्डी–ढोरपाटन सडक खण्डको २० किलोमिटर सडक बगाएको थियो ।  सङ्घीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउन सबै किस्ता रकम उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता मात्रै प्राप्त गरेको उपप्रमुख कायतले बताउनुभयो । ढोरपाटन नगरपालिका–९ का बाढी पीडित कुलबहादुर विक ठूलो पानी पर्दा रातभर जाग्राम बस्नुहुन्छ । विकले ऋण गरेर घर बनाएपनि ऋण तिर्न नसक्दा अप्ठ्यारो स्थितीमा पुगेको बताउनुभयो ।  बाढीले आफन्तसहित सबै सम्पत्ति बगाउँदा बिहान बेलुकाको हात मुख जोड्नसमेत मुस्किल भएको उहाँको गुनासो छ । बाढीले उहाँको घर जग्गासहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भए भएभरको सम्पत्ति बगाइए दिएपछि लामो समय आफन्तकहाँ बस्नुभएका उहाँ भर्खरै घर बनाएर सर्नुभएको छ ।  उहाँले भन्नुभयो, “बर्खाको समय ढोरपाटन बस्छौँ, हिउँद लाग्यो भने तल भूजीखोला झर्ने हो, ठूलो पानी पर्दा निन्द्रा लाग्दैन, पहिलाको जस्तै बगाउँछ कि भन्ने डर लाग्छ, बाढी पीडितलाई सरकारले साथ दिएन ।” अर्का बाढी पीडित निम प्रकाश विकले आफन्तसहित भएभरको सम्पत्ति बगाएपछि काकालाई एउटा घडेरी मागेर घर बनाएको सुनाउनुभयो । घर बनाएको ऋण तिर्न नसक्दा समस्यामा परेको उहाँको गुनासो छ ।  बाढीले उहाँको २५ वर्षीया श्रीमति, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित परिवारका सबै सदस्य बगाएको थियो । सरकारले चार लाख रुपैयाँ दिन्छ भनेर घर बनाए पनि अहिले उक्त रकम नपाएको उहाँले सुनाउनुभयो ।  “अहिले म ठूलो ‘टेन्सन’मा छु, बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो,” उहाँले भन्नुभयो, “अहिले ऋणमा  डुबियो, के गरेर तिर्ने रु” 

काठमाडौं:    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहनुभएको वित्तीय संस्था समन्वय विभागमा आज १० जना सदस्य मनोनित गर्नुभएको छ ।      यसैगरी उहाँले आजै केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहनुभएको पूर्वआप्रवासी समन्वय विभागमा १० सदस्य मनोनित गर्नुभएको छ ।  वित्तीय संस्था समन्वय विभागमा भीमकुमार चौधरी, गणेश यादव, धरम ब्लोन (लामा), विष्णुप्रसाद घोरासैनी, सुरेन्द्रनाथ शर्मा, चीरञ्जीवी नेपाल, धु्रव पुन, डिलमान चन्द, दिनेश जोशी र लक्ष्मी शाह मनोनित हुनुभएको हो ।       यसैगरी पूर्वआप्रवासी समन्वय विभागमा रामेश्वर शाह, यदुनाथ पाण्डे, सुभाष लोहनी, विज्ञान प्रसाईं, रामबहादुर कोङलिवा लिम्बू, नविन पोखरेल, कृष्णप्रसाद लम्साल, पूर्ण कोइराला, उमा कार्की र बालकुमारी सुनार मनोनित हुनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कैलाली:    प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट  रु आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरिएको छ ।       जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।  चौधरीलाई आज धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा जाँचका क्रममा आइफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।      चौधरीले काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं:    देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा  बढी पुगेको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।  महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार छ हजार तीन सय ४७ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । यस्तै तीन जना डेङ्गी रोगको सङ्क्रमणको कारणले निधन भइसकेको छ ।  पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि मानिसलाई टोक्यो भने डेङ्गी रोग लाग्दछ ।  गण्डकी प्रदेशमा सबभन्दा बढी डेङ्गी सबभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ५४ देखिएको छ । कोशी प्रदेशमा सात सय ९१ जना, मधेसमा सय जना, बागमतीमा एक हजार छ सय २३ जना, लुम्बिनी चार सय ४४ जना, कर्णालीमा ९३ जना र सुदूरपश्चिम प्रदेशमा तीन सय ४२ जना सङ्क्रमण देखिएको छन् ।  उपत्यकामा छ सय ८०  काठमाडौँ उपत्यकामा छ सय ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।  जिल्लामा पाँच सय ११, भक्तपुर ६९ र ललितपुर सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।  वर्षाका बेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीका उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।  हैजा ७५ जनामा  यस्तै महाशाखाका अनुसार हैजाका बिरामी ७५ जना पुगेका छन् ।  महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा दाहालका अनुसार ललितपुरमा ५० काठमाडौँमा १० जना, कैलालीमा आठ जना, प्यूठान दुई, मकवानपुर एक र रोल्पामा चार जनामा हैजा पुष्टि भएको छ ।  हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिशा आउने वाकवाकी लाग्ने र वान्ता हुने, कडा जलवियोजन हुने गर्दछ ।