काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

पोखरा:  सामाजिक क्षेत्रमा क्रियाशिल रानीपौवा महिला समूहले दाँतको क्यान्सरबाट ग्रसित बिरामी गोकुल रिमाललाई आर्थिक सहयोग गरेको छ ।    पोखरा महागनगरपालिका ११ स्थित रानीपौवा महिला समूहको अगुवाइमा संकलित ४४ हजार ४ सय ६५ रुपैयाँ रिमालकै निवासमा पुगेर समुहकी सचिव लिलादेवी पौडेल, कोषाध्यक्ष झलक अधिकारी (कोइराला) सहित समुहका सदस्यहरुले हस्तान्तरण गरिन् ।    मानवीयता र सामाजिक उत्तरदायित्व बहन गर्दै रिमालको उपचारमा थप सहयोग पुग्ने विश्वाससहित आर्थिक सहयोग गरेको सचिव लिलादेवी पौडेलले बताइन् ।   पौडेलका अनुसार महिला समूहमा आबद्ध ७१ जना सदस्य र अन्य व्यक्तिहरुबाट उक्त रकम संकलन भएको थियो ।   समूहले न्यूनतम २० रुपैया देखि ५ हजार १ सय ५ रुपैयासम्म प्रति व्यक्तिबाट सहयोग स्वरुप उक्त रकम संकलन गरेको थियो ।    बर्दीया स्थायी घर भएका रिमालले विगत डेढ दशकदेखि पोखरामा ट्याक्सी चलाउदै आएका थिए । रिमाल परिवारका अनुसार उनलाई विगत २ महिना अघि मात्र दाँतबाट क्यान्सर रोग लागेको पहिचान भएको थियो ।    रिमालको एउटा शल्यकृया भएपनि थप उपचारकालागि करिब ५ लाख रुपैया आवश्यक भएको उनको परिवारले जनाएको छ । ४४ वर्षीया रिमालको श्रीमती र २ छोरी छन् । उनको थप उपचारका लागि परिवारले थप सहयोगको आग्रह गरेको छ ।   सामाजिक क्षेत्रमा क्रियाशिल उक्त समुहले यसअघि आँखा शिविर, फेवाताल सरसफाई, ट्राफिक सचेतना, टोल सरसफाई, डेंगू सचेतना अभियान, गाइजात्रा तथा बाह्रभैरव नृत्यमा सहयोग लगायतका कार्यक्रम गरिसकेकोे संस्थाकी अध्यक्ष वेवी श्रेष्ठ (गोंगजु) ले जानकारी दिइन् ।   ३ वर्ष अघि स्थापना भएको यस संस्था सामाजिक र महिला सशक्तिकरणको क्षेत्रमा निकै क्रियाशिल रहदैं आएको छ ।

तनहुँ:     पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ ।  पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।   आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।  दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण ९इ० बाट सेनाको टोली उद्धारमा जुटेको थियो । 

काठमाडौं:     हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ ।      विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।       आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।      आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।       आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

काठमाडौं:      महिला हिंसाविरुद्धको कथामा तयार गरिएको चलचित्र ‘देवी’ तीजलाई लक्षित गर्दै प्रदर्शन हुने भएको छ ।   अभिनेत्री शिल्पा मास्केले सञ्चारकर्मीसँग कुराकानी गर्दै तीजका अवसरमा चलचित्र प्रदर्शन हुन लागेको र चलचित्रले समाजमा महिला हिंसाविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो ।  “महिला हिंसाविरुद्ध केही गर्नुपर्छ भनेर म यस चलचित्रमा अभिनेत्रीसँगै सह निर्मात्रीका रूपमा जोडिएकी छु । यो चलचित्र हेरेर यस्ता घटना केही कम गर्न सकियो भने नै हाम्रो जित हुनेछ”, उहाँले भन्नुभयो । अभिनेत्री मास्केले महिलाकै कथा भएकाले तीजलाई लक्षित गर्दै प्रदर्शन गर्न लगिएको जानकारी दिनुभयो ।  चलचित्रका निर्देशक सञ्जोग राईले फोटो पत्रकार हुँदा नै महिला हिंसासम्बन्धी पढेका खबरलाई चलचित्रको विषय बनाउनुपर्छ भन्ने प्रेरणा मिलेको बताउनुभयो ।  उहाँले भन्नुभयो, “हामी महिलालाई देवी भनेर पूजा गर्छौं तर यही समाजमा महिला हिंसाका धेरै घटना सुन्न र पढ्न पाइन्छ । त्यसका लागि हामीले हाम्रो कानुन नै बलियो बनाउनुपर्छ । महिला हिंसाविरुद्धको हाम्रो आवाज हो ‘देवी’ चलचित्र ।”  भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शन हुने चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्कालगायत कलाकारले अभिनय गर्नुभएको छ । 

पोखरा:   मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को पोखरामा दोस्रोपटक भव्य प्रदर्शन भएको छ ।   बागलुङ -पोखरा मगर समाजले आज (शुक्रबार) विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा विशेष प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा करिब ३ सय बढि दर्शकको उपस्थिति रहेको निर्माता मिना थापामगरले जानकारी दिइन् । गत ३ गते पोखरा सभागृहमा पहिलो पटक विशेष प्रदर्शन गरिएको सो चलचित्रले दर्शकको माया पाएको थियो । त्यसपछि चलचित्र प्रदर्शनको मिति तय हुन थालेको छ ।    अब उक्त चलचित्र तनहुँ, गलकोट लगायतको स्थानमा पनि प्रदर्शन गरिने तयारी भइरहेको निर्माता थापामगरले बताइन् ।    उनका अनुसार शनिबार चिलाउनेखर्कमा प्रर्दशन गरिनेछ । चलचित्रमा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । जसलाई मजबुद बनाउन  प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् ।   यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ ।     मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन्  ।     चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।   अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।    यो पनि पढ्नुहोस   चलचित्र ‘दिलसरा’ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ खोज्दै पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ ।    आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाका अनुसार कस्केरी, एट टु नाइन, क्लब डि र सनराइज एफसी अन्तिम चारमा  प्रवेश गरेका हुन् ।    पोखरा १ पुरानो टुंडिखेलमा शनिबार कस्केरी र सनराइज एफसीबीच बिहान ८ बजे पहिलो सेमिफाइनल खेल हुने थपलियाले जानकारी दिए ।   उनका अनुसार दोस्रो सेमिफाइनल खेल क्लब डि र एट टु नाइनबीच हुनेछ । फाइनल खेल भने दिउँसो १ बजे सञ्चालन गरिने थपलियाले बताए ।    कुल ६१ टिमको सहभागिता रहेको सो प्रतियोगिताको  विजेताले नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

म्याग्दी:     धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।  मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।  “आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,” उहाँले भन्नुभयो “दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।” खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताउनुभयो । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ ।  गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गर्नुभएको थियो ।  प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पोखरा:    पोखरामा डेराकोठाबाट हराएका बालक फेवातालमा मृत फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हराएका प्रस्ताव क्षेत्री आज फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।    पर्वत फलेवास नगरपालिका–२ थापाठाना घर भई पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलमा आमाबुबासँग बस्दै आएका प्रस्ताव क्षेत्री बिहीबार दिउँसो घरमा कसैलाई नसोधी हिडेको प्रहरीले जनाएको छ ।  घरबाट बालक हराएको सूचनापछि खोजतलाजको क्रममा आज फेवातालमा डुवेको अवस्थामा बालक फेला परेको कास्की प्रहरीले जनाएको छ । मृतक बालकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

तनहुँ:     तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।  पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार सो बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए । पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।