पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...

पोखरा:      जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले आज पोखराका विभिन्न क्षेत्रमा चल्ने दुई सय २३ वटा स्कुल बसमा जाँच गरेको छ ।           जाँचका क्रममा सिट क्षमताभन्दा बढी विद्यार्थी बोकेका १७ वटा बसलाई ट्राफिक नियमअनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।            जाँचका क्रममा सम्पूर्ण चालकलाई ट्राफिक नियम उल्लङ्घनगरी सवारी नचलाउन सम्झाइबुझाइ गरिएको उनले बताए । 

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गास्थित भुरुङ्दी खोलामा एक विदेशी नागरिक मृत फेला परेका छन् । खोलामा मृत फेला परेका नागरिक स्पेनका इरिक कासानोभास (पुरुष) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  आइतबार स्पेनबाट नेपाल आएका इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला)  तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा सम्पर्कबिहीन भएको खुल्न आएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले आइतबार तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचनापछि खटिएको प्रहरीको टोलीसहित जनप्रतिनिधि र एक्यापका प्रतिनिधिको रोहबरको झोला हेर्दा स्पेनका नागरिकको भएको खुल्न आएको बताए ।  ‘आइतबार हामीलाई कास्कीको अन्नपूर्ण गाउँपालिका–९ स्थित तिखेढुङ्गास्थित मौजाखोला नजिकै गोरेटो बाटोमा २ वटा वेवारिसे झोला भेटिएको सूचना आएको थियो’, कास्की प्रहरी प्रमुख थापाले भने, ‘वेवारिसे अवस्थामा भेटिएको झोला, प्रहरी, जनप्रनिधि र एक्यापको प्रतिनिधिको रोहबरमा झोला खोली हेर्दा स्पेनका नागरिकको २ वटा पासपोर्टसहित सामान मात्र भेटिएपनि उनीहरु सम्पर्कमा थिएन ।’     यो पनि पढ्नुहोस   घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता उनका अनुुसार वेवारिसे अवस्थामा झोला मात्र भेटिएपछि वरिपरि खोजतलाज गर्ने क्रममा नजिकै रहेको खोला र झरणामा टोपी, टिसर्ट, स्टिक, जिपिएस मात्र फेला परेको बताए ।  आज (मंगलबार) अन्नपूर्ण गाउँपालिका–९ भुरुङ्दी खोलामा कास्की प्रहरी र सशस्त्र प्रहरी बल मालेपाटनबाट खटिएको प्रहरीको टोलीले खोजतलाज गर्ने क्रममा इरिक कासानोभास (पुरुष) मृत फेला परेको उनले बताए ।  सोही स्थानमा बेपत्ता भएका मोलास जुन्का मेसी (महिला) को भने खोजतलाज जारी रहेको प्रहरीले जनाएको छ ।   

काठमाडौं:    “तँ त साह्रै रुन्चे थिइस्, अहिले कसरी बोलेरै मान्छे हँसाउने भइस है ?”       ठूलो बुबाकी छोरी (दिदी) को यो प्रश्नले सुमनलाई अझै लज्जित बनाउँछ । आजभन्दा २३–२४ वसन्तअघि गाउँलेहरु शौच गर्न बाँसको झ्याङ, खोला, खोल्सी र कान्लातिर धाउँथे । सरसफाइ नहुँदा पखालाले गाउँलेका धेरैको ज्यान लिन्थ्यो ।      ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–२ बाक्साको ठूलाबारी गाउँ । गाउँभन्दा तल सुसाइरहने दूधकोसी । गाउँको सिरानमा उभिएको बडेमान लिब्जु डाँडा । बाक्सामा भर्खरै एउटा अभियान चलेको थियो, ‘घरमा चर्पी बनाउने, चर्पीमा शौच गरिसकेपछि र खाना खानुअघि साबुन पानीले हात धुने । नङ काट्ने, दाँत माझ्ने ।’ यो अभियान बालबालिकामा केन्द्रित थियो ।      प्रत्येक साता गाउँको चोकमा केटाकेटी जम्मा पारिन्थ्यो । यी सबै नियम पूरा गर्नेले कापी कलम पाउँथे । त्यही लहरमा साबुनपानीले हात मिचेर, नङ सफा चट पारी, दाँत माझिसकेपछि इँ गर्दै ङ्च्चि दाँत देखाउन पुग्नुभएको थियो सुमन कार्की । उहाँले पनि कापी कलम पाउनुभयो । फुरुङ्ग हुनुभयो । सङ्कट त त्यतिबेला आइलाग्यो जब अगाडि उभ्याएर उही दिदी (ठूलो बुबाकी छोरी) ले स्वास्थ्य अभियानबारे केही बोल्न लगाउनुभयो ।      सुमनलाई सुरुमा त बोल्ने साहस जागेको थियो । सधैँ तँ तँ, म म गर्ने गाउँकै साथीहरुको अघिल्तिर उभिइसकेपछि त सबै पराइ झैँ लाग्यो । मुटु चिसो भयो र कोखा घोच्यो । फोक्सोको आकार बढेर छातीभित्र अटेन । शरीर काँप्न थाले । वाक्य बन्द भयो । शरीरमा पसिनाको मूल फुट्यो थाल्यो । अनि एक्कासि भक्कानो छुट्यो । बोल्नुको साटो क्वाँक्वाँ रुन थाल्नुभयो । अनि वक्ताको जिम्मेवारीबाट सुमनले उन्मुक्ति पाउनुभयो । “भयो भयो नरो”, दिदीले भन्नुभयो, “तैँले बोल्नु सकिनस् ।” तर यो घटनाले सुमनलाई झन्डै एक साता सतायो । बाख्रा चराउन जाँदासमेत साथीभाइले देख्लान् कि भनेर लुक्नुुप¥यो । कारण केही थिएन, थियो त केवल साथीभाइले जिस्काउँछन् भन्ने लाज । विद्यालयमा त झन् निहुरमुन्टीमै केही दिन बित्यो ।      हो त्यही सुमन कार्की अहिले युवा पुस्ताका उम्दा हास्यकलाकार (कमेडियन) हुनुहुन्छ । हुन त उहाँ ‘करिअर’को यात्रामै हुनुहुन्छ । थाहा छैन शिखरमा पुग्नुहुन्छ या पुग्नुहुन्न । तर नेपाली हास्यव्यङ्ग्य क्षेत्रको आधार शिविर टेकिसक्नुभएको छ । दर्शकसामु परिचित भइसक्नुभएको छ ।  “म सानो छँदा बुबालाई किन झिसमिसेमै निद्राले छोडेको होला जस्तो लाग्थ्यो”, सुमनले भन्नुभयो, “त्यो त जिम्मेवारीले पो रहेछ । अहिले आएर बुझेँ ।”      एक दशकअघिका सुरुआती दिनमा सुमनलाई आनन्दै थियो । “हुन्छ भने हुन्छ, हुँदैन भने केही गरौँला भन्ने लाग्थ्यो । अब त अर्को क्षेत्र रोज्न पनि गाह्रो । ‘करिअर’को यो चरणमा दबाब महसुस हुने रहेछ । आफूलाई ‘अपग्रेड’ गर्दै यही क्षेत्रमा टिक्नुपर्ने चुनौती छ”, उहाँ भन्नुहुन्छ ।      सुमनका बुबा बल उमेर हुन्जेल मजदुरीका लागि भारततिर धाइरहनुहुन्थ्यो । सुमनलाई पनि बालखैमा केही वर्ष भारत लैजानुभयो । उताबाट फर्केपछि गाउँकै मनकामना माविमा एकैचोटि कक्षा ३ मा भर्ना गर्नुभयो । खान लाउनै नपुग्ने पहाडका पाखा रेखा छाडेर सुख खोज्दै कक्षा ४ पढिसकेपछि बुबाले मोरङको रतुवामाई नगरपालिका–९ मा बसाइँ लानुभयो ।       सुमनका एक दाजु र एक बहिनी हुनुहुन्छ । पढाइमा सामान्य सुमनले २०६५ सालमा फलामे ढोका एलएलसी पार गर्नुभयो । अनि त्यहीँको कलेजबाट १० जोड दुई पढ्नुभयो । त्यतिबेला रेडियोको लोकप्रियता धेरै थियो । रेडियोमा फोन गर्ने श्रोतासमेत चर्चित हुन्थे । गाउँमै रेडियो सुनाखरी सञ्चालन हुने तयारीबारे सुनेपछि सुमनको खुट्टा एकै सेकेन्ड भुइँमा अडिएन । रेडियोसम्बन्धी तालिममा सहभागी हुनुभयो ।      तालिम सकिएपछि १० जना छनोट गर्ने प्रक्रियामा सामेल हुनुभयो । तर उहाँ छनोटमा पर्नुभएन । छनोटमा नपरे पनि उहाँले रेडियो स्टेसन धाउन छाड्नुभएन । “म चाहिँ त्यत्तिकै धाइरहेँ घरबाट साइकल पेलेर । मलाई विज्ञापनमा बोल्न पो दिहाल्छन् कि, नाटक खेल्न पो दिन्छन् कि भनेर आश लाग्ने नि त”, हालैको एक दिन अनामनगरस्थित मण्डला थियटरमा कफीको चुस्की लिँदै सुमनले विगत स्मरण गर्नुभयो, “रेडियोमा गइरहेपछि सबैले चिन्नुभयो । पछि काम गर्न बोलाउनुभयो ।”      त्यसपछिका तीन वर्ष सुनाखरी रेडियोको माइक्रोफोनसँग बित्यो सुमनको । गाउँको रेडियोमा ‘अलराउन्डर’ भूमिका । जेनेरेटर चलाउनेदेखि, प्राविधिक, कार्यक्रम प्रस्तोता, समाचारवाचक, विज्ञापन बनाउनेलगायत सबै । रेडियोको ‘क्रेज’ क्रमशः ओरालो लाग्दै थियो । सुमनले स्नातक उत्तीर्ण गर्नुभयो । मूल सपना कलाकार बन्नु थियो, दर्शकमाझ चिनिनु थियो । त्यसका लागि एकपटक सङ्घीय राजधानीमा पाइला राख्नै थियो ।        कलाकार बन्ने धोको      सुमनका हजुरबुबा भारतीय गोर्खा सैनिक । भर्तीबाटै ल्याउनुभएको थियो रेडियो । झिसमिसेमा चराचुरुङ्गीको चिरबिरसँगै रेडियो ‘अन’ हुन्थ्यो । रेडियो नेपालको शङ्ख ध्वनिले सुमनको निद्रा भाग्थ्यो । रेडियोमा सुनेका नाटक, विज्ञापनका संवादहरु जस्ताको तस्तै सुनाउँदा साथीहरु हाँस्थे । नाटकका संवाद हुन् या कृषि कार्यक्रमको ‘हरि शरणम्’ ठ्याक्कै पार्नुहुन्थ्यो सुमन ।      यो रेडियोमा कसरी बोल्ने होला रु कस्ता मान्छेले बोल्ने होला ? यस्ता जिज्ञासाको जवाफ पाउन चाहिँ सुमनले दशकौँ कुर्नुप¥यो । काकाको बिहेमा वाक्सादेखि ओखलढुङ्गा सदरमुकाम जन्ती जाँदा पहिलोपटक टिभी देख्नुभएको थियो । तर त्यो पनि कार्टुनभित्र । टिभीमा मान्छे देखिन्छ रे भन्ने सुन्दा कस्तो देखिन्छ होला भन्ने हुटहुटीले पोलिरहन्थ्यो ।       सानोमा उटपट्याङ उत्तिकै आउने सुमनलाई । गोठालो जाँदा गाउँलेको गोरु जुधाउनेदेखि भाले जुधाउनमा माहिर । जसरी भए पनि कसैले मलाई चिनोस् भन्ने मनमा लाग्नु नै सायद सुमनको कलाकार बन्ने अदृश्य चाहना थियो । त्यही चाहनाले सुमनलाई आज यहाँसम्म डो¥याएको हुनुपर्छ ।      बुबाआमाले तराई झारेपछि पनि घरमा टिभी किन्ने आर्थिक हैसियत थिएन । छिमेकी वा गाउँले कहाँ गएर हेर्नुपर्ने । “एकाएक निखिल उप्रेतीको ‘ब्लाइन्ड फ्यान’ भइयो”, सुमन सुनाउहुन्छ, “निखिल जस्तो बन्न भित्ता, छानामा झुन्डिनेदेखि खेतको कुनै आली बाँकी रहेन उल्टी सुल्टी जिन्म्यास्टिक हान्ने कामले ।”      निखिललगायत कलाकार भेट्न एसएलसी पास गर्ने बित्तिकै एउटा झोला भिरेर काठमाडौँ हान्निनुभयो । उहाँलाई लाग्थ्यो काठमाडौँ कत्रो होला र ? बढीमा विराटगर जत्रो त होला । त्यत्रो फिल्म खेल्ने कलाकार त काठमाडौँमा बाटोमै छ्यापछ्याप्ती भेटिएलान् । भेट्ने हो, कुरा गर्ने हो, फोटो खिच्ने हो । सके फिल्म खेल्ने प्रस्तावै गरौँला । तर काठमाडौँ टेकिसकेपछि थाहा भयो, काठमाडौँ र मोरङका सहरबीचको भिन्नता । महिनौँसम्म कुनै सडक र गल्लीमा उहाँले टेलिभिजनका पर्दामा देख्नुभएको कलाकारको छायाँसम्म भेट्नुभएन । कलाकार भेट्ने भूत ओर्लियो र फेरि उही रतुवामाई फर्किनुभयो ।      रेडियो सुनाखरीमा उहाँले एउटा कमेडी कार्यक्रम प्रस्तुत गर्नुहुन्थ्यो । उहाँ रेडियोमा मात्र सीमित हुनुहुन्थेन । माइक भेटिने जति कुनै कार्यक्रम बाँकी नराख्ने । गाउँका पुराणदेखि पशुचौपायासम्बन्धी शिविरमा समेत केही न केही सुनाएर मान्छे हँसाउने ।  “पूर्वमा राष्ट्रिय कलाकार सहभागी हुने सांस्कृतिक कार्यक्रममा त ‘ओपनिङ’ मा सानो प्रस्तुति राख्न पाए मात्रै संसार जिते झैँ लाग्ने । अझ कुनै कुनै आयोजकले पोस्टरमा सानो फोटो राखिदिँदा खुसीको सीमा नहुने”, कफिको अन्तिम सुर्को तानेपछि उहाँले भन्नुभयो ।      स्थानीय रेडियोमा काम गर्ने रहर पूरा भएपछि अब स्नातकोत्तर पढ्ने र सकिएमा कलाकारिता गर्ने सोचले उहाँले काठमाडौँ जाने योजना बुन्नुभयो । तर काठमाडौँमा उहाँका आफन्त कोही थिएनन् । कहाँ जाने ? कहाँ बस्ने ? योजना सुनाइरहँदा एकदिन इटहरीस्थित सप्तकोसी एफएममा कार्यरत सन्दीप भट्टले काठमाडौँमा गएर रेडियो अडियोमा काम गर्न सुझाव दिनुभयो । सुझाव मात्र दिनु भएन उहाँले रेडियो सञ्चालक दीपेन्द्र खनियालाई टेलिफोन गरेर संवाद गराउनुभयो ।       विसं २०७२ को भूकम्पपछि उहाँ काठमाडौँ आउनुभयो । खनियालाई भेट्न रेडियो अडियोमा जानुभयो । उहाँको प्रस्तुतिहरु सुनिसकेपछि नभन्दै खनियाले जागिर दिनुभयो । काठमाडौँमा टिक्नकै लागि भए पनि उहाँले फेरि रेडियोमा बोल्न थाल्नुभयो । तर यहाँको रेडियोको प्लेटफर्म र रतुवामाईको प्लेटफर्मबीचमा आकाश जमिनको भिन्नता थियो । यहाँ राष्ट्रियस्तरका कलाकारहरुसँग दैनिक भेट भइरहन्थ्यो । चिनजान हुन थाल्यो ।       यही क्रम चलिरहँदा २०७४ सालको वैशाखमा एकाएक वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले टेलिफोन गरेर उहाँलाई एउटा कामको प्रस्ताव गर्नुभयो । सुमनलाई उक्त प्रस्ताव सपना हो कि विपना भनेर छुट्याउन आफैँलाई चिमोट्नुप¥यो ।  आचार्यको उपन्यास ‘हरिबहादुर’ विमोचनमा एउटा प्रहसन गर्नु थियो । यसमा पत्रकार ऋषि धमलाको अभिनय सुमनले गर्नुपर्ने थियो । आचार्यले दीपेन्द्र खनियालाई सोध्दा सुमनको नाम सिफारिस गर्नुभएछ । त्यसपछि हरिवंशले सुमनलाई पुस्तक विमोचनको दिन नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा र पछि देश दौडाहामा सँगै लैजानुभयो ।      “त्यो क्षण मेरा लागि एउटा कलाकारले ओस्कार अवार्ड पाएभन्दा ठूलो थियो”, कफी सकिएपछि कालो चिया मगाउँदै उहाँले भन्नुभयो, “पहिलो दिन डबलीमा हरिवंश दाइसँग अभिनय गर्दा त मैले पूरै बेहोसीमै गरेँ । अहिले पनि त्यो भिडियो हेर्दा त्यतिबेला म होसमा थिएँ जस्तो लाग्दैन ।” तर हरिवंश आचार्यसँगको त्यो कामले उहाँलाई धेरै कुरा सिकायो । अनुशासन, दर्शकलाई गर्नुपर्ने व्यवहार, विनम्रता, हास्यव्यङ्ग्य प्रस्तुति र लेखनमा ध्यान दिनुपर्ने विषय आदि सिक्न पाउनुभयो ।       त्यसपछि उहाँ ‘कमेडी च्याम्पियन’ नामक प्रतियोगितामा सहभागी हुनुभयो । विजेता हुन नसके पनि प्रतियोगिताले परिचय थप फराकिलो बनाइदियो । पछि ‘डान्सिङ स्टार’ नामक ‘रियालिटी शो’को प्रस्तोताको भूमिका पनि निर्वाह गर्नुभयो ।  ‘कमेडी क्लब विथ च्याम्पियन’ नामक टेलिभिजन शोमा विभिन्न भूमिकामा देखिनुभयो । केही चलचित्रमा अभिनय गर्नुभयो । उहाँकै भनाइमा आफूले थाहा पाउने गरी धेरैवटा र दर्शकले थाहा पाउने गरी दुईवटामा अभिनय गरिसक्नुभएको छ । ती दुई चलचित्र ‘दिमाग खराब’ र ‘महजात्रा’ हुन् ।      सामाजिक विषयमा व्यङ्ग्य           हास्यका विविध विधा छन् । त्यसमध्ये सुमन सामाजिक विषयवस्तुमा व्यङ्ग्य गर्नुहुन्छ । उहाँ प्रहसन, ‘मिमिक्री’, ‘स्ट्यान्ड अप’ कमेडी गर्नुहुन्छ । उहाँको कमेडी पुरानो पुस्ताका कमेडियनभन्दा आधुनिक छन् । तर अहिलेका युवा पुस्ताको झैँ  उत्तर आधुनिक पनि हैन ।      “अहिलेका युवा र पुरानोको बीचमा परियो । म अलि पुरानो पुस्ताको कमेडियन हेरेर हुर्किएँ । कमेडीको विभिन्न फम्र्याट छन् । मैले मह जोडीको प्रहसन, दीपक दीपा, जितु नेपालको सिरियल हेरेर हुर्किएको हुँ”, उहाँ भन्नुहुन्छ,  “अहिलेको ‘योङ जेनेरेसन’को कमेडी चाहिँ पूरै युवाले मात्र मन पराउने सहरिया र विदेशी किसिमको देखिन्छ ।”      उहाँले सामाजिक विषयवस्तुमा कमेडी गर्न मनपर्ने बताउनुभयो । “मलाई सामाजिक विषय मनपर्छ । म गाउँको मान्छे । यही समाजमा हुर्केको भएकाले मलाई यही विषय थाहा हुन्छ । धेरैजसो दर्शक पनि यही समाजका भएकाले यही मन पराउँछन् जस्तो लाग्छ । नजानेको विषयमा कमेडी त गर्नु पनि सक्दिन होला । सामाजिक विषयमा त मैले देखिरहेको पात्रहरु हुन्छन्”, उहाँले थप्नुभयो ।      त्यसो त उहाँलाई हास्य मात्रै नभएर गम्भीर प्रकृतिका अभिनय गर्ने इच्छा पनि छ । तर अहिले ‘करिअर’को मध्य अवस्थामा धेरैले आफूबाट हँसाउने अपेक्षा राखेको उहाँको अनुभव छ । कुनै दिन अवसरमा मिलेमा ‘कमिक क्यारेक्टर’ मात्र नभइ ‘सिरियस क्यारेक्टर’ गर्ने धोको पनि छ उहाँमा ।      उहाँलाई अझै लेखन सिक्ने भोक छ । सदाबहार प्रकृतिका कमेडी गर्न मन छ । “जसरी मह जोडीको पुरानो प्रहसनहरु हेर्दा अझै उस्तै लाग्ने खालको छन्, त्यस्तै, लामो समय जीवन्त हुने कमेडी गर्नु मन छ”, सुमन भन्नुहुन्छ, “हास्यव्यङ्ग्य ले हँसाउने मात्र हैन नि यसबाट अरूले बोल्न नसकेका विषय उठान गर्न सकिन्छ ।” सकेसम्म विवादित चीजहरु आफ्ना प्रस्तुतिबाट नआऊन् भनी सधैँ कामना गर्नुहुन्छ उहाँ ।      कलाकारितामा आफूलाई ‘अपडेट’ र ‘अपग्रेड’ गर्नुपर्ने चुनौती छ । अबको पाँच वर्षपछि यस्तै कमेडी चल्छ कि चल्दैन रु दर्शक पनि अपग्रेड हुन्छन् । इन्टरनेटको दुनियाँ छ । आफूलाई दर्शकले हेर्ने बन्न आफैँ गतिलो हुनुपर्छ । कस्तो हास्यव्यङ्ग्य दर्शकले मन पराउँछन् होला रु उहाँ भन्नुहुन्छ, “म यही क्षेत्रमा टिक्नुसक्छु कि सक्दिन होला भन्ने चिन्ता प्रमुख हो ।”       कमेडी, कलाकारिता र अभिनयबाट जीविका चलाउन भने सहजै छ । केही महिनाअघि मात्रै अमेरिकाको विभिन्न राज्यमा १२ वटा कार्यक्रम गरी दुई महिना बिताएर फर्किनुभएका उहाँ यही भदौ १३ गते युरोप टुरका लागि उड्ने तयारीमा हुनुहुन्छ । भदौको १५ गते पोल्यान्डबाट सुरु हुने कार्यक्रम एक महिनामा  सकिन्छ । यसपटकको युरोप यात्रामा पोल्यान्ड, बेल्जियम, जर्मनी, फ्रान्स, फिनल्यान्ड, स्पेन, माल्टा, पोर्चुगल, नर्वे र डेनमार्कमा १२ वटा कार्यक्रम छन् ।       विदेश यात्राको सुरुआत कमेडी च्याम्पियनले पहिलोपटक दुबई लगेर गराएको थियो । विशेष कार्यक्रम र यात्राको क्रममा उहाँ ‘भ्लगिङ’ पनि गर्नुहुन्छ । भ्लगिङ गर्दा अपडेट हुने, संस्मरणका रुपमा रहने उहाँको अनुभव छ । अलिअलि फोन खर्च पुग्ने पैसा नि युट्युबबाट प्राप्त हुने उहाँले बताउनुभयो ।      “मेहनत गरियो, आफूसँग कन्फिडेन्स छ र भाग्यले नि साथ दियो भने कमेडीबाट राम्रो कमाई हुने रहेछ”, उहाँले भन्नुभयो, “तर अति उत्साही भइहाल्नु नि हुन्न, धेरै कुरामा ख्याल गर्नुपर्छ । कलाकारिता पेसा त्यति सहज पनि छैन ।”      हाँस्नु जति सजिलो छ, हँसाउनु उत्तिकै गाह्रो काम हो । बरु कसैलाई भावुक बनाएर रुवाउन सजिलो होला तर कसैलाई आत्मादेखि हँसाउनु कठिन हुन्छ । आफैँभित्रका हजारौँ दुःखहरु लुकाएर पनि हास्यव्यङ्ग्य कलाकारहरुले दर्शकहरुलाई हँसाइरहेका हुन्छन् ।       विश्वचर्चित कवि पाब्लो नेरुदाले भनेका छन्, ‘हाँसो आत्माको भाषा हो’ । कुनै बेलाको एउटा रुन्चे बालक सुमन अहिले नेपाली दर्शकको आत्माको भाषा बुझ्ने लहरमा दौडिरहनुभएको छ । 

कञ्चनपुर:     कात्तिक भाइटिका हुन्छ भदौमा सबकी लेखा रक्षा गरे हे देवी गौरा      महेन्द्रनगरस्थित महेन्द्र स्मारमा देउडीया (गीतकार) मञ्जु गिरीले यसै गीतबाट देउडा खेल सुरु गर्नुभयोे । देउडा खेल सुरु गर्दा माहोल रोमाञ्चक बन्यो । गौरा पर्वका अवसरमा महेन्द्रनगरका हरेक बस्तीमा देउडा भाका गुञ्जिएका छन् । हरेक वर्ष महेन्द्रनगरको खुला मञ्च र महेन्द्र स्मारकमा महिनौसम्म चल्ने देउडा खेल यस वर्ष पनि गौरा पर्वसँगै सुरु भएको छ । सुदूरपश्चिमका गाउँ बस्ती यति बेला देउडा गीतले गुञ्जायमान छन् ।      गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुँडिखेलदेखि पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् ।       देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् ।       “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको  ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देव गाथालाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।      “देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन्, कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त बताउनुहुन्छ ।       “यसमा समाजका राम्रा नराम्र पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।” देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नहुने उहाँले बताउनुभयो ।       “सुदूरपश्चिममा पहिलेपहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाँडपर्वमा पनि खेल्दै आएको पाइन्छ”, उहाँले भन्नुभयो, “गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।” डेउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रित रुपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुःख, मायाप्रेम, हास्याव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गर्ने गिरी बताउनुहुन्छ ।      “माया पीरतीका कुरा देवीदेवताका कुराकानी गीतमार्फत सवालजवाफ गर्नेगर्छौं,” गिरीले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित डेउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीत मात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु डेउडा खेल हो ।      गौराका अवसरमा गाउँदेखि बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी ठाउँमा देउडा खेल सुरु भएको छ । केही ठाउँमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनाँैसम्म देउडा खेलिन्छ ।       देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुुरुष, युवा पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ ।          गौरापर्वकै अवसरमा ढुस्को धुमारीलगायतका खेल पनि खेलिन्छन् । “यी जति पनि खेल खेलिन्छन्, सबैमा देवी–देवताको गाथा मनोरञ्जनात्मक रूपमा गाइन्छ ।” ठाडो खेलका गायक विश्राम भट्टले भन्नुभयो, “ठाडो खेलमा मादलको तालसँगै पैतला मिलाउँदै देवी–देवताको गाथा मनोरञ्जनात्मक रुपमा गाइने गरिन्छ ।” देउडामा सुदूरपश्चिमको इतिहास, संस्कृति र साहित्य छ । अहिले मनोरञ्जनका रूपमा मात्रै देउडा खेलिन्छ तर देउडा इतिहास र संस्कृतिसँग जोडिएकाले अहिलेका पुस्ताले यसको महत्व बुझ्न जरुरी छ ।

पाल्पा:    राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ  रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो ।       रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख तुलाराम घर्ती, मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।      नेपाल अङ्ग्रेज युद्धमा गोर्खाली फौजले जितगढी किल्लाबाट अङ्ग्रेज फौजलाई पराजित गरेको अवसरमा भाद्र कृष्ण अष्टमीको भोलिपल्ट सिन्दूर यात्राका रुपमा रथयात्रा निकालिने परम्परा छ । विसं १८७७ देखि मनाउँदै आएको रथ यात्रा दुई सय पाँचौँ पटक मनाइँदैछ ।      तानसेन नगरपालिका–३ को भगवती टोलमा रहेको भगवतीको मन्दिरबाट रथ यात्रा निकालिने परम्परा रहेको भगवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष अशोक महर्जनले जानकारी दिनुभयो । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट यहाँ हरेक वर्ष रथ यात्रा निकालिँदै आइएको छ ।      नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा विजयउत्सव स्वरुप यहाँ हरेक वर्ष रथयात्रा निकालिँदै आइएको छ ।  नेपाली सेनाले सलामी दिएर तीनपटक मन्दिर परिक्रमा गराएपछि भगवती रथ यात्रा निकालिने परम्परा छ । यसलाई भगवती जात्रा, रथ यात्रा अर्थात् सिन्दूर जात्राका नामले पनि चिनिन्छ ।  भगवतीको मन्दिरबाट शुभ साइतमा निकालिएको भगवती जात्रा (रथ यात्रा) लाई शीतल पार्टीको मूल ढोकाबाहिर निकालेपछि सरकारका तर्फबाट प्रमुख जिल्ला अधिकारीबाट पूजा गरी बलि दिइने चलन छ ।  पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपालले १८७१ पुसदेखि १८७२ जेठसम्म भएको अङ्ग्रेजसँगको युद्धमा बुटवलको जितगढी लगायतका क्षेत्रमा विजय हासिल गरेको सम्झनामा १८७७ सालदेखि निरन्तर रुपमा विजयोत्सव भगवती जात्रा मनाइँदै आइएको छ ।  विद्यालय एवं विभिन्न सङ्घसंस्थाको उपस्थितिमा निकालिने भगवती जात्रा (रथ यात्रा)लाई भजनकीर्तन, पञ्चेबाचा, लाखेनाच, विभिन्न सांस्कृतिक झाँकीसहित तानसेन नगर परिक्रमा गराएर पुनः भगवतीको मन्दिरमा लगी विसर्जन गरिने बताइएको छ । 

पोखरा:     नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ हुने भएको छ । संस्थाको २८ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ १९ देखि २१ सम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी माविको प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । ‘मौलिक संस्कृतिको जगेर्ना गरौं’ उद्घोषका साथ आयोजित महोत्सवको मुख्य आकर्षण राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता ‘लामाचौर कप’ हो । महिलातर्फ यो ११ औं र पुरुषतर्फ तेस्रो संस्करणको लामाचौर कप हो । दुवैतर्फ नेपालका ३ विभागीय टिमसहित ५/५ टिमले भाग लिने जनाइएको छ । महिला राष्ट्रिय भलिबलतर्फ विभागीय सशस्त्र प्रहरी बल एपिएफ क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, न्यु डायमण्ड युथ स्पोर्टस् क्लब र न्यु एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिने छन् । पुरुषतर्फ विभागीय सशस्त्र प्रहरी बल एफिएफ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख १११, तेस्रोलाई ५० हजार १११ नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ । टिमको यातायात, आवास र खाना खर्च आयोजकले व्यवस्थापन गर्नेछ । भलिबल भने महोत्सव उद्घाटनको अघिल्ल्लो दिन भदौ १८ देखि नै सुरु हुनेछ । यस्तै, अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगिता पनि महोत्सवको अर्का आकर्षण रहेको संस्थाका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले बताए । उनका अनुसार महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय कलाकार सम्झना भण्डारी, अस्मिता डल्लाकोटी, दुर्गेश थापा, दीपक खड्का, वसन्त विश्वकर्मा, सरस्वती लामिछाने, प्रकाश पराजुली लगायत विशेष प्रस्तुति रहनेछ । महोत्सवमा औद्योगिक तथा व्यापार प्रदर्शनीका स्टलहरु रहने छन् । तीज गीतमा प्रथमलाई ५० हजार १११, दोस्रोलाई ३० हजार १११, तेस्रोलाई २० हजार १११ र सान्त्वनालाई १० हजार १११ साथै सहभागी टिमलाई प्रोत्साहनवापत २ हजार व्यवस्था गरिने छ । अन्तरविद्यालयस्तरीय लोकनृत्यमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना (३ टिम) लाई क्रमशः ४०, २५, १५ र ५ हजार तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ । आयोजकले शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिनेलाई यस वर्ष सम्मान गर्नेछ । छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ । महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष वृद्धिका लागि थप गरिने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले बताए । संस्थाले सर्वसाधारणको सेवामा लामो समयदेखि एम्बुलेन्स तथा शववाहन संचालन गर्दै आएको छ । संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले लामाचौर महोत्सवमा भलिबलको क्रेज बढ्दै गएको भन्दै संस्थाले छुट्टै भलिबल कोर्ट निर्माण तयारी गरेको सुनाए । पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र वडा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामाचौर महोत्सवकै कारण यस क्षेत्रको चिनारी अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै वडाले पनि अपनत्व लिएको बताए । महोत्सवमा प्रवेश निशुल्क हुनेछ तर भलिबल हेर्न टिकट काट्नु पर्छ । भलिबल हेर्न ४ हजार सिट क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको सचिव हरिबहादुर थापाले बताए । महोत्सवको मुख्य सहयोगी इन्द्रराज्यलक्ष्मी मावि र बानियाँ किराना स्टोर्स लामाचौर छन् । संरक्षकमा पोखरा वडा १९ र वडा १६ का वडा कार्यालय छन् ।  

 पोखरा:    राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् खुल्ला भजन चुुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा प्रथम बनेको छ ।      प्रतियेगितामा मुुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौं द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् ।      प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूूह विजयी भएका छन् ।      प्रतियोगितामा प्रथम, द्वितीय, तृृतीय र सान्त्वनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बाद्यबादन र उत्कृष्ट भेषभुुषा बापत पाँच÷पाँच हजार रुपैयाँ र उत्कृष्ट स्वर बापत तीन हजार रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए भने अप्रतियोगी रुपमा विभिन्न जातजातिका पाँच्वटा प्रस्तुति गरिएको थियो ।      प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् पूर्व गृह मन्त्री खगराज अधिकारीले हाम्रा मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुुपर्नेमा जोड दिनुुभयो ।    राधाकृष्ण मन्दिर परिसर नजिकै भैरहेको महानगरको फोहोर विसर्जन प्रति लक्षित गर्दै उहाँले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताउनुुभयो । राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रम मात्र नभै अनुसन्धानको केन्द्र बनाउनुुपर्नेमा उहाँले जोड दिनुुभयो ।       गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुुर खड्का विखर्चीले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुुपर्नेमा जोड दिनुुभयो ।      नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नं ३२ का सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुुरुकुलसँगै यस क्षेत्र प्रदुषित भईरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुुग्नुु जरुरी रहेको बताउनुुभयो । यस क्षेत्रका सबै प्रभावितलाई तत्कालै निशुल्क स्वास्थ्य बिमामा समेट्न उहाँले आग्रह गर्नुुभयो ।      समूहका अध्यक्ष सञ्जयराज ढकालको अध्यक्षता एवम् सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, महासचिव जानुुका पराजुली, गगन नेवा खलका सचिव शरणकुमार प्रधान लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा समूहमा विशिष्ट योगदान पुु¥याएको भन्दै छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो ।      

सोलुखुम्बु:    सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ ।  गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।  पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरकानुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हबल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चारजना प्रहरी जवान रहेका छन् । उच्च हिमाली भेगमा आएको प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।  “बाढीपीडितको उद्धार, जोखिम न्यूनीकरण, सूचना आदानप्रदान, तल्लो तटीय क्षेत्रमा सचेतना जगाउनेलगायत कार्यमा अत्यन्त कुशलतापूर्वक काम गरेकाले उहाँहरूलाई पुरस्कृत गरिएको हो”, उहाँले भन्नुभयो ।   पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको पुरस्कृतमध्येका प्रहरी निरीक्षक गिरीले बताउनुभयो ।  गत साउन ३२ गते दिउँसो १ः३० बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपहिरोले गेग्रान र ढुङ्गासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । फुटेको हिमताल थामे बजारबाट करिब नौ किलोमिटर टाढा छ ।

पोखरा:    मिस मगर नेपाल २०२४ का अन्तिम प्रतिस्पधीहरुले निट डेन्टल केयरमा आफ्नो स्वस्थ दाँतको निम्ति दाँत र गिजाको जाँच तथा उपचार गरेका छन् । मिस मगर नेपाल कार्यक्रमका टिम संयोजक प्रियन्का गर्बुजा मगरले दन्त समस्याहरूको प्रारम्भिक पहिचान, व्यक्तिगत दन्त सल्लाह, आवश्यक उपचार र जीवनभर स्वस्थ रहनका लागि आवश्यक राम्रा बानीहरूको प्रोत्साहन गर्न कार्यक्रम समावेश गरेको बताईन् ।  प्रतिस्पर्धीहरुलाई डा. नितिका रन्जित र डा. जेनि आचार्यले दन्त जाँच तथा उपचार गरेकी थिईन् साथै निट डेन्टल केयर प्रा.लिका प्रबन्ध निर्देशक विरेन रानाले स्वस्थ रहने उपाय र सल्लाह सहित ग्रान्ड फिनालेको लागि अग्रिम शुभकामना व्यक्त गरे ।  हरेक वर्ष आयोजना हुँदै आएको यस वर्षको मिस मगर नेपाल २०२४ को शिर्ष प्रायोजन निट डेन्टल केयर प्रालिले गरेको छ ।   एसटी क्रियसन म्यानेजमेन्ट प्रालिको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा हुँदै आएको सातौ संस्करणको मिस मगर नेपाल २०२४ को ग्राण्ड फिनाले भदौ २२ गते होटल पोखरा ग्राण्डमा हुनेछ ।  सातौ संस्करणको मिस मगर नेपालमा २० जना प्रतिस्पर्धीहरु मध्ये ११ जना फाइनल चरणमा प्रवेश गरेका हुन् ।  अहिले ११ जना प्रतिस्पर्धीहरुलाई विभिन्न तालिमहरु दिँदै आएको कार्यक्रम टिम संयोजक गर्बुजा मगरले जानकारी दिईन् ।  प्रतिस्पर्धीहरुलाई मगर मातृभाषा, कला, संस्कृतिहरुसँगै व्यक्तित्व तथा नेतृत्व विकास लगायतको तालिम तथा प्रशिक्षण भइरहेको छ । कार्यक्रमको मिडिया पाटर्नरमा फेवा टेलिभिजन, सुनगाभा न्यूज र मगर संसार फोटो ग्यालरी रहेको छ ।