काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

गलकोट:    उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुग्नुभएका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ । मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुग्नुभयो भन्ने धेरैको जिज्ञासा छ ।       विसं २००९ मा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ ।  उहाँ भारतीय सेनामा कार्यरत हुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकका रुपमा त्यहाँ पुग्नुभएको थियो । पर्यावरण संरक्षण र फोहर व्यवस्थापनमा प्रविधिक समूहमा रहेर अन्टार्कटिका पुग्नुभएका विश्वकर्मा गाउँको शिक्षा क्षेत्रलाई उकास्ने योजनामा हुनुहुन्छ ।      “अन्टार्कटिका पुग्ने काम चानचुने थिएन, मेरो स्वयंसेवी मन भारतीय सेनाले पूरा ग¥यो, भारतीय सेनामा कार्यरत रहँदा भारतले वैज्ञानिक अध्ययन तथा अवलोकनका लागि र त्यहाँको बसाइ व्यवस्थापनका लागि भारतीय सेनालाई समेत अन्टार्कटिका लैजाने गर्दथ्यो”, विश्वकर्माले ३८ वर्ष अघिको कुरा सम्झँदै भन्नुभयो, “मेरो शारीरिक अवस्था, स्वास्थ्य सबै हेर्दा मलाई भारतीय सेनाले अन्टार्कटिका लैजाने भयो, मलाई आर्थिक उपार्जनभन्दा अन्टार्कटिका देख्ने र बुझ्ने रहर थियो, भारतको गोवाबाट २२ दिनको यात्रामा अन्टार्कटिका पुगियो, पहिलो पटक अन्टार्कटिका पुग्दा बागलुङ नारायणस्थानको माटो नेपाली झण्डा अन्टार्कटिकामा पु¥याए ।” भारतीय सेना हुँदै अन्टार्कटिकाको यात्रा      बागलुङका भुवनसिंह विश्वकर्मा अहिले बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँको नाममा उपहानगरपालिकाले भुुवनसिंह मार्ग भनेर सडकको नामकरणसमेत गरिसकेको छ ।  प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्मा बागलुङ मात्रै नभइ सिङ्गो नेपालको नाम चिनाउन सफल हुनुभएको छ । हिउँ नै हिउँले भरिएको मानवरहित महादेश अन्टार्कटिका पुग्ने भुवसिंह विश्वकर्मा अहिले नेपालभर पर्यावरणको सचेतना जगाउँदै सम्मान थाप्न व्यस्त हुनुहुन्छ ।      उहाँले हिउँमा फोहर व्यवस्थापनको काममा दख्खल रहेको बताउँदै अन्टार्कटिकामा कुनै फोहर गर्न नपाइने भन्दै मानव दिसालाई समेत खरानी बनाएर फर्किनुपर्ने बताउनुभयो ।  “अन्टार्कटिकामा कुनै फोहर गर्न पाइँदैन, मानव दिसा त्यहाँ चिसोका कारण जस्ताको तस्तै हुन्छ, भान्साबाट निस्कने फोहरलाई प्रशोधन गर्ने र जलाएर खरानी बनाएर भारत नै फर्काउने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “नेपालको सगरमाथा बेसक्याम्पदेखि चुचुरोसम्म फोहरैफोहोर छ भन्ने सुन्छु, त्यही अन्टार्कटिकाको विधिले फोहरमुक्त बनाउन सकिन्छ, विशेषगरी मानव शरीरबाट निस्किएको दिसा माइनस तापक्रममा जस्ताको त्यस्तै रहने भएकाले त्यसलाई प्रविधिको माध्यमबाट जलाएर आफैसँग राखेर ल्याउन सकिन्छ ।”       भारतको गोवाबाट २२ दिनको लामो समुद्री यात्रामा अन्टार्कटिका पुगिने गरेको उहाँको भनाइ छ । अन्टार्कटिकामा छ महिना उज्यालो र छ महिना अध्यारो हुने गर्दछ । नेपालको नाम विश्वभर चिनाएको भन्दै सिन्धुलीदेखि कैलाली र झापासम्म सम्मान पाएको विश्वकर्माको भनाइ छ ।  बागलुङ नगरपालिकाले समेत यही भदौं १८ गते रु २५ हजारसहित सम्मान गरेको उहाँले बताउनुभयो । गृह नगरपालिकाले सम्मान गर्दा आफूलाई प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोभन्दा ठूलो सम्मान मिलेको बताउनुभयो ।       अहिले विद्यालयमा पर्यावरणसम्बन्धी सचेतना पु¥याउने कार्यमा उहाँ लाग्नुभएको छ । “हाम्रो सगरमाथाको वेसक्याम्पदेखि चुचुरोसम्म थुप्रै फोहर छ, सगरमाथा यात्रीको दिसा जस्ताको त्यस्तै छ, त्यसलाई जलाएर आफैले फर्काउने व्यवस्थापन मिलाउन आवश्यक छ”, विश्वकर्माले भन्नुभयो ।      अहिले उहाँकै नाममा बुटवल र हेटौँडामा भुवनसिंह मार्गका नाममा सडकको नामकरण गरिएको छ । उहाँले आफू जन्मेको गाउँ शिक्षामा पछि रहेको भन्दै आफ्ना छोराबुहारीको सहयोगमा एउटा शैक्षिक कोष स्थापान गरेर शिक्षामा सघाउने उद्देश्य रहेको बताउनुभयो ।  अन्टार्कटिकामा जाडोयाममा माइनस ८९ डिग्री र गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने भएकाले त्यहाँको बसाइ अत्यन्त्रै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र ह्वेल माछाबाहेक अरु कुनै जीवित प्राणी भेट्न नसकिने उहाँको भनाइ छ ।      विभिन्न विकसित मुलुकहरुले वैज्ञानिक खोज र अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ । त्यहाँ पुग्नु आफैमा अत्यन्तै जोखिम र साहसिक कदम मानिन्छ । भारतीय बङ्गाल इञ्जियनिरिङ ग्रुप रुड्कीबाट छनोट भई अन्ट्रार्कटिका गएको उहाँको भनाइ थियो ।       “अन्टार्कटिकाका लागि शारीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्नसक्ने योग्य व्यक्तिलाई मात्र छनोट गरिन्थ्यो”, विश्वकर्माले भन्नुभयो, “सबै मापदण्ड र विशेषताले निपूर्ण भएपछि मात्रै त्यहाँ जानका लागि छनोटमा परिन्छ, मलाई त्यहाँ नपुग्दासम्म आफू पहिलो नेपाली भन्ने थाहै थिएन, अहिले त अन्य नेपालीसमेत पुगिसक्नुभएको छ ।”

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ ।  तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो ।  स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गर्नुभएको छ ।  एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ । विद्यार्थी गेटबाटभित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कँदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “विद्यालय छुट्टीपछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुन्छ, साथै घरबाट हिँडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको कुरासमेत जानकारी हुन्छ ।” मित्रता माविले अहिले यो व्यवस्था आधारभूत तहका विद्यार्थीमा लागू गरेको छ ।  आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन । विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको छ ।     विद्यार्थी गेटमा आइपुग्ने बित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावकसम्म पुग्ने गर्छ । बोगटीले अभिभावकलाई उहाँका बालबालिका विद्यालयमा सुरक्षित छन् वा बाहिर छन् भन्ने चिन्ता भइरहने र यो प्रणाली लागू गरेपछि अभिभावकलाई सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय व्यवस्थापन प्रणालीमा नविनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ ।” 

पोखरा:   मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ को बुटवल र तनहुँमा भव्य प्रदर्शन भएको छ ।   मगर संसार फोटो ग्यालरीले बुटवलको मिलन चलचित्र हलमा र तनहुँको म्याग्दे गाउँपालिकामा नेपाल आदिवासी जनजाति महासंघ तथा नेपाल मगर संघ म्याग्देको सँयुक्त आयोजनामा शनिबार चलचत्रिको प्रदर्शन गरिएको हो ।   उक्त प्रदर्शनमा करिब १ हजार बढि दर्शकको उपस्थिति रहेकाे तनहुँ 'शो'की संयोजक नरमाया आलेले जानकारी दिइन् ।   उनका अनुसार तनहुँमा २ शो गरिएको थियो ।   बुटवलको प्रदर्शनमा नायिका सृष्टि रानामगरसहित निर्देशक अशोक आलेमगरसँग अन्य कलाकार गएका थिए । भने, तनहुँमा नायक कल्याण रानामगरसँगै अर्का नायिका सुस्मिता पुनमगर सहभागि भएकी थिइन् ।   यसअघि उक्त चलचित्र पोखराको विभिन्न ठाउँमा प्रदर्शन भइसकेको छ । भने, आगामी दिनमा पनि देश तथा विदेशमा प्रदर्शन गर्ने तयारी रहेको निर्माण पक्षले  जनाएको छ ।     मगर कथान चलचित्र दिलसरामा विपन्न परिवारमा जन्मेका नारीको सफलतापछाडिका सँघर्षलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ ।   जसलाई मजबुद बनाउन  प्रेमसम्बन्धको प्रसंगलाई निर्देशक अशोक थापामगरले बुनेका छन् ।   यस्तै समय समयमा हुने हास्य ब्यङ्ग्यले चलचित्रलाई स्वादिलो बनाउन मद्दत पुर्याएको छ ।   मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन्  ।       चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।   अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।    यो पनि पढ्नुहोस   पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया पोखरामा दिलसराको भव्य प्रदर्शन, शनिबार चिलाउनेखर्कमा 'शो' हुदैं  

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।       राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।  वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।      यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।       राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकामा खुसी व्यक्त गर्नुभयो ।       उहाँले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर पेस गरेको यो प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

पोखरा:   पोखरामा व्यवसायिक क्रिकेट गतिविधी सञ्चालन गर्दै आएको माछापुच्छ«े क्रिकेट क्लबको आयोजनामा माछापुच्छ«े क्रिकेट लिगको सिजन ३ आगामी शनिबारदेखि शुरु हुँदैछ ।  प्रतियोगितामा सहभागिताका लागि आवेदन दिएका १ सय २० खेलाडीलाई आयोजकले अक्सन मार्फत विभिन्न टिममा आवद्ध गराएको छ । प्रतियोगितामा भाग लिन लागेका विभिन्न टिमहरुले यि खेलाडीहरुका लागि न्यूनतम ५ सय देखि १० हजार सम्मको मुल्य लगाएर खरिद गरे । प्रतियोगितामा यसपटक ८ टोलीले सहभागिता जनाउँदै छन् । इस्लामिक कंक्रर्स, एभरेष्ट क्रिकेट क्लव, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सले यो संस्करणमा भाग लिन लागेका हुन् ।  यी टिमहरूको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कबिन सापकोटा र प्रदिप तामाङले गर्नेछन् । उनीहरुको उपस्थितीमा लेखनाथस्थित होटल डे ब्रेकमा आयोजित अक्सन समारोह मार्फत खेलाडीहरूको छिनोफानो लागेको हो । अक्सनमा राखिएका मध्ये केहि खेलाडी किन्नका लागि प्रतिस्पर्धी टोलीले हान्थापनै गरे । विनोद नेपालीलाई पोखरा फिनिक्सले १० हजारमा खरिद गर्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले त्यति नै रकमको बिट लगाएका थिए । तर लक्की ड्र मार्फत पोखरा फिनिक्स उनलाई किन्न सफल भयो । विश्वास पराजुली पनि टोलीहरूको हान्थापमा परे । उनीमाथि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले १० हजार रुपैयाँकै मूल्य लगाएको थियो । गोलाप्रथामा भाग्यमानि बनेको आरके भिक्टोरियनले उनलाई आफ्नों टोलिमा सहभागि गरायो ।  १० हजारमै बिक्री भएका गोरे जिटीमाथि पाँच टिमले समान १० हजारको बोली बोलेका थिए । गोलामा भाग्यमानि बन्दै सिएनडी वारियर्सले उनलाई खरिद गर्न सक्यो ।   त्यस्तै जस्मिन थापा क्षेत्री पनि १० हजार रुपैयाँमै विक्री भए । उनलाई इस्लामिक कंक्रोर्सले लक्की ड्र मार्फतनै खरिद गर्यो । लेखनाथ बुमर्सले पनि थापामाथि १० हजारकै मुल्य लगाएको थियो । बिक्की सर्माले उद्घोष गरेको अक्सन कार्यक्रमका प्रमुख अतिथि स्याँग्जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले गोल तानेका थिए । खेलाडी खरिदका लागि आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८÷४८ हजार रुयैयाँ खर्च गर्दा कम रकम लगाएको फिष्टेल अपमोष्टले मात्र १३ हजार रुपैयाँ खर्चियो । आगामी शनिबारदेखि लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा सुरु हुने यो लिग २ महिनासम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख सहित ट्रफी तथा उपविजेताले नगद रु ५० हजार सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याटर तथा उत्कृष्ट बलरले नगद रु पाँच–पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

काठमाडौं:     स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।  लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ ।   यो मूल्य हालसम्मकै उच्च हो ।  यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ ।  शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।

पोखरा:    पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई पोखरा महानगरपालिकाले नगद सहित सम्मान गरेको छ।  पेरिस ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल खेलाडी गोवर्धनलाई नगर प्रमुख धनराज आचार्यले आइतबार नगद रु.२ लाख २२ हजार २२२ सहित सम्मान पत्रले सम्मान गर्नुभएको हो।  पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रमका बिच पलेसालाई सो सम्मान प्रदान गरिएको हो।  ‘नेपाली खेलकुदको क्षेत्रमा नेपालकी छोरी पलेसा गोवर्धनले प्राप्त गरेको सफलताले खेल जगत मै उत्साहको नयाँ सञ्चार गरेको छ, नगर प्रमुख आचार्यले भन्नुभयो, यो सफलता नेपाल र नेपालीका लागि गर्वको विषय हो। म विश्वास व्यक्त गर्न चाहन्छु, कि ओलम्पिक यात्रामा नेपाली खेलाडीहरूको सफलता अव यसै गरी दर्ज हुँदै जानेछ ।’  भविष्यमा हुने कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालका खेलाडीहरूको प्रेरणाको स्रोतको रूपमा गोवर्धनको सफलता महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।  ‘नेपालले लामो समयदेखि ओलम्पिक गेम्समा सहभागिता जनाउँदै आएको छ, प्रमुख आचार्यले भन्नुभयो, तर अहिलेसम्म पदक तालिकामा नेपालको नाम चढेको थिएन, पलेसाले त्यसको अभावलाई सम्बोधन गर्ने स्थानमा पुर्‍याएकी छिन्, यो खेलाडीहरूका लागि महत्त्वपूर्ण प्रेरणा हो।’  महानगरपालिकाले प्रदान गरेको सम्मान पलेसा लगायत खेलाडीहरूको प्रोत्साहन र हौसलाका लागि महत्त्वपूर्ण हुने प्रमुख आचार्यले बताउनुभयो। आइतबार पलेसाका प्रशिक्षक कविराज नेगी लामा र म्यानेजर रामचन्द्र श्रेष्ठलाई समेत सम्मान गरिएको छ।  ‘हामीले यसअघि पोखरामा सम्पन्न नवौँ संस्करणको राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जित्ने १९२ जना नगरवासी खेलाडीहरू, ३६ जना टिम म्यानेजर र ४० जना प्रशिक्षकहरूलाई समेत नगद सहित सम्मान गनिसकेका छौँ, आज पेरिस प्यारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेसालाई सम्मान गरेका छौँ, उहाँले भन्नुभयो, पोखरा महानगरपालिका राष्ट्रको गहनाका रूपमा रहेका खेलाडीहरूको सदैव साथमा रहनेछ।’ समग्र खेलकुदको विकास, पूर्वाधार निर्माण, खेलाडीहरूको खेल कौशल तथा क्षमता विकास, विद्यालय तहका विद्यार्थीहरूको खेल प्रतिको रुचिको प्रवर्द्धन लगायत गतिविधिहरू सञ्चालन गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।  नेपालको पर्यटन राजधानी पोखरा खेलकुदको पनि राजधानी सहर भएको उहाँले उल्लेख गर्नुभयो । पोखरा सबै मौसममा हरेक खेल गतिविधिहरू सञ्चालन गर्न सकिने सहरका रूपमा उपयुक्त रहेको बताउँदै उहाँले यहाँ सञ्चालन हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा महानगरपालिकाले सहकार्य गर्दै आइरहेको बताउनुभयो ।  नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्द्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन् । पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसा २०१० देखि तेक्वान्दो खेल्न थालेकी थिइन्।

चितवन:   नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार चालक यमबहादुर घलेको मोबाइल स्विचअफ छ ।  घटनास्थल पुगेर फर्कदैं गर्नुभएका रिजालले भन्नुभयो, “चालक सम्पर्कमा छैन, घटना शंकास्पद देखिएको छ ।” दुर्घटनाको अवस्था हेर्दा चालक नदीमा नभएर बाहिर सम्पर्कविहीन भएको हुनसक्ने उहाँको भनाइ छ ।      यातायात कार्यालयमार्फत ट्रक धनीको पहिचान गरेर चालक खोजीकार्य भइरहेको उहाँ बताउनुहुन्छ ।  ना ६ ख ६२८३ नम्बरको ट्रक भैरहवाबाट सूर्यमुखी तेल बोकेर ललितपुरतर्फ जाँदै गरेको थियो ।  ट्रकमा दुई हजार दुई सय २५ कार्टुन तेल लोड गरिएको थियो ।  ट्रक आज बिहान सडकबाट झण्डै एक सय मिटर तल त्रिशुली किनारमा खसेको हो ।

काठमाडौं:  आज भाद्र शुक्ल द्वादशी । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा  प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ ।    हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ ।  इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ ।  असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ ।  सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।