फेवातालमा अलपत्र परेका २ जनाको सकुशल उद्धार
पाेखरा | कात्तिक १, २०८१
पोखरा: फेवातालमा अलपत्र परेका २ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
काठको डुङ्गामा भाडामा लिएर फेवातालमा सवार गरेका दुई जना अचानक आएको हावाहुरीका कारण तालको बीचमा अलपत्र परेका दुई जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं२४ कालिका गणका गणपति अरुण कुमार शर्माले जानकारी दिए ।
सशस्त्र प्रहरीले फेवातालमा अलपत्र परेका रुपन्देही देवदह नगरपालिका घर भई काठमाडौं बस्ने २२ वर्षीय मनिष विश्वकर्मा र रुपन्देशी देवीनगर नगरपालिका–११ बुटवल बस्ने २२ वर्षीय प्रिति सुनारलाई सकुशल उद्धार गरेको हो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

