पोखरा:  अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।  कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसक...

काठमाडौं:    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।      मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्देशिका स्वीकृत गर्दै आगामी भदौ १ गतेदेखि सूर्तीजन्य पदार्थको बट्टामा अनिवार्य रूपमा सतप्रतिशत घातक चित्र छाप्नुपर्ने नियम कार्यान्वयनमा आएको बताउँदै सबैले उक्त नियम पालन गर्नरगराउन समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । स्वीकृत भएको मितिले एक सय ८०औँ दिनदेखि लागू हुने निर्देशिकामा उल्लेख छ ।      यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो । विभिन्न अध्ययनले कतिपय देशमा यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने देखाएकाले नेपालमा पनि सतप्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।      उहाँले नेपालमा यस्तो चेतावनीले काम गरिरहेकामा संशोधित निर्देशिकाले सूर्ती तथा चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य घातक रोगमा कमी आउने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार नेपालको तथ्याङ्क हेर्ने हो भने वार्षिक ३७ हजारको सूर्तीजन्य पदार्थको सेवनबाट ज्यान जाने गर्दछ ।      सूर्तीजन्य पदार्थ सेवनको असरबाट भएको घातक, रङ्गीन चित्र प्रष्ट रूपमा बुझ्ने र देख्नेगरी नेपाली भाषामा छाप्नु तथा अङ्कित गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । घातक रङ्गीन चित्र र चेतावनीमूलक सन्देशमूलक चुरोट, बिँडी, खैनी, सूर्ती र गुट्खा जस्ता सूर्तिजन्य पदार्थको भित्री र बाहिरी बट्टा, प्याकेट, र्‍यापर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छाप्नु तथा अङ्कित गर्नुपर्नेछ ।

काठमाडौं:   सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले सर्लाहीको घटनामा ध्यानाकर्षण गराउनुभएको हो ।  उहाँहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन हुँदैन भन्नुभयो ।  अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन  नभएकामा सांसदहरुको आपत्ति थियो । यस विषयमा सांसदरु शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आजको बैठकको आकस्मिक समयमा विचार राख्नुभएको थियो । आकस्मिक समयमा सांसद सुमना श्रेष्ठले सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकका बारेमा सामाजिक सञ्जालमा बिरोध सुरु भएको बताउनुभयो ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।  जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै खेलाडीहरूका हकहित संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराए । उनले खेलकुद केवल व्यक्तिगत उपलब्धिसँग सीमित नरही प्रदेशको समृद्धि, पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय पहिचानका लागि पनि महत्वपूर्ण क्षेत्र भएकाले प्रदेश सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे ।  साथै, खेल क्षेत्रको दिगो विकासका लागि सरोकारवाला सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह, खेल संघ–संस्था, खेलाडी तथा खेलप्रेमीहरूसँग सहकार्य गरी नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गरिने भनाई उनको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा भएका हरेक प्रकारका खेलकुद सम्बन्धि कार्यक्रममा महानगरको साथ रहेको उल्लेख गरे । पोखरा पर्यटनको राजधानी भएकाले खेलकुद मार्फत पनि पर्यटन बढ्वामा टेवा पु¥याउने हेतु गतिविधि बढाउन उनको आग्रह छ । उक्त कार्यक्रममा खेल क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, खेलाडी, प्रशिक्षक, पत्रकार तथा सरोकारवालाहरूको उपस्थिति थियो । सहभागीहरूले खेल क्षेत्रमा देखिएका अवसर र चुनौतीबारे आफ्ना विचार राख्दै खेलाडीहरूको क्षमता अभिवृद्धि, पूर्वाधार विकास तथा खेल प्रशासनको सुदृढीकरणमा प्रदेश सरकारको थप ध्यानाकर्षण गराएका थिए । जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ लगायतले बोलेका थिए ।  

काठमाडौं:    राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् ।      मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्‍याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।      यो घटना ट्रम्पले मेक्सिकोमाथि कठोर भन्सार लगाउने कुरालाई कम्तीमा एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेपछिको अशान्त हप्तापछि आएको हो । बदलामा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण गर्न र फेन्टानिल तस्करी विरुद्ध कारबाही गर्न देशको नेशनल गार्ड पठाउने वाचा गर्नुभयो ।      गत वर्ष आप्रवासनको स्तर र फेन्टानिलको मात्रा उल्लेखनीय रूपमा घटेको भए पनि ट्रम्पले सीमामा आपत्काल घोषणा गर्नुभएको छ । अमेरिकाले बदलामा मेक्सिकोमा कार्टेल हिंसालाई बढावा दिन अमेरिकी हतियारहरूको तस्करी रोक्न थप काम गर्ने बताएको छ । यो हिंसा आपराधिक समूहहरूले लाभदायक आप्रवासी तस्करी उद्योगको नियन्त्रणका लागि लड्दै गर्दा देशका अन्य भागहरूमा फैलिएको छ ।      मङ्गलबार ती सेनामध्ये पहिलो समूह सरकारी विमानहरूबाट बाहिर निस्केर सीमावर्ती सहरहरूमा आइपुग्यो ।  बुधबार गस्तीमा रहेका गार्ड सदस्यहरूले उनीहरू नयाँ बलको हिस्सा भएको पुष्टि गरे ।      “सीमामा स्थायी निगरानी हुनेछ”, सहरमा तैनाथीको नेतृत्व गर्दै गरेका नेसनल गार्डका नेताहरूमध्ये एक जोसे लुइस सान्तोस इजाले पहिलो सैनिक समूहको आगमनमा मिडियालाई भन्नुभयो, “यो अभियान मुख्यतया मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थ तस्करी, मुख्यतया फेन्टानिल रोक्नका लागि हो ।”      सरकारी आँकडा अनुसार सिउडाड जुआरेजमा कम्तीमा एक हजार छ सय ५० सैनिक पठाइने अपेक्षा गरिएको छ । यसलाई देशको सीमा सुदृढीकरणको सबैभन्दा ठूलो प्राप्तकर्ताहरू मध्ये एक बनाएको छ । तिजुआना पछि दोस्रो, जहाँ एक हजार नौ सय ४९ सैनिक पठाइने योजना छ ।      अमेरिकी विदेशमन्त्री मार्को रुबियोको ल्याटिन अमेरिका भ्रमणका क्रममा मेक्सिको सरकारको विज्ञप्ति अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञले सैन्य बल पठाएकामा मेक्सिको सरकारलाई धन्यवाद दिनुभयो । विदेशमन्त्रीको भ्रमणमा आप्रवासन मुख्य एजेन्डामा थियो ।      सेनबामको वार्तालाई पर्यवेक्षकहरूले नवनिर्वाचित मेक्सिकाली नेताको चतुर राजनीतिक चालको रूपमा हेरेका थिए ।  धेरैले पहिले नै उहाँको पूर्ववर्ती र सहयोगी, पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर जस्तै प्रभावकारी ढङ्गले ट्रम्पको राष्ट्रपति कार्यकालमा काम गर्न सक्षम हुनेमा आशङ्का गरेका थिए ।

काठमाडौं:    स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।          छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो । 

काठमाडौं:   कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।  घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

भक्तपुर:   भक्तपुरको सरस्वती स्कुल अगाडिको गल्लीमा परम्परागत शैलीमा रहेको नेपाल भोकेसनल एकेडेमीको आँगनमा अधिकांश कालिगडहरू काठमा बुट्टा भर्ने काममा तल्लीन थिए । नजिकै पृथ्वीनारायण शाहको पूर्णकदको ढलौटका बिहाल मूर्ति, लहरै रहेका अन्य कलात्मक मूर्तिहरू थिए ।       नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्डसहितको टोलीले बुधबार जब क्षेत्रमा प्रवश गर्नुभयो, यिनै दृश्यले उहाँको नजर तान्यो ।       उहाँले कालिगडको कलामा आफू पनि सहभागी हुने चाहना व्यक्त गर्नुभयो । कालिगडले कसरी कलात्मक काष्ठकला निर्माण गर्ने भनेर सिकाए । त्यसपछि अधिराजकुमारले हातमा हथौडा र ज्यावल समातेर काठमा बुट्टा खोप्न थाल्नुभयो ।       नेपाल भोकेसनल एकेडेमीका प्रमुख एवं सम्पदाविद् रवीन्द्र पुरीको निमन्त्रणमा भक्तपुरको ऐतिहासिक कलाकृतिको अवलोकन गर्न बेलायती राजदूत रोब फेन दम्पतीसहित भक्तपुर पुग्नुभएका उहाँले काष्ठकलामा बुट्टा भर्नुका साथै रुचिपूर्वक यहाँका कलाकृति अवलोकन गर्नुभयो ।      एकेडेमीले पछिल्लो युवापुस्तालाई काष्ठकलादेखि मूर्तिकलाबारे तालिम दिएर सीप हस्तान्तरण गर्दै संरक्षण गरिरहेको एकेडेमीका प्रमुख एवं सम्पदाविद् पुरीले जानकारी गराउनुभयो । अधिराजकुमार एडवार्डले एकेडेमीले यस कार्यको प्रशंसा गर्नुभयो ।      अधिराजकुमार एडवार्डसहितको टोलीलाई पुरीले भक्तपुर दरबारस्क्वायरमा स्वागत गर्दै यहाँका ऐतिहासिक कलाकृतिबारे जानकारी गराउनुभएको थियो । त्यसपछि न्यातापोल (पाँचतले मन्दिर), नमूना घर, दत्तात्रय मन्दिरलगायतको अवलोकन गरी भोकेसनल एकेडेमी पुग्नुभएको थियो । उहाँले नागपोखरीस्थित वासुकी घरको समेत अवलोकन गरी भक्तपुरमा तीन घण्टाको भ्रमण सर्नुभयो ।  आजै बेलायती अधिराजकुमारी डचेस सोफीले भक्तपुर अस्पतालको प्रसूति ‘वार्ड’को समेत अवलोकन गनुभयो । अधिराजकुमार एडवार्ड र अधिराजकुमारी सोफी छुट्टाछुट्टै कार्यक्रममा भक्तपुर आउनुभएको थियो । बुधबार नै सानोठिमीस्थित एसओएस बालग्रामको समेत अधिराजकुमार एडवार्डले अवलोन गर्नुभएको थियो ।       मङ्गलबार नेपाल आउनुभएका उहाँहरू काठमाडौँस्थित बेलायती दूतावास, गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान, अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), पोखरालगायत स्थानमा भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको थियो ।

तनहुँ:    पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको मौलिकता र सौन्दय जोगाई राख्न स्थानीय तहले कडाइ गर्न थालेको छ ।  विकास गतिविधि, सार्वजनिक र निजी संरचना निर्माणको क्रम बढ्दै जाँदा बजारको ऐतिहासिक पहिचानलाई कायम राख्नु सबैको दायित्व रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बताउनुहुन्छ ।       उहाँले यहाँको सौन्दर्यका लागि घरका बाहिरी गल्ली ९करिडोर० खुला राख्न र व्यापारिक भवन तथा पसल अगाडि सामान नराख्न आग्रह गरिएको बताउनुभयो ।  “ व्यवसायीले पसल अगाडिको सार्वजनिक क्षेत्रमै कारोबार गर्ने, टेबल, कुर्सी राख्ने समस्या छ । त्यसैले अधिकतम एउटा टेबल र तीनवटा कुर्सी मात्र राख्न पाउने व्यवस्था गरिएको छ”, अध्यक्ष थापाले भन्नुभयो,“व्यवसायीहरूलाई पसल बाहिर सामान राखेर बिक्री–वितरण नगर्न, ग्राहकले देख्ने गरी मूल्यसूची अनिवार्य राख्नुपर्ने नियम लागू गरिएको छ । बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएका ‘फ्लेक्स बोर्ड’हरू तुरुन्त हटाएर काठ वा हस्तलिखित बोर्डहरू राख्नुपर्ने निर्णय भएको छ ।”       बजार क्षेत्रबाहिर टेबल कुर्सीमा मदिरा सेवन तथा धुम्रपान गर्न कडाइ गरिएको छ । यस निर्णयलाई कार्यान्वयन गर्न गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, राजस्व प्रमुख दिनेश पौडेल, राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी तथा पत्रकारहरूको टोलीले संयुक्त रूपमा बजार अनुगमन सुरु गरिएको छ ।  हालै भएको अनुगमनका क्रममा व्यवसायीहरूलाई नियम पालना गर्न आग्रह गरिएको छ भने नियम उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।       यदि कसैले नियम उल्लङ्घन गरेको पाइएमा रु पाँच हजारसम्म जरिवाना गरिने अध्यक्ष थापाले बताउनुभयो । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूका लागि आकर्षणका केन्द्रका रूपमा रहेका छन् ।       सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायत हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । 

सोलुखुम्बु:  सोलुखुम्बुको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर  निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ ।  तल्लोसोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् ।  कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार  आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ ।  उहाँले भन्नुभयो, “आयोजनाको काम  अन्तिम चरणमा पुगेको छ । अब पेनस्टक पाइपको मात्र बाँकी छ । आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।”  आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ । एफएमओलगायतका युरोपियन बैंक ९इन्टरनेसनल फन्डिङ एजेन्सी० को रु १६ अर्ब ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो । आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ ।  सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिएको छ । उक्त पानी करिब छ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ । यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ ।  भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उहाँको अनुमान छ । हाल आयोजनामा सात सय कामदार कार्यरत छन् । साथै सय जना स्थानीयले रोजगारी पनि पाएका छन् ।  आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ राखिएको छ । उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।