पोखरा: रोटरी क्लब अफ पोखरा न्यूरोडको आयोजना र पोखरा महानगरपालिका वडा नं. २२ को कार्यालयको सहकार्यमा उल्लेरी गाउँका ५० घरपरिवारलाई विद्युतिय चुल्हो सहित आवश्यक भाडाहरु वितरण गरेको छ । कार्यक्रमको प्रमुख अतिथि रोटरी इन्टरनेश्नल ३२९२ का गभर्नर इलेक्ट विनोद कोइरालाले सहभागिलाई २००० वाटको विद्युतिय चुल्हो, ३ लिटरको प्रेसर कुकर, दिउरी र कराई सहितको सेट सहभागीमध्ये जेष्ठ नागरिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । साथै उनले विद्युतबाट चल्ने भएकोले प्रयोगमा ल्याउन सुरु सुरुमा अप्ठ्यारो हुने भएकाले इलेक्ट्रिसियनको सहयोग लिनु पर्ने सुझाव दिदैं ग्यास र दाउरामा खाना पकाउन भन्दा सस्तो पर्ने समेत बताए । सो अवसरमा पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लब संग सहकार्य गरेर आफ्नो वडालाई धुवा मुक्त भान्सा वनाउने अभियानमा जोडिन पाउनु नै गर्वको कुरा भएको बताए । उनले वातावरण जोगाउँदै स्वस्थ रहि आफ्नै देशमा उत्पादन भएको विजुलीको अधिकतम् उपयोग गर्नु पनि नागरिकको कर्तव्य भएको बताए । कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष दिपेन्द्र शर्माले आगामी वर्ष पोखरा २२ का सबै घर धुरी धुवा मुक्त बनाउन सबै वडावासीलाई विद्युतिय चुल्हो तथा अन्य आवश्यक किचन सामाग्रीहरु वितरण गर्ने योेजना रहेको बताए । क्लबका अध्यक्ष दिपेन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, क्लबका पुर्व अध्यक्षहरु सुवास सिग्देल, गिता सिग्देल, कार्यक्रम संयोजक प्रेम प्रसाद शर्माले बाेलेको कार्यक्रमको संचालन सचिव वर्षा केशव पराजुलीले गरेका थिए ।
पोखरा: हेमजा युनाईटेडको आयोजनामा सम्पन्न वडास्तरीय भेट्रान्स (३५ वर्ष माथि) फुटबल प्रतियोगितामा पोखरा महानगरपालिका वडा नंं. १५ च्याम्पियन बनेको छ । हेमजास्थित गौरीशङ्कर खेल मैदान(गौरी) मा शनिबार भएको फाइनल खेलमा वडा १ लाई २–० को गोल अन्तरले पराजित गर्दै वडा १५ च्याम्पियन बनेको हो । उपाधिसँगै वडा १५ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ट्रफी मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । त्यसैगरी उपविजेता वनेको वडा १ ले नगद रु ५५ हजार ५ सय ५५ ट्रफी मेडल र प्रमाण पत्र हात पार्याे । सो प्रतियोगिताबाट वडा १ का इश्वर गुरुङ चन्द्र सर्वाेत्कृष्ट खेलाडीका रुपमा नगद रु ५ हजार र ट्रफिसहित पुरस्कत भए । यसैगरी सर्वाधिक गोलकर्ताका रुपमा वडा २५ का सुविन श्रेष्ठ, उत्कृष्ट गोलरक्षकमा वडा १५ का बलराम खत्री, उत्कृष्ट डिफेन्डरमा वडा १५ का मिलन गुरुङ, उत्कृष्ट मिडफिल्डर वडा १५ कै धर्मराज पराजुली, र उत्कृष्ट फरवार्डका रुपमा वडा १ का वासु जिसी तथा उत्कृष्ट प्रशिक्षकमा वडा १५ का नितेष गुरुङ पुरस्कृत भए । यस्तै अनुशासित टिमका रुपमा नगद रु १० हजारसहित वडा ५ पुरस्कृत भएको हेमजा युनाइटेडका उपाध्यक्ष तथा खेल संयोजक इन्द्रबहादुर कुँवरले जानकारी दिए । प्रतियोगितामा प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं. २५ का वडाध्यक्ष मोतीलाल तिम्सिना, वडा १ का वडाध्यक्ष सहारा प्रधान, हेजमा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठ, खेल संयोजक इन्द्र बहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी बलबहादुर कार्की, नेपाली काँग्रेस पोखरा–२५ हेमजाका सभापति मधुसुदन त्रिपाठी, हेमजा युनाइटेडका सल्लाहकार प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका अध्यक्ष सन्तमान श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखराको सृजनाचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मादी गाउँपालिका घर भई पोखरामा बसोबास गर्दै आएका ईच्छा क्षेत्री भन्ने विष्णुबहादुर बुढाथोकी लाई जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृह चोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममा अज्ञात स्कुटरले ठक्कर दिई फरार भएका थिए । उनको उपचारकै क्रममा जेठ १४ गते उनको निधन भएको थियो । उक्त घटनापछि काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–११ स्थित फूलबारी चोकबाट उक्त दिनै (जेठ १४ गते) पक्राउ परेका महर्जनसँगै प्र.३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ । पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा स्थापित दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको छ । पोखरा ३३ पुष्पवस्तीमा स्थापना गरिएको केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रवार एक समारोहका बिच उद्घाटन गरेका हुन् । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानवीय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताए । केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशे ढुङ्गा साबित हुने उनले विश्वास समेत व्यक्त गरे । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हिंसापीडित महिलाहरूलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुनर्स्थापना केन्द्र सञ्चालनमा आएको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो पुनर्स्थापना केन्द्र पीडित महिलाहरूलाई आश्रय, सुरक्षा र आत्मनिर्भर जीवनयापन तर्फ अग्रसर गराउने एक सशक्त प्रयासका रूपमा उल्लेख गरेका छन् । पोखरा महानगरपालिका यस किसिमका सामाजिक सरोकारका विषयमा एकल वा साझेदारीमा कार्यहरू गर्न निरन्तर प्रतिबद्ध रहेको उनले बताए । पुनर्स्थापना केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनले विश्वास व्यक्त गरेका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट सञ्चालन हुने गरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राखे । प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी परिणाम दिने ढङ्गले अगाडि बढ्नुपर्ने बताए । कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृहका रूपमा केन्द्रको उपयोगिता सार्थक हुनुपर्ने बताइन् । पोखरा महानगरपालिका वडा नं.३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले आफ्नो वडामा बनेकामा खुसी व्यक्त गरे । केन्द्र स्थापनासँगै घर–परिवार तथा समाजबाट उपेक्षामा परेका छोरीहरू, मानसिक स्वास्थ्य समस्याको सामना गरिरहेका व्यक्ति तथा दुर्व्यसनमा फसेकाहरूको दीर्घकालीन पुनर्स्थापनाको सुरुवात हुने विश्वास गरिएको छ । केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनर्स्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
पोखरा: हेमजा यूनाइटेडले “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नारासहित (३५ वर्ष भन्दा माथि) गत १० गतेदेखि आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा १ र वडा १५ भिड्ने भएको छ । बिहीबार वडा २५ र १ बीच भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमार्फत वडा १ ले वडा २५ लाई ५–३ को गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यसअघि निर्धारित समयमा उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो । यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा १५ ले वडा ५ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा वडा १ सँगको भट पक्का गर्याे । अब फाइनल खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ र उप–विजेताले नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही नगद रु २ हजार साथमा ट्रफिले पुरस्कृत गरिने छ । भने, सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने छ ।
पोखरा: पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल च्याम्पियन भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले गण्डकी प्रदेशलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै प्रतियोगितामा च्याम्पियन भएको हो । हेल्प नेपालले गण्डकी प्रदेशलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र पाँचौ तथा निर्णायक सेट १५–८ को जित निकाल्यो । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । पुलिसले पहिलो सेट २५– २० ले जितेपनि दोस्रो सेट २३–२५ ले गुमायो । दोस्रो सेटमा एक समय १६–२० ले पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २०–२० बराबरी गरेपनि सेट गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट ३०–२८ ले जित्यो । पुलिसले चौथो सेट २५–१५ को जित निकाल्यो । च्याम्पियन बनेको पुलिसले ८ लाख, उपविजेता डायमण्डले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । न्यु डायमण्ड र पुलिस नेपाल हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । यस्तै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । थाइल्याण्डका तीन खेलाडी सम्मिलित एभरेष्टले एपिएफलाई २५–१८, १०–२५, २५–२३ र २९–२७ को जित निकाल्यो । यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले जित निकाल्यो । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०.१ प्रतिशत हो । पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो । आगामी आर्थिक वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ हस्तान्तरण गर्दैछ । चालु आर्थिक वर्षमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण भएको थियो । खर्च बेहोर्ने स्रोततर्फ आगामी वर्ष राजस्वबाट सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ । यस वर्ष राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड सङ्कलनको लक्ष्य राखेको थियो । आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब सङ्कलन गर्ने लक्ष्य रहेको छ । वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड जुटाउने अर्थमन्त्री पौडेलले जानकारी दिए ।
काठमाडौं: सरकारले निजमतीसहितका कर्मचारीको तलब बढाएन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै महंगी भत्ता मात्रै बढाउने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले स्रोत अवभाका कारण तलब बढाउन नसकिएकोले मासिक महंगी भत्ता ५ हजार रुपैयाँले बढाएको जानकारी दिए । उक्त बढेको महंगी भत्ता आगामी साउनदेखि मात्रै लागू हुने पनि अर्थमन्त्री पौडेलेले संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बक्तव्यमार्फत घोषणा गरे ।
पोखरा: पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब लगातार दोस्रो पटक च्याम्पियन भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । पुलिसले पहिलो सेट २५– २० ले जितेपनि दोस्रो सेट २२–२५ ले गुमायो । दोस्रो सेटमा एक समय १६–२० ले पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २०–२० बराबरी गरेपनि सेट गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ ले जित्यो । पुलिसले चौथो सेट २५–१४ को जित निकाल्यो । च्याम्पियन बनेको पुलिसले ८ लाख, उपविजेता डायमण्डले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । न्यु डायमण्ड र पुलिस नेपाल हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । यस्तै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । थाइल्याण्डका तीन खेलाडी सम्मिलित एभरेष्टले एपिएफलाई २५–१८, १०–२५, २५–२३ र २९–२७ को जित निकाल्यो । यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले जित निकाल्यो । यस्तै पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

