वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने

पाेखरा | जेठ १६, २०८२

वडास्तरीय भेट्रान्स फुटबल:  उपाधिका लागि वडा १ र १५ भिड्ने

पोखरा:   हेमजा यूनाइटेडले “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नारासहित (३५ वर्ष भन्दा माथि) गत १० गतेदेखि आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि वडा १ र वडा १५ भिड्ने भएको छ ।

 

बिहीबार वडा २५ र १ बीच भएको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमार्फत  वडा १ ले वडा २५ लाई ५–३ को गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

 

यसअघि निर्धारित समयमा उक्त खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

 

यस्तै दोस्रो सेमिफाइनल खेलमा वडा १५ ले वडा ५ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा वडा १ सँगको भट पक्का गर्याे । 

 

अब फाइनल खेल शनिबार दिउँसो १ बजे सञ्चालन हुने खेल संयोजक इन्द्र बहादुर कुँवरले जानकारी दिए ।

 

उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११ र उप–विजेताले नगद रु ५५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । 

 

यस्तै उत्कृष्ट विधागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही नगद रु २ हजार साथमा ट्रफिले पुरस्कृत गरिने छ । भने, सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी प्रदान गरिने छ । 
      
 

ढोरपाटन:  हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिक जसो पर्यटक पदयात्रा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सृजना गर्ने बताउनुभएको छ ।  संसदीय मामिला पत्रकार समाज ...

थप पढ्नुहोस्

मुस्ताङ:  उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनी-कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडक...

थप पढ्नुहोस्