हेमजा: हेमजा यूनाइटेडको आयोजना जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । वडा ६ ले वडा१५ लाई २–० गोल अन्तरले पाराजित गर्दै अन्तिम आठमा स्थान बनायो । यस्तै वडा १० ले वडा २० लाई ३–१ गोलले हरायो । वडा २५ ले वडा २९ लाई ५–२ को गोल अन्तरले पराजित गर्दै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको हो । असार ७ गतेसम्म चल्ने अन्तर वडास्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ । साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिलडर, फरवार्डलाई प्रत्यक विधामा नगद रु २ हजार साथमा ट्रफी प्रदान गरिने छ । क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा -७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा गोगन माविलाई हराउँदै उपाधि जितेको हो । उपाधिसहित भद्रकालीले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्याे । यस्तै उपविजेता बनेको गोगन माविले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्याे । त्यसै गरी तेस्रो हुदै ब्रम्हरुपा माविले नगद १० हजार र चौथो हुदै मदरल्याण्ड माविले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । प्रतियोगिताका विजेतालाई मदरल्याण्ड माविका प्रिन्सिपल नारायण बराल, विद्यालयका प्लस टु कोडिनेटर नारायण आचार्य लगाएतले पुरस्कार वितरण गरेका थिए । तीन दिनसम्म चलेको प्रयितोगितामा निजी र सामुदायिक विद्यालयबाट एसइई दिएका विद्यार्थीका ७२ टिम सहभागि भएका थिए ।
पोखरा: दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजना गरेको पहिलो संस्करणको फुटसल प्रतियोगितामा एमएम एफसी टिम ‘ए’ च्यामिपयन बनेको छ । न्यू एयरपोर्ट फुटसल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा एमएम एफसी टिम ‘ए’ ले टिम एमएम एफसी टिम ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दे च्याम्पियन बनेको हो । च्याम्पियन बनेको टिम ‘ए’ ले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको एमएम एफसी टिम ‘बि’ ले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्याे । सो प्रतियोगितामा पोखरा महानगरपालिका १५ भित्रको कुल २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई मुख्य प्रायोजक फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीका सञ्चालक गंगा बहादुर खड्का, तथा पोखरा महानगरपालिका १५ का जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
हेमजा: पोखरा महानगरपालिका २५ हेमजामा शनिबारदेखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ मा पोखरा महानगर १ बगरको टोलीले विजयी सुरुवात गरेको छ । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ हेमजा युनाइटेडको आयोजनामा भएको उद्धघाटन खेलमा आयोजक वडा २५ हेमजालाई २–० गोलको अन्तरले हराउँदै बगरले विजयी सुरुवात गरेको हो । वडा १ को जीतमा खेलको ३४ औं मिनेटमा राजु तामाङले पहिलो गोल गरे । यस्तै खेलको ५३ औं मिनेटमा बगरका अन्तिम गुरुङले दोस्रो गोल गर्दै जीतको सुनिश्चित गरे । असार ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद रु १ लाख ११ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद रु ५५ हजार ५ सय ५५, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजारले पुरस्कृत गरिनेछ । यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र फरवार्डलाई जनही नगद रु २ हजारकोसाथमा ट्रफी प्रदान गरिने छ । यसअघि प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले उद्धघाटन गरे । सो अवसरमा बोल्दै तिम्सिनाले हेमजा क्षेत्रका विभिन्न खेलकुदका राष्ट्रिय खेलाडीहरुको स्मरण गर्दै हेमजा खेलकुदको उर्भर भूमि भएको बताए । गौरीशंकार खेलमैदानको पूर्वाधार विकासका लागि महानगरले गत बर्ष ४० लाख बजेट विनियोजन गरेको बताउदै जारी हेमजा भेट्रान्स कपका लागि ४ लाख रकम सहयोग गरेको उल्लेख गरे । कार्यक्रमको अवसरमा हेमजा हनुमानचोक निवासी सिता सापकोटाले २०७९ माघ १ गते यति एयरलायन्सको जहाज दुर्धटनामा परि निधन भएका छोरा स्व: राजन सापकोटा र बुहारी स्व:अनिषा सापकोटाको स्मरणमा हेमजा यूनाइटेडद्धारा संचालन गरिएको फुटबल ऐकेडीमिका लागि २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरेकी थिइन् ।
पोखरा: नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताउनु भएको छ । शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उहाँको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उहाँले भन्नुभयो । त्यसको लागि पब्लिक प्राइभेट पार्टनरसिप (पिपीपी) मोडल मार्फत जनतालाई समेत उद्योगको शेयर दिने खालका कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड छ । विगतका गुणगान मात्र नगाएर सुन्दर भविष्य निर्माण गर्न विना अन्यौल अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘अब हामी विगतका गुणगान गाएर समय बर्बाद गर्न सक्दैनौं, जे भयो धन्यवाद नै छ, हामी वर्तमानमा उभिन्छौ र भविष्य बनाउन विना अन्योल जानुपर्नेछ’ उहाँले थप्नुभयो । नेपाली मोडलको समाजवादको अर्थतन्त्र कस्तो हुने भन्नेमा छलफल चलाउनुपर्ने भन्दै बुद्धिजीवीलाई त्यसको अगुवाई गर्न आग्रह गर्नुभयो ।
पोखरा: सुरौदी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगपालिका ३३ बरपौवाका ९ वर्षीय गणेश बिक रहेका छन् । शनिबारदेखि बेपत्ता भएका बालकको शव कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले आज बिहान साढे ८ बजे सुरौदी खोलामा निर्माणाधिन पुलको खाल्डोमा फेला पारेको हो । सो विषयमा थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । गत हप्तामा फुस्रे खोलामा डुबेर कुश्मा नगरपालिका पर्वतका २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको थियो । यो पनि पढ्नुहोस फुस्रे खोलामा डुबेर कुश्माका सुवेदीको मृत्यु
पोखरा: पोखरामा भदौ दोश्रो साता ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा आगामी भदौ १४ र १५ गते खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसन हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । दुई दिनसम्म हुने कार्यक्रम पोखरा सभागृह हलमा हुने जनाइएको छ । ‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा कक्षा ८ देखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउने पोखरा सांगीतिक कलाकार संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । पहिलो संस्करणमा ईन्टर कलेज व्याण्ड कम्पिटिसन आयोजना गरेको संघले यसपटक प्रतियोगितालाई परिमार्जन गर्दै ईन्टर स्कुल व्याण्ड कम्पिटिसन गर्न लागेको उनले प्रष्ट्याए । स्कुल र कलेजका विद्यार्थीबीच प्रतिष्पर्धा गराउँदा लेभल मिलेन,उनले भने,‘त्यसैले यस पटकदेखि विद्यालय स्तरिय प्रतियोगिता गर्ने निर्णय ग¥यौं’–उनले भने । ग्रास रुटबाटै कला र संगीतका प्रतिभा खोज्ने र उनीहरुको प्रतिभा निखार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । प्रतियोगितामा सहभागिताका लागि स्कुल लेभलका व्याण्डहरुले फारम भर्नुपर्ने संघले जनाएको छ । फारम भरेकाहरुले भिडियोमार्फत डिजिटल अडिसन दिनुपर्ने र सो प्रस्तुतीका आधारमा छनौट गरिने संघका अध्यक्ष गुरुङले जानकारी दिए । त्यसपछि फिजिकल अडिसन दिनुपर्ने र सो राउण्डमा स्कुल व्याण्डहरुले गण्डकी प्रदेशका सर्जकहरुको गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको छ । त्यसमा छनौट भई फाईनलमा पुगेकाहरुले एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकहरुको गरेर दुईवटा गीत प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए । सोहि प्रस्तुतीका आधारमा बिजेता, उपबिजेतालगायतको घोषणा गरिने उनको भनाई छ । प्रतियोगिताले पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने संघको विश्वास छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा शिक्षासँगै सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने अध्यक्ष गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’–उनले भने । संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ । पत्रकार सम्मेलनमा सहभागि प्याव्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले स्कुल स्तरमा संगीतको माहौल बनाउन प्रतियोगिता सहयोगी भएको बताए । स्कुलमा संगीत पहिलेपनि सिकाउने गरिन्थ्यो,उनले भने,‘तर सिकाएको परिणाम कस्तो छ भन्ने थाहा हुँदैनथ्यो । प्रतियोगिताले हाम्रो स्तर र सुधार्नुपर्ने कुरा उजागर गरेको छ । यसले स्कुलमा संगीतको माहौल बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’ उनले प्रतियोगिताका लागि प्याव्सन कास्कीले न्यूनतम ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमापनि सहयोगलाई निरन्तरता दिने बताए । प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, बेस गिटा, उत्कृष्ट ड्रमर, पव्लिक च्वाईस र जज च्वाईस लाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट ल्याएको छ । गण्डकी प्रदेश सभाको छैटौं अधिवशेनको १३ औं बैठकमार्फत अर्थमन्त्री डा. टकराज गुरुङले आज (शनिबार) बजेट सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको बजेटको पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ र चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार विनियोजित गरिएको छ । सो बजेटमा कृषि, पर्यटनलाई मुख्य प्राथमिकतामा राखिएको छ । हेर्नुहोस् पूर्णपाठ:-
पोखरा: पोखरा महानगरपालिकाको प्रतिनिधित्व गर्दैै ड्रागन बोट रेस खेल्न चीन पुगेको नेपाली टोलीले डबल स्वर्ण जित्दै च्याम्पियन बनेको छ । चीनको तिब्बतमा गत २८ गते (जुन १० तारिख) भएको दुइवटा इभेन्टमै नेपालले स्वर्ण जित्दै च्याम्पियन बनेको हो । पोखराको प्रतिनिधित्व गरेको १५ सदस्यीय टोलीले शिल्ड, स्वर्ण पदक, प्रमाणपत्रसहित कुल नेपाली रु ६ लाख ३० हजार प्राप्त गरेको हेड कोच निम बहादुर मगरले जानकारी दिए । उनका अनुसार सय मिटर र २ सय मिटरमा भएको प्रतिस्पर्धामा चीन, सिंगापुर लगायत देशका ८ टिमलाई पछि पार्दै नेपाल च्याम्पियन बन्यो । सय मिटर र २ सय मिटरमा च्याम्पियन बनेको नेपालले चिनियाँ नगद ३५ हजार आरएनबी जितेको थियो । १५ सदस्यीय खेलाडी टोलीसहित पोखरा महानगरपालिकाबाट कुल २९ जना ड्रागन बोट रेसका लागि चीन गएका थिए । प्रशिक्षणका लागि समयमै ड्रागन बोट पाएका थिएनन् खेलाडी जल खेल (र्याफ्टिङ, कायाकिङ) को नेपालको राष्ट्रिय कोचसमेत रहेका निमबहादुर मगरले समयमै प्रशिक्षणका लागि ड्रागन बोट पोखरा महानगरले उपलब्ध नगराएपनि डबल स्वर्ण जित्दा खुशी लागेको सुनाए । उनले नेपालमै पहिलोपटक पोखरामा भएको ड्रागन बोट रेसमा आफुहरु च्याम्पियन बन्न नसकेपनि चीनमै गएर स्वर्ण जित्नुले खेलाडीको हौसला बढेको बताए । ‘तालिमका लागि हामीलाई समयमै ड्रागन बोट उपलब्ध भएन । तालपारी पुगेर २४ फुटे काठको डुंगा खोजेर ट्रेनिङ गर्याै । तैपनि चीनमा पुगेर डबल स्वर्ण जितेका छौं, उनले भने, ‘यो जितले खेलाडीको मनोबल बढेको छ र थप हौसला त मिलेको छ । अझ महानगरकै लागि खेल्ने भएपछि त्यही अनुसारको प्रबन्ध मिलाउनुपर्ने थियो । तालिमका लागि त्यो भएन आगामी दिनमा त्यसतर्फ ध्यान दिनुपर्छ ।’ प्रशिक्षक मगरले काठको डुंगा र ड्रागन बोटमा धेरै नै फरक हुने बताए । ‘खेल्नुपर्ने कार्वनको प्याडलसहितको ड्रागन बोट छ । हाम्रो तालिम काठको बहना र काठकै डुंगा, अनि रिदम, पेस्ट कहाँ मिल्छ त ? तैपनि हाम्रो केटाहरुले तानेरै जिताए । त्यसमा म खुशी छु ।’ उनले भने । फेवातालमा करिब ३ साता प्रशिक्षण गरेको उक्त टोलीलाई पोखरा महानगरले अन्तिम समयमा मात्रै ‘ड्रागन बोट’ दिलाएको थियो ।