गण्डकी मेडिकल कलेजले शिक्षण अस्पताल र शैक्षिक भवन बनाउँदै

पाेखरा | भदौ १३, २०८१

गण्डकी मेडिकल कलेजले शिक्षण अस्पताल र शैक्षिक भवन बनाउँदै

पोखरा:    गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले निर्माण गर्न लागेको शिक्षण अस्पताल र शैक्षिक भवनको शिलन्यास गरिएको छ । 


पोखरा महानगरपालिका–२७ रिठ्ठेपानीमा निर्माण गर्न लागिएको मेडिकल कलेजको शिक्षण अस्पताल र शैक्षिक भवनको बुधबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको हो । 


गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले पोखरा–२७ रिठ्ठेपानीमा रहेको आफ्नै स्वामित्वमा रहेको जग्गामा बि.डि.एस, नर्सिङ तथा अन्य शैक्षिक कार्यक्रम सञ्चालन रहेको पुरानो भवन नजिक करिव ३ अर्बको लगानीमा ७५० शैयाको अत्याधुनिक शिक्षण अस्पताल निर्माण गर्न लागेको हो । 


यस्तै प्रालिले पोखरा–२७ छत्रेढुङ्गामा समेत करिव १ अर्बको लागतमा शैक्षिक भवनको समेत निर्माण सुरु गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.रविन्द्र प्रसाद श्रेष्ठले बताए ।


उनले दुवै भवनको निर्माण कार्य करिव २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आज शिलन्यास गरिएको बताए । 


पोखरा महानगरपालिका–९ स्थित गण्डकी मेडिकल कलेजको अस्पतालबाट सेवा प्रदान गर्दै आएपनि पोखराको जनघनत्व बढ्दै गएपछि सेवाग्राहीको समेत चाप बढेपछि कम्पनीको स्वामित्वमा रहेको जग्गामा भवन बनाउन लागिएको बताए । 


स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति तथा स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यले वि.स.२०६४ सालमा स्थापना भएको गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले  भवनमा ५ अर्व लगानी गरिसकेका बताएको छ । 


गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले स्नातक (एम.वि.विएस÷बि.डिएसतर्फ ६सय ५९ र नर्सिङ तथा एलाईड साईन्सेजतर्फ २सय २१ जना र स्नातकोत्तर (एम.डि÷एम.एस तथा एम.पि.एच तर्फ  गरी ५० जना )दक्ष जनशक्ति तयार गरेको जनाएको छ । 


गण्डकी मेडिकल कलेजमा करिव १ हजार २ सयलाई रोजगारी र वार्षिक रुपमा करिव २ लाख जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.श्रेष्ठले बताए । 


नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तरर्गत सञ्चालित विभिन्न निशुल्क सेवाहरु डायलासिस, आमा सुरक्षा कार्यक्रम, क्यान्सर रोगको उपचार, मस्तिष्क घाट र डिओटियस (क्षयरोग) कार्यक्रमसँगै नेपाल सरकारबाट सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ । 

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्