शुभकामना आमा समुहको अध्यक्षमा पार्वती

पाेखरा | भदौ १४, २०८१

शुभकामना आमा समुहको अध्यक्षमा पार्वती

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ घारिपाटनस्थित शुभकामना आमा समुहको २२ औ साधारण सभा एवम् ११ औं अधिवेशनले पार्वती कुमारी खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । 


दुई बर्षे कार्यकाल रहेको समुहको उपाध्यक्षमा मिना द्धारे खाँण, सचिवमा सिर्जना खनाल, सहसचिवमा लेस्ली ठुसाजु, कोषाध्यक्ष निरमाया के.सी र सदस्यहरुमा ज्योती कार्की, लक्ष्मी सापकोटा गिरी,टिका देवी पौडेल, सुवेदी, विमला सुनार, राधा कार्की, मिठु द्धारे खाँण, सन्तोषी गुरुङ रहनु भएको छ । 


पोखरा १७ का वडाअध्यक्ष राधिका शाहीले अधिवेशनको उद्घाटन गर्दै समाजको समग्र विकास निर्माणमा  आमा समुहले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । टोल छिमेक्म्ँ देखिएका विकृती तथा विसंगतिको अन्त्यका लागि आमाहरु संगठित भएर लाग्नु पर्नेमा उहाँको जोड थियो ।


म्युजियममार्ग टोल सुधार समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले विभिन्न संघसस्थाको नेतृत्वले आफु नभई समाज केन्द्रीत हुनु पर्नेमा जोड दिंदै आमा समुहहरु क्षमता अभिवृद्धि गर्दै आयआर्जनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।


आमा समुहमा आवद्ध परिवारका जेष्ठ नागरिक एवम् दश जोड दुई उत्तिर्ण विद्यार्थीलाई सम्मानपत्र र खाँदाले सम्मान गरिएको कार्यक्रममा समुहका सदस्यले सामुहिक दर खानुका साथै तीज पर्वको आवरमा शुभकामना आदान प्रदान गरेका थिए ।


समुहका अध्यक्ष कोकिला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समुहका पूर्व अध्यक्ष हिरा अधिकारी, हिमालय बोर्डिङ स्कूलका प्रिन्सिपल डा. टेकनारायण पौडेल, समाजसेवी लिलाबहादुर जिसी, नारिशक्ति जागरण आमा समुहका अध्यक्ष पियारी गुरुङ, पूर्व सहसचिव विष्णुबहादुर द्धारे खाँण, घारिपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र पौडेल, सम्मानित विद्यार्थी सम्पन्न श्रेष्ठ, लगायतले आमा समुहको महत्व माथि प्रकाश गर्नुभएको थियो । 


समुहका कोषाध्यक्ष गंगा कुँवरले आर्थिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा  समुहका उपाध्यक्ष अन्जु गुरुङ, सचिव मिना द्धारे खाँण, सहसचिव सिर्जना खनालले समुहले नेतृत्व विकास र बुटिक जुत्ता बनाउने तालिम लगायत विविध गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराउनु भएको थियो ।
२०५३ सालमा स्थापना भएको आमा समुहले रातोपैह्रास्थित संग्रहालयचोक वहुदेश्यीय भवनका साथै उपल्लो रातोपैरामा शक्तिदेवी मन्दिर निर्माण गर्नुका साथै म्यूजियम मार्गमा चार आना जग्गा समेत खरिद गरेको छ ।

  

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्