अर्चलेमा बन्यो, लेखनाथ पौड्यालको सालिक
पाेखरा | भदौ १४, २०८१
लेखनाथ: पोखरा महानगरपालिका २७ अर्चलेमा स्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।
सो पार्कको पोखरा महानगरका प्रमुख धनराज आचार्य र पश्चिम पृतना विजयपुरका पृतनापति उपरथी सन्तोष वल्लभ पौडेलले आज सयूंक्त रूपमा अनावरण गरे ।
कवि पौड्यालको जन्मस्थान अर्चलेमा उनको सम्झनामा सालकसहितको स्मृति पार्क निर्माण गरिएको हो ।

सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पौड्यालको सम्झनासँगै सम्मान मिल्ने धारणा राखे । उनले पोखरा पर्यटकीय राजधानी मात्रै नभई साहित्यको उर्भर भूमीको रुपमा समेत परिचित रहेको बताएका थिए ।
सो कार्यक्रमको अवसरमा पार्क निर्माण गर्न सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । सो स्मृति पार्कबाट उत्तरमा लहरै माछापुच्छ्रे, धवलागिरी तथा अन्नपूर्ण लगायतका हिमश्रृङखलाहरु देख्न सकिन्छ ।

यि हुन् कवि पौड्यालका कृतिहरु:-
-ऋतु विचार (खण्डकाव्य) - १९७३
-वुद्धिविनोद (कविताकृति) - १९७३
-सत्यकलि संवाद (कविताकृति) - १९७६
-सत्यस्मृति - २००९
-मेरो राम - २०११
-त्याग र उदयको सन्देश - २००१
-गीताञ्जली (कविताकृति) - १९८६
-तरुण तपसी (नव्यकाव्य) - २०१०
-लक्ष्मीपूजा (नाटक) - १९९४
-गौरी-गौरव (नाटक)
-लालित्य (कविता सङ्ग्रह भाग १, २)
-भाग २-२०२५ -गीतासागर - श्रीमद्भगवत गीताको भावसार
-भर्तृहरि निर्वेद (राममणि आ.दी.का साथमा) वि.सं.१९७४
-पञ्चतन्त्र (नेपाली अनुवाद)
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

