पोखरा:   यस वर्षको ‘हुतराज श्रेष्ठ स्मृति पर्यटन पुरस्कार’ बाट गण्डकीका २ जना पर्यटनकर्मी पुरस्कृत भएका छन् । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सातौं वार्षिक साधारण सभा तथा चौथो अध...

पोखरा:   गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेको फणिन्द्र देवकोटाको पद गएको छ ।   प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना सुनाएका हुन् ।   संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ ।   सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७अनुसार प्रदेश सभामा जानकारी गराएका हुन् ।   यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।

पोखरा:   अमेरिकाको वासिङ्टन डिसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी जाने भएका छन् ।   मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययनर कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुविज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रविना पौडेल जान लागेका हुन् ।    उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाइ गरिन् ।    उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट गरेको मदरल्याण्डबाट चार जना पर्न सफल भएका हुन् ।     विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्यय सुरक्षा, सस्कृतीका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्ने छन् ।     उनीहरुले २१ दिन सम्म अमेरिकामा रहेर अन्य देशका युवाहरु सँगै युवा नेतृत्व कार्यक्रममा सहभागीता जनाउने छन् ।    विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतले विद्यार्थीलाई पढाई र सिकाईसँगै भए छिटो सिक्न सक्ने बताइन् । उनले विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीहरुलाई पनि सिकाउदा अझ फलदायी हुने बताइन् ।    कार्यक्रममा विद्यालयका प्रिन्सीपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउदै त्यसै अनुसार नै विद्यार्थीहरु छनौट भएको बताए ।   उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाइ सँगै खेलकुद, हाजिर जवाफ, अतिरिक्त क्रियाकलापहरु गराउदै आएको बताए ।   

पोखरा:    रङ्गशालामा जारी यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसतर्फ सिंगल्सका खेल सुरु भएको छ ।    रङ्गशालाको टेबल टेनिस हलमा बिहीबार बिहानैदेखि छात्र तथा छात्रा सिंगल्सतर्फका खेल सुरु भएका हुन् ।   यस स्पर्धामा २ स्वर्ण, २ रजत र ४ कास्य पदका लागि खेल भइरहको कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिए ।    बुधबार डबल्सको खेल सकेर केही खेल सिंगल्सतर्फको खेल खेलाइएको उनले बताए ।   यो पनि पढ्नुहोस   पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा ६ सय ७० बढीकाे सहभागिता हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिता सुरु यू–१५ विद्यालय खेलकुद: बुद्धिचाल प्रतियोगिता शुरु यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: लुम्बिनीलाई हराउँदै गण्डकीको विजयी सुरुवात यू–१५ प्रतियोगिता: टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण, ३ रजत यू–१५ विद्यालय खेलकुद प्रतियोगिताः रग्बीका १० खेल सकिए यू–१५ विद्यालय खेलकुद प्रतियोगिता: बुद्धिचाल जारी     टेबल टेनिसका सबै पदकको टुङ्गो बिहीबार नै लाग्ने उनले जानकारी दिए ।   बुधबार भएको सिंगल्सतर्फ बागमतीले ३ स्वर्ण, ३ रजत पदक प्राप्त गरेका थिए भने गण्डकी, कोशी र लुम्बिनीले २२ कास्य पदक पाएका थिए ।     

पोखरा:    पृथ्वीनारायण क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा २ जना महिलाहरुलाई कुटपिट गरी उनीहरको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।  क्याम्पसको पछाडीतर्फ रहेको खाली चौरमा महिलालाई कुटपिट गरी उनीहरुको मोबाइल चोरी गरेको आरोपमा प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको हो ।  आइतबार क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलालाई अपरिचित व्यक्तिहरुले लछारपछार गरी खुकुरी समेत प्रहार गरी घाइते बनाएर उनीहरुको मोबाइल चोरी गरेको आरोपमा पोखराका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।  उनका अनुसार चोरी भएको मोबाइलसहित पोखरा महानगरपालिका–११ फुलबारी बस्ने ३२ वर्षीय सागर नेपाली र २१ वर्षीय सुजित नेपाली रहेका छन् ।  पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्ध कसूरमा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।   पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा  रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् ।   उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्रे सह–संयोजक गुरुङले बताए ।    सो प्रतियोगितामा पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको बताउदै विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

पोखरा:    ढुङ्गा, गिटी, बालुवा  तथा नदी तथा खानिजन्य  पदार्थको अनुगमन समिति कास्कीको  बैठक आज (बुधबार) सम्पन्न भएको छ ।   बै​ठकबाट कास्कीमा तीन महिना (असार, साउन र भदौ) नदीजन्य र खानिजन्य  पदार्थको उत्खनन बन्द गर्ने निर्णय गरेको छ । ढुङ्गा, गिटी, बालुवा  तथा नदि तथा खानिजन्य  पदार्थको संचालन मापदण्ड २०७७ ले व्यवस्था गरे अनुसार  सो निर्णय गरिएको हो ।     सो संचालन मापदण्ड अनुसार   असार, साउन र भदौ महिनामा नदी तथा खानीजन्य पदार्थको उत्खनन  गर्न नपाइने व्यवस्था अनुसार  उक्त निर्णय गरीएको  अनुगमन समितिका संयोजकसमेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।   उनले  विकास निर्माणका काममा बाधा नपुग्ने गरि विद्यमान कानुन  र मापदण्डको पालना गर्नुको विकल्प नरहेको भन्दै कडाइका साथ निर्णय  कार्यान्वयन  गर्न सरोकारवाला सरकारी निकायहरू र स्थानिय तहहरूलाइ आग्रह गरे ।   दर्ता नगरी अवैधरूपले मापदण्ड विपरित  संचालित क्रसर उद्योगहरूका कारण वातावरणीय र पर्यावरणीय संरचनामा प्रतिकुल असर पारेको गुनासो अत्याधिक बढेको कारण त्यस्ता  उद्योगलाई समेत  तत्काल बन्द गर्न पौडेलले आग्रह गरे ।   उनले सबै पालिकाहरूमार्फत उद्योगहरूले जेठ मसान्तभित्र  स्रोत खुलाएर  स्टक प्रमाणिकरण गरेका सामाग्री यो  अवधिमा पिक्रीवितरण र उपभोगमा कुनै बाधा नपर्ने सुनाए ।   नियमको पालना गर्ने सबालमा कोहि पनि कुनै  प्रकारको प्रभाव र दबाबमा नपर्न आग्रह गर्दै अवैध उत्खनन कार्य भएको पाइएमा तत्काल  जिल्ला समन्वय ,प्रशासन र प्रहरीलाई सूचना दिन पौडेको आग्रह छ ।   कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, जिल्ला समन्वय समिति  कास्कीका उप– प्रमुख सरिता माल, माछापुच्छ्रे गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, रूपा गाउँपालिकाका प्रमुख नवराज ओझा,  कास्कीका  प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका सह– संयोजक भरतमणी पाण्डे, कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका प्रमुख अरूण शर्मा, क्रसर व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष लिलाधर बराल,कास्कीस्थित पालिकाका  प्रमुख कार्यकारी अधिकृतहरू, अनुगमन समितिका सदस्यहरू  सहित विभिन्न सरोकारवाला व्यक्तिहरूले ढुङ्गा, गिटी, बालुवा, नदी तथा खानीजन्य  पदार्थको उत्खनन, ओसार पसार र विक्रीवितरण र उपभोगमा  देखिएका समस्या, चुनौती र निराकरणका सम्बन्धमा  आ –आफ्नो धारणा व्यक्त गरेका थिए ।  

पोखरा:   रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ ।   आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।   आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गर्नु भएको थियो । त्यसै गरी आज भएको छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ ।   गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको जितमा सौभाग्य पुनले १९ स्कोरको योगदान दिए ।   दोश्रो खेलमा कर्णाली प्रदेशले मधेष प्रदेशलाई १९–४ को स्कोरले जित निकाल्यो । कर्णालीको जितमा सृजना बडुवालले १५ स्कोरको योगदान दिनु भयो । छात्र तर्फ भएको खेलमा प्रिन्स कुसुवाको १८ स्कोरको मद्धतले मधेश प्रदेशले कर्णाली प्रदेशलाई ३१–२९ स्कोरले पराजित गरेको छ ।   आज लिग चरणका खेलहरु पोखरा रंगशालाको बास्केटवल कोर्ट र पोखरा रामघाटमा रहेको पुन समाज पोखराको बास्केटवल कोर्टमा जारी रहेका छन् । प्रतियोगितामा छात्रा तर्फ सुदुर पश्चिम प्रदेश बाहेक अन्य ६ प्रदेश र छात्र तर्फ ७ प्रदेशको सहभागिता रहेको छ ।    बिहान ७ः०० बजे देखि खेल सुरु हुने भनिए पनि प्राविधिक कारणवश करिब साँढे २ घण्टा पछि मात्र खेलहरु सुरु भएको थियो ।

पोखरा:    पृथ्वी राजमार्ग अन्तर्गत निर्माणाधिन पोखरा–मुग्लिन (पश्चिम खण्ड)को कोत्रेदेखि भत्केको चौकीसम्मको राजमार्गको दायाँ बायाँ शाखा बाटो निर्माणका लागि स्थानीयले माग गरेका छन् ।   पोखरा महानगरपालिका वडा ३२ खण्डमा पर्ने यस क्षेत्रमा राजमार्ग निर्माणको काम भैरहँदा शाखा बाटोहरू बन्नेतर्फ कुनै चासो नदेखिएको भन्दै स्थानीयले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।   तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिको संयोजनमा आज स्थानीयबासी एवम् सरोकारवाला निकायको प्रतिनिधिसहितको भेलामा यस खण्डमा शाखा बाटो, ढल निकास, लिंक रोड लगायतका विषयमा स्थानीयले ध्यानाकर्षण गराए ।   कोत्रे–भत्केको चौकी खण्डमा तल्लो गगनगौंडा लगायतका स्थानमा बजारीकरण बढीरहेपनि राजमार्ग निर्माण भैरहँदा शाखाबाटो निर्माणतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको तल्लो गगनगौंडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले बताए  ।    विद्यमान समस्याहरूको समाधानका लागि सहयोग समिति गठन गरी त्यसमार्फत आवश्यक पहलहरू अघि बढाउने भेलामा छलफल भएको उनले बताए ।   उनका अनुसार सडकको दायाँबायाँ तत्कालै आवतजावत सहज बनाउने उद्देश्यले त्यहाँ भैरहेको खेतीपाती, अन्य संरचना तथा टहरालाई १५ दिन भित्रमा हटाउनका लागि सूचनासमेत गरिएको छ ।   पोखरा महानगरपालिका ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले सडक निर्माणकै क्रममा रहेका कारण आत्तिनुपर्ने अवस्था नभएको बताए । उनले आवश्यक कुराहरूलाई सबैको साथ सहयोग एवम् संयुक्त प्रयासमा समाधान गर्न सकिने धारणा राखे ।   तल्लो गगनगौडा बजार व्यवस्थापन समितिका अध्यक्ष भुवानी प्रसाद पौडेलको अध्यक्षतामा एवम् नमुना शान्ति मार्गका सचिव राजन खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा ज्ञानज्योति विद्याकुञ्जका प्राचार्य अर्जुप्रसाद अधिकारी, तल्लो गगनगौंडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भरत थापा, समाजसेवीहरू खेम पुन, प्रकाशचन्द्र पागल, शिबबहादुर थापा, मोहनप्रताप खाँण, विष्णुबहादुर बस्नेत, हरिष्चन्द्र अधिकारी, मित्रबहादुर खत्री, भोजराज खनाल, टंकप्रसाद पौडेल लगायतले बोलेका थिए ।  

पोखरा:   पोखरा रङ्गशालामा आज (बुधबार) बाट सुरु भएको यु–१५ विद्यालय खेलकुद प्रतियोगितामा  मापसे (मादक पदार्थ सेवन) गरेर कोर्टमा पुगेपछि बास्केटबल खेलका संयोजकलाई  मैदान प्रवेशमा रोक लगाएको छ ।   मापेस गरेको प्रमाणित भएसँगै नेपाल बास्केटबल संघका कार्यालय सचिव तथा बास्केटबल खेल संयोजक रमेश खड्कालाई उनलाई बाहिर पठाइएको हो ।   खड्काले पोखरा रंगशालास्थित कोर्टमा बास्केटबल संघ गण्डकीको बोर्ड हटाउनु पर्छ भन्दै निहुँ खोजेपछि प्रदेश र संघका प्रतिनिधिहरुबबी केही समय विवाद भएको थियो ।   त्यही विवादकै कारण बिहान ७ बजे हुने भनिएको खेल करिब साढे ३ घण्टा पछि धकलिएको थियो ।   प्रतियोगितामा एथलेटिक्स, बास्केटबल, रग्बी, टेबलटेनिस, ब्याडमिन्टन र बुद्धिचाल गरी ६ खेलमा छात्र र छात्राहरुको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।   उनीहरुले ३८ स्वर्ण, ३८ रजत र ४६ कास्य पदकका लागि भिड्नेछन् ।