पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ 'आउटलेट'
पाेखरा | भदौ ९, २०८१

पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ ।
भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए ।
जोय ग्रुप द्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो ।
यो ग्रुपले एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताहरुको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ ।
जोयले राजधानी बाहिर पहिलो पटक पर्यटकीइ राजधानी पोखराको महेन्द्रपुलमा आफ्नो शाखा विस्तार गरेको हो ।
जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुल स्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।
नयाँ आउटलेटमा आकर्षक अफरहरु सहित एप्पल कम्पनीका उत्पादनहरु बिक्रि वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रिका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ ।
नयाँ आउटलेटबाट एप्पल कम्पनीका पाखरिहरुलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...