गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा कृष्ण जन्माष्टमीको शुभकामना

पाेखरा | भदौ १०, २०८१

गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा कृष्ण जन्माष्टमीको शुभकामना

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

 

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने जनाउँदै यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिनुभएको छ ।

 

यस्तै, सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

 

‘गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ ।

 

पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सदियौँदेखि मनार्इँदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ ।’

 

यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उहाँको भनाई छ ।

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्