उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता

पाेखरा | भदौ १३, २०८१

उद्योग बाणिज्य संघमा तेस्रो पुस्ता

पोखरा:    पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका सौगात थापा तेस्रो पुस्ता हुन् । 


पोखराको व्यवसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक थापा अघि कार्यसमितिमा तेस्रो पुस्ताको आगमन भएको देखिदैन । पहिलो र दोस्रो पुस्ताबाट अब नेतृत्व तेस्रो पुस्तामा रुपान्तरण भएको छ । 


प्रवन प्रजापति अध्यक्ष हुँदा कार्यसमितिमा मनोनित भएका सौगात तेस्रो पुस्ताका दरिला उम्मेदवार हुन् । सानै उमेर देखि जिम्मेबारी सम्हालेका सौगातले भाद्र २८ र २९ गते हुने उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका छन् ।


सौगात नयाँ पुस्ताका लागि उदाहरण हुन् । व्यवसायलाई परिमार्जित गर्दै गरिएको लगानीले समेत उनको व्यवसायिक आकार र आयतनमा फेरबदल ल्याएको छ । आजको आवश्यकता अनुसार बगैँचा रिर्सोट एण्ड स्पा रिनोभेसन हुँदैछ । 


३१ एभिन्युु नाम दिएर बन्दै गरेको मिक्सिड युुज ब्लिडिङले साच्चै पोखराको पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । 


नेपालकै नमुना ब्लिडिङमा होटल सँगै अन्य लक्जरी सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यका साथ सौगात लगानी गर्दैछन् । लेकसाइड स्थित सेन्टरपोइन्टमा रहेको अंशुभरा स्क्वायर मलले समेत सौगातको सोचलाई फरकपन दिएको छ । 


पोखराको चिप्लेढुंगामा रहेको पोखरा टे«डमलको बोर्ड अफ डाइरेक्टर समेत रहेका सौगातले आफ्नै सक्रियतामा उक्त व्यवसायलाई समेत परिमार्जित रुप दिँदैछन् ।  अंशुभराले अटोमोबाइल, रियल स्टेट, हस्पिटालिटी र वित्तीय संस्थामा लगानी गरेको छ । अंशुभरा अब ब्राण्ड बन्दै छ । एउटै छानामुनि सबै खालको सुविधा उपलब्ध गराउने हेतुले खोलिएको उक्त कम्पनिमा धेरै आश्रित छन् ।


व्यवसाय सँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता पाइन्छ । पोखरा उद्योग वाणिज्य संघमा आबद्ध भई व्यवसायीको हक, हित र अधिकारका लागि आवाजलाई बुलन्द बनाउने बाटोमा उनको यात्रा अगाडि बढ्दैछ । पछिल्लो समय राजनीतिमा अब युवा भन्ने भाष्य स्थापित भएको छ । 


गएको निर्वाचनबाट युवाहरु सदनमा नै पुगेको देखिन्छ । सामाजिक संस्थामा समेत युवाहरुको नेतृत्वदायी भूमिका देखिन्छ । सौगात थापा पनि युवाहरुको प्रतिनिधित्व गर्दै उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका छन् ।


उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवाहरुलाई प्रवेश गराउने उद्देश्य सौगातको छ । भन्छन्, “पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । 


युवालाई स्वरोजगार गराउने उद्देश्य स्वरुप अर्जुन पोखरेलको प्यानल लागिरहेको छ । हामी कुरा होइन काम गर्नका लागि आएका हौं । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं । यसमा हाम्रो टीम एकरुप भएर अगाडि बढ्छ ।”


बाणिज्य संघ अब युवाको नेतृत्वमा अगाडि बढ्दैछ । पोखरा उद्योग बाणिज्य संघको इतिहासमा नै पहिलो पटक तेस्रो पुस्ता कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएको भेटिन्छ ।


२०७१ सालमा सौगातका बुवा विन्दुकुमार थापाले उद्योग बाणिज्य संघको नेतृत्व सम्हालेका थिए । हाल उनी गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री छन् । बुवाकै पथमा हिडिरहेका सौगात रुपान्तरणमा विश्वास गर्छन् ।


उद्योग बाणिज्य संघको साख जोगाउन र सम्पूर्ण व्यवसायीलाई एकीकृत गराई उनिहरुको समस्यालाई समाधान गर्न थापाको उम्मेदवारी हो । सौगातले यसअघि नै दुई वर्षे कालमा उद्योग बाणिज्य संघलाई नयाँ स्वरुप दिन खोजे । 


नयाँ पुस्ताको नयाँ सोचमा उद्योग बाणिज्य संघ चल्नुपर्छ भन्ने धारणा उनको छ । आर्थिक मन्दीले पोखराका व्यवसायीले भोग्नुपरेका समस्यालाई समाधान गर्न पहल गर्ने उद्देश्य सहित सौगात अगाडि बढिरहेका छन् । उनको एउटै ध्येय “सबल, सक्षम, सुदृढ र आत्मनिर्भर उद्योग बाणिज्य संघ” हो ।

पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपमा मदरल्याण्ड सेकेण्डरी स्कुल लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।   पोखराको लेखनाथस्थित ईडेन गार्डेन क्र...

थप पढ्नुहोस्

काठमाडौं:    २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंकका तत्कालिन सञ्चालक÷प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा बाँके...

थप पढ्नुहोस्

काठमाडौं:   आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्वि...

थप पढ्नुहोस्