पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...

पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेज पोखरामा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ ।   आइएसएमटी कलेज पोखरामा अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीहरुलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए ।    उनका अनुसार कार्भिनलमा परिवर्तन ब्याण्डले सांगीतिक प्रस्तुती दिनेछन् । साथै, कलेजमा अध्ययनरत विद्यार्थीहरुले पनि सांगीतिक प्रस्तुती राख्नेछन् । उक्त कलेजले समय समयमा विभिन्न खालका गतिविधि तथा सामाजिक कार्यहरु गर्दै आएको छ ।   नयाँ गाउँस्थित आइएसएमटी कलेज पोखरामा बिबिए (बिजनेस)सम्बन्धमा बिएचएम, बिएस्सी आइटी, (सिएसई), बिएस्सी (एचओएनएस),साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।    आइएसएमटी ग्रुपले पोखरासँगै ,काठमाडौं, चितवन, विराटनगर र बुटवलमा पनि युनिभर्सिटी अफ सन्डरल्याण्डकै सम्बन्धनमा कलेज सञ्चालन गरी बिबीए (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी, आइटी (सिएसई), बिएस्सी (एचओएनएस), साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक र एमबिए लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।    

पोखरा:   प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ ।   संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन माघ २२ गते अधिवेशनको मिति तय गरेको हो ।   स्थापना दिवसका अवसरमा शुभकामना आदानप्रदानसहित अन्तर्क्रिया कार्यक्रम र 'प्रेस चौतारी पत्रकारिता सम्मान र पुरस्कार - २०८१' अर्पण पनि गरिने सचिव रञ्जन अधिकारीले जानकारी दिए ।   उपसमितिहरू गठन   अधिवेशन सम्पन्नार्थ विभिन्न उपसमितिहरू पनि गठन गरिएको छ । प्रतिवेदन लेखन समितिमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सचिव रञ्जन अधिकारी र कोषाध्यक्ष गिरिधारी पोखरेल छन् ।   सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार तथा मल्टिमिडिया संयोजन समिति गठन गरिएको छ । सदस्यहरूमा समाचारतर्फ अनुप पौडेल र अनिता घिमिरे, फोटोतर्फ सन्दीप खनाल, अर्जुन गाहा मगर ‘सुशान्त’ र भिडियोतर्फ सुरेश सुनार छन् ।   यसैगरी, आर्थिक संकलन तथा जनवर्गीय संगठन समन्वय उपसमितिको संयोजकमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी, सहसंयोजकमा कोषाध्यक्ष गिरीधारी पोखरेल तथा सदस्यहरूमा राजु गिरी र अनुप पौडेल छन् ।   उपाध्यक्ष बालकुमारी पौडेल ‘तारा’ को संयोजकत्वमा अतिथि निमन्त्रणा, सत्कार तथा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । सदस्यहरूमा सचिव रञ्जन अधिकारी, सहसचिव उमा आले मगर, सचिवालय सदस्य दीपा पौडेल, सञ्जय थापा, सुरक्षा श्रेष्ठ, अमृत कुमार भट्टराई र ऋषिराम दाहाललाई चयन गरिएको छ ।   सदस्यता नविकरण, मञ्च व्यवस्थापन तथा खाना, खाजा व्यवस्थापनको जिम्मेवारी कोषाध्यक्ष गिरीधारी पोखरेललाई दिइएको छ । रञ्जन अधिकारी, राजु गिरी र दीपक अधिकारीले सघाउनेछन् ।   प्रतिभा छनौट समिति गठन बैठकले ‘प्रेस चौतारी पत्रकारिता सम्मान तथा पुरस्कार २०८१’ छनौटका लागि प्रतिभा छनौट समिति पनि गठन गरेको छ ।   छनौट समितिमा शान्ति गुरुङ, केशव पाठक र केशवशरण लामिछाने छन् । पदेन सदस्यहरुमा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी रहनेछन् ।   प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल, शान्ति गुरुङ, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भइसकेका छन् ।   २०७९ बाट सुरू गरिएको पत्रकारिता सम्मान राजु भण्डारी, सावित्री खनाल, हुम तमु र मीना तमुलाई अर्पण गरिएको सचिव रञ्जन अधिकारीले जानकारी दिए ।   बधाई ज्ञापन   प्रेस चौतारी कास्कीले पत्रकार महासंघ गण्डकी र कास्कीको निर्वाचनमा विजयी भएका र नेपाल सरकारबाट नियुक्त भएकाहरूलाई बधाई ज्ञापन पनि गरेको छ ।   सूचना आयुक्त दुर्गा भण्डारी, प्रेस काउन्सिल नेपाल सदस्य केशवशरण लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।   यस्तै, नेपाल पत्रकार महासंघ गण्डकीको महासचिवमा निर्वाचित प्रेस चौतारीका केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख जमुना वर्षा शर्मा, सचिवमा निर्वाचित प्रेस चौतारी गण्डकीका उपाध्यक्ष रोश्नी गुरूङ र सदस्यमा निर्वाचित विजय नेपाललाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।   पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य माधवप्रसाद बराल, उपाध्यक्षमा निर्वाचित केन्द्रीय सदस्य कञ्चन थापा कोइराला, कोषाध्यक्षमा निर्वाचित केन्द्रीय लेखा आयोग सदस्य राजाराम पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।   यसैगरी, पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्यमा निर्वाचित उपाध्यक्ष बालकुमारी पौडेल (तारा) सहित सदस्यहरू राजु गिरी, पुनम थापा मगर, अर्जुन गाहा (सुशान्त), गौरव त्रिपाठी, तुलसीराम सुवेदी, रिखिराम जिसी, सुरेश सुनारलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।   केन्द्रीय परिषद् सदस्यमा निर्वाचित केन्द्रीय सदस्य आरजु विष्ट सल्यानी, प्रदेश परिषद् सदस्यमा निर्वाचित सल्लाहकारहरु केशव पाठक र राम गुरुङसहित खिमा कुमारी गुरुङ, खेम सारू मगर, गणेश कुमार श्रेष्ठ, विष्णु प्रसाद सापकोटालाई बधाई र शुभकामना व्यक्त गरेको छ । 

पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आज ज्योती मगरले प्रस्तुती दिदैं छिन् ।   महोत्सवको पाँचौ दिन आज (सोमबार) दिवाकालिन प्रहरमा ज्योती मगरसँगै शंकर विरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती रहने  महासचिव दिनेश सुनारले जानकारी दिए ।   उनका अनुसार बेलुकी लाइभ कन्सर्टतर्फ भने ‘डि फिरन्ते’को प्रस्तुती रहनेछ ।  

पोखरा:    पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन ।  युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम लगायतका दर्जन बढी गीत प्रस्तुत गरे । प्रकाशको प्रस्तुतीमा युवा देखी बृद्ध हरुले भरपुर मनोरन्जन लिए । आइतबार दुतराज संगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । त्यसैगरी हाँस्यब्यङग्य तर्फ दीपक थापाको प्रस्तुती र जादुमा समेत दर्शकले भरपुर मनोरन्जन लिए । आइतबार सांझको लाइभ कन्सर्ट तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको पाँचौ दिन सोमबार ज्योती मगर, शंकर बिरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ दि फिरन्तेको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।   चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बढ्दै जान लागेको छभने महोत्सवमा राखिएको स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको कक्षबाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एक जनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । त्यसैगरी मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन । महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिको स्टलबाट आइतबार पोखरा ८ का रविन्द बहादुर थापा र अमृत के भट्टराईले गोला प्रथाबाट निशुल्क भाषा कक्षाका लागि छनौट भएका महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । भिजन लिंकको स्टलबाट प्रत्येक दिन एक जनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षा भर्नामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।  फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखरा:   लेखनाथमा जारी २०औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् ।  महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक कारोबार भएको भन्दै महोत्सव सफलतातर्फ अगाडि बढेको आयोजकले दावी गरेको छ । महोत्सवमा एघारौं दिन सम्म आईपुग्दा हरेक दिन दर्शकहरुको भीडभाड उत्तिकै देखिएको भन्दै महोत्सव आयोजक मुल समितिका संयोजक विनोद श्रेष्ठले भने, “महोत्सवको एघारौं दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ, दर्शकहरुको उत्साहजन सहभागिताले आयोजकलाई उत्साहित बनाएको छ ।”  महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपुर्ण भुमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राखेको पाईएको अध्यक्ष श्रेष्ठले बताए । समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको भन्दै महोत्सवका सहसंयोजक राजेन्द्र ओझलाले भने “बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागी मनोरञ्जन लिने एउटै साझा मञ्च लेखनाथ महोत्सव सावित भएको छ । महोत्सव अन्त्यतिर आईपुग्दा धेरै उत्साहजनक नै छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे छ ।”  आयोजकलाई थप आगामी दिनका लागी समेत उर्जा थपेको भन्दै महोत्सवलाई सफलतातर्फ उन्मुख बनाउन मद्दत गर्नुहुने दर्शक तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै सहसंयोजक ओझाले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएको भनाईलाई थप पुष्टि गरेको दावी गरे ।  माघ १ गते महोत्सवको समापन हुने भएकाले यस पटकको महोत्सवले पनि लक्ष्य वरावरकै सफलता हात पार्न सक्ने अनुमान गरिएको छ ।  सुरुमा करिव दुई लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि महोत्सवको ११ औ दिन आईतवार मात्र करिव ..... हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म .... भन्दा बढि दर्शक मेलामा प्रबेश गरेको समापनपुर्व नै लक्ष्यको नजिक दर्शकहरु मेलामा आएकोे महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।   महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार पनि बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष धु्रववावु भटराईको भनाई रहेको छ ।  सुरुमा हामीहरुले करिव नौ करोड वरावरको आर्थीक कारोवार हुने अनुमान गरेपनि ११ औ दिनसम्ममा नै हामीहरु लक्ष्यको नजिक पुगेकाले महोत्सवले उच्च सफलता हात पार्नेमा विश्वस्त रहेको उनको भनाई रहेको छ । यसैविच आईतवार मात्र ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेको र १ करोड १० लाख बरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म ६ करोड ९५ लाख बरावरको कारोवार भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिईन । महोत्सवमा आईतबार लोकदोहोरी कलाकारहरु खुमन अधिकारी, प्रिती आले, विक्रम परियार, सुनितामी परियार, सुमन खड्का र मञ्जु वि.क. लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा भाष्करध्वज श्रेष्ठको डिमर्चा व्याण्डले स्टेज तताएको थियो ।  सोमबार कलाकारहरु लोकदोहोरीतर्फ प्रजापति पराजुली, तारापती सुवेदी, सरला पाण्डे, राजन कार्की, आशा केसी, लक्ष्मी नेपाली तारा थापा, प्रस्तुती रहने र बेलुका लाईभ कन्सर्टमा प्रमोद खरेलको परम्परा ब्याण्ड र स्थानिय ब्याण्ड सुजित एण्ड दि वार्यस व्याण्डको प्रस्तुती रहने कलाकार ब्यवस्थापन उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी(राजु) ले जानकारी दिएका छन् ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन ।  

पोखरा:  कास्कीको मादी गाउँपालिका–१ पर्यटकीय गाउँ सिक्लेसमा यही माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आज पोखरामा पत्रकार सम्मेलन गर्दै सिक्लेस माघे संक्रान्ति मेलाको बारेमा जानकारी दिएको हो ।  सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले क्लबको ३० औं वार्षिकोत्सव एवम् माघे संक्रान्तिको अवसरमा मेला आयोजना गरिएको बताए ।  ‘कास्कीको उत्तरी भेगमा अवस्थित सिक्लेस पर्यटकीय गाउँ हो, गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँमा हामीले माघ १ देखि ४ गतेसम्म सिक्लेस माघे संक्रान्ति मेला आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘ग्रामिण पर्यटन प्रवद्र्धनका लागि खेलकुदको माध्यमबाट आपसी भाइचाराको भावना विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित मेला आयोजना  गरिएको हो ।’ अध्यक्ष गुरुङले ४ दिनसम्म सञ्चालन हुने मेलामा खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला पुरुष बास्केटबल, गुरुङ गीतमा सामुहिक नृत्य, ठेलो प्रतियोगिताहरु आयोजना गरिएको बताए ।  उनका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै खुल्ला महिला भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला महिला भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  यस्तै खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खुल्ला पुरुष बास्केटबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ७ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । मेलाको अवसरमा नै आयोजना गरिएको गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेताले ४५ हजार र तेस्रो हुने समूहले ३० हजार, उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकले ५÷५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  यस्तै मेलाको अवसरमा नै आयोजना गरिएको ठेलो प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।    मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले मेलाले सिक्लेस लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।  ‘माघे संक्रान्ति मेलाको अवसरमा हामीले सिक्लेस लगायत नेपालकै कम उचाई अवस्थित क्हफुचे हिमताल, कोरी लेक लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्य पनि हो, वडाध्यक्ष गुरुङले भने ।   ४ दिनसम्म सञ्चालन हुने मेलामा करिव १३ लाख आम्दानी हुने अपेक्षा आयोजकले राखेको छ । पोखराबाट ४० किलोमिटरको दुरीमा पर्ने अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेसमा करिव २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल र होमस्टेको व्यवस्था रहेको छ ।  सिक्लेसबाट गुरुङ जातिको पैतृक थलो क्होलासोथर एकैदिनमै पुग्न सकिन्छ । साथै घलेखर्क, ताराहिल सिक्लेस पदमार्ग, गुरुङ सम्पदा पदमार्ग सिक्लेसको पर्यटन क्षेत्रमा थप आकर्षकको गन्तव्यको रुपमा रहेको छ ।   

पोखरा:    पोखरा महानगरपालिका वडा नं. १३ भद्रकालीमा नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडको प्राविधिक सहयोगमा निःशुल्क छात्ती तथा फोक्सो रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ। वरिष्ठ छातीरोग विशेषज्ञ डा. शैलेश गुरुङको नेतृत्वमा आयोजित शिविरमा ११३ जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा पल्मोनरी फङ्सन टेस्ट (पीएफटी)द्वारा ७१ जना बिरामीहरूको फोक्सोको स्वास्थ्य परीक्षण गरिएको थियो।  कार्यक्रमको उद्घाटन डा। चन्दन श्रेष्ठले गर्नुभएको थियो। शिविरमा जाडोयाममा दम, अस्थमा तथा सासप्रस्वासका समस्या बढ्ने भएकाले फोक्सोको नियमित परीक्षण आवश्यक रहेको सुझाव डा. शैलेश गुरुङले दिनुभएको छ। नाशिका मेडिकेयर प्रा.लि. र सिप्ला लिमिटेडका प्राविधिक प्रतिनिधि सञ्जिव रोक्काको सहयोगमा सम्पन्न उक्त शिविरले स्थानीयस्तरका बिरामीहरूलाई राहत दिएको छ।

पोखरा:   पोखराको अमरसिंह चौरमा जारी १३ औं पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकले उल्लेख्य सहभागीता जनाएका हुन । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएका स्टलमा समेत ब्यापार बढेको छ । महोत्सवको तेश्रो दिन शनिवार लोक तथा दोहोरी गायक सम्झना लामिछानेको प्रस्तुतीमा दशकले भरपुर मनोरन्जन लिए । लामिछाने संगै लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी नवु, सनम तामाङ लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका थिए । सांझको लाइभ ब्याण्ड तर्फ टुकीको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको चौथो दिन आइतबार महोत्सवमा लोक तथा दोहोरी गायक प्रकाश दुतराज, चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारी र हाँस्यब्यङ्ग्य तर्फ दीपक थापाको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । आइतबार सांझको लाइभ ब्याण्ड तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुती रहने छ । महोत्सवमा राखिएको आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको सेवा कक्षबाट आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रालि पोखरा ११ रानीपौवा बाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एकजनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । महोत्सवमा मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन । भाग्यशाली उपभोक्ताको घोषणा महोत्सवको अन्तिम दिन गोला प्रथाद्धारा महोत्सवको स्टेजबाट घोषणा गरि पुरस्कृत गरिने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन ।   महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिले महोत्सवमा राखिने स्टलमा भर्ना हुने विद्यार्थीहरु मध्येबाट गोलाप्रथाको माध्यामबाट दैनिक एकजनालाई निशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ । महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ ।  फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्नेछन 

पोखरा:    टेण्डी ब्राण्डको सिसीटिभी क्यामेराका बिक्रेताहरुका लागि नलेज शेयरिङ प्रोग्राम पोखरामा सम्पन्न भएको छ ।  पोखराको न्युरोडमा रहेको आयुषा ईन्टरनेश्नलकोे आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सिसिटिभि जडान प्रक्रिया, सिसिटिभिका विशेषता लगायतको बारेमा जानकारी दिईएको थियो । टेण्डी नेपालका लागि आधिकारीक बिक्रेता हाइटेक इन्टरनेश्नलको सहयोग र गण्डकी प्रदेशका लागि आधिकारिक बिक्रेता आयुषा इन्टरनेश्नलको आयोजनामा उक्त कार्यक्रममा गण्डकी प्रदेशका ८० वटा बिक्रेताहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा बोल्दै हाइटेक इन्टरनेश्नलका प्रमुख हरि कुमार श्रेष्ठले हाइटेकले मेमोरी, पेनड्राइभबाट शुरु गरेको ब्यापार, कम्प्युटर र ल्यापटप र ग्याजेटका प्रोडक्टहरु इन्पोर्ट र होलसेलको काम गर्दै आइरहेको र पछिल्लो समय टेन्डी सिसिटीभी क्यामेराको बिक्रीवितरण गर्दै आइरहेको बताए ।  नेपालमा टेन्डी ब्राण्डले बजार पाइरहेको सन्दर्भमा प्रवद्र्धन गर्दै बिक्री वितरण गर्ने काम गर्दै आइरहेको र ब्यापारको हिसाबले टेण्डी धेरै राम्रो ब्राण्ड बनेको बताए ।  टेण्डी ब्राण्ड क्वालिटीमा राम्रो रहेकाले ग्राहकहरुको रोजाइमा परेको श्रेष्ठको भनाइ थियो ।  ब्यापार गरेर सरकारलाई कर तिर्न समेत बिक्रेताहरुलाई आग्रह गर्दै श्रेष्ठले  ग्राहक सन्तुष्ट रहेको खण्डमा प्रोडक्टलाई प्राथमिकतामा राखेर काम गर्न समेत बिक्रेताहरुलाई आग्रह गरे ।  ब्राण्डकै कारण बजारमा लोकल ब्राण्डका सिसिटिभी क्यामेराहरु विस्थापित भइसकेको उनको भनाइ रहेको थियो । कार्यक्रममा टेण्डी टेक्नोलोजीस कम्पनी लिमिटेडका नेपालका लागि सेल्स डाईरेक्टर  नवीन भण्डारी  र नेपालका लागि आधिकारिक बिक्रेता हाईटेक ईन्टरनेश्नलका टेक्निकल म्यानेजर शिव बस्ताकोटीले सिसिटीभी क्यामेराको जडान प्रविधी, हालै बजारमा आएका सिसिटिभी क्यामेराको प्रविधीको बारेमा बिक्रेताहरुलाई जानकारी दिएका थिए ।