पूर्वाञ्चललाई ७ गोल प्रहार गर्दै फुटसलमा इक्यान कास्की च्याम्पियन

चितवन | बैशाख ७, २०८२

पूर्वाञ्चललाई ७ गोल प्रहार गर्दै  फुटसलमा इक्यान कास्की च्याम्पियन

पोखरा:   नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनद्वारा आयोजित अन्तर इक्यान राष्ट्रिय फुटसल प्रतियोगितामा इक्यान कास्की च्याम्पियन बनेको छ ।

 

शनिबार भएको फाइनल खेलमा पूर्वाञ्चललाई ७–० गोल अन्तरले हराउँदै कास्की च्याम्पियन बनेको हाे।

 

च्याम्पियन बनेसँगै इक्यान कास्कीले ६६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्याे ।

 

उपविजेता इक्यान पूर्वाञ्चलले ३६ हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल हात पार्याे ।

 

सात टिमको सहभागिता रहेको फुटसल प्रतियोगिताका विजेता र उपविजेता टिमलाई इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल लगायतले पुरस्कार प्रदान गरे ।

 

प्रतियोगितामा काठमाडौं, कास्की, पूर्वाञ्चल, मकवानपुर र रुपन्देहीबाट एक/एक टिम र आयोजक टिम चितवनबाट २ टिम सहभागी रहेको थियाे  ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्