गरुड सेक्युरिटिजका सुरक्षागार्डले ठमेलको छायाँ सेन्टरमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भनेपछि निम्तिएको लफडापश्चात् आज बिहानै मन्त्री श्रेष्ठले स्टाटस लेखेका छन् । स्टाटसमा मन्त्री श्रेष्ठले पब्लिकबाट आएको प्रतिक्रियाले ध्यानाकर्षण भएको भन्दै आफ्नो सेक्युरिटीमाथि दुव्र्यवहार भएको उल्लेख गरेका छन् । ‘त्यो घटनामा लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुव्र्यवहार गरिएकाले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो’ उनले लेखेका छन् । साथै, मन्त्री श्रेष्ठले घटनाबारे सत्य तथ्य बुझेरमात्र प्रतिक्रिया दिन र सबै नेता, मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रहसमेत गरेका छन् । पक्राउ परेका गुरुङलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राखिने भएको छ । उनलाई अभद्र व्यवहार सम्बन्धमा जाहेरी दर्ता भएको छ । गुरुङ् हाल दरबारमार्ग प्रहरी प्रभागको थुनामा छन् ।
कास्की : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट नौ गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस हुनुभएको छ । यसैगरी प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस हुनुभएको एमालेले जनाएको छ । क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस हुनुभएको छ । क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।
लमजुङ : नेकपा (माओवादी केन्द्र) का महासचिव एवं संसदीय दलका प्रमुख सचेतक देव गुरुङ प्रत्यक्षतर्फ पुनः प्रतिनिधिसभा सदस्यका लागि लमजुङबाट उम्मेदवार सिफारिस हुनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको आज बसेको दोस्रो पूर्ण बैठकले महासचिव गुरुङको नाम सिफारिस गरेको हो । उक्त बैठकले महासचिव गुरुङसँगै प्रत्यक्षतर्फ स्थायी कमिटी सदस्य देवेन्द्र पराजुलीको नाम पनि सिफारिस गरेको छ । माओवादी केन्द्रका महासचिव गुरुङ २०७४ सालको निर्वाचनमा पनि लमजुङबाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार गुरुङले ३९ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको थियो । मनाङको नासों गाउँपालिका–४, ओडारगाउँ घरभई पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आउनुभएका गुरुङको दोस्रो पटक प्रतिनिधिसभाका उम्मेदावर बन्न लाग्नुभएको हो । समानुपातिकमा पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी गुरुङ, ऋषिराम पौडेल र उर्मिला माझीको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) को प्रत्यक्षतर्फ अधिकारी गुरुङ, मेखबहादुर भण्डारी, हरिजङ तामाङ र होमबहादुर विकको नाम सिफारिस भएको छ । केन्द्रीय सदस्य एवं मन्त्री अधिकारी गुरुङ प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतपर्फ दुवैबाट सिपफारिस हुनुभएको छ । प्रदेश (ख) मा केन्द्रीय सदस्य विमल अधिकारी र जिल्ला सचिव रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ । बैठकले प्रदेशसभामा समानुपातिकमा जनजाति महिलामा सतिमाया तामाङ, आदिवासी जनजाति पुरुषमा टकराज गुरुङ, दलित पुरुषमा सुनिल सुनार, देवबहादुर गहतराज, खसआर्य महिलामा शोभा थापा, खसआर्य पुरुषमा निराजन कुँवर र दयासागर घिमिरे, अल्पसङ्ख्यकमा नन्दबहादुर कुमाल, दलित महिलामा जुना विक, अजय तामाङ र मुस्लिमतर्फ मोहमद जलालदिन मियाको नाम सिफारिस गरेको छ ।
गोरखा : नेकपा एमालेबाट मिलन गुरुङ (चक्रे मिलन) लाई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सिफारिस भएको छ। दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नम्बर २ का अध्यक्ष देवीबहादुर बस्नेतले बताए। ‘हामीले उहाँहरुको नाम जिल्ला कमिटिमा पठाउने हो’ उनले भने। यस्तै गोरखा क्षेत्र नम्बर १ मा गण्डकी प्रदेशका पूर्व मन्त्री रामशरण बस्नेत, आरसी लामिछानेको नाम सिफारिस भएको नेकपा एमालेका जिल्ला सचिव काजिराम रोकाले बताए। समानुपातीकतर्फ क्षेत्र नम्बर १ मा बिमला चेपाङ, कृष्ण नेपालीको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर २ मा समानुपातीकतर्फ एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर १ ‘क’ मा प्रत्यक्षतर्फ गोपाल पाण्डे, सुरेन्द्रबहादुर थापा, नानुमाया थापा, कपिल पोखरेल, बिशाल थापा, काजिराम श्रेष्ठ र देवेन्द्र श्रेष्ठ रहेका छन्। समानुपातिकतर्फ हरिचन्द्र श्रेष्ठ, पम्फा खत्री, रसिया मियाँ, काजिराम रोका, नवराज अधिकारी रहेका छन्। क्षेत्र नम्बर १ को ‘ख’ मा प्रत्यक्षतर्फ मोहन भट्टराई, आरसी लामिछाने, कृष्ण काप्री, तीर्थ नेपाली, प्रमिला खड्का रहेका छन्। समानुपातीक तर्फ सिफारिस हुनेमा सुरेशबाबु श्रेष्ठ, मीना बराम, टीकानारायण श्रेष्ठ, सन्तबहादुर गुरुङ, जीतबहादुर कुमाल, भीम सुनार, सन्तबहादुर नेपाली रहेका छन्। क्षेत्र नम्बर २ को ‘क’ मा प्रत्यक्षतर्फ राजु राना, बसन्तकुमार श्रेष्ठ, गम्भिरा बयलकोटीको नाम सिफारिस भएको छ। समानुपातीक तर्फ बसन्त गुरुङ, शान्ति चापागाई, बुद्धिबहादुर घले, बलराम थापा, टिकाराम नेपाली, बिनोदराज पन्त, महेन्द्र तिमिल्सिनालाई सिफारिस भएको छ। क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ कमल दानी, बसन्त गुरुङ र समानुपातिक तर्फ जिल्ला अध्यक्ष प्रेम गुरुङको नाम सिफारिस भएको एमालेले जनाएको छ।
पोखरा : आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट युवा नेता विवेक त्रिपाठीले प्रतिनिधिसभामा एमालेबाट चुनाव लड्न निवेदन दिएका छन् । एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी निवेदन माग गरेको थियो । कास्की एमालेमा मात्र हैन ठुला भनिएका राजनीतिक दलहरुमा समेत एमालेका त्रिपाठी सवै भन्दा कान्छा पाटी जिल्ला सदस्य हुन् । आफ्नो वाल्यकाल देखिनै विद्यार्थी राजनीतिमा समाहित भएका त्रिपाठी भारतीय नाका वन्दीको वेला लिफ्ट दिउ औ लिफट् लिऔ अभियान संचालन गरेर चर्चामा आएका थिए । अनेरास्वियुको इतिहासमा विद्याथीहको हितका लागी अनेरास्वियु प्रगतिशिल छात्रावृति अक्षयकोषका परिकल्पनाकार समेत हुन् । विद्यार्थी राजनीतिमा उमेर हद लागु गर्नु पर्ने भन्दै उनले विद्यार्थी राजनीतिबाट राजीनामा दिएका थिए । जिल्लाको १० औँ जिल्ला अधिवेशनमा खुल्ला सदस्य तर्फ लोक प्रिय मतका साथ चुनाव जितेर उनी सवै भन्दा कान्छो जिल्ला सदस्यमा निवार्चित भएका थिए । उनले आफ्नो अध्ययन पुरा भए पछि विद्यार्थी राजनीतिको केन्द्रीय सदस्यबाट राजीनामा दिएर खुल्ला रुपमा मुल धारको राजनीतीमा प्रवेश गर्ने स्वघोषणा गरेका थिए । एमाले निर्वाचन क्षेत्र ३ ले आज प्रतिनिधिस सभा सदस्यहरुको छनोटको लागी आहवान गरेको क्षेत्रीय संयोजक कर्ण गुरुङले जानकारी दिनु भयो । उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न एमालेबाट ९ जनाले आकांक्षा व्यक्त गरेका छन् । देवी सुवेदी जगत वि.क, गणेश गुरुङ , जगन्नाथ वास्तोला लगाएत रहेका छन् ।
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभाअन्तर्गतको विभिन्न समितिमा सदस्यको नाम हेरफेर गर्नुभएको हो । सांसद महेन्द्रकुमारी लिम्बू महिला तथा सामाजिक समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा, सरवत आरा खानम अर्थसमितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, सांसद प्रमिला राई अर्थ समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, कर्मा घले कानून, न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा, जिपछिरिङ लामा विकास तथा प्रविधि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा र मीना पाण्डे राज्य व्यवस्था तथा सुशासन समितिबाट विकास तथा प्रविधि समितिमा मनोनयन गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गर्नुभएको उक्त प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो । बैठकमा सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभा नियमावली, २०७५ नियम १०५ र नियम १११ का प्रावधानको सीमा छोट्याउन नियमावलीको नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसदहरु रामकुमारी चौधरी र प्रमोद साहले समर्थन जनाउनुभएको थियो । नियम निलम्बनको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।
पोखरा । नेकपा एमाले कास्कीले क्षेत्र नम्बर १ का लागि प्रदेश तथा प्रतिनिधि सभा सदस्यमा १५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा पूर्वमन्त्रीदेखि जिल्ला र नगरका पदाधिकारीसम्म छन् । सिफारिस हुनेमा उमा सिंह एक जना मात्रै महिला रहेकी छिन् । प्रदेश सभामा नाम सिफारिस भएका संगठन विभाग प्रमुख खगराज अधिकारीलाई प्रतिनिधि सभा सदस्यका लागि पनि सिफारिस गरिएको छ । पार्टी जिल्ला अध्यक्ष एवं हाल प्रदेश सभा सदस्य रहेका मन बहादुर गुरुङ पनि प्रतिनिधि सभाका लागि सिफारिस भएका छन् । एमाले कास्कीबाट क्षेत्र नम्बर १ का लागि सिफारिस हुनेहरुमा खगराज अधिकारी, दिलिप न्यौपाने, बैन बहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मन बहादुर गुरुङ, बाल सिह काउछा मगर, हिमालय बख्रेल, पदम प्रसाद पौडेल, मिलन सुबेदी, शङ्करनाथ पौडेल, पुष्पज्योती ढुङ्गाना, रामराज अधिकारी र पुष्प अधिकारी रहेका छन् ।
पोखरा । नेकपा एमालेले आउदो मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा उम्मेदवार सिफारिस गरेको छ । एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उक्त क्षेत्रको उम्मेदवारको रुपमा राजिव पहारीलाई सर्वसम्मत सिफारिस गरेको हो । एमाले कास्की ३ ख प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक सुरेन्द्र गुरुङका अनुसार उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न शनिबार एमालेबाट १० जनाले आकांक्षा व्यक्त गरेका थिए । पहारी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसद भएका थिए ।
म्याग्दी : म्याग्दीका राजनीतिक दलहरुले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया थालेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाङ्क्षीहरुको तल्लो कमिटीबाट नाम सङ्कलन गरेर छनोटको प्रक्रिया अघि बढाएका हुन् । नेपाली कांग्रेसले आकाङ्क्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाङ्क्षीको नाम सङ्कलन गरेको छ । नेकपा (एकीकृत समाजवादी) र राष्ट्रि प्रजातन्त्र पार्टीले उम्मेदवार सिफारिस गरेका छन् । नेकपा (एमाले) ले शनिबार प्रदेशसभा सदस्यका सम्भावित उम्मेदवारकोे विवरण सङ्कलन गरेको छ । एमालेबाट प्रदेशसभा क्षेत्र ९क०मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेता सन्तोष रावल, किरण सापकोटा, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल, प्रकाश पौडेल र बेलबहादुर चोखालले दाबी पेश गर्नुभएको छ । समानुपातिकतर्फ बिष्णु गुरुङ, गणेशबहादुर बानियाँ, जीवन विक, जफर हुसेन, खड्ग गिरी, यामकुमारी गर्बुजा र सिवानी ल्वागनले दाबी गर्नुभएको छ । यसैगरी प्रदेशसभा क्षेत्र (ख)को प्रत्यक्षतर्फ एमालेका गण्डकी प्रदेश अध्यक्ष तथा संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यशोदा रोकाले दाबी गर्नुभएको छ । समानुपातिकतर्फ खरमाया बिटालु, सिर्जना केसी, सिता गुरुङले दावी गर्नुभएको छ । प्रदेशसभाको क्षेत्रले सिफारिस गरेका, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका आकाङ्क्षीहरुको नाम सोमबार बस्ने जिल्ला कमिटी बैठकमा पेश र छलफल हुने एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले जानकारी दिनुभयो । कांग्रेस म्याग्दीको शुक्रवार सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र गण्डकी प्रदेश प्रतिनिधिसमेतको बैठकबाट प्रदेश निर्वाचन क्षेत्रबाट आएको सिफारिस र जिल्ला कार्यसमितिको बैठकमा उम्मेदवार बन्न आकाङ्क्षा राखेका ३२ जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’, संविधानसभा सदस्य रेशमबहादुर बानियाँ र पार्टी जिल्ला उपसभापति कर्णबहादुर भण्डारी ९केवी० सिफारिस हुनुभएको जिल्ला सचिव हिरा पुनले जानकारी दिनुभयो । प्रतिनिधिसभाको समानुपातिकतर्फ माधवप्रसाद रेग्मी, नेत्रबहादुर महत, हीराबहादुर पुन, मनकुमारी विश्वकर्मा, बिनाकुमारी खड्का, श्रीप्रसाद रोका मगर, भीमबहादुर रोका मगर, दिलबहादुर बरुवाल, गोपाल बानियाँ, प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा प्रत्यक्षतर्फको उम्मेदवारमा हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, मिनबहादुर कार्की र डमबहादुर गर्बुजा सिफारिस हुनुभएको छ । सामानुपातिकतर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम सिफारिस गरिएकोे छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरी सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पटेल, दिलबहादुर विक, रामदेवी पुन र सुरेन्द्र खत्रीको नाम सिफारिस भएको छ । नेकपा ९एकीकृत समाजवादी० म्याग्दीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला सहइञ्चार्ज गोविन्द सुवेदी, लेखा आयोगका केन्द्रीय सदस्य याम श्रेष्ठलाई सिफारिस गरेको छ । समानुपातिकतर्फ बद्री पुन ९दिलु तिलिजा०, देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम सिफारिस भएको छ । प्रदेशसभा क्षेत्र (क)को प्रत्यक्षतर्फ नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्मा र उपाध्यक्ष हेमराज शर्मा, समानुपातिकतर्फ मुना बानियाँ, दुर्गा कार्की र डम्बर पुर्जा सिफारिस हुनुभएको छ । प्रदेशसभा क्षेत्र ९ख०मा प्रत्यक्षतर्फ जयन्द्र केसी, अनुप गौचन, ममता जुग्जाली, समानुपातिकमा रुद्र किसान, बमबहादुर पाइजा र कल्पना सापकोटा सिफारिस हुनुभएको छ । माओवादीबाट प्रतिनिधिसभा सदस्य पदमा संबिधानसभा सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेल, जिल्ला समन्वय कमिटीका संयोजक रेशम जुग्जाली, प्रदेश सदस्य तथा सांसद विनोद केसी र केन्द्रीय सल्लाहकार चन्द्रबहादुर घिमिरेले दाबी प्रस्तुत गर्नुभएको छ । प्रदेश सभा ‘क’ मा हरिबहादुर भण्डारी, धनलाल जैसी, बागवीर पाइजा, शेरबहादुर केसी र चन्द्रबहादुर घिमिरे, ‘ख’ मा रेशम जुग्जाली, अर्जुन थापा, झकबहादुर छन्त्याल, खुमनाथ सुवेदी र चन्द्रप्रसाद बुढाथोकीले प्रत्यक्षतर्फको उमेद्वारमा दाबी गर्नुभएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा कृष्णबहादुर थापा, प्रदेशतर्फ टेकबहादुर विक, यामन रोका, गौरी सेन्चुरी र सुकमाया रोकाले उम्मेदवार बन्न दाबी पेश गरेको सो पार्टीले जनाएको छ । राप्रपाले प्रतिनिधिसभामा जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र ९क० मा रामबहादुर शाही र (ख) मा होमबहादुर थापाको नाम उम्मेदवारका लागि सिफारिस गरेको जनाएको छ ।