कास्कीमा राजनीतिक दल उम्मेदवार चयनमा व्यस्त
कास्की | भदौ २०, २०७९

कास्की : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट १५ , क्षेत्र नम्बर २ बाट चार र क्षेत्र नम्बर ३ बाट नौ गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस हुनुभएको छ ।
यसैगरी प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस हुनुभएको एमालेले जनाएको छ ।
क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस हुनुभएको छ ।
क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...