कास्कीमा राजनीतिक दल उम्मेदवार चयनमा  व्यस्त

कास्की | भदौ २०, २०७९

कास्कीमा राजनीतिक दल उम्मेदवार चयनमा  व्यस्त

कास्की  :  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरुले धमाधम आफ्ना उम्मेदवार सिफारिस सुरु गरेका छन् । 

 

नेपाली कांग्रेस,  नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)का आन्तरिक बैठकबाट उम्मेदवार सिफारिस सुरु गरेका हुन् । एमाले कास्कीका तीनवटै क्षेत्रीय निर्वाचन समन्वय कमिटीले आइतबार प्रतिनिधिसभा सदस्यका लागि आकाङ्क्षीको नाम सिफारिस गरेका छ । एमालेले गत शनिबार प्रदेशसभाका उम्मेदवार सिफारिस गरेको थियो ।

 

कास्की निर्वाचन क्षेत्र नम्बर १  बाट १५ , क्षेत्र नम्बर २ बाट चार  र क्षेत्र नम्बर ३  बाट नौ  गरी २८ जनाको नाम क्षेत्रीय समन्वय कमिटीहरुबाट जिल्ला कमिटीमा सिफारिस भएको पार्टीका जिल्ला सचिव बैनबहादुर क्षेत्री अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य एवं एमालेका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी क्षेत्र नं १ बाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस हुनुभएको छ । 

 

यसैगरी प्रतिनिसिभा सदस्य विद्या भट्टराई अधिकारी क्षेत्र नं २ र पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद जगत विश्वकर्मा क्षेत्र नं ३ मा उम्मेदवार सिफारिस हुनुभएको एमालेले जनाएको छ । 

 

क्षेत्र नं १ बाट सांसद अधिकारीसहित जिल्ला पार्टी सचिव अधिकारी क्षेत्री, कालीदास सुवेदी, हिमालय बख्रेल, दिलीप न्यौपाने, बालासिह काउछा मगर, पदमप्रसाद पौडेल, पुष्पज्योति ढुङ्गाना, झलकप्रसाद सुवेदी, पुष्पराज अधिकारी, शङ्करनाथ पौडेल, मिलन सुवेदी, मनबहादुर गुरुङ लक्ष्मी सिंह र रामराज अधिकारी सिफारिस हुनुभएको  छ ।

 

क्षेत्र नं २ बाट हालका प्रतिनिधिसभाका सांसद भट्टराईसहित प्रभा कोइराला, केशव आचार्य, भूपेन्द्र गिरीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर ३ बाट विश्वकर्मासहित देवी सुवेदी, गणेशमान गुरुङ, जगन्नाथ बास्तोला, सुरेन्द्रमानसिंह भण्डारी, शिवकुमार पौडेल, विवेक त्रिपाठी र भरत पराजुलीको नाम जिल्लामा सिफारिस भएको एमालेले जनाएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्