विभिन्न समितिमा सदस्य हेरफेर

काठमाडाैं | भदौ १९, २०७९

विभिन्न समितिमा सदस्य हेरफेर

 

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित प्रतिनिधिसभाअन्तर्गतको विभिन्न समितिमा सदस्यको नाम हेरफेर गर्नुभएको हो । 

 

    सांसद महेन्द्रकुमारी लिम्बू महिला तथा सामाजिक समितिबाट कानून, न्याय तथा मानव अधिकार समितिमा, सरवत आरा खानम अर्थसमितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, सांसद प्रमिला राई अर्थ समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा, कर्मा घले कानून, न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा, जिपछिरिङ लामा विकास तथा प्रविधि समितिबाट राज्यव्यवस्था तथा सुशासन समितिमा र मीना पाण्डे राज्य व्यवस्था तथा सुशासन समितिबाट विकास तथा प्रविधि समितिमा मनोनयन गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गर्नुभएको उक्त प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको थियो ।

 

    बैठकमा सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधिसभा नियमावली, २०७५ नियम १०५ र नियम १११ का प्रावधानको सीमा छोट्याउन नियमावलीको नियम निलम्बनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसदहरु रामकुमारी चौधरी र प्रमोद साहले समर्थन जनाउनुभएको थियो । नियम निलम्बनको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।

फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ।    अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...

थप पढ्नुहोस्

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि  ६ मार्की खेलाडी चयन गरिएको छ।    अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...

थप पढ्नुहोस्

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

थप पढ्नुहोस्