डडेलधुरा: डडेल्धुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल ४ हजारभन्दा बढी मत अन्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फ १९ हजार ५९६ मत गणना हुँदा प्रधानमन्त्री देउवाले ९ हजार ७७३ र ढकालले ५ हजार १९३ मत पाएका छन् । देउवा र ढकालबीचको मत अन्तर ४ हजार ५८० छ । ]नेकपा एमालेको समर्थन पाएका नेपाली कांग्रेस (बीपी)का उम्मेदवार कर्णबहादुर मल्लले २ हजार ६९४ मत पाएका छन् ।
काठमाडौं: धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका भूमि त्रिपाठीले नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई पछि पारेका छन् । उनले २१७ मतले पाण्डेलाई पछि पारेका हुन् । त्रिपाठीले ६ हजार १८८ मत प्राप्त गर्दा पाण्डेले ५ हजार ९७१ मत प्राप्त गरेका छन् । यसअघि गल्छी गाउँपालिकाको मतगणनामा सत्ता गठबन्धनका उम्मेदवार पाण्डेले अग्रता लिएका थिए । एमालेको पकड रहेको थाक्रे गाउँपालिकामा मतगणना सुरु भएसँगै एमालेका त्रिपाठीले अग्रता लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त १ हजार ९५९ सहित तेस्रो स्थानमा छन् ।
काठमाडौं: सुनसरीका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले ९७३ मतसहित सुरुवाती अग्रता कायम गरेकी छिन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राई ९५१ मतसहित दोस्रो स्थानमा छन् । एमालेबाट बागी उम्मेदवार बनेका मनोजकुमार मेयाङ्गो ९१० मतसहित तेस्रो स्थानमा रहँदा एमाले गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई चौथो स्थानमा छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा ७४६ मतसहित पाँचौं स्थानमा पुगेका छन् । सुनसरी क्षेत्र नम्बर २ मा रास्वपाकै लालविक्रम थापा ८९४ मतसहित अग्रस्थानमा छन् । नेपाली कांग्रेसका सिताराम महतो ७०५ मतसहित दोस्रो स्थानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका भीमप्रसाद आचार्य ६२६ मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै, सुनसरी ३ मा कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् । नेकपा एमालेकी भगवती चौधरी ७३४ मतसहित दोस्रो स्थानमा रहँदा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विजय कुमार गच्छदार ५३६ मतसहित तेस्रो स्थानमा रहेका छन् । सुनसरी ४ मा भने रास्वपाका जीवनकुमार श्रेष्ठ ५५३ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १ हजार ७९८ मतसहित अग्रता कायम गर्दा नेकपा एमालेका जगदिश प्रसाद कुसियैत १ हजार ६९२ मतसहित दोस्रो स्थानमा छन् ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसीले बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई पराजित गरेका छन् । काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा केसीले १ हजार ५१९ मतान्तरले श्रेष्ठलाई पराजित गरेका हुन् । केसीले ६ हजार ५९८ मत ल्याउँदा श्रेष्ठले ५ हजार ७९ मत ल्याएका छन् ।
पोखरा: कास्की क्षेत्र नम्बर ३ (क) मा नेकपा एमालेका उम्मेदवार गणेशमान गुरुङले मतान्तरको अग्रता कायमै राखेका छन् । उनले ६ हजार १ सय ८१ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धनका तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गदत्त भण्डारीले ३ हजार ५ सय ४७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केदारनाथ पौडेलले २ हजार ३ सय ११ मत प्राप्त गरेका छन् । भने हाम्रो नेपाली पार्टीका उम्मेदवार खिमप्रसाद तिमिल्सिनाले १ हजार ७ सय ८ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ ।
काठमाडौं: कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ । उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन् । नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।
झापा: झापाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अग्रतालाई बढाउनु भएको छ । पछिल्लो मत परिणाम अनुसार, ओलीले १२ हजार १८६ मत प्राप्त गर्नुभएको छ । यसैगरी, नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय झापा ५ ले जनाएको छ । २४ हजार ४५१ मत गणना सकिएको छ ।
गोरखा: गोरखा–१ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । मंगलबार विहान १००४ मत गणना हुँदा कांग्रेसका राजेन्द्र बजगाईंले ७६६ र नेकपा एमालेका रामशरण बस्नेतले ११९ मत पाएका छन् । उत्तरी क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएका कारण मंगलबार मात्र मतगणना सुरु भएको थियो । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।
पोखराः कास्की क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले मतान्तर बढाएका छन् । एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ४ हजार ८ सय ५१ मत रहेकाे छ । उनलाई पछ्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले ४ हजार ४ सय ७ मत पाएका छन् । यसैगरि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका रामजी प्रसाद बराल जीवनले ३ हजार २ सय ७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । भने अन्य उम्मेदवार उनीहरको तुलनामा कम मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर ३ मा ६८ हजार ६सय ३२ मत खसेको थियो ।