पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखरा:     त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई राजनीतिक द्वन्द्वबाट मुक्त गर्नुपर्ने सुझाए ।   मानिस विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १८ औं स्मृति दिवसका सन्दर्भमा बोल्दै प्रा.डा. शर्माले जनप्रिय क्याम्पस मात्रै होइन त्रिभुवन विश्वविद्यालय, पोखरा मात्रै होइन नेपालभरि कै शिक्षा क्षेत्रमा व्यवस्थापन सङ्कायको खाँचो पुष्टि गर्दै काठमाडौं बाहिर पहिलो पटक पोखरामा बिबिए कार्यक्रम ल्याएको स्मरण गरे । पब्लिक क्याम्पस सङ्घको संस्थापक अध्यक्ष भएर मुलुकभरि सामुदायिक क्याम्पसको स्थापना र सञ्चालनमा पालिखेले गरेको योगदान संझनालायक भएको बताए ।   क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेले पालिखेलाई स्मरण गर्दै भने, २०३९ सालमा पृथ्वीनारयाण क्याम्पसमा म उहाँको चेला थिएँ, २०४८ सालमा जनप्रिय क्याम्पस स्थापना भएपछि साथी भएँ, त्यो समय स्वर्णकाल थियो । उहाँ क्याम्पस प्रमुख र म जनप्रतिनिधि हुँदा भवन निर्माणका क्रममा सँगै मुद्धा खेपेका छौं । क्याम्पस कै लागि ज्यानको आहुति दिएका पालिखे शिक्षा मै सहादत पाएका व्यक्तित्व भएको जानकारी दिए ।   संस्थापक उपाध्यक्ष हरिप्रसाद बराल, सल्लाहकार विष्णुप्रसाद बराल, सिर्जना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापा, निवर्तमान क्याम्पस प्रमुख कृष्णबाबु बराल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका अध्यक्ष विकास थापामगर, कर्मचारी सङ्घ जनप्रिय इकाइका अध्यक्ष देवी पनेरु, प्राध्यापक शिव केसी, सुरेश रानाभाट लगायतका वक्ताले  क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका निम्ति संस्थापक क्याम्पस प्रमुख पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर कार्यसम्पादन  गर्नुपर्ने विचार राखेका थिए ।  समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे । उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टि गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।  स्वर्गीय पालिखेको संझनामा बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण यसअघि नै गरिएको छ । गतवर्ष गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले पति गणेशमानको संझनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको गरेकी थिइन । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले कोष स्थापना गरेकी थिइन ।  २०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उनकै निवास अगाडि नागढुङ्मा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उनलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम.कम. पास गर्ने उनी पहिलो व्यक्ति हुन । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गरेका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गरेका थिए । २०४६ सालमा स्वेच्छिक अवकाश लिएपछि उद्योगमा होमिएका पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँकेका थिए ।  १८ औं स्मृति दिवसको छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले पछ्याउन पर्ने गणेशमान पालिखेका पदचापहरू विषय अन्तरक्रिया कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै क्याम्पस प्रमुख लोकराज भण्डारीले स्वागत मन्तव्य राखेका थिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रनारायण विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख रमेशबहादुर खड्काले गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट हाम फालेर गम्भीर घाइते भएकी चाहात शाहको मृत्यु भएको छ ।    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक श्रीराम तिमिल्सिनाका अनुसार मणिपाल अस्पतालमा उपचारको क्रममा हिजो (आइतबार) नै मृत्यु भएको हो ।   अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शाहको पोष्टमार्टम भइरहेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए । ‘मृत्यु हिजो नै भएको हो, तिमिल्सिनाले सुनगाभा न्यूजसँग भने, ‘अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टन भइरहेको छ ।’   निलगिरी बोर्डिङमा अध्ययरत भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय चाहात शाह ट्युसन पढ्न गएको बेला स्कुलको छतबाट हाम फालेकी थिइन् ।   शाहको मृत्युपश्चात स्कुलले आज (सोमबार) विदा दिएको छ ।    स्थायी घर भारतको बिहार मोतिहारी भएकी शाह पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्दै आएकी थिइन् ।   उनी के कारणले हाम फालिन भन्ने विषयबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।   यद्यपी विद्यालयले भने हाम फालेको नभई अचानक खसेको दाबी गरेको छ । 

पोखरा:    पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलमा अध्ययनरत एक छात्राले स्कुलको चारतला माथिबाट हामफाल्दा घाइते भएकी छिन ।  पोखराको ८ बगालेटोल बस्दै आएकी भारतको बिहार मोतिहारी घर भएकी १५ वर्षीय छात्रा निलमले हामफालेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टि गरेको छ ।  जिप्रका कास्कीकाअनुसार आज बिहानी कक्षा लिन स्कुल पुगेकी निलमले करिब ५:५५ बजे हामफालेकी हुन् । उनको मणिापाल अस्पतालमा उपचार भइरहेको छ ।  कास्की प्रहरी सुत्रका अनुसार शाहले स्कुलमा केही दिन अगाडि पनि हामफाल्ने कोशिस गरेको र स्कुलले सम्बन्धित अभिभावकलाई जानकारी गराएको बताइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।  स्कुलले भने निलम झुक्किएर खसेको जनाएको छ ।  (छात्राको वास्तविक नाम गोप्य राखिएको छ ।)

पोखरा:   पोखरामा एक बालकको स्विमिङ पुलमा डुबेर मृत्यु भएको छ ।   कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय ऐनक्स थापा रहेका छन् ।   पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित मोहनदत्त पोख्रेलले संचालन गरेको मिरर हाउससँगै रहेको स्विमिङ पुलमा शनिबार ऐनक्स पौडी खेल्ने पुगेका थिए ।    सोही क्रममा डुबेका उनलाई उपचारका लागि दीप अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।   सो घटनाबारे वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोली थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) ,जोन्नी एण्ड फ्रेरेण्ड,सुन्दरढोका साथि सेवाको सहयोगमा ह्विल चियर वितरण गरिएको छ । जेठ २१ देखि २६ गते सम्म पोखराको हरिर्योखक अस्पताल परिसर बाट १ सय ४७  जना लाई उक्त सामग्री वितरण गरिएको आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गतावाले जानकारी दिनुभयो । ह्विल चियर खरिद गर्न आर्थिक अवस्था कमजोर भएकाहरु  र पुराना भएकाहरुको लागि लक्षित गरेर वितरण गरिएको तावाले बताउनुभयो ।  ह्विल चियर लिनको लागि पहिला सुचना प्रवाह गरेर मात्रै बितरण शुरु गरिएको हो । उक्त ह्विल चियर लिनको लागि गण्डकी ,कर्णाली,लुम्विनी र सुदूरपश्चिम प्रदेशबाट मानिसहरुको सहभागिता भएको हो । कार्यक्रममा ह्विल चियर वितरणसँगै जोन्नी एण्ड फ्रेरेण्ड र आइएनएफको ५ वटा टिमले काउनसिल, सुझाव र तालिम दिएर गुडाउन समेत सिकाइएको हो । नेपालका लागि गतिशिलताको उपहार प्रदान भन्ने नाराका साथ उक्त सामग्री वितरण गरिएको हो ।   

पोखरा:    सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुन: प्रवद्र्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ ।      मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा सात दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको थियो ।      शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको थियो ।      शनिबार बिहान रजस्थलबाट दोस्रो दिनको यात्रा थालेको टोलीले शुक्लागण्डकी नगरपालिका वडा नं १२मा  निर्माणाधिन तमु हिल पार्कको अवलोकनसँगै सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । उक्त अवसरमा तमु हिल पार्क निर्माण समितिका सचिव डम्बरसिंह गुरुङ, गजबहादुर गुरुङ लगायतसँग छलफल एवम् अन्तरक्रिया गरिएको थियो ।      टोलीले ढोर लामागाउँ सामुदायिक होमस्टेमा पुगी उक्त होमस्टेकी अध्यक्ष उमा गुरुङ, शुक्लागण्डकी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष इन्द्रबहादुर गुरुङ लगायतसँग अन्तरक्रिया गरेको थियो । टोलीले उक्त वडाकै मिलेनियम होमस्टेका अध्यक्ष कोपिला गुरुङ र घरेडी होस्टेका अध्यक्ष ठूलमाया गुरुङसँग पनि अन्तरक्रिया गरेको थियो । टोलीले आजै पदमार्ग क्षेत्रको मिलेनियम गुफा अवलोकन एवम् पुतलीबजार नगरपालिका वडा नं ७ स्थित सादी खोलामा त्यहाँका स्थानीयसँग पनि अन्तरक्रिया गरेको छ ।      अन्तरक्रियामा पुतलीबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णबहादुर आले, टोल विकास संस्थाका अध्यक्ष सुकबहादुर थापा, आमा समुहका अध्यक्ष रेममाया थापा लगायतसँग अन्त्रक्रिया गरेको छ ।      कार्यक्रममा मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले सुस्ताएको मिलेनियम टे«कको पुनः जागरण एवम् प्रवद्र्धनको लक्ष्यका साथ आँफूहरू आइपुगेको बताउनुभयो ।      सहप्रा.डा.रामजी पोखरेलले होमस्टे सञ्चालनले रोजगारी समेत सिर्जना गर्ने बताउँदै मिलेनियम ट्रेकमा अधिकतम पर्यटक ल्याउने वातावरण सिर्जना गर्नु जरुरी रहेकोमा जोड दिनुभयो ।      टान गण्डकीका सदस्य दीपकप्रसाद सापकोटाले मिलेनियम ट्रेकको प्रवद्र्धनमा टानले सहयोग गर्ने बताउँदै मोटरबाटोका नाममा जथाभावी बाटो खोल्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।      पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले पदमार्ग क्षेत्रमा रहने चराहरू, यहाँको जैविक विविधता बारे अध्ययन भैरहेको बताउँदै ती विषयलाई पुस्तकमा समेट्ने प्रयास भएको धारणा राख्नुभयो ।            

पोखरा:    सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ ।     सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच २ सय ३७ जना, ल्याव जाँच १ सय २९ जना र महिलाहरुको पाठेघरको हुन सक्ने क्यान्सरको जाँच ५० जनाले गरेका छन् । यस्तै रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए ।  उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराको २२ औं स्थापनाका दिवसको अवसरमा साप्ताहिक कार्यक्रम जेठ २५ गतेदेखि सुरु भएको हो । साप्ताहिक कार्यक्रम अन्र्तगत मुक्तिनाथ बाहिनीले आन्तरिक प्रतियोगितासँगै सरसफाईको कार्यक्रम सञ्चालन गरेको हो ।  निशुल्क स्वास्थ्य शिविरमा सशस्त्र प्रहरीका कर्मचारीसँगै स्थानीयहरुको स्वास्थ्य जाँच गरिएको थियो ।  कार्यक्रममा सशस्त्र प्रहरी बलका डिआईजी कालिदास धौबजीले पोखरामा सञ्चालन गर्न लागिएको फिल्ड हस्पिटलले आफ्नो कर्मचारीसँग स्थानीय जनताको स्वास्थ्य सेवाको पहुँचलाई समेत सहज बनाउने बताए । उनले पोखरामा सञ्चालन हुन लागेको फिल्ड हस्पिटलले २ वटा अत्याधुनिक एम्बुलेन्स सहित नागरिकको स्वास्थ्य क्षेत्रसँग जोडिने बताए ।  यस्तै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिब बिनोद बिन्दु शर्माले विपदसँग जोडिएको स्वास्थ्य क्षेत्र र सशस्त्र प्रहरी बल नेपालको अझै जनतासँगको सेवाले मजबुत सेवा जनतामा लिएर अगाडि बढ्ने बताए ।   

पोखरा:   पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् ।  कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले एक घण्टा १४ मिनेट दुई सेकेण्ड र गुरूङले एक घण्टा १८ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी दिए ।  महिला खुल्ला १० किलोमिटर दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, आशा राउत द्वितीय र सुमित्रा चौधरी तृतीय भए । न्यौपानेले एक घण्टा ६ मिनेट ३७ सेकेण्ड, राउतले एक घण्टा सात मिनेट २१ सेकेण्ड र चौधरीले एक घण्टा आठ मिनेट १६ सेकेण्डमा दूरी पूरा गरेको आयोजकले जनाएको छ । म्याराथन र महिला १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँको साथमा मेडल र प्रमाण–पत्र पाएका छन् । २१ किलोमिटरको म्याराथनमा प्रथम, द्वितीय र तृतीय भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०–१० हजार रूपैयाँ प्रोत्साहनबापत दिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।   पाँच किलोमिटर छात्रा विधामा नारायणी भण्डारी प्रथम भइन् । उनले २४ मिनेट ५०  सेकेण्डमा दूरी पार गरिन् । मेनुका अधिकारी र एञ्जल अधिकारी क्रमश ः २५ मिनेट ३८ सेकेण्ड र २६ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै द्वितीय र तृतीय भए ।  छात्रतर्फ १७ मिनेट ४० सेकेण्डमा पाँच किलोमिटर दूरी पार गरेर तेन्जोन रोका प्रथम भए । विवेक परियार १७ मिनेट ५० सेकेण्डमा र सुनिल वि.क १७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरेर क्रमशः द्वितीय र तृतीय भए । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका छात्र–छात्राले १५ हजार, १० हजार र पाँच हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् ।  चेतनाथ पोखरा च्याम्पियन धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए ।  म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन् । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए । उक्त समयमा निर्धारित दूरी पार गर्दा उनी १३ औं भएका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् ।   

पोखरा:    फेवा किनारका सिमसार क्षेत्र पुरेको विवाद चुलिदा फेरी फेवा संरक्षणको चाँसो बढेको छ ।  पोखरा महानगरपालिकाको तत्कालिन मेयर मान बहादुर जिसीले ५५ औं कार्यपालिका बैठकमा फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने निर्णय गरेको थिए । तर सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो ।  त्यसयता फेवा संरक्षणको विषय साम्य भएको थियो । फेरि यतिबेला फेवा संरक्षणको सवाल तातिएको छ । केही दिन यता पोखरा महानगरपालिका २३ र २४ स्थित पामे ठाडो बाटो स्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरेको क्षेत्रलाई लिएर स्थानीय र पोखरा महानगरबीच विवाद भइरहेको छ ।  पामेस्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरिएको क्षेत्रमा अहिले व्यवसायी युवराज खतिवडाले ५ सय रोपनी जग्गा पुर्नका लागि माटोको थुप्रो नै बनाएपछि महानगर पुर्न नदिने पक्षमा छ  । त्यतिमात्र नभएर खतिवडाको टिप्पर र डोजर नै नियन्त्रयमा लिएको छ ।  यद्यपी पोखरा महानगरपालिकाले पहिले भने कृषि उपजका लागि जग्गा पुर्न दिने बताएको थियो र सोही अनुसार स्थानीयसँग मिलेर जग्गा पुरेको व्यवसायी खतिवडाको दाबी छ ।  स्थानीय कुलप्रसाद तिमिल्सिनाले वरिपरिका जग्गा पुर्दा आफ्नो जग्गा तल हुँदा आफुले पनि पुरेर खेती गर्नुपर्ने माग राखे । उनले सिमसार क्षेत्रमा कृषिजन्य खेती गर्न माटोले पुर्ने पर्ने उनले बताए । ‘यो क्षेत्रमा पुरै पुरै हिलैहिलो हुन्छ, माटो फिलिङ गरेर मात्रै खेतीयोग्न जमिन बन्छ । नत्र यस्तोमा कसरी खेती गर्न मिल्छ ?,’ उनको प्रश्न छ । ‘यता पुरे उता पुरे यसलाई सिमसार क्षेत्र भन्दिने, पाखामा खेती गरौं खान पाइँदैन बादरले सक्छ,’ तिमिल्सिनाले भने, ‘तालको भाग भनेर योजना छ, ५ किलोमिटर माथि आएर पुर्न पाइँदैन, घर बनाउन पाइँदैन भन्ने छ यहाँ दुईथरी  कानून छन् । पुरेर खेती गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ भाइअंश भएको र दुवै तर्फ माटोले पुर्दा आफ्नो जग्गा गहिराईमा परेको भन्दै पुरेर खेतीपाती गर्न पाउनुपर्ने उनको माग छ ।   पोखरा महानगरपालिकाले नै सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकिदिएपछि जग्गा पुरेको स्थानीयको स्पष्टोक्ती छ ।