पोखरामा १ सय ४७ जनालाई ह्विल चियर वितरण
पाेखरा | जेठ २८, २०८०
पोखरा: इन्टरनेशनल नेपाल फेलोशिप(आइएनएफ) ,जोन्नी एण्ड फ्रेरेण्ड,सुन्दरढोका साथि सेवाको सहयोगमा ह्विल चियर वितरण गरिएको छ ।
जेठ २१ देखि २६ गते सम्म पोखराको हरिर्योखक अस्पताल परिसर बाट १ सय ४७ जना लाई उक्त सामग्री वितरण गरिएको आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गतावाले जानकारी दिनुभयो ।
ह्विल चियर खरिद गर्न आर्थिक अवस्था कमजोर भएकाहरु र पुराना भएकाहरुको लागि लक्षित गरेर वितरण गरिएको तावाले बताउनुभयो ।
ह्विल चियर लिनको लागि पहिला सुचना प्रवाह गरेर मात्रै बितरण शुरु गरिएको हो । उक्त ह्विल चियर लिनको लागि गण्डकी ,कर्णाली,लुम्विनी र सुदूरपश्चिम प्रदेशबाट मानिसहरुको सहभागिता भएको हो ।
कार्यक्रममा ह्विल चियर वितरणसँगै जोन्नी एण्ड फ्रेरेण्ड र आइएनएफको ५ वटा टिमले काउनसिल, सुझाव र तालिम दिएर गुडाउन समेत सिकाइएको हो । नेपालका लागि गतिशिलताको उपहार प्रदान भन्ने नाराका साथ उक्त सामग्री वितरण गरिएको हो ।
पोखरा । भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि रामघाट एफसी ग्रिन र मिक्की एफसी भिड्ने भएका छन् । ...
पोखरा। सांस्कृतिक झाँकी र बाजागाजासहित २१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ आइतबारबाट पोखरामा सुरु भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले स्थानीय अम्बोटमा आयो...
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...

