पोखरा : दुआथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस र महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ । ५ किमी दौड, २० किमी साइक्लिङ र २.५ किमी दौड प्रहरीका किरण लिम्वुले १ घण्टा २२ सेकेन्डमा पार गर्दै पुरुषतर्फ स्वर्ण पद जितेका हुन् । त्यसैगरी निर्धारित दुरी १ घण्टा ११ मिनेट ४४ सेकेन्डमा पार गर्दै आर्मीकी इन्द्रकला नेम्वाङले संवर्ण पदक हात पारिन् । पुरुषतर्फ आर्मीका मनबहादुर थापा मगरले निर्धारित दुरी १ घण्टा १ मिनेट ४१ सेकेन्डमा पार गर्दै रजत र आर्मीकै प्रेमसिंह मन्यालले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३४ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भए । महिलातर्फ एपीएफका अनिता राइले निर्धारित दुरी १ घण्टा १३ मिनेट ३९ सेकेन्डमा पार गर्दै रजत पदक हात पारिन् भने आर्मीकी हेमा चौधरीले निर्धारित दुरी १ घण्टा २८ मिनेट ४३ सेकेन्डमा पार गर्दै काँस्य पदक जित्न सफल भइन् । दुवाथलनमा आर्मी टीम च्याम्पियन बन्न पुग्यो ।
पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत इभेन्ट तर्फ नेपाली सेनाले दुई र आयोजक गण्डकी प्रदेशले एक स्वर्ण जितेका छन् । पोखरा रङ्गशालाको टेनिस कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले मिक्स डबल्स र महिला डबल्स तर्फ स्वर्ण जितेको हो । गण्डकीले ‘पुरुष डबल्स’मा स्वर्ण जितेको हो । महिला डबल्समा नेपाली सेनाका अविलाशा विष्ट र इरा रावतको जोडीले बागमती प्रदेशका रायना शाह र प्रकृति श्रेष्ठको जोडीलाई ६–३,६–४ को सेटमा पराजित गरी स्वर्ण जित्नुभयो । त्यसैगरी मिक्स डबल्सतर्फ सेनाका प्रनभ खनाल र अविलाशा विष्टको जोडीले नेपाल पुलिसका आर्यन गिरी र आयशा डोल्कर गुरुङको जोडीमाथि ६–४,६–० सेटको जित निकाल्दै स्वर्ण जित्दा प्रहरीले कास्य पदकमा चित्त बुझायो । यसैगरी ‘पुरुष डबल्स’तर्फ गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय सेनाका प्रनभ खनाल र अकी जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरी स्वर्ण जित्नुभयो । गण्डकीका खड्का नेपालको पहिलो वरियताका खेलाडी हुनुहुन्छ भने सेनाका खनाल द्धितीय वरियतामा हुनुहुन्छ । खेलको पहिलो सेट गण्डकीले ७–५ सेटले जित्दा दोस्रो सेट भने ४–६ मा गुमायो । ‘सुपरटाइ’मा गण्डकीले १०–८ अङ्कले गण्डकीले नतिजा आफ्नो पक्षमा ल्यायो ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ । एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ । प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका सुरज ओलीले काश्य पदक जिते । ५१ केजी तौल समूहमा नेपाल पुलिस क्लवका चन्द्रबहादुर थापाले स्वर्ण पदक जिते । उनले एपीएफ क्लवका प्रदीप महर्जनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित प्रदीले रजत पदक जित्दा वागमतीका लालप्रसाद उप्रेती र आर्मीका सुवास तामाङले काश्य पदक जिते । ५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते । उनले प्रदेश–१ का आङपेम्वा शेर्पालाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । आङपेम्वाले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेशका पूर्णबहादुर गुरुङ र वागमतीका मदनकृष्ण डंगोलले काश्यमा चित्त बुझाए । ५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिबु थापाले स्वर्ण पदक जिते । उनले एपीएफका पुरण राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित पुरणले रजत पदक जित्दा गण्डकीका बुद्ध ग्याल्मो लामा र कर्णाली प्रदेशका प्रकाश शाहीले काश्य पदकमा चित्त बुझाए । ६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवारले स्वर्ण पदक जितेका छन् । उनले लुम्बिनी प्रदेशका अनिलकुमार पुनमगरलाई ४–१ ले हराउँदै स्वर्ण जितेका हुन् । लुम्बिनीका अनिलले रजत पदक जित्दा वागमतीका सुलभ माली र गण्डकीका निश्चल गुरुङले काश्य जिते । लाईट ६३ केजी तौल समूहमा वागमतीका मौसम रानामगरले स्वर्ण पदक जितेका छन् । उनले आर्मीका लालु आले मगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उपबिजेता आलेले रजत पदक हात पार्दा गण्डकीका सफल घर्तीमगर र लुम्बिनीका नेत्रबहादुर थापाले काश्य पदक जिते । ६७ केजी तौल समुहमा आर्मीका दानबहादुर दर्मालीले स्वर्ण जित्दा प्रदेश १ का अभिनया राईले रजत तथा दावा छिरिङ लामाले कास्य जिते । लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङले स्वर्ण, आर्मीका दिपेश लामा रजत र एपिएफका निश्चि विष्ट र सुदुरपश्चिम प्रदेशका श्याम बहादुर महतोले कास्य प्राप्त गरे । ७५ केजी तौल समूहमा आर्मीका दिपक श्रेष्ठले स्वर्ण, प्रदेश पाँचका हेमराज रावतले रजत तथा प्रदेश नं. १ का प्रशान्त दाहाल र बागमती प्रदेशका विनिश राईले कास्य जिते । लाइट ८० केजी तर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण, बागमतीका मोहन तामाङले रजता तथा प्रदेश १ का फुर्देनी शेपार्ल र सुदुरपश्चि प्रदेशका राजसिंह औग्रीले कास्य हात पारे । ८६ केजी तौल समूहमा एपिएफका रविन नेपालीले स्वर्ण, बागमती प्रदेशका विजय बाटाले रजता तथा गण्डकी प्रदेशका किरण विक र लुम्बिनी प्रदेशका अमर बहादुर पालीले कास्य हात पारे । ९२ केजी तौल समूहमा गण्डकीका दिपक सुनुवारले स्वर्ण, आर्मीका गणेश प्रधानले रजता तथा एपिएफका गोकुल गुरुङले कास्य हात पारे । ९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आसिष दवाडीले स्वणृ, बागमती प्रदेशका उज्वल सिंह बस्नेतले रजत तथा लुम्बिनी प्रदेशका सुजन थापा मगर र सुदुरपश्चिम प्रदेशका सुरज ओझाले कास्य हात पारे । महिलातर्फ ४८ केजी तौल समूहमा वागमती प्रदेशकी सुष्मा तामाङले स्वर्ण जितिन् । उनले एपीएफकी नीता गोसाईंलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । नीताले रजत पदक प्राप्त गर्दा लुम्बिनीका जानकी थापामगर र आर्मीकी आरती बमजनले काश्य पदकमा चित्त बुझाए । महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दीवाना शर्माले स्वर्ण पदक जितिन् । उनले वागमती प्रदेशकी अस्मिता दुवाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अस्मिताले रजत पदक प्राप्त गर्दा एपीएफकी ङङ्गा बुढामगर र गण्डकीकी सोनिया बरुवालले काश्य पदकमा चित्त बुझाए । ५२ केजी तौल समूहमा आर्मीकी मीनू गुरुङले स्वर्ण पदक जितिन् । उनले वागमतीकी अञ्जली तेलीलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अञ्जलीले रजत पदक प्राप्त गर्दा एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया केसीले काश्य पदक जिते । ५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले प्रदेश–१ की सुस्मिता राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । सुस्मिताले रजत पदक हात पार्दा पुलिसकी निशा तामाङ र सुदूरपश्चिम प्रदेशकी अनुजा तामाङले काश्यमा चित्त बुझाए । र ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले स्वर्ण पदक जितिन् । उनले गण्डकीकी प्रियङ्का गुरुङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । प्रियङ्काले रजत पदक प्राप्त गर्दा वागमतीकी हेमा राई र लुम्बिनीकी सुजनकुमारीले काश्यमा चित्त बुझाए । ६० केजी तौल समूहमा एपिएफकी संगिता सुनारले स्वर्ण, आर्मीकी संगिता डंगलले रजता तथा बागमती प्रदेशकी दिछेन शेर्पा र लुम्बिनी प्रदेशकी सुक्ष्या कुमारी कुमालले कास्य पदक जितिन् । ६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवालले स्वर्ण, सुदुरपश्चिम प्रदशकी संजिता चौधरीले रजत तथा एपिएफकी माया चौधरी र कर्णाली प्रदेशकी अस्मीता चन्दले कास्य जितिन् । ६६ केजी तौल समूहमा एपिएफकी विनिता मगरले स्वर्ण, सुदुरपश्चिम प्रदेशकी सपना आदिले रजत तथा बागमती प्रदेशकी निश्मा गुरुङ र आर्मीर्की निरु गुरुङले कास्य हात पारिन् । ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती राना मगरले स्वर्ण, आर्मीकी अनुपा चौधरीले रजत तथा बागमती प्रदेशकी स्मृती विश्वास र सुदुरपश्चिम प्रदेशकी प्रिया सुनारले कास्य प्राप्त गरिन् ।
पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत कराँतेका १९ स्वर्ण पदकमध्ये विभागिय नेपाल पुलिस क्लवले सर्वाधिक ९ स्वर्ण पदक हात पार्दै करातेमा आफ्नो बर्चस्व कायम गरेको छ । गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराँते प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरि कुल १७ पदक सहित पुलिस च्याम्पियन बन्न सफल भएको हो । दोस्रो स्थानमा रहेको एपीएफ क्लबले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका हासिल ग¥यो । त्रिभुवन आर्मी क्वल २ स्वर्ण, ५ रजत र १ कास्य गरी कुल ८ पदक सहित तेस्रो स्थानमा रह्यो । बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरि ८ पदक हात पारेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझायो । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त ग¥यो । लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुप¥यो । कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ । करातेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको हो । हतारमा भएको तयारीका बिच कराँतेका खेलाडीहरुले भने पर्वतमा खेल पुर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर राम चन्द्र जोशीले पदक हस्तान्त्रण गरेका हुन ।
तनहुँ : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले वाग्मती प्रदेशलाइ ४५–३० को अन्तरमा पराजित गरेको थियो । यो संगै वाग्मती प्रदेशले रजत पदक हात पारेको छ । प्रतियोगिताको पहिलो र दोस्रो चरणमा त्रिभुवन आर्मीले १०–८ र १४–७ को अन्तर कायम गरेको थियो । तेस्रो चरणमा भने वाग्मतीले उत्कृष्ट खेल प्रदर्शन गरि १२–८ को अन्तर बनायो । अन्तिम चरणमा वाग्मतीको कमजोर खेल प्रदर्शनको फाइदा उठाउदै आर्मीले १३–३ को फराकिलो अन्तर बनायो । आर्मीको जितमा प्रतीक्षा मगरले ११ अंक जोडेकी थिइन । सेमिफाइनल खेलमा वाग्मती प्रदेशले सुदुरपश्चिम प्रदेशलाई र आर्मीले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलको यात्रा तय थियो। यसै गरि थ्री बाइ थ्री महिला बास्केटबलमा एपीएफले स्वर्ग पदक हात पारेको छ भने त्रिभुवन आर्मीले रजत पदक हात पारेको छ ।
पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालाको बुधबार पुरुष एकलमा पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा आर्मीकी रशिलाले स्वर्ण पदक जितेका हुन् । प्रिन्सले फाइनलमा पुलिसकै बिष्णु कटवाललाई २१–१२ र २१–९ ले पराजित गरे गरिन् । त्यस्तै, लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कास्य पदक जिते । महिलातर्फ रशिलाले आर्मीकै अनुमाया राईलाई हराएर स्वर्ण जितेकी हुन् । आर्मीकी अमिता गिरि र प्रदेश १ की नङ्सलदेवी तामाङले कास्य पदक हात पारेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनका ४ इभेन्टका सेमिफाइनल खेल पूरा भएका छन् । महिला एकल, पुरुष एकल, मिक्स्ड डबल, महिला डबल र पुरुष डबल विधाका फाइनल खेल पूरा भएको थियो । बुधबार भएको पहिलो खेलमा महिला एकलमा प्रदेश १ की नंशाल तामाङलाई हराउँदै आर्मीकी रशिला महर्जन फाइनल पुगेकी थिइन् । महिला एकलको अर्को सेमिफाइनलमा आर्मीकै अमिता गिरीलाई हराउँदै आर्मीकी अनु माया राई फाइनल प्रवेश गरेकी थिइन् फाइनलमा त्रिभुवन आर्मीका रशिला र अनुबीच खेल भएको थियो । पुरुष एकलमा लुम्बिनीका इरफान अन्सारीलाई हराउँदै विष्णु कटवाल र आर्मीका प्रफुल्ल महर्जनलाई हराउँदै पुलिस क्लबका प्रिन्स दाहाल फाइनल थिए । मिक्स्ड डबलमा गण्डकीलाई हराउँदै पुलिसका जीवन आचार्य र नीता लम्साल फाइनल पुगे भने आर्मीकै सुरज महर्जन र अमिता गिरीलाई हराउँदै आर्मीका प्रफुल्ल महर्जन र रशिला महर्जन फाइनल गएका थिए । महिला डबलमा प्रदेश १ लाई हराउँदै आर्मीका अभिमता गिरी र रशिला महर्जन र दोस्रो सेमिफाइनलमा एपीएफ हराउँदै आर्मीका प्राथना देउवा र अनु माया राई फाइनल भिडेका थिए । पुरुष डबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच फाइनल हुने पक्का भएको छ । आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनले फाइनलमा पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइसँग खेल्नेछन् । आर्मीले पुलिस र पुलिसले गण्डकीलाई हराउँदै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् ।
पोखरा : नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्च चरणको खेलमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिला बिल्च चरणको खेलमा त्रिभुवन आर्मीकै सुजना लोहनीले स्वर्ण पदक हात पारेका छन् । प्रतियोगिता अन्र्तगत आज सम्पन्न बिल्च चरणको खेलमा जैसवाल कुल ९ खेल मध्ये ८ खेलमा जीत र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकका साथ स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो । खुल्ला बिल्चमा नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले दोस्रो हुदै रजत पदक प्राप्त गर्नुभएको छ भने त्रिभुवन आर्मी क्बलकै सचिन मर्हजनले तेस्रो स्थान हात पार्दै कास्य पदक जित्नु भएको छ । नेपाल पुलिस क्बलका भण्डारीले कुल ९ खेलमा ७ जीत, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक प्राप्त गर्नुभएको थियो । त्यस्तै त्रिभु्वन आर्मी क्बलका मर्हजनले ९ खेलमा ६ जीत, २ हार र एक खेलमा ‘ड्र’ गर्दै तेस्रो हुन सफल भएको हो । उहाँले ६.५ अंक प्राप्त गर्नुभएको थियो । प्रतियोगिताको महिला तर्फको बिल्च इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले ९ खेलमा ९ ओटै खेल जितेर ९ अंकका साथ स्वर्ण जित्न सफल हुनभएको हो । प्रतियोगितामा नेपाल पुलिक क्लबकी पूर्णिमा गुरुङले ८ खेलमा जीत र एक खेलमा हार व्यर्होदै कुल ८ अंकका साथ कास्य पदक जित्नु भएको छ । त्यस्तै महिला बिल्चमा त्रिुभवन आर्मी क्लबकी सिन्दिरा जोशीले ९ खेलमा ६ खेल जित्दै ६ अंकका कास्य पदक हात पार्न सफल सफल हुनुभएको छ ।
पोखरा : गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ९ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले ११४ स्वर्ण, ७६ रजत र ५८ कास्य पदक सहित कुल २४८ पदक हात पारिसकेको छ । दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कास्यपदक सहित १३५ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले ३७ स्वर्ण, ४३ रजत र ६६ काँस्य पदक सहित कुल १४६ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कास्य पदक सहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कास्य सहित कुल ९५ पदक आफ्नो पोल्टामा पारेको छ । यता एनआरएनएले १० स्वर्ण, ७ रजत ६ कास्य सहित २३ पदक, सुदुर पश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २४ कास्य सहित ३६ पदक, प्रदेश १ ले ५ स्वर्ण २० रजत र ३४ कास्य सहित ५९ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ७ रजत र २० कास्य पदक सहित ३२ पदक जितेका छन् । त्यसैगरी,लुम्बिनी प्रदेशले ३ स्वर्ण, १५ रजत र २६ कास्य सहित ४४ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत, ९ कास्य पदक सहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिता अन्तरगतका खेलहरु जारी रहेका छन् । भारत्तोलन नेपाल पुलिस १२ स्वर्णसहित च्याम्पियन विभागीय नेपाल पुलिस क्लब १२ स्वर्ण जित्दै भारत्तोलन प्रतियोगितामा च्याम्पियन बनेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत २० स्वर्णसहित ६० पदकका लागि भएको प्रतिस्पर्धामा पुलिस सर्वाधिक १२ स्वर्ण र ७ रजत गरी कुल १९ पदक जित्दै च्याम्पियन बनेको हो । दोस्रो स्थानमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी रह्यो । आर्मीले ४ स्वर्ण, ४ रजत र ५ कास्य पदक हात पा¥यो । सुदूरपश्चिमले ३ स्वर्ण र ३ कास्य जित्दा एपिएफले १ स्वर्ण, ६ रजत र २ कास्य भित्र्यायो । मधेश प्रदेशले १ रजत र ७ कास्य जित्यो । घरेलु टोली गण्डकी प्रदेश १ रजत र १ कास्यमा सीमित बन्यो । बागमती प्रदेशले १ रजत र लुम्बिनी प्रदेशले २ कास्य पदकमात्र जित्न सके । पोखरा उद्योग वाणिज्य संघमा भएको प्रतियोगितामा विभागीय ३ र ७ वटा प्रदेश गरी १० टिमले भाग लिएका थिए । जसमा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका थिए । तीमध्ये महिला तथा पुरुषतर्फ १०/१० इभेन्टमा खेल भएको हो । भारत्तोलन नेपालका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पदक दिलाउने सम्भावित खेलभित्र पर्दछ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवधिभर विभिन्न कीर्तिमानी समेत बने । बुधबार साँझ समापनमा विजेतालाई राखेप उपाध्यक्ष शिव कोइराला, नेपाल भारत्तोलन संघ अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस), पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवनकुमार प्रजापति लगायतले पुरस्कार वितरण गरेका थिए । यसैबीच, अन्तिम दिन बुधबार ६ स्वर्णका लागि भएको प्रतियोगितामा पुलिसले थप ४ स्वर्ण जितेको हो । एपिएफले १ र सुदूरपश्चिमले १ स्वर्ण जिते । पहिलो खेल महिला ८७ केजी तौल समूहमा एपिएफकी नीशा बलालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६२ र क्लीन एण्ड जर्कमा ७७ गरी कुल १३९ केजी भार बहन गर्दै एपिएफलाई पहिलो स्वर्ण दिलाएकी हुन् । नेपाल पुलिसकी जयन्ती श्रेष्ठले स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ७४ गरी कुल १३७ केजी भार बहन गर्दै रजत जितिन् भने नेपाल आर्मीकी अस्मिता राई कास्यमा सीमित भइन् । उनले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १२५ केजी भार उठाएकी हुन् । महिला ८७ केजी माथि नेपाल पुलिसकी विद्या राईले स्न्याचमा कीर्तिमान कायम गरिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । स्न्याचमा यसअघि ७५ केजीको कीर्तिमान रहेकोमा विद्याले १ केजी बढी भार बहन गरेको रेफ्री सञ्जय महर्जनले जानकारी दिए । यस्तै, एपिएफकी शिखा थापाले रजत र गण्डकीकी सिन्जल गुरुङले कास्य जितिन् । शिखाले स्न्याचतर्फ ४० र क्लीन एण्ड जर्कमा ५३ गरी कुल ९३ केजी भार बहन गरेकी हुन् भने गण्डकीलाई पहिलो कास्य दिलाउन सिन्जलले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ५० सहित ९० केजी भार उठाएकी हुन् । घरेलु टोली गण्डकीले यसअघि रजत जितेको थियो । पुरुष ९६ केजी तौल समूहमा नेपाल पुलिसका विशालसिंह बिष्टले क्लीन एण्ड जर्कमा राष्ट्रिय कीर्तिमान भंग गर्दै स्वर्ण जिते । उनले स्न्याचमा १२० र क्लीन एण्ड जर्कमा १६१ गरी कुल २८१ तौल भार उठाउँदै स्वर्ण जितेका हुन् । एपिएफका तिलकबहादुर थापाले रजत जित्दा मधेश प्रदेशका संजय यादवले कास्य जिते । पुरुष १०२ केजी तौल समूहमा नेपाल पुलिसका सन्देश गुरुङले स्न्याचमा कीर्तिमान कायम गर्दै स्वर्ण जिते । उनले स्न्याचमा ११३ केजी भार उठाएका हुन् । उनले क्लीन एण्ड जर्कमा १३९ सहित कुल २५२ केजी भार उठाए । एपिएफका रणबहादुर नगरकोटीले स्न्याचमा ११२ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेकोमा लगत्तै सन्देशले १ केजी बढी भार बहन गर्दै भंग गरिदिएका हुन् । नगरकोटीले क्लीन एण्ड स्न्याचमा १३८ सहित कुल २५० केजी भार उठाउँदा कास्य जितेका मधेशका उज्ज्वलकुमार मिश्रले कुल १९४ भार उठाए । उनले स्न्याचमा ८४ र क्लीन एण्ड जर्कमा ११० केजी भार बहन गरेका हुन् । पुरुष १०९ केजी तौल समूहमा सुदूरपश्चिमका सुवास उपाध्यायले स्वर्ण जिते । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २५२ केजी भार बहन उठाउँदै स्वर्ण जितेका हुन् । नेपाल पुलिसका राजीव महर्जनले स्न्याचमा ११३ र क्लीन एण्ड जर्कमा १२५ गरी कुल २३८ केजी भार उठाउँदै रजत जिते । मधेशका एम.आशीक हुसेनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ११६ गरी कुल १९६ केजी भार बहन गरी कास्य जिते । यस्तै, पुरुष १०९ केजी माथि तौल समूहमा नेपाल पुलिसका सागर भण्डारीले स्वर्ण जिते । उनले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कम १३५ गरी कुल २५० केजी भार उठाए । आर्मीका पुकार गुरुङले स्न्याचमा ११५ र क्लीन एण्ड जर्कमा १२० गरी २३५ केजी भार उठाउँदै रजत जिते । कास्य जितेका मधेशका प्रतापकुमार चौधरीले कुल १८५ भार उठाए । उनले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ११० केजी उठाएका हुन् । सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेल सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधवार सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसका सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशाला स्थित टेनिस कोर्टमा भएको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश नं. १ ले लुम्बीनी प्रदेशलाई २–० को सोझो सेटले पराजित गरी फाइनल पुगेको हो । त्यस्तै अर्को खेलमा नेपाल पुलिसले वाग्मती प्रदेशलाई २–१ को सेटमा पराजित गरी फाइनलमा पुगेको छ । फाइनलमा पुगेका यि टोली बीच बिहीवार विहान ९ बजे स्वर्णका लागि प्रतिष्पर्धा हुने प्रमुख प्रशिक्षक दिषयन्त थापाले जानकारी दिए । जुडोः आर्मीले थप्यो ४ स्वर्ण, पुलिसले ३ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलको दोस्रो दिन नेपाल आर्मीले ४ स्वर्ण थपेको छ । ७ इभेन्टमा बुधबार नयाँ बजारको प्रदर्शनी केन्द्रमा खेल भएको थियो । दोस्रो दिनमा आर्मीले महिला पुरुषमा २/२ स्वर्ण जितेको हो । नेपाल पुलिस क्बलले ३ स्वर्ण जितेको छ । पुलिसका महिला खेलाडीले १ र पुरुष खेलाडीले २ स्वर्ण जितेका हुन् । ८१ केजीमुनी तौल समुहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जितेका छन् । नेपाल पुलिस क्बलका मधु रोका मगरले रजत प्राप्त गरे भने वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कास्य पदकमा चित्त बुझाएका हुन् । ९० केजीमुनी तौल समुहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जितेका छन् । नेपाल आर्मीका सुजन गुरुङले रजत पदक जित्दा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदुपश्चिमका सुरेश गिरीले काँस्यमा चित्त बुझाए । १०० केजीमुनी तौल समुहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जितेका हुन् । उनीसँग फाइनलमा पराजित भएका मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत पाए । नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश १ का निश्चल राईले काँस्य प्राप्त गर्न सफल भएका छन् । १०० केजीमाथी उमेर समुहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जितेका छन् । आर्मीका रन्जेश गोलेले रजत पदक जिते भने वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले काँस्यमा चित्त बुझाए । ७० केजीमुनी तौल समुहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेकी छन् । पुनमसँग पराजित वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत पदकमा चित्त बुझाइन् । नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश १ की सुमन्ता राईले काँस्य पदक प्राप्त गरेका छन् । ७८ केजीमुनी तौल समुहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजतमा चित्त बुझाइन् । लुम्बिनीका शुसिलाकुमारी चौधारी र सम्झना चौधरीले काँस्य जितेका छन् । ७८ केजीमाथि उमेर समुहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पदक हात पार्दा नेपाल पुलिसकी पुजा राजवंशीले रजत पदक जितिन् । नेपाल पुलिसकी भावना घर्ती मगर र वाग्मतीकी अस्मिता गोलेले काँस्यमा चित्त बुझाए । मंगलबार ७ स्वर्णको छिनोफानो भएकोमा आर्मीले ४ स्वर्ण जितेको थियो । नेपाल पुलिस क्लबका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका थिए । कुल ८ स्वर्ण जितेको आर्मी च्याम्पियन हुने निश्चित छ । किनकी अब विहीबार मिक्स टिम इभेन्टको एक खेल हुनेछ । हालसम्म नेपाल आर्मीले ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक जितेको छ । पुलिसले ६ स्वर्ण, ३ रजत र ८ कास्य प्राप्त गरेको छ । वाग्मती प्रदेशले २ रजत र ६ कास्य जित्यो । लुम्बिनीले १ रजत र ३ कास्य जितेको छ । मधेशले १ रजत र २ कास्य जितेको छ । एपिएफले १ रजत, प्रदेश नम्बर १ र सुदुरपश्चिमले २/२ कास्य जित्दा कर्णाली र एनआरएनएले १÷१ कास्यमा चित्त बुझायो । घरेलु मैदानमा भएको नवौंको जुडोतर्फ गण्डकीले हालसम्म खाता खोल्न सकेको छैन् ।
पोखरा : पोखरामा जारी नवौं खेलकुद अन्र्तगत पुरुष तर्फको खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल प्रवेश गरेको छ । बुधबार पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २१-२५, २५-२३ र २५-१९ले पराजित गरेको थियो । खेलको दौरानमा पुलिसका झमनसिंह दर्जी घाइते भएका छन् । यस्तै दोस्रो सेमिफाइलन खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब फाइलन प्रवेश गरेको छ । घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको हो । एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ को सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा एकसमय १६–१७ कोे स्थिति रहँदा एपिएफले अग्रता जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा गण्डकीले बलियो चुनौती पेश गरेपनि एपिएफलाई रहँदा सकेन । तेस्रो सेटमा गण्डकी झनै निरिह बन्दा पराजित हुन पुग्यो । अब एपिएफले उपाधिका लागि बिहीबार आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । पुलिस र गण्डकीबीच बिहीबारै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।